संवत् १९१४ सालको वही अंकित कागजात र श्री ५ दरवारको खर्च

पृष्ठभूमि

नेपालमा इतिहासको लामोकालदेखि नै राजतन्त्रात्मक शासन व्यवस्था रहेको कुरा प्राप्त विभिन्न ऐतिहासिक श्रोतहरुले पुष्टि गरिसकेका छन् । राजानै राज्यका सवै निकायहरुमा प्रमुख व्यक्ति रहने वा उनको नै व्यक्तिगत शासन हुने खालको राजतन्त्रात्मक शासन पद्दतिको अभ्यास नेपालमा कायम हुँदै आएको थियो । त्यस समयमा राज्यकोष र राजकोषमा खासै भिन्नता पाइदैनथ्यो । त्यस्तो कोषलाई चलाउने काम राजाबाट नै हुन्थ्यो । राजदरवारको आवश्यकता अनुसार खर्च पूर्ति गर्नु राज्य तथा जनताको दायित्व झैं बुझिन्थ्यो । राज्यकोषवाट कुनै समय खर्चबर्च नपुगे राजाद्वारा नै सर्वसाधारण जनताबाट सार्वजनिक ऋण सापटी लिने गरेको देखिन्थ्यो । यस्तो सापटी विशेषगरी विजय अभियान चलाउन, युद्ध गर्न र त्यस्तै महत्त्वपूर्ण काम गर्न लिईन्थ्यो ।  यस्तो सापटी मध्य र मल्लकालमा मात्रै नभई आधुनिक कालमा पृथ्वीनारायण शाहद्वारा पनि लिएको देखिन्छ ।अहिले जस्तो आय व्यायको राम्रो लेखाजोखा गरी खर्च अनुसार आम्दानीका श्रोत जुटाउने परिपाटी त्यस समयमा थिएन ।

मध्यकालसम्ममा विभिन्न किसिमका कर, भन्सार महसुल, दण्डकुण्ड, विजयपराजय, सामन्तहरुले तिर्ने सिर्तो, पर्ति जग्गा जमिनको आवादी र देशभित्रका उपलब्ध प्राकृतिक श्रोत परिचालनबाट प्राप्त आयस्तर आदि आन्दानीको मुख्य श्रोत थिए । झारा विष्टिलाई सरकारी आम्दानी नै रुपमा लिइन्थ्यो । मध्यकालमा जग्गा, जागीर र विर्ताको रुपमा पजनी गर्ने चलन अत्याधिक चलेको र पजनी गर्दा राजालाई दस्तुर दाम चढाउनु पर्ने हुदा केही न केही आम्दानी राजकोषमा हुन्थ्यो । हिजो आज झैं विकास निमार्ण काममा धेरै खर्च पहिले हुदैनथ्यो तर पनि देशको सुरक्षा प्रशासन तथा लोक कल्याणकारी धार्मिक तथा सामाजिक कामहरुमा राजकोषबाट राम्रै खर्च हुन्थ्यो । मध्यकालमा राजकिय वा दरवारसम्बन्धी खर्चका लागि र दरवारमा सम्पन्न हुने ठुला ठुला यज्ञ याज्ञादी, पुराण चुढाकर्म, उत्सव, मनोरञ्जन आदि कामका लागि देशको राजस्वको कुनै न कुनै रुपले खर्च हुन्थ्यो । त्यती खेर कतिपय खर्चहरु सोझै राज्यकोषवाट नगरि  झारा, विष्टी सेवाकुको रुपमा अनेक वस्तु वा श्रम सेवा समेत उठाउने गरेका पाइन्छ । मध्यकाल र मल्लकालमै खर्चको सबै भन्दा ठुलो हिस्सा धार्मीक मठ मन्दिर तथा सामाजीक स्मारक निमार्ण र मर्मत संभारमा नै हुने गर्दथ्यो । मल्लकालमा दरवारसंग सम्बन्धीत खर्चहरु विवाह, व्रतवन्ध, दिक्षा, चुढाकर्म , पुजापाठ, सम्मारोह, मनोरञ्जन राजाहरुको देश विदेश भ्रमण तिर्थयात्रा आदि राज्यको खर्च अन्तर्गत पर्दर्थे । यस समयमा दरवारमा विलासिताका क्रम निकै बढेको देखिन्थ्यो । भारतीय मुगल शासकको प्रभाव निकै परेको थियो र यस्ता धेरै विलासिताका सामान दरवारमा निकै संग्रह गरिएको हुन्थे । वास्तवमा मध्यकाल र मल्लकालमा दरवारको खर्चले पनि राज्यको खर्च निकै बढाएको थियो ।

पृथ्वीनारायण शाहले प्रारम्भ गरेका सैनिक अभियान सुगौली सन्धिसंगै अन्त्य भए पनि नेपालको अंग्रेजप्रति हेर्ने दृष्टिकोणमा राणकाल अगाडिसम्म खासै भिन्न नरहेकोले सैनिक सुदृढीकरणमा त्यस पछि पनि ठुलै खर्च भएको थियो ।

वास्तवमा दरवारको खर्चको प्रकृति र पद्धतिको यस्तै नै निरन्तरता आधुनिक कालमा राणाकाल पूर्वसम्म पनि देख्न सकिन्थ्यो । तर आधुनिककाल प्रारम्भसंगै राज्यको सवैभन्दा ठूलो खर्च सैनिक शासनतर्फ हुन गयो । पृथ्वीनारायण शाहले प्रारम्भ गरेका सैनिक अभियान सुगौली सन्धिसंगै अन्त्य भए पनि नेपालको अंग्रेज प्रति हेर्ने दृष्टिकोणमा राणकाल अगाडि सम्म खासै भिन्न नरहेकोले सैनिक सुदृढीकरणमा त्यस पछि पनि ठुलै खर्च भएको थियो । भिमसेन थापाको मृत्यु पछि झन् झन् बढ्दै गएको चरम राजनैतिक अस्थिरताको परिणामले सृजित कोतपर्व पछि भने अव देशको सम्पुर्ण शासन अधिकार राजामा नरही १०४ बर्ष सम्मका लागि राणा परिवारमा केन्द्रित हुन पुग्यो । यसरी राज्यको सर्वोच्च शक्ति प्राप्त गर्न सफल भएका राणाहरुले राज्यकोष माथि नियन्त्रण गरिरहँदा राजाको दरवारको खर्चको अवस्था के कस्तो थियो त्यससम्बन्धी छुटै अध्ययन भएको देखिदैन । यसै सन्दर्भमा प्रस्तुत लेखमा १९१४ सालको वहि अंकित कागजातमा प्राप्त भएका सुचना तथ्यहरुको आधारमा त्यस बर्षको दरवारको खर्चको बारेमा सुक्ष्म विवेचना गर्ने जमर्को गरिएको छ ।

विषय प्रवेश

राणाकाल पुर्व राज्य वा सरकार प्रमुखका रुपमा राजाले नै व्यक्तिगत शासन चलाउने कुरा माथि नै उल्लेख गरिसकिएको छ । पृथ्वीनारायण शाहको समय देखि नै कौषितोषाखाना केन्द्रिय अड्डाले राज्यको सम्पुर्ण आम्दानी जम्मा गर्ने र खर्च गर्ने काम गर्दथ्यो । यो अड्डालाई केन्द्रिय ढुकुटीको रुपमा लिन सकिन्थ्यो । त्यस समयमा पनि राजदरवार सम्बन्धी सबै खर्च (राजा, रानी, राजकुमारहरुका अतिरिक्त राजपरिवारका अन्य सदस्यहरु र दरवारसंग सम्बन्धीत सवै खर्च) यही कौषितोषाखाना मार्फत गरिन्थ्यो । देशको उच्च एंव निम्न स्तरसम्मका कर्मचारीहरुको पजनी र उनीहरुको पारिश्रमिकका लागि जमिन ( जागीर) वा केही नगद व्यवस्था गरी निर्णय गर्ने काम समेत राजावाट हुन्थ्यो । राज्यको सम्पुर्ण सम्पती नै राजावाटै वा उनकै नामवाट खर्च हुन्थ्यो तर जंगबहादुर राणा ( कुवर) को  उदय पछि भने स्थिती यसको ठिक उल्टो हुन गयो । अब राज्यको ढुकुटीमा प्रधानमन्त्रीको अधिपत्य रहन पुग्यो । उनले देशको सम्पुर्ण आम्दानी जम्मा गर्ने राष्ट्रिय ढुकुटीको रुपमा मुलुकी खाना अड्डाको स्थापना गरे र कौषितोषाखानावाट भने खर्च सम्बन्धी जिम्मेवारी मात्रै दिए । कौषितोषाखानावाट जंगी र निजामती कर्मचारी तलबका अतिरिक्त अन्य आवश्यक खर्चका निम्ती साधारणतया बर्षको १ लाख रुपैया मुलुकी खानावाट निकासा हुन्थ्यो । यसै सन्दर्भमा महेश चन्द्र रेग्मीले उल्लेख गरे अनुसार आदेश भए अनुसारको खर्च वितरण गर्न मुलुकी अड्डावाट कौषितोषाखानाले एक पटकमा १ लाख सम्म रकम प्राप्त गर्दथ्यो ।

राजश्व बढी भन्दा बढी सञ्चित गरी व्यक्तिगत नाफा आर्जन गर्न राणा प्रधानमन्त्रीहरु राज्य संचालनका लागि संम्भव भए सम्म कम भन्दा कम खर्च गर्ने प्रयासमा उदृत हुन्थे ।

यसवाट के बुझ्न सकिन्छ भने राणा प्रधानमन्त्रीले आवश्यकता ठानी आदेश दिएमा यस्तो प्रकृतीको निकासा बढ्न पनि सक्थ्यो ।सम्भवत राजा राजपरिवार प्रधानमन्त्री र उनका परिवार वाट हुने छुटपुट भैपरि फर्मायसी खर्च बक्स/ इनाम का लागि कौषितोषाखानावाट विनियोजित खर्च यसै १ लाख वाट हुन सक्ने देखिन्थ्यो । राणाकालमै पनि राजदरबारको सम्पुर्ण खर्चहरु राज्यरोहण विवाह, ब्रतवन्ध, पाश्नी, मृत्यु आदिको व्यस्था गर्दै दैनिक खर्चको चाजोपाजो मिलाउनु समेत कौषितोषखानाको जिम्मेवारी थियो ।बास्तवमा मुलुकीखानावाट धेरै जसो रकम खर्च नेपाली सेनाका लागि हुने गरे पनि राज परिवार र राणा परिवारको विवाह लगायतका अन्य कार्यहरुको लागि पनि प्रधानमन्त्रीको आदेशद्वारा रकम निकालिन्थ्यो । राज्यको सम्पुर्ण राजश्व नै प्रधानमन्त्रीको हातवाट खर्च हुन्थ्यो  तर  पनि राज्यको आम्दानी खर्चको अनुमान गर्ने, लेखाराख्ने प्रणाली भने थिएन । सरकारी कोष र महाराज प्रधानमन्त्रीको व्यक्तिगत कोषमा केही भिन्नता थिएन । सरकारी कोषवाट प्रधानमन्त्रीको मञ्जुरी वा आज्ञा विना १ पैसा पनि खर्च गर्न सकिदैन्थ्यो ।

राजश्व बढी भन्दा बढी संचीत गरी व्यक्तिगत नाफा आर्जन गर्न राणा प्रधानमन्त्रीहरु राज्य संचालनका लागि संम्भव भए सम्म कम भन्दा कम खर्च गर्ने प्रयासमा उदृत हुन्थे । १० त्यस समयमा जंगी र निजामती प्रशासनमा हुने खर्च पछिको ठुलो खर्च श्री ५ दरवारको नै हुन्थ्यो । त्यसैले यहा १९१४ सालको कौषितोसाखानाको डकुमेण्टको अध्ययन गरी श्री ५ दरवारको कुल खर्चको अवस्था माथि प्रकाश पारिने छ ।

श्री ५ दरबारका परिवारिक व्यक्तिगत खर्चको अवस्था

यस अध्यायमा श्री ५ दरवारका परिवारको सदस्यहरुलाई कौषितोषनावाट निकासा गरीएको व्यक्तिगत विवरण प्राप्त खर्चहरु उल्लेख गरिने छ ।

क) श्री ५ महाराजधिराजको खर्च

३०७०९//२//

श्री ५ महाराजधिराजको तर्फवाट हुने गरेको खर्चको प्रकृति हेर्दा यस लाई निम्न २ उप शिर्षकमा उल्लेख गर्न सकिन्छ ।

१) नियमित खर्च 

२) भैपरि आउने  /फर्मायसी खर्च

१) नियमित खर्च - ८२६३

श्री ५ महाराजधिराजका नियमित खर्चको लागि १ बर्ष र १ अतिरिक्त मलेमास महिना जम्मा गरी १३ महिनाको प्रति महिना ६००।– का दरले यस बर्षको लागि फर्मायसी खर्च मोह रु ७८००।– निकासा गरिएको देखिन्छ । यस्तै नियमित खर्च भित्र नै श्री ५ महाराजको मित्र खोपी खोपीमा काम गर्ने धाइ, सुसारे, भान्साब्राहमणी जम्मा १० को लागि ४५४/२ खर्चको निकास भएको देखिन्छ । वास्तवमा राणा शासन कालमा राजालाई राजनैतिक रुपमा सीमित वा निस्कृय राखे पनि उनीप्रति उच्च सामाजिक सम्मान गर्दथे र राजाले आवश्यक ठानेका वा माग गरेका खर्चको निकासा गर्न राणा प्रधानमन्त्री हरदम तयार देखिन्थे ।

श्री ५ महाराजधिराजको पुजा कोठाका पुजारी भान्से लगायत ४ जनाको खर्च ८।।।

२) भैपरि आउने वा फर्मायसी खर्च:

राणाशासन अवधिमा पनि राजाको देश भित्र र बाहिरको सामाजिक सम्मानलाई बिशेष ध्यान दिईएको थियो । राजालाई मन लागेमा वा आवश्यक देखिएमा जस कसैलाई पनि वकस, इनाम, पुरस्कारप्रदान गर्न सक्ने थिए । यसको समय वा पात्र निश्चित हुदैन्थ्यो तर यस्ता कार्य निश्चित हुन्थ्यो नै । यसमा राजाले व्यक्तिगत प्रयोग गर्ने र वकस, इनाम प्रदान गर्ने खर्चहरु शीर्षकमा खर्च उल्लेख गरिएको छ ।

क)  राजाको ब्यक्तिगत प्रयोग गर्ने खर्च: ९५१//–//

श्री ५ महाराजधिराजका लागि १३ वटा हरियो पोसाक कालो बेलायती मखमलको मुगलानी टोपि र श्री ५ का बुवालाई पनि त्यस्तै २ जोर कपडा टोपि गरी जम्मा १५ सेटको मोहरु ५१ । तिरेको देखिन्छ । यस्तै कविरधनसंग मोहरु ५१ म सुनौलो गहुलीलैस मोहर ३ का दरले १७ तोला किनेको देखिन्छ ।कलकोत्ताका गौरत जनरल क्येनिङ्ग साहेवलाई उपहार पठाउदा अंग्रेज मलमल खरिद गर्दा १/–// र कपडाकै लागि भनि सुनौला तास किन्न ४। उल्लेख । यस्तै श्री ५ सरकारवाट जंगी मेगजिनमा सिलाएको कपडा पाउपोसजोर १२ को ६३ । यस्तै श्री ५ सरकारवाट लगाउन पाउपोसजोर ६ को ४७///–/ खर्च उल्लेख देखिन्छ ।( १५६ ) यस्तै श्री ५ सरकारवाट लगाउन ५९। ( १६१) खर्च देखिन्छ । श्री ५ लाई ( राजा ) लगाउन धोति र उपर्ना जम्मा १६ को खर्च पैसा ३९/श्री ५ महाराजधिराज  र बुढामहाराजधिराजका चार मोहनको खर्च मोरु –११।२ श्री ५ वाट खजान्ची मार्फत ५ हातको बढी हात्तिनी – ६००श्री ५ को राजहुन्या नासलचोकमा मर्मत सम्भार– २२।।२।।

ख)  वकस/इनामद्धार फर्मायसी खर्च– २१४९५

 कुनै पनि व्यक्तिले देशको निमित्त रितपुर्व इमान्दारी साथ कुनै पनि क्षेत्रमा बिशष्टि योगदान पुर्याएमा राजा खुसी भए कदर स्वरुप विर्ता वा इनाम दिने गर्दथे । राजा शासनकालमा राणाले पनि यस्ता थुप्रै विर्ता इनाम दिएका थिए ।

यहा विर्ताको बिभिन्न किसिमहरु मध्ये रकम विर्ता ११ को उल्लेख छ । यहाँ बकस इनामवाट देखिने खर्चलाई पनि यसको प्रकृती हेरी व्यक्तिगत बकस /इनाम र धार्मीक सास्कृतीक बकस/ इनाम गरी दुई शिर्षक छुट्टाएर हेरिएको छ ।

अ)  धर्मिक सास्कृतीक बकस/ इनाम खर्चको अवस्था – ५४१६– २

 तत्कालिन समयमा राजावाट प्रदान गरिने बकस खर्चमा धार्मीक सास्कृतीक बकस खर्च एक महत्वपुर्ण खर्च थियो । यस्ता बकसहरुमा क्रिया खर्च बकस, सति खर्च बकस, विवाह, ब्रतवन्ध खर्च बकस , पुजापाठ दान दक्षिणा खर्च बकस, नाच गान  बकस खर्च आदि देखिन्छन । प्राप्त डकुमेण्टमा देहायका बकस प्रदान गरेको देखिन्थ्यो ।

कप्तान रणधोज कार्कीको छोराको विवाह खर्च बकस

१००

चौतारिया सम्शेर जंग शाहको विवाह खर्च बकस

 १२००

सरदार दलबाहदुर पाण्डेका छोराको विवाह खर्च

रु. ५०

सरदार दलबहादुर पाण्डेका छोराको विवाह खर्च वकस

रु ५०

गृह कुमारीलाई  विवहा खर्च बकस

८००

चौतारिया ववर जंग शाहका कान्छा छोराको ब्रतवन्ध खर्च वकस

५०

कालिबहादुर पल्टन पट्टीका सिपाही सिंहदल गुरुङ्ग मर्दा सति खर्च पैसा

रु २०

काजि अक्टनसिंह थापाका काहिली कान्छि मुखियानी भुवन कुमारी खस्दा क्रिया खर्च बकस

 ५००

चौतारिया ववरजंग शाहका बुहारि खस्दा क्रिया खर्च बकस

३०

श्री माहिला प्राईमिनिस्टरका बार्षिमा निजकारानी साहेव वावु साहेवहरुलाई बकस (कपडा )

