२००७ सालको आन्दोलनमा नेपाली महिलाहरुको भूमिका

वि.सं. २००७ साल फागुन ७ गते राणाहरुको निरंकुश जहानीया शासनको अन्त्य भयो । त्यो दिन नेपाली जनताहरु १०४ वर्षसम्मको राणाहरुको अन्याय, अत्याचारबाट मुक्त भएको दिन थियो । तर त्यो दिन शाहवंशीय राजा पुनः शक्तिमा फर्केको दिन पनि थियो । किनकि राणा शासनमा राणाहरुले जनताहरुलाई शोषण र दमन गर्नुका साथै राजालाई पनि शक्तिहीन बनाएका थिए ।

२००७ साल फागुन ७ गते भएको परिवर्तनलाई राज्यले प्रजातन्त्र आएको दिनको रुपमा मनाउँदै आएको छ । यसलाई क्रान्ति मान्नेहरु थुप्रै छन् । तर यसलाई क्रान्ति होइन, राजा, नेपाली कांग्रेस र राणाहरुबीच भएको सम्झौता मात्र मान्नेहरु पनि छन् । उनीहरु त्यतिखेर वास्तविक प्रजातन्त्र स्थापना भएको मान्दैनन् । तर २००७ साल फागुन ७ को परिवर्तनलाई क्रान्ति माने पनि नमाने पनि त्यस दिन निश्चय नै नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको पक्कै हो । थुप्रै महत्वपूर्ण प्रजातान्त्रिक अधिकारहरु जनताले पाएको साँचो हो ।

राणा शासनविरुद्धको संघर्षमा नेपाली नारीहरु पनि पुरुषहरुको काँधमा काँध मिलाएर अगाडि बढेका थिए । सर्वप्रथम नेपालमा वि.सं. १९७४ सालमा सिराहाको चन्द्रगंज भन्ने ठाउँमा कृष्णप्रसाद कोइरालाको पहलमा ‘नारी जागृति संघ’ नामक महिला समितिको स्थापना भएको थियो ।

तर एउटा कुरा के जानि राखौं भने २००७ साल फागुन ७ गतेको दिन त्यतिकै आएको थिएन । त्यो दिन ल्याउनको लागि नेपाली जनताले लