बिहान हुनुपूर्व अन्धकार छ तर इजरायली आप्रवासी उपनिवेशवाद अन्त्यको निकट छ !
प्यालेस्टाइनीहरुको उन्मूलन एउटा नयाँ स्तरमा पुगेको छ
जियोनवाद आप्रवासी उपनिवेशवाद हो भन्ने विचार नयाँ होइन। सन् १९६० को दशकमा बेरुतमा पीएलओ अनुसन्धान केन्द्रमा काम गर्ने प्यालेस्टिनी विद्वानहरूले पहिले नै बुझेका थिए कि उनीहरूले प्यालेस्टाइनमा जे सामना गरिरहेका थिए त्यो शास्त्रीय औपनिवेशिक परियोजना थिएन । उनीहरूले इजरायललाई बेलायती उपनिवेश वा अमेरिकी उपनिवेशको रूपमा मात्र हेरेनन्, बरु यसलाई विश्वका अन्य भागहरूमा अस्तित्वमा रहेको परिघटनाको रुपमा लिए। जसलाई आप्रवासी उपनिवेशवादका रुपमा परिभाषित गरिन्छ। रोचक कुरा के छ भने २० देखि ३० वर्षसम्म जियोनवाद आप्रवासी उपनिवेशवादसम्बन्धी धारणा राजनीतिक र प्राज्ञिक विमर्शबाट लोप भयो । यो अवधारणा त्यसबेला फिर्ता आयो, जब विश्वका अन्य भागहरू, विशेष गरी दक्षिण अफ्रिका, अष्ट्रेलिया र उत्तर अमेरिकाका विद्वानहरू यस कुरामा सहमत भए कि जियोनवाद पनि संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्यूजील्याण्ड र दक्षिण अफ्रिका सिर्जना गर्ने युरोपेलीहरूको आन्दोलनसंग मिल्दोजुल्दो परिघटना हो। यो विचारले हामीलाई प्यालेस्टाइनमा १९ औं शताब्दीको उत्तरार्धदेखि आजसम्मको सियोनिस्ट परियोजनाको प्रकृतिलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्दछ, र यसले हामीलाई भविष्यमा के आशा गर्ने भन्ने जानकारी दिन्छ।
आप्रवासी आन्दोलनहरुले अपनाएको सबै भन्दा महत्त्वपूर्ण तर्कलाई आप्रवासीहरुले अनुसरण गरे। त्यसअनुसार युरोप बाहिर सफल आप्रवासी औपनिवेशिक समुदाय सिर्जना गर्नको लागि आफु आप्रवासी भएर बसेको देशका मूलवासीहरुलाई उन्मुलन गर्नुपर्छ।
मलाई लाग्छ– १९९० को दशकमा यो खास विचार, जसले स्पष्ट रुपमा अस्ट्रेलिया र अमेरिकामा बसेका युरोपेलीहरुको क्रियाकलापलाई १९ औ शताब्दीमा प्यालेस्टाइनमा आएर बसोबास गरेका आप्रवासी यहुदीहरुको क्रियाकलापलाई जोडेको थियो। यसले प्यालेस्टाइनलाई उपनिवेश बनाउने यहुदी आप्रवासीहरुको मनसाय र त्यस विरुद्धको प्यालेस्टाइनी प्रतिरोधको प्रकृतिलाई स्पष्टसंग व्याख्या गर्दछ। आप्रवासी आन्दोलनहरुले अपनाएको सबैभन्दा महत्त्वपूर्ण तर्कलाई आप्रवासीहरुले अनुसरण गरे। त्यसअनुसार युरोप बाहिर सफल आप्रवासी औपनिवेशिक समुदाय सिर्जना गर्नको लागि आफु आप्रवासी भएर बसेको देशका मूलवासीहरुलाई उन्मुलन गर्नुपर्छ। जसको अर्थ हुन्छ यो तर्क विरुद्धको आदिवासी प्रतिरोध उन्मुलन विरुद्ध संघर्ष हो, खालि मुक्तिको लागि मात्र होइन। १९४८ देखि यताका हमास र अन्य प्यालेस्टाइनी प्रतिरोध कारवाहीका बारेमा सोच्दा यो कुरा महत्त्वपूर्ण हुन्छ।
उत्तर अमेरिका, मध्य अमेरिका र अस्ट्रेलिया आउने युरोपेली आप्रवासीहरु मध्ये अधिकांश आफै शरणार्थी र उत्पीडनको शिकार थिए। उनीहरु मध्ये केही कम अभागी थिए र तिनीहरु केवल राम्रो जीवन र अवसरहरुको खोजीमा थिए। तर तिनीहरूमध्ये अधिकांश युरोपमा बहिष्कृत थिए र अर्को ठाउँमा युरोप सिर्जना गर्न खोजिरहेका थिए। उनीहरुलाई नचाहने यूरोपको साटो नयाँ युरोप। धेरैजसो अवस्थामा उनीहरुले त्यस्तो ठाउँ रोजे जहाँ पहिलेदिख अरु कोही बसिरहेका थिए, आदिवासीहरु। र यसरी उनीहरु मध्येका महत्त्वपूर्ण भित्री समुह नेताहरु र विचारकहरुको थियो, जसले अरुको भूमिलाई उपनिवेशीकरण गर्न कामको धार्मिक र सांकृतिक औचित्य प्रदान गरे। यसमा यो कुरा पनि थप्न सकिन्छ, आप्रवासीहरुलाई उपनिवेश सुरु गर्न र यसलाई कायम राख्न साम्राज्यमा भर पर्नु पर्ने आवश्यकता थियो। त्यस समयमा उनीहरुले आफूलाई सहयोग गर्ने साम्राज्यविरुद्ध विद्रोह गरे र स्वतन्त्रता पनि प्राप्त गरे। त्यसपछि उनीहरुले फेरि साम्राज्यसंगको आफ्नो गठबन्धनलाई नवीकरण गरे। एङ्ग्लो-जियोनवादी सम्बन्ध जुन एङ्ग्लो-इजरायली गठबन्धनमा परिणत भयो त्यो एउटा उदाहरण हो।
आप्रवासीहरुलाई उपनिवेश सुरु गर्न र यसलाई कायम राख्न साम्राज्यमा भर पर्नुपर्ने आवश्यकता थियो। त्यस समयमा उनीहरुले आफूलाई सहयोग गर्ने साम्राज्यविरुद्ध विद्रोह गरे र स्वतन्त्रता पनि प्राप्त गरे। त्यसपछि उनीहरुले फेरि साम्राज्य संगको आफ्नो गठबन्धनलाई नवीकरण गरे।
आफुले चाहेको भूमिबाट मानिसहरुलाई बलपूर्वक निस्कासन गर्न सकिन्छ भन्ने भन्ने विचार १६ औँ, १७औँ र १८औँ शताब्दीको पृष्ठभूमिमा सायद बढी बुझिने खालको छ- तर जायज छैन। किनकि यो साम्राज्यवाद र उपनिवेशवादको पूर्ण अनुमोदनका साथ बढेको थियो। यो गैर-पश्चिमी, गैर-यूरोपेली मानिसहरुको आम अमानवीकरणबाट पोषित थियो। यदि तपाईं मानिसहरुलाई अमानव बनाउनु हुन्छ भने तिनीहरुलाई सजिलै हटाउन सक्नुहुन्छ। आप्रवासी उपनिवेशवादी आन्दोलनको रुपमा जियोनवादको अनौठो कुरा के थियो भने यो अन्तराष्ट्रिय क्षेत्रमा त्यस्तो समयमा देखापर्यो जतिबेला संसारभरका मानिसहरु आदिवासीहरुलाई हटाउने, मूलवासीहरुलाई उन्मुलन गर्ने अधिकारको बारेमा पुनर्विचार गर्न थालेका थिए। यसैले हामीहरु जियोनवाद जस्ता आप्रवासी औपनिवेशिक आन्दोलनको वास्तविक उद्देश्यलाई ढाक्ने प्रयासमा जियोनवादी र पछि इजरायल राज्यले लगानी गरेको प्रयास र ऊर्जालाई बुझ्न सक्छौं। यो आन्दोलनको उदेश्य मूलवासीहरुको उन्मुलन थियो।
तर आज गाँजामा उनीहरुले मूलवासीहरुलाई हाम्रै आँखा अगाडि उन्मुलन गर्दैछन्, त्यसो भए कसरी आफ्नो उन्मुलनकारी नीतिलाई लुकाउने ७५ वर्षदेखिको प्रयासलाई त्यागेका छन् ? हामीले यो कुरा बुझ्नको लागि प्यालेस्टाइनमा वर्षौंदेखि जियोनवादको प्रकृतिमा आइरहेको रुपान्तरणलाई विवेचना गर्नु पर्छ।
हामीहरु जियोनवाद जस्ता आप्रवासी औपनिवेशिक आन्दोलनको वास्तविक उद्देश्यलाई ढाक्ने प्रयासमा जियोनवादी र पछि इजरायल राज्यले लगानी गरेको प्रयास र ऊर्जालाई बुझ्न सक्छौं। यो आन्दोलनको उदेश्य मूलवासीहरुको उन्मुलन थियो।
जियोनवादी आप्रवासी परियोजनाको आरम्भिक चरणमा यसका नेताहरूले प्रजातन्त्र निर्माण र मूलवासीहरुको उन्मुलन एक साथ गर्न सम्भव छ भन्ने दावी गर्दै असम्भवलाई सम्भव बनाउने वास्तविक प्रयासको साथ आफ्नो उन्मूलन नीतिहरू कार्यान्वयन गरे । त्यहाँ सभ्य रास्ट्रहरुको समुदायमा सम्मिलित हुने दृढ इच्छा थियो। र नेताहरु के ठान्थे भने विशेष गरी होलोकास्टपछि उन्मूलनकारी नीतिले इजरायललाई त्यो समुदाय बाट बहिस्कृत गरिदैन।
यो असम्भवलाई सम्भव बनाउको लागि नेतृत्वले प्यालेस्टाइनीहरु विरुद्धको उन्मुलन कारवाहीहरु प्यालेस्टाइनीहरुको कारवाही विरुद्धको 'प्रतिशोध' वा 'प्रतिक्रिया' भएकोमा जोड दिए । तर छिट्टै नै जब नेतृत्व उन्मूलनका थप ठोस कारवाहीहरुमा जान खोज्यो, तिनीहरूले 'प्रतिशोध' को झूटो बहाना त्यागे र आफूले गरेको कामको औचित्य प्रमाणित गर्न समेत छोडे।
यस सन्दर्भमा १९४८ को जातीय उन्मुलनको विकासक्रम र आज गाजामा इजरायलीहरूको कामहरु बीचमा सहसम्बन्ध छ। १९४८ मा नेतृत्वले ९ अप्रिलको कुख्यात डेर यासिनसहित आफूले मच्चाएका सबै नरसंहारहरुलाई प्यालेस्टाइनी क्रियाको प्रतिक्रिया भन्दै उचित ठहर्याएको थियो। चाहे यो बसमा ढुंगा हान्ने वा यहुदी बस्तीमा आक्रमण गर्ने काम होस्। तर यसलाई आन्तरिक वा बाह्य रुपमा बिना कारण अचानक भएको होइन बरु आत्मरक्षाको लागि भएको हो भनेर प्रस्तुत गरिनु पर्छ। वास्तवमा, यसै कारणले गर्दा इजरायली सेनालाई "इजरायली रक्षा बल" भनिन्छ । तर यो एक आप्रवासी औपनिवेशिक परियोजना भएकोले 'प्रतिशोध'मा सधैँ भर पर्न सक्दैन।
१० मार्च १९४८ मा, जियोनवादी नेतृत्वले प्रतिशोधको बारेमा कुरा गर्न बन्द गर्यो र प्यालेस्टाइनको जातीय उन्मुलनको लागि एउटा गुरु योजना अङ्गीकार गर्यो।
जियोनवादी सेनाहरुले नक्बाको समयमा फेब्रुअरी १९४८ मा जातीय उन्मुलन सुरु गरे। करिब एक महिनासम्म यी सबै अभियानहरू नोभेम्बर १९४७ को संयुक्त राष्ट्र संघको विभाजन योजनाको प्यालेस्टाइनहरुको विरोधको प्रतिकारस्वरुप चालिएको भनेर प्रस्तुत गरियो। १० मार्च १९४८ मा, जियोनवादी नेतृत्वले प्रतिशोधको बारेमा कुरा गर्न बन्द गर्यो र प्यालेस्टाइनको जातीय उन्मुलनको लागि एउटा गुरु योजना अङ्गीकार गर्यो। एउटा नियोजित र व्यवस्थित गुरु योजना अन्तर्गत मार्च १९४८ देखी १९४८ को अन्त्य सम्म प्यालेस्टाइनीहरुको जातिय उन्मुलन अभियान चलाइयो। जसका कारण आधा प्यालेस्टाइनी जनसंख्याको निस्कासन, आधा गाउँहरुको विनाश र अधिकांश शहरहरुको वि-अरबीकरण गरियो।
त्यस्तै गरेर, १९६७ मा वेस्ट व्याङ्क र गाजापट्टि कब्जा गरेपछि इजरायलले वास्तविकतालाई मुलभूत रुपमा परिवर्तन गर्न वा पूर्णस्तरको जातिय उन्मुलन अप्रेसन गर्न चाहेमा खण्डमा त्यसको औचित्यता पुस्टि गर्ने आवस्यकतालाई परित्याग गर्यो।
अहिले यो "युद्धको तरवार" नामक युद्ध हो। जसको उद्देश्य गाजालाई प्रत्यक्ष इजरायली नियन्त्रणमा ल्याउने तर त्यहाँका मानिसहरुलाई नरसंहारको अभियान मार्फत जातिय उन्मुलन गर्ने।
हामीले अहिले त्यही ढाँचा देखिरहेका छौ। सुरुमा यी कारवाहीहरुलाई तुफान अल-अक्साको बदलाको रुपमा प्रस्तुत गरिएको थियो। तर अहिले यो "युद्धको तरवार" नामक युद्ध हो। जसको उद्देश्य गाजालाई प्रत्यक्ष इजरायली नियन्त्रणमा ल्याउने तर त्यहाँका मानिसहरुलाई नरसंहारको अभियान मार्फत जातिय उन्मुलन गर्ने।
महत्त्वपूर्ण प्रश्न यो छ कि पश्चिमका राजनेता, पत्रकार र प्राज्ञहरु त्यही जालमा किन फँसे जसमा उनीहरु १९४८ मा फँसेका थिए ? इजरायलले गाजा पट्टिमा आफ्नो रक्षा गरिरहेको छ भन्ने कुरालाई उनीहरुले आज पनि कसरी पत्याइरहेका छन् ? कि उसले अक्टुबर ७ को घटनाहरुको प्रतिक्रिया व्यक्त गरिरहेको छ ?
अथवा उनीहरु जालमा परेका छैन। उनीहरुलाई थाहा छ कि इजरायलले अहिले गाजामा जे गरिरहेको छ त्यसका लागि अक्टुबर ७ लाई बहानाको रुपमा प्रयोग गरिरहेको छ।
महत्त्वपूर्ण प्रश्न यो छ कि पश्चिमका राजनेता, पत्रकार र प्राज्ञहरु त्यही जालमा किन फँसे जसमा उनीहरु १९४८ मा फँसेका थिए ? इजरायलले गाजा पट्टिमा आफ्नो रक्षा गरिरहेको छ भन्ने कुरालाई उनीहरुले आज पनि कसरी पत्याइरहेका छन् ?
जे भए पनि, अहिलेसम्म इजरायलीहरुले प्यालेस्टिनीहरु माथि हरेक पटक आक्रमण गर्दा बहानाको दावीले उसलाई प्रतिरक्षा कवज कायम राख्न मद्दत मिलेको छ जसका कारण अन्तर्राष्ट्रिय समुदायबाट कुनै अर्थपूर्ण प्रतिक्रियाको डर बिना आफ्ना आपराधिक नीतिहरू जारी राख्न छुट मिलेको छ।
यो बहानाले इजरायलको छवि लाई प्रजातान्त्रिक र पश्चिमी विश्वको हिस्साको रुपमा प्रवर्धन गर्न मद्दत गर्यो र यो हिसाबले कुनै नाकाबन्दी र निन्दाको पहुँच भन्दा पर पुग्यो। रक्षा र बदलाको यो विमर्श इजरायलले विकसित उत्तरका देशहरु बाट प्राप्त गरेको प्रतिरक्षा कवचका लागि महत्त्वपूर्ण छ।
१९४८ मा जस्तै आज पनि इजरायली कारवाही जारी छ, उनीहरु बहानाबाट हट्दै छन्। र यतिबेला उनीहरुका सबैभन्दा प्रवल समर्थकलाई पनि उनीहरुको नीतिलाई समर्थन गर्न मुस्किल पर्न थालेको छ। विनासको भयावहता, गाजामा ठुलो मात्रामा हत्याहरु, नरसंहार, यो स्तरमा भएको छ कि इजरायलीहरु आफैलाई पनि सम्झाउन मुस्किल भैराखेको छ कि उनीहरुले वास्तवमा जे गरिरहेका छन् त्यो आत्मरक्षा हो या प्रतिक्रिया हो। यस प्रकार, यो सम्भव कि भविष्यमा धेरै भन्दा धेरै मानिसहरुलाई गाजामा नरसंहारका लागी इजरायली स्पष्टीकरण स्वीकार गर्न मुश्किल हुनेछ।
विनासको भयावहता, गाजामा ठुलो मात्रामा हत्याहरु, नरसंहार, यो स्तरमा भएको छ कि इजरायलीहरु आफैलाई पनि सम्झाउन मुस्किल भैराखेको छ कि उनीहरुले वास्तवमा जे गरिरहेका छन् त्यो आत्मरक्षा हो या प्रतिक्रिया हो।
अधिकांश मानिसहरुलाई यो स्पष्ट छ कि जे आवश्यक छ त्यो एउटा सन्दर्भ हो न कुनै बहाना। ऐतिहासिक र वैचारिक रुपमा यो धेरै स्पष्ट छ कि ७ अक्टुबरको प्रयोग त्यो काम लाई पूरा गर्नको लागि बाहनाको रुपमा प्रयोग गरिएको छ जसलाई जियोनवादी आन्दोलन १९४८ मा पुरा गर्न सकेको थिएन।
१९४८ मा जियोनवादी आप्रवासी औपनिवेशिक आंदोलनले प्यालेस्टिनीको आधा जनसंख्यालाई निस्कासित गर्नको लागी ऐतिहासिक परिस्थितिहरुको एउटा विशेष समुहको प्रयोग गरेको थियो, जसको बारेमा मैले आफ्नो पुस्तक 'दि एथनिक क्लेंजिंग अफ प्यालेस्टाइन'मा विस्तारपूर्वक लेखेको छु। माथि उल्लेख गरिएको छ, यो प्रक्रियामा उनीहरुले आधा प्यालेस्टिनी गाउँहरुलाई नष्ट गरे, अधिकांश प्यालेस्टिनी नगरहरुलाई ध्वस्त पारे, तैपनि आधी जति प्यालेस्टिनीहरु प्यालेस्टिनी भित्रै रहे। प्यालेस्टाइनको सिमानाभन्दा बाहिर शरणार्थी बनेर गएका प्यालेस्टिनीहरुले प्यालेस्टिनीहरुको प्रतिरोधलाई कायम राखे जसले गर्दा मूलवासीहरुलाई समाप्त पार्ने आप्रवासी उपनेविशवादी आदर्श पुरा भएन। र बिस्तारै-बिस्तारै इजराइलले १९४८ देखि आज सम्म आफ्नो पुरै शक्ति मूल निवासीहरुलाई खतम पार्न लगाइरहेको छ।
यस्तो गर्ने तरिका चाहिँ तपाईं उन्मुलन गर्न चाहेकाहरुलाई निरन्तर अमानवीयकरण गर्नु हो । तपाईंले ठुलो मात्रामा मानिसहरुको हत्या गर्न सक्नुहुन्न वा अरु अन्य मानिसको नरसंहार गर्न सक्नु हुन्न जबसम्म तपाई तिनीहरुलाई अमानवीयकरण गर्नु हुन्न।
सुरुदेखि अन्तसम्म मूलवासीहरुको उन्मुलनमा सिर्फ सैन्य अभियान मात्र समावेश छैन, जसमार्फत तपाइले कुनै ठाउँमा कब्जा गर्नु हुन्छ, मानिसहरुलाई नरसंहार गर्नुहुन्छ या उनीहरुलाई निस्कासित गर्नुहुन्छ। उन्मुलनलाई उचित ठहराउनु पर्छ या स्थिर बन्नु पर्छ। यस्तो गर्ने तरिका चाहिँ तपाईं उन्मुलन गर्न चाहेकाहरुलाई निरन्तर अमानवीयकरण गर्नु हो । तपाईंले ठुलो मात्रामा मानिसहरुको हत्या गर्न सक्नुहुन्न वा अरु अन्य मानिसको नरसंहार गर्न सक्नु हुन्न, जबसम्म तपाईं तिनीहरुलाई अमानवीयकरण गर्नु हुन्न। यस प्रकार प्यालेस्टाइनीहरुको अमानवीयकरण एक स्पष्ट र अन्तर्निहित संदेश हो जो इजरायली यहूदीहरुलाई उनीहरुको शैक्षिक प्रणाली, सेनाको सामाजीकरण प्रणाली र मिडिया र राजनीतिक विमर्शको माध्यमबाट प्रवाह गरिन्छ। यदि उन्मुलनलाई पुरा गर्नु छ भने यो संदेशलाई सम्प्रेषित र कायम राखिनु पर्छ।
हामीहरुले उन्मुलनलाई पूरा गर्नको लागि एक बिशेष क्रुर नविन प्रयास देखिरहेका छौ। तैपनि यो सबै त्यति निराशाजनक पनि छैन। वास्तवमा, विडम्बना के छ भने गाजाको यो विशेष अमानवीय विनाशले जियोनवादको आप्रवाशी औपनिवेशिक परियोजनाको विफलतालाई उजागर गर्दछ।
त्यसैले हामीहरुले उन्मुलनलाई पूरा गर्नको लागि एक बिशेष क्रुर नविन प्रयास देखिरहेका छौ। तैपनि यो सबै त्यति निराशाजनक पनि छैन। वास्तवमा, विडम्बना के छ भने गाजाको यो विशेष अमानवीय विनाशले जियोनवादको आप्रवाशी औपनिवेशिक परियोजनाको विफलतालाई उजागर गर्दछ। यो कुरा असंगतिपूर्ण लाग्न सक्छ कि म एउटा सानो प्रतिरोध आन्दोलन प्यालेस्टाइनी मुक्ति आन्दोलन र सैन्य मेसिन र प्यालेस्टाइनका मूल निवासीहरुको विनाशमा केन्द्रित वैचारिक संरचना भएको शक्तिशाली राज्य बीचको संघर्षको वर्णन गरिरहेको छु। यो मुक्ति आन्दोलनको पछाडि कुनै बलियो गठबन्धन छैन, जवकि जुन राज्यको यसले सामना गरिरहेको छ उसको पछाडी एउटा शक्तिशाली गठबन्धन छ- संयुक्त राज्य अमेरिकादेखि लिएर बहुराष्ट्रीय कम्पनीहरु, सैन्य औद्योगिक सुरक्षा फर्महरु, मुलधारका मिडिया र मुलधारका शिक्षा जगतसम्म। हामीहरु यस्तो स्थितिको बारेमा कुरा गर्दैछौं, जो लगभग आशाहीन र निराशाजनक लाग्न सक्छ। किनकि तपाईंसंग उन्मुलनको नीतिको लागि अंतर्राष्ट्रिय उन्मुक्ति प्राप्त छ जो जियोनवादको सुरुवातदेखि अहिलेसम्म जारी छ। यो सम्भवत: इजरायली प्रयासको सबैभन्दा खराब अध्याय जस्तो लाग्दैछ जसमा उन्मुलनकारी नीतिहरुलाई एउटा नयाँ स्तरमा अगाडी बढाएर कम समयमा हजारौ मानिसहरुलाई मार्नमा केन्द्रित प्रयास गरिनेछ। यसरी यस्तो हिम्मत उनीहरुले पहिला कहिले पनि गरेका थिएन।
त्यसो भए यो आशाको क्षण पनि कसरी हुन् सक्छ ? सबभन्दा पहिला, यो खालको राजनीतिक इकाई, एउटा राज्य, जसले प्यालेस्टाइनीहरुको अमानवीयकरण कायम राख्नु परेकोछ ताकि उनीहरुको उन्मुलनलाई उचित ठहराउन सकियोस। यदि हामी अलिक पर भविष्यमा हेरौ भने यो धेरै नै अस्थिर आधार हो।
सम्भवत: इजरायली प्रयासको सबैभन्दा खराब अध्याय जस्तो लाग्दैछ जसमा उन्मुलनकारी नीतिहरुलाई एउटा नयाँ स्तरमा अगाडी बढाएर कम समयमा हजारौ मानिसहरुलाई मार्नमा केन्द्रित प्रयास गरिनेछ। यसरी यस्तो हिम्मत उनीहरुले पहिला कहिले पनि गरेका थिएन।
यो संरचनात्मक कमजोरी ७ अक्टुबर भन्दा पहिला नै स्पष्ट थियो र यो कमजोरीको एउटा हिस्सा यो तथ्य छ कि यदि तपाईं उन्मुलनको परियोजनालाई हटाइ दिनु हुन्छ भने धेरै कम चिज छ जसले ती मानिसहरुको समुहलाई एकजुट गर्छ जो आफुलाई इजरायलमा यहुदी राष्ट्रको रुपमा परिभाषित गर्छन्।
यदि तपाईं प्यालेस्टाइनीहरु संग लड्ने र उनीहरुलाई खतम गर्ने आवश्यकतालाई हटाई दिनुहुन्छ भने तपाईंसंग दुईवटा युद्धरत यहूदी गुटहरु रहन्छन्। जसलाई हामीले तेल अवीवका र जेरुसलमका सडकहरुमा साँच्चिकै लड्दै गरेको देखेको थियौं।
धर्मनिरपेक्ष यहूदीहरुका बीच विशाल प्रदर्शन, जो आफूलाई धर्मनिरपेक्ष यहूदी भन्छन- जो अधिकांस युरोपियन मूलका हुन् उनीहरु यो ठान्छन् कि इजरायलभित्र प्यालेस्टाइनीहरु माथि कब्जा र रंगभेद कायम राख्दै इजरायललाई एक लोकतान्त्रिक र बहुलवादी राज्य बनाउन सम्भव छ। यिनीहरुले उग्र खालको जियोनवादको समान गर्नु परेको छ जुन वेस्ट बैंकका यहूदी बस्तीहरुमा विकसित भएको थियो। जसलाई मैले जुडेह राज्य भनेर अन्यत्र भनेको थिए। अब उनीहरुसंग लोकतन्त्रको बारेमा कुनै वास्ता नगरिकन जियोनवादी धर्मराज्य बनाउने तरिका छ भन्ने बिश्वास गर्दै अचानक हामीहरु बीच प्रकट भयो । र यो बिश्वास गर्दै कि भविष्यको यहूदी राज्यको लागि यो एक मात्र दृष्टिकोण हो।
दुईवटै शिविरहरुलाई प्यालेस्टाइनीहरुको कुनै चिन्ता छैन, दुईवटै शिविरले विश्वास गर्छन् कि इजरायलको अस्तित्व प्यालेस्टाइनीहरु प्रति उन्मुलनको नीतिहरुको निरन्तरतामा निर्भर गर्दछ।
यी दुई दृष्टिकोणहरुका बीचमा एक चिज बाहेक अरु केही पनि समान छैन: दुईवटै शिविरहरुलाई प्यालेस्टाइनीहरुको कुनै चिन्ता छैन, दुईवटै शिविरले विश्वास गर्छन् कि इजरायलको अस्तित्व प्यालेस्टाइनीहरु प्रति उन्मुलनको नीतिहरुको निरन्तरतामा निर्भर गर्दछ। यो विश्वासिलो तर्क होइन। यो भित्रबाटै विघटित र विस्फोट हुनेवाला छ किनकि २१ औ शताब्दीमा तपाईं एउटा राज्य र एउटा समाजलाई यो आधारमा संगै राख्न सक्नु हुन्न कि उनीहरुको साझा भावना एउटा उन्मुलनकारी नरसंहारकारी परियोजनाको हिस्सा बन्नु हो। यसले केही मान्छेको लागि काम गर्न सक्छ तर यसले सबैको लागि काम गर्न सक्दैन।
हामीले ७ अक्टुबरभन्दा पहिले नै यसको संकेत देखिसकेका थियौं कि दोहोरो राष्ट्रीयता, पेशा र आफ्नो वित्तीय क्षमताहरुको कारण संसारको अरु ठाउँमा अवसरहरु भएका इजरायलीहरुले कसरी आफू र आफ्नो सम्पतिलाई इजरायल बाहिर स्थानान्तरण गर्ने बारेमा गम्भीरतापूर्वक सोचिरहेका छन् । त्यसपछि जे बाँकी रहन्छ त्यो एउटा यस्तो समाज हुन्छ जो आर्थिक रुपले कमजोर हुनेछ। जसको नेतृत्व मसीहावादी जियोनवादसंग नश्लवाद र प्यालेस्टाइनीहरु प्रतिको उन्मुलनकारी नीतिहरुको एक प्रकारको संयोजनले गर्नेछ। हो, सबै भन्दा पहिला शक्तिको सन्तुलन उन्मुलनको पक्षमा हुनेछ, उन्मुलनका पीडितहरुको पक्षमा होइन। तर शक्तिको सन्तुलन स्थानीय मात्र छैन, शक्तिको सन्तुलन क्षेत्रिय र अन्तरराष्ट्रिय पनि छ। र उन्मुलनकारी नीतिहरु जति दमनकारी हुन्छ (र कुरा भन्नु भयानक हुन्छ तर यो सत्य हो ) त्यतिनै कम उनीहरु यसलाई 'प्रतिक्रिया' वा 'प्रतिशोध' को रुपमा ढाकछोप गर्न सक्छन् र तिनीहरुलाई अझ क्रुर नरसंहार नीतिको रुपमा हेरिनेछ। यस प्रकार इजरायलले आज जुन छुट पाइरहेको छ त्यो भविष्यमा जारी रहने सम्भावना कम छ।
मलाई लाग्छ– हामी दुई वर्षको अवधिको पहिलो तीन महिनामा छौं जसमा इजरायलले प्यालेस्टाइनीहरु माथि लाद्न सक्ने सबै भन्दा भयानक भयावहता देख्नेछ।
त्यसैले, म वास्तवमा सोच्छु कि यो धेरै नै अन्धकारपूर्ण क्षणमा हामी जे महशुस गरिरहेका छौ- र यो एक अन्धकारपूर्ण क्षण नै हो किनकि प्यालेस्टाइनीहरुको उन्मूलन एउटा नया स्तरमा पुगेको छ, यो अभूतपूर्व छ। इजरायलद्वारा प्रायोजित बिमर्श, र उन्मूलनकारी नीतिहरुको तिब्रता र उदेश्यहरुको सन्दर्भमा- इतिहासमा यस्तो कुनै अवधि थिएन, यो प्यालेस्टाइनीहरु विरुद्ध क्रुरताको एउटा नया चरण हो। यहाँसम्म कि नकबा, जो एक अकल्पनीय विनाश थियो त्यसको तुलना आज हामीले जे देखिरहेका छौ र आउने महिनामा जे देख्न लागि रहेका छौ, त्यो संग तुलना गर्न सकिँदैन। मलाई लाग्छ– हामी दुई वर्षको अवधिको पहिलो तीन महिनामा छौ जसमा इजरायलले प्यालेस्टाइनीहरु माथि लाद्न सक्ने सबै भन्दा भयानक भयावहता देख्नेछ।
तर यो अन्धकारपूर्ण क्षणमा पनि हामीहरुले बुझ्नुपर्छ कि विघटन भइरहेको आप्रवासी उपनिवेशवादी परियोजनाहरुले सधैं आफ्नो परियोजनालाई बचाउने कोशिसमा सबैभन्दा खराब प्रकारका साधनहरुको उपयोग गरिरहेका हुन्छन्। दक्षिण अफ्रिका र दक्षिण भियतनाममा यस्तै भएको थियो। म यसलाई आफ्नो काल्पनिक सोचको आधारमा भनिरहेको छैन र म यो कुरा राजनीतिक कार्यकर्ताको रुपमा पनि भनिरहेको छैन। म यसलाई विद्वतापूर्ण योग्यताहरु माथि पूर्ण विश्वासका साथ इजरायल प्यालेस्टाइनको विद्वानको रुपमा भनिरहेको छु। गम्भीर पेशेवर परीक्षणको आधारमा म भन्दै छु कि हामीहरु जियोनवादी परियोजनाको अन्त्य देखिरहेका छौ। यसमा कुनै शंका छैन।