१८९०। २

करचिछोकरा (? ) को नाच लाग्दा इनाम बकस ४ जनालाई मोह

रु  १८०

श्री ५ साहेव ज्यू महाराजधिराजका गाथामा सन्चो नहुदा दान दक्षिणा

१६।

गुरु पुरोहित अम्बर राजपण्डित मार्फत चिन्हा हेराई फमायसी दान

५०

श्री ५ साहवे ज्यू महाराजधिराजका गाथमा (स्वास्थ्यमा) सन्चो नहुदा

३४

श्री ५ (राजा) वाट बिभिन्न देवि मन्दिरमा पंचवली सहित पुजा पाठको दक्षिणा

१५०

( श्री गुहेश्वरी, श्री बज्रयोगिनी, श्री दक्षिणकाली, श्री लुमणी , श्री ककेश्वरी, श्री दन्तदेवी, मा पंचावली पुजाको पाठ दक्षिणा ) नजिर पुतपुके पाउछुन्या नाच दाई नाच नामबक्स

 २०

श्री ३ का वावु साहेवको पाद्यनीमा कसबीहरुको नाच लाग्दा इनाम बकस

 १५५

घिन्तामनी नाच नाच्ने मोतिलड्की ( ?) के बक्स

 ५

कस्वी छोकराको फर्मापसी नाच लाग्दा इनाम बक्स मो.

 ११०

माद्यवदी ३ रोज ३ सप्ले खुवाउने (?) ३ वाडाहरुलाई सिरोपाउ बक्स

४।।।

श्री ५ महाराजधिराजको भान्सा ब्राहमणी लाई जुठो पर्दा

आ) व्यक्तिगत बकस इनाम खर्चको अवस्था १६०७८//

राजावाट सहन्त्रानी राजा नरेन्द्रबहादुर शाहको विदाईमा खर्च बकस

पै  २००

श्री ३ महाराजका वावु साहेव र आमालाई पोसाक बक्स ( सुनौला तास तोला)

२।३।

 रानिवनमा सिकार गर्न जादा बाघको खबर ल्याउने र मार्नेलाई इनाम खर्च बक्स

(३+४) पैसा ७

श्री ३ जंगबहादुर राणाका नंया ल्याएका सुसाया २ को कपडा बकस

१० ।

पिपा ज्यामदार भैरवसिंह बस्नेतको बकस

मो रु ५

श्री ३ महाराजका वावु साहेब र मैया साहेवलाई २ कापाल्मी बकस

मो १०७ ।।।.१

श्री ५ साहेव ज्यूको दातमा किरा लागि आराम नहुदा फुकाल्ने बकस को

२।।३

धोवि नाईक्यामा रामनारानके १९१५ सालको निर्कल पुमोला बकस

रु ५०

पाल्पावाट सवारीमा साथै आउने ईन्द्रकवललाई १ जोर पोसाक वकस

७।।।.।।१

श्री ५ वाट श्री ३ मध्येश सवारी हुंदा विसौलियामा गडावैल ताकीती गर्न जाने ६ लाई बकस ( पर्सा जिल्लाका १९१४ सालका आम्दानी मध्ये सापट मौजादा सापट मर्का )

४८०

राजावाट सादार विर बहादुर कुवर राणाजी पिएम खर्च बकस को

मो.  ५००

कर्नेल दल बहादुर पाण्डे बकस

१०

श्री ५ वाट तपशिलका मानिसलाई बकस

२५

श्री ५ वाट बिभिन्न मानिसलाई बकस

२५।।

सन्तकुमारी र हेमवत कुमारीलाई बकस

लखनौका नवापलाई चिठि लिई जान्या तुलसीपुरका मानिसलाई वाटा खर्च बकस

१५ ।

वेतीयाका राजा देखि यहा सम्म आँप ल्याउने र हलकाराको बकस इनाम

कागवेनी वाट आउने लामा २ जनाको बकस

१०

–श्री नाथ ८ पट्टीका सिपाही लदासुर खत्री (?) ले येकनाल्याइनफी राईफल किनी लेफटन कमानासिह थापाको जिम्मा लगाउदा बकस  

मो. २५

श्री ५ वाट जना १० के बकस

रु २७१०

सन्त कुमारी हेमवत कुमारीलाई सुनको नागोल बनाउन

१४०९।।।२

श्री ५ वाट ५ जनालाई बकस

८२०।।३।।

षजान्ची शिव प्रसाद अर्यालका ब्राहमणी र छोरीलाई चोलो, फरिया, ढाका पछ्यौरा वापत नगद बकस

