युद्धका बीच स्टालिनको चासो र उत्सुकता

स्टालिनसंग (स्टालिनका अंगरक्षकको संस्मरण )

सन् १९४२ को वसन्त याममा हाम्रा अस्त्र डिजाइनरहरूले एउटा नयाँ खालको सैनिक ट्याङ्क बनाए। हामीसँग भनेजति ट्याङ्क नहुँदा लडाइँमा धेरै क्षति भोग्नुपरेको थियो । स्टालिनसहित विज्ञहरू क्रेमलिन ल्याइपुऱ्याइएको त्यो नमुना ट्याङ्कका कमी कमजोरी र सम्भावित समस्या अनुगमनतिर लाग्नुभयो । उहाँहरूले शत्रुका ट्याङ्कको तुलनामा हाम्रो त्यो ट्याङ्क कस्तो होला भनी लेखाजोखा गर्नतिर लाग्नुभयो । त्यो ट्याङ्क निःसन्देह राम्रो खालको थियो तर केही कमी कमजोरी भने पक्कै थिए । डिजाइनरले उक्त ट्याङ्क प्रत्येक पटक ३-४ गोला हानिसकेपछि एकपल्ट रोकिने जानकारी दिए । स्टालिनलाई यो कुरा पटक्कै चित्त बुझेन । अनि, हातहतियार बनाउने कामका जिम्मेवार जनरललाई ताकेको वस्तुमाथि भनेकै समयमा हमला गर्नसक्ने हतियार भएका जर्मनहरूलाई यस्तो ट्याङ्कले कस्तो असर पार्ला भनी सोध्नुभयो । डिजाइनरलाई स्टालिनको यो कुराले दुःखी तुल्यायो । तर, स्टालिनले उनलाई सोध्नुभयो, “यो कमजोरी सच्याउन कति समय लाग्ला त ?"

" एक महिना त लाग्छ, कामरेड स्टालिन ।”

डिजाइनरलाई स्टालिनको यो कुराले दुःखी तुल्यायो । तर, स्टालिनले उनलाई सोध्नुभयो, “यो कमजोरी सच्याउन कति समय लाग्ला त ?"

''हामी तपाईंलाई तीन महिनाको समय दिन्छौं । हामीलाई दुःखी नबनाउनुहोला ! लडाइँको मोर्चामा ट्याङ्कको अत्यन्त खाँचो परेको छ । भिरालोमा गुड्दै गोलाको वर्षा गर्नसक्ने क्षमता भएको ट्याङ्क बनाउनुहोस् । ट्याङ्क कमान्डर सही व्यक्ति हुनुहुन्छ । उहाँसँग असहमत नहुनुहोस् ! ...उहाँ र उहाँका कामरेडहरूको भविष्य यही नयाँ ट्याङ्कमा निर्भर छ ।”

त्यहाँबाट स्टालिन गोर्की पार्कमा जर्मनहरूबाट कब्जा गरिएका युद्ध सामग्री हेर्न
जानुभयो। त्यहाँ उहाँले जनरल ख्मेलनेत्स्कीलाई जर्मनी प्रविधिबाट उपयोग
सकिने केही कुरा छ कि भनी सोध्नुभयो। स्टालिन जहाँ र जता पनि लान सकिने सानो तोपबारे उत्सुक हुनुहुन्थ्यो। “के हामीले त्यस्तै तोप वा जर्मनीको भन्दा सुधारिएको तोप डिजाइन गर्न सक्दैनौं ?” हतियार डिजाइनरले त्यस्तो तोप बनाउन कोसिस गर्ने वचन दिए । नभन्दै केही समयपछि चलाउन जान्ने मान्छेसहित एउटा नयाँ हलुका पाङ्ग्रा भएको तोप क्रेमलिनमा ल्याइयो ।

स्टालिनले फेरि सोध्नुभयो, “तपाईंको विचारमा यो तोप किन राम्रो छ ?

