लेनिनको ऋण

३० अगस्ट १९१८ मा सोभियत नेता लेनिनलाई मार्ने उदेश्यले समाजवादी क्रान्तिकारी पार्टीकी सदस्य फ़ानी काप्लानले गोली प्रहार गरेकी थिइन्। उनले आफ्नो ब्राउनिङ्ग पेस्तोलबाट लेनिन माथि ३ गोलि प्रहार गरेकी थिइन् । उनले प्रहार गरेकी तीनमध्ये दुई वटा गोली लेनिनलाई लागेको थियो। त्यसमध्ये एउटा गोली लेनिनको घाटीमा र अर्को गोली पाखुरामा लागेको थियो।

घाटीमा लागेको गोली धेरै घातक थियो। घाटीमा भएको घाउबाट रगत फोक्सोमा जान थालेको थियो।

गोली लागेर गम्भीर रुपमा घाइते भएका लेनिनको अस्पतालमा अप्रेसन गरेर शरीरमा लागेको गोली निकालियो। अस्पताल बाट डिस्चार्ज भएपछि लेनिन थप आराम गर्न राजधानी मस्कोबाट २० किलोमिटर टाढा रहेको गोर्की भन्ने ठाउँमा गए। यो ठाउँको स्वच्छ प्राकृतिक वातावरण, हरियाली बीच उनी चाँडै निको हुने आशा गरिएको थियो।

गोर्की स्थित विशाल महल पहिला रुसका धनिमानी र सम्भ्रान्त परिवारको निजी सम्पत्ति थियो। १९१७ को क्रान्तिपछि यसलाई राष्ट्रियकरण गरिएको थियो। यो महलमा जब लेनिन आराम गर्न पुगे, उनलाई उनको प्रिय कुक स्पिरिदोनले सूप र ताजा माछाको परिकारले स्वागत गरे। 

लेनिनले मुस्कुराउँदै भने– 'स्पिरिदोन मलाई यी गोलीहरुले होइन तिम्रो हातको जादुले यहाँ तानेर ल्याउने गर्छ। यसले मलाई मर्न दिँदैन। यो तिम्रो ऋण रहयो म माथि ।'

लेनिन यो आक्रमणबाट कहिले तंग्रिन सकेनन्। उनी थला पर्दै गए। यो महलमा १९२४ मा लेनिनको मृत्यु भयो।

लेनिनको मृत्युपछि  स्पिरिदोन लेनिनकी पत्नी नाजेदा क्रुप्स्कायाको कुक बने। त्यसपछि उनले स्टालिन र अन्य उच्च पदस्थ सोभियत नेताहरुलाई पनि खाना बनाएर खुवाए। नाजेदा क्रुप्स्कायाको निधनपछि स्पिरिदोन मस्कोस्थित कम्युनिस्ट पार्टीको बोर्डिंग स्कुलका सेफको रुपमा कार्यरत रहे। लेनिनले स्पिरिदोन पुटिनको ऋण आफ्नो जीवनकालमा चुक्ता गर्न सकेनन् । तर उनको देश रुसले भने त्यो ऋण चुक्ता गर्दैछ। स्पिरिदोन पुतिनका नाति भ्लादिमिर पुतिन विगत २४ वर्ष देखि रुसमा शासन गरिरहेका छन्।

प्रवीण कुमार झाको पुस्तक 'रुस, रसिया र रास्पूतिन'मा आधारित

Main image: https://images.vrt.be

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।