पै. २५७ ।।

श्री ५ वाट ४ जनाको बकस

 ६४

श्री ३ महाराजका मुमा बिरामी हुँदा बिरामी खर्च बकस

५६१८।।।२।।।

श्री ३ महाराजके फर्मायसी औषधी बनाउन को लागि बकस (बजारवाट खरिद भएको )

रु २९३२

सुदत सिंहकी वैनी गोडाकाटिएकी लाई बकस

२००

श्री ३ महाराजका मैया महारानी बिरामी भए देखि सुद्धसान्ती सम्मको खर्च बकस ( अघि गएको ५९४४।३।३ ले नपुगी थप  

रु १८०६।।।२

श्री ५ वाट श्री कमाण्डीङ्ग जनरल बुद्धिनरसिंश कुवर राणाजी ले दर्शन गर्दा सिरोपाँउ बकस

 

दाग भंजन खत्री( ?) को आगमा वस्त्र नहुदा बकस

।।।

ख) श्री ५ बुढा महाराजधिराजको खर्च ५२६२

श्री ५ बुढामहाराज ( राजाको वावुको खर्चको अवस्था निम्नानुसार देखाउन सकिन्छ

श्री ५ बुढामहाराजधिराजका भित्र खोपी खोपीमा काम गर्ने धाई, सुसाया, भान्सा ब्राहमणीहरु ८ जना को बार्षिक खर्च–

३९० ।

श्री ५ बुढामहाराजको पुजा कोठामा

२।।२

श्री ५ बुढामहाराजको खोपीको झुल र उपर्नाको लागि

२१

श्री ५ बुढामहाराजको भान्सामा भात पकाउने फलामको पोपरा (कुनै भाडा) चुहिदा ( विड फेर्ने )

भित्राणीहरुको महिनावारी खर्च

६०

श्री ५ बुढामहाराजधिराजको सदर खर्च

१९।।

भित्रायनीहरुको महिनावारी पोसाक जोर १२ वापत

१६८

श्री ५ बुढा महाराजको फर्मायसी खर्च महिनाको २०० का दरले मलेमास पनि जोडिदा बर्षको

२६००

जिम्दारानी ( कस्मीरको रानी सरणमा दरवारमा १ बर्षको खर्च सदर मोरु

२०००

ग) श्री ५ बढा माहिला महारानीको खर्च अवस्था ९८४९–//२

कौषितोषाखानाको प्राप्त यस डकुमेन्टमा उल्लेख भए अनुसार देहायको प्रकृतीका र रकमका खर्चहरुको निकासा त्यहाँवाट भएको पाईन्छ ।

श्री ५ वडा महिला महारानीका लागि १५ साल बैशाखवढी  एक रोज देखि बर्ष १ को मौन्हावारी खर्च, खानाको तित्रा, मोल, पोषाक मोल समेत

मो रु ९८४९।।२

महिनावारी खर्च ५०० का दरले बर्ष दिनको

६०००

फर्मायसी पाठपुजारुको दान दक्षिणा

५००

खानाको तित्रोको मोल

३६०

भैलो ( तिहार ?)

 ३००

माथमा पहेर्न धागोको माल

१८०

पोषाक बापत नगद

२५०९ ।।२

दशै पोषाक

१०९०।।।२।।

फागु पोषाक

५४५।३।१

बर्षा पोषाक

८७२।।३।।२

 

घ) श्री ५ वडासाँहिला महारानीको खर्च १५५७३/

प्राप्त कागजातमा प्राप्त खर्चको विवरण अनुसार श्री ५ वडा साहिला महारानीको खर्चको अवस्था देहायको देखिन्छ ।

श्री ५ वडा साँहिली महारानीलाई पनि खाना, तित्रा र महिनावारी पोसाकको लागि खर्च

रु ९८४९।।२

महिनावारी फर्मायसी खर्च महिनाको ५०० का दरले १ बर्षको

६०००

फर्मायसी पाठपुजारुको दान दक्षिणा

५००

खानाको तित्रोको मोल

३६०

माथमा पहेर्ने धागोको मोल  

१८०

पोषाक बापत नगद

२५०९ ।।२

दशै पोषाक

१०९०।।।२।।

फागु पोषाक

५४५।३।१

बर्षा पोषाक

८७२।।३।।२

भित्र खोपी खोपीमा ( माररानीको कोठाको ) काम गन्र्या भान्सा, ब्राहमणी, सुसारे, धाई जम्मा १२२ जनाको लागि

३७८७।२।।।

उनीवाट पहेन्र्या ठुलो छाता १ को

१९।।  ।।

वेलायती गाई राख्ने गोठमा छाउनको लागि काठको       

 

मो. २०

महारानीका फर्मायसी दुहुनी भैसी २ पाल्ने गोठालालाई 

 