“अहँ । कामरेड स्टालिन, यो तोप काम लाग्ने खालको छैन । ओरालो लाग्दा यसबाट गोला हान्न असम्भव छ", चलाउने मान्छेले नै त्यसको नराम्रो पक्ष उजागर
गरिदिए ।

स्टालिनले यो पटक पनि डिजाइनरलाई अर्को मौका दिनुभयो र पुन:डिजाइन गर्न आग्रह गर्नुभयो ।

स्टालिन आफ्नो ओभरकोट लगाएरै सुत्नुहुन्थ्यो र सुत्दा बुट जहिले पनि लगाउनुभएकै हुन्थ्यो ।... उहाँ बस्ने ठाउँको भित्तामा लेनिनको तस्बिर जहिल्यै हुन्थ्यो ।

यी सबै घटनाक्रमले स्टालिन लडाइँका हरेक पक्षमा निकै उत्सुक र चासो राख्नुहुन्थ्यो भन्ने स्पष्ट हुन्छ । हो, उहाँ वास्तवमै सबै पक्षमा उत्सुक हुनुहुन्थ्यो । जस्तै सन् १९४३ मा उहाँले आफ्नो ग्रीष्मकालीन आवास 'डाचा' खोल्न लगाउनुभयो । त्यहाँ उहाँले कोठाहरू मिलाएर एउटा ठूलो कोठा बनाउन लगाउनुभयो । भित्ता र फराकिलो टेबुलमा ठूल्ठूला नक्सा राख्न मिल्ने गरी त्यो कोठालाई ठूलो बनाइएको थियो ।

https://golden-storage-production.s3.amazonaws.com

उहाँ त्यो कोठामा बसेर नक्साहरूको अध्ययन गर्नुहुन्थ्यो र सैनिक अधिकारीहरूको बैठक आयोजना - गर्नुहुन्थ्यो। नक्साको अध्ययन गरेर उहाँ लडाइँका मोर्चामा भइरहेका परिवर्तनबारे गहन अध्ययन गर्नुहुन्थ्यो र आफ्नो बुझाइ नक्साहरूमा लेख्नुहुन्थ्यो । उहाँ कतिबेला आराम गर्नुहुन्थ्यो भन्ने थाहा पाउन हामीलाई असम्भव थियो । उहाँको कोठामा सधैँ बत्ती बलिरहेकै हुन्थ्यो, उहाँ सदैव नक्सामा घोत्लिरहनुहुन्थ्यो । लडाइँका मोर्चाका कमान्डरहरूसँग लगातार कुराकानी गरिरहनुहुन्थ्यो । कमान्डरहरूसँग मोर्चाको अवस्थाबारे जानकारी लिने र आवश्यक सरसल्लाह दिइरहनुहुन्थ्यो ।

उहाँ आफ्नो ओभरकोट लगाएरै सुत्नुहुन्थ्यो र सुत्दा बुट जहिले पनि लगाउनुभएकै हुन्थ्यो ।

उहाँ बस्ने ठाउँको भित्तामा लेनिनको तस्बिर जहिल्यै हुन्थ्यो । लेनिनको त्यो तस्बिर सधैँ प्रकाशले चम्किरहेको हुन्थ्यो । जब स्टालिन लडाइँको मोर्चामा जानुहुन्थ्यो वा कुनै सरकारी कामको सिलसिलामा कहीँ जानुहुन्थ्यो, सधैँ लेनिनको सानो प्रतिमा बोकेर जानुहुन्थ्यो ।

सन् १९४३ को नोभेम्बर २८–डिसेम्बर १ मा इरानको तेहरानमा भएको तेहरान सम्मेलनमा सोभियत नेता जोसेफ स्टालिन, अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डेलानो रुजवेल्ट र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल https://mf.b37mrtl.ru

तेहरानमा सोभियत राजदूतहरूको बैठक बसिएको थियो । ती बैठकहरूमा स्टालिनले चर्चिल र रुजवेल्टलाई दोस्रो मोर्चा खोल्न आह्वान गर्नुभएको थियो ।

त्यो समय तेहरान बैठकको तयारी चलिरहेको थियो । तेहरानमा सोभियत राजदूतहरूको बैठक बसिएको थियो । ती बैठकहरूमा स्टालिनले चर्चिल र रुजवेल्टलाई दोस्रो मोर्चा खोल्न आह्वान गर्नुभएको थियो ।

तेहरान बैठक सकिएपछि स्टालिनले इरानका राजालाई भेट्नुभयो । हाम्रा नेताको सम्मानमा इरानका राजाले यस्तो उपहार दिनुभयो, जुन उपहार बोकेर गाडीमा ल्याइपुऱ्याउन ओर्लोभ र तुकोभलाई धौ धौ भएको थियो ।
तेहरान बैठकपछि स्टालिन स्टालिनग्राद जानुभयो । त्यहाँ उहाँले ध्वस्त सहर
देख्नुभयो ।