गम्भीर पेशेवर परीक्षणको आधारमा म भन्दै छु कि हामीहरु जियोनवादी परियोजनाको अन्त्य देखिरहेका छौ। यसमा कुनै शंका छैन।
यो ऐतिहासिक परियोजना समाप्त भएको छ र यो हिंसक अन्त्य हो। यस्ता परियोजनाहरु प्रायजसो हिंसक रुपमै ढल्ने गर्छन् र यसैले यो परियोजना पीडितहरुका लागि यो एकदमै खतरनाक क्षण हो। पीडितहरु सधैं प्यालेस्टाइनीका साथ साथै यहूदीहरु हुन्छन् किनकि यहूदीहरु पनि जियोनवादका पीडित हुन्। यसैले पतनको प्रक्रिया केवल आशाको क्षण मात्र होईन यो अन्धकार पछि आउने बिहानी पनि हो र सुरुङ्गको अन्त्यमा देखिने प्रकाश हो।
यद्यपि यो खालको पतनले शुन्यता पैदा गर्छ। शुन्यता अचानक पैदा हुन्छ; यो एउटा पर्खाल जस्तै हो, जसलाई चिरा–धाँजाहरुले बिस्तारै कमजोर बनाउदै लागिरहेका छन्। तर त्यसपछि यो क्षण भरमै ढल्ने गर्छ। हामीहरु राज्य लोप हुने वा आप्रवासी औपनेवेशिक परियोजना विघटन जस्ता पतनका लागि तयार हुनुपर्छ। हामीले अरब जगतमा के भयो भनेर देख्यौं, जब शुन्यताको अराजकतालाई कुनै रचनात्मकता र विकल्पिक परियोजनाले पूर्ति गरिँदैन, यस्तो अवस्थामा अराजकता जारी रहन्छ।
एउटा कुरा स्पष्ट छ: जो कसैले जियोनवादी राज्यको विकल्पको बारेमा सोच्दैछ उसले भत्किदै गएको राज्यलाई प्रतिस्थापन गर्ने मोडेलको लागि युरोप वा पश्चिममा तर्फ हेर्नु हुँदैन। यस्ता धेरै राम्रा मोडेलहरु छन् जुन स्थानीय हुन् र जो मश्रक ( पूर्वी भूमध्यसागर) र सम्पूर्ण अरब जगतको निकट र सुदुर अतितका विरासत हुन्। लामो अटोमन कालमा यस्ता मोडेल र विरासतहरु छन् जसले हामीहरुलाई अतित बाट विचारहरु लिएर भविष्य तर्फ हेर्न मद्दत गर्न सक्छ।
जब शुन्यताको अराजकतालाई कुनै रचनात्मकता र विकल्पिक परियोजनाले पूर्ति गरिँदैन, यस्तो अवस्थामा अराजकता जारी रहन्छ।
यी मोडेलहरुले हामीलाई एकदमै भिन्न खालको समाज निर्माण गर्न मद्दत गर्न सक्छ जसले सामुहिक पहिचानका साथसाथै व्यक्तिगत अधिकारहरुको पनि सम्मान गर्दछ, र यसलाई नयाँ प्रकारको मोडेलको रूपमा सुरुदेखि नै निर्माण गरिएको छ, जसले अरब जगत र अफ्रिकालगायत विश्वका धेरै भागहरूमा औपनिवेशवादबाट मुक्तिका गल्तीहरूबाट पाठ सिकेर लाभान्वित हुनेछ। आशा छ– यसले एउटा अलग खालको राजनीतिक सत्ता सिर्जना गर्नेछ जसले पुरै अरब जगतमा व्यापक र सकारात्मक प्रभाव पर्नेछ।
(प्रख्यात इजरायली इतिहासकार तथा राजनीतिशास्त्री प्रोफेसर इलान पापेले इस्लामिक ह्युमन राइट कमिसनले लन्डनमा २१ जनवरी २०२४ मा आयोजना गरेको नरसंहार स्मृति दिवसमा दिएको प्रवचन । अनुवाद: केदार सिटौला)
प्रतिक्रिया