मो ७।।

बेलायती गाई राख्ने गोठमा छाउनको लागि जम्मा

 

१५

महारानीको थापाथलीमा सवार हुदा  

 

५००

फर्मायसी दुहुनो भैसी २ पाल्ने ३ गोठाला    

 

७।।

श्री ५ वडा साहिला महारानीका हजुर श्री काँहा मिजाराहेनका खानाका तित्रा, पोसाक मोल समेत सदर               

 

१३५८ ३।।।३

 

ङ) श्री ५ वडा कान्छा महारानीको खर्च १४३००/–/

कान्छि वडामहारानीको तर्फ खर्चको विवरण यस प्रकार छन ।

महारानीको दरवारको भित्र खोपी खोपीमा काम गर्यो कामदारहरु र सुसारया, धाई, भान्सा बा्रहमणी आदि )जम्मा १२४ जनाको बार्षिक खर्च चप्वल कपडा समेत

३९०६ ।।। ।।

कान्छा महारानीका थापाथली सवार हुँदा

५००

षजान्ची सिद्धमान सिंहराज भण्डारी मार्फत श्री ५ दुलही महारानीका लागि सामान ( कपडा ) नपुग्दा पहिलेकोमा थप मधुरादाससंग कोरासाल्म तोला ११ को दर ३

मो ३३

श्री ५ वडाकान्छि महारानीको बार्षिक खाना, तित्रा, पोसाक खर्च

९८४९।।२

ज्येठा मैयाको ज्यौनार, तित्रा, पोषक समेत

१३५८ ३।।।

खानाको तित्राको मोल

१८०

भैलो

१००

माथमा पहेर्न धागोको गोला

६०

पोषाक बापत नगद

 १०८०३।।।३

दशै पोषाक

 ३६३।।३३

फागु पोषाक

 २१८२।।।

बर्षा पोषाक

४३६ ।२

श्री ५ दुलही महारानीवाट भाईलाई भात खुवाई मुख पुछ्याउने २४ क्यारेल असर्फी थान (२)

थान २

 

च) श्री ५ साहेव ज्यू महाराजधिराज तर्फ खर्च     ४८५५//३

उहाको दरवारको भित्र खोपी खोपीमा काम गर्ने धाई, सुसाया, भान्सा ब्राहमणी हरु १५२ जना को बार्षिक खर्च

४७०१ ।।।

दाँतमा  किरा लाग्दा दात फुकाल्ने खर्च  

मो २।।३

श्री ५ साहेब ज्यूका महाराजको २ धाई धर्मशिला ब्राहमणीको रोजिन्दा खसिको मासु दिनको महिनाको पै.

३।।।२

श्री ५ साहेब ज्यूवाट पहेर्न बजारमा खरिद भैगएको रेशमी वलुवाल इजार १ के ११। दर वा को

२।।

कलकत्तावाट अंग्रेजको डाकमा आएको चिठि अखवार महशुल

श्री ५ साहवज्यूको पर्हेन र पोसाक

मोरु  १११

चौबन्दी माडवारीसंग खरिद –२२ धोती –१११ एकसरो छोटो अलफी चौबन्दी ११

४५

पाईजामा – २२ दोरी भोटो

११

निष्कर्ष

प्राचिनकालदेखि नै देशको शासनको प्रमुखको रुपमा राज्यका सम्पुर्ण अंगहरुलाई नियन्त्रण गर्ने राजा राणा शासनकालमा भने राजनीतिक, सामाजिक र आर्थिक रुपमा अधिकार विहिन भई आम जनतावाट अलग रहन पुगी  दरवार भित्र मात्रै सीमित हुन पुगेका थिए । यस्तो परिवेशमा राजावाट प्रदान गरिएका विभिन्न नामका वकस, इनाम, मध्ये अधिकाशं हिस्सा राजपरिवार र राणा परिवार मा नै सीमित हुन पुगेको देखिन्थ्यो । यसका अतिरिक्त दरवारसंग सम्पर्कमा रहेका अन्य केही व्यक्तिहरु पनि र बाँकी सानो हिस्सा बकसवाट लाभान्वित भएका देखिन्थे ।

बि.सं १९१२ सालमा नानी साहेवलाई दुध ज्यूनार गराएवापत एक ब्राहमणीलाई बकस भएका घर विर्ता र १९१४ सालमा चौतारिया प्राण शाहका कान्छि रानीले चाहाना गरी ब्राहमणालाई दान दिएको विर्ता १२ आदिले यस्तै लाई पुष्टि गरेको देखिन्थ्यो ।