त्यहाँ उहाँले सोभियत सेनाले कब्जा गरेका जर्मनी कमान्डर पाउलसका मुख्यालयहरू र जताततै जर्मन टोपी एवम् अन्य युद्धसामग्रीले भरिएका सडकहरूको निरीक्षण गर्नुभयो । ती देखेर स्टालिनले लामो श्वास तानेर खुइय्या गर्नुभयो, “उफ ! उनीहरू लडे र यो अवसाद भोग्नुपर्यो । हामीले यो सहरलाई पहिलेभन्दा अझ सुन्दर तरिकाले पुनः निर्माण गर्नुपर्छ । हाम्रो जनताको साथमा हामीले जस्तोसुकै अप्ठ्यारो काम पनि फत्ते गर्नसक्छौं ।”

भग्नावशेषहरूबीच हाम्रो गाडी जाँदै गर्दा हाम्रो गाडी एउटा महिलाले चलाएको गाडीसँग ठोक्किन पुग्यो । ती महिला चालकले लालसेनाको पोशाक लगाएकी थिइन् । उनी आफ्नो गाडी स्टालिनको गाडीसँग ठोक्किएको थाहा पाएर गाडीबाहिर निस्केर रुन पो थालिन् ।

भग्नावशेषहरूबीच हाम्रो गाडी जाँदै गर्दा हाम्रो गाडी एउटा महिलाले चलाएको गाडीसँग ठोक्किन पुग्यो । ती महिला चालकले लालसेनाको पोशाक लगाएकी थिइन् । उनी आफ्नो गाडी स्टालिनको गाडीसँग ठोक्किएको थाहा पाएर गाडीबाहिर निस्केर रुन पो थालिन् । यो देखेर स्टालिन पनि गाडीबाट बाहिर निस्कनुभयो र उनलाई सजिलो बनाउने प्रयास गर्नुभयो।

“नरुनुस् ! हाम्रो गाडी गोली नपस्ने गाडी हो । तपाईंको गाडी चाँडै नै मर्मत हुनेछ”, स्टालिनले भन्नुभयो ।

केही बेरमा त्यहाँ मिलिसियाहरू आइपुगे । उनीहरूले महिला चालकलाई झम्टन थाले । स्टालिनले तत्कालै उनीहरूलाई रोक्नुभयो ।

“उहाँको केही दोष छैन । उहाँलाई केही नगर्नुस्”, स्टालिनले मिलिसियालाई भन्नुभयो ।

त्यसपछि हामी आफ्नो बाटो लाग्यौं ।

त्यो सवारी साधन 'भिक्टरी एन्ड मोस्कोवीच' नामले चिनिन्थ्यो । ती सवारी साधन देखेर स्टालिन निकै खुसी हुनुभएको थियो । त्यसमा बसेर चक्कर लगाएर उहाँले खुसी व्यक्त गर्नुभएको थियो । स्टालिनले सोध्नुभयो, “यसको मूल्य कति हो रे ?”

पत्यार नलाग्न सक्छ तर फासीवादसँग लडाइँ चलिरहेको बेलामा नै सोभियत कार उद्योगले कारको नयाँ डिजाइन गरेर उत्पादनसमेत गरेको थियो । सन् १९४३ को वसन्त याममा पोलिटब्युरोका सबै सदस्यले 'जेड्आइएस ११०' नामको नयाँ कार पाएका थिए । त्यो सवारी साधन 'भिक्टरी एन्ड मोस्कोवीच' नामले चिनिन्थ्यो । ती सवारी साधन देखेर स्टालिन निकै खुसी हुनुभएको थियो । त्यसमा बसेर चक्कर लगाएर उहाँले खुसी व्यक्त गर्नुभएको थियो । स्टालिनले सोध्नुभयो, “यसको मूल्य कति हो रे ?”

निर्देशकले गौरवका साथ हरेकको ६० देखि ७५ हजार रुबल पर्ने जानकारी दिए ।

“यो त निकै महँगो भयो । अचाक्ली महँगो”, स्टालिनले भन्नुभयो

“तै पनि केही छैन । हाम्रा जनताले त्यस्तो युद्धमा जित हासिल गरे । अब हामी उत्पादनमा भिखारी भएर पक्कै बस्ने छैनौं । यसको मूल्य घटाउनू र पूर्ण क्षमतामा उत्पादन गर्नू ! अपुग रकम राज्यले व्यहोर्नेछ”, स्टालिनले थप भन्नुभयो ।

महान् देशभक्तिपूर्ण युद्धको बीचमा यी हलुका खालका कारहरूको उत्पादन थालिएको थियो ।

Title image: https://mf.b37mrtl.ru/rbthmedia

पत्रकार समाज नेपालद्वारा प्रकाशित स्टालिनसँग पुस्तकबाट