राजा राजपरिवारका अन्य सदस्यहरुको दैनिक र आवश्यक सम्पुर्ण खर्चको लागि कौषितोसाखानावाट  खर्चको निकासा हुन्थ्यो । त्यस्तो निकासामा राणा प्रधानमन्त्रीको मन्जुरी अनिवार्य थियो । यस डकुमेण्टमा उल्लेख राज परिवारको  जम्मा खर्च करिब ८०५५०/–// देखिएको छ । जबकी १९ औ शताब्दिको अन्त्यतिर अनुमानीत राजश्व १ करोड २० लाख थियो । यद्यपी प्राप्त श्रोतहरुको अभावले यसमा केही प्रतिशत तल माथि पर्न सक्थ्यो ।१३ वास्तवमा आवश्यक सम्पूर्ण कागजातको वा लेखाजोखाको अभाव यस डकुमेण्टमा पनि देखिन्छ । प्राप्त डकुमेण्टमा उल्लेख दरवारको खर्चको व्यवस्थाकै आधरमा दरवारको खर्च किटान गर्न अझै श्रोत अभाव रहेको जस्तो देखिन्छ ।जेहोस् यसबाट राजकोष संचालन गर्ने राणाहरुले दिए अनुसारको खटनपटनमा राजा सीमिति हुन पुगेको थिए भन्न सकिन्छ ।

पादटिप्पणी

१. रमेश ढुङ्गेल, (बि.सं. २०५६),काठमाण्डौ उपत्यकाको मध्यकालिन इतिहास, काठमाण्डौ, नेपाल र एसियाली अनुसन्धान केन्द्र, पृ.नं.२७४।

२. ऐजन,, पृ.नं.२७५।

३. ऐजन, पृ.नं.२६६ ।

४.ऐजन, पृ.नं. २७८ ।

५. तुलसीराम बैद्य र त्रिरत्न मानन्धर, (बि.सं. २०५३), आधुनिक नेपालको प्रशासनिक इतिहास, काठमाण्डौ, नेपाल र एसियाली अनुसन्धान केन्द्र, पृ.नं. ३९

६. ऐजन, पृ.नं. १७२ ।

७. महेश चन्द्र रेग्मी, (१९८८) एन इकोनोमिक हिस्ट्री अफ नेपाल, वाराणशी, नाथ पब्लिसिङ्ग हाउस, , पृ.नं. ५३ ।

८. पूर्ववत, पाद टिप्पणी नम्बर ५, पृ.नं. १७३ ।

९. तुलसी नारायण श्रेष्ठ, (१९८९) नेप्लिज एडमिनिस्ट्रेशन ए हिस्टोरिकल प्रस्पेक्टिभ, काठमाण्डौ, रत्न पुस्तक भण्डार, पृ.नं. १८७ ।

१०. पुर्ववत, पाद टिप्पणी नं. ७, पृ.नं. १० ।

११. कृष्णा बहादुर थापा र अन्य,(बि.सं.२०५४)आधुनिक नेपालको आर्थिक इतिहास, काठमाण्डौ, नेपाल र एसियाली अनुसन्धान केन्द्र, पृ.नं. २५३ ।

 

१२. ऐजन, पृ.नं. २४९ ।

१३. पूर्ववत, पाद टिप्पणी नं. ७, पृ. नं. २५८

सन्दर्भ समाग्री सूची

अप्रकाशित कृति

१       इतिहास केन्द्रीय विभाग, अभिलेख शाखा, बि.सं.१९१४ सालको वहि अंकित कागजात, किर्तिपुर ।

प्रकाशित कृतिहरु

१ ढुङ्गेल,रमेश, काठमाण्डौ उपत्यकाको मध्यकालिन इतिहास, काठमाण्डौ, नेपाल र एसियाली अनुसन्धान केन्द्र, बि.सं. २०५६, पृ.सं. २८८ ।

२ थापा, कृष्ण बहादुर र अन्य, आधुनिक नेपालको आर्थिक इतिहास , काठमाण्डौ, नेपाल र एसियाली अनुसन्धान केन्द्र, बि.सं. २०५४,  पृ.सं. ५३३ ।

३ रेग्मी, महेश चन्द्र, एण्ड इकोनोमिक हिस्ट्रि अफ नेपाल, १८४६–१९०१ सुरजकुण्ड, वरणसि, नाथ पवलि सिङ्ग हाउस ए.डि., इ.सं. १९८८, पृ.२८१ ।

४ वैद्य, तुलसीराम र मानन्धर, आधुनिक नेपालको प्रशासनिक इतिहास, काठमाण्डौ, नेपाल र एसियाली अनुसन्धान केन्द्र, बि.सं. २०५३, पृ.सं. २४८ ।

५ श्रेष्ठ, तुलसी नारायण, नेपलीज् एडमिनिस्टे्रसन ए हिस्टोरिकल प्रस्वेम्टीभ, काठमाण्डौ रत्न पुस्तक भण्डार, इ.सं. १९८९, पृ. २६४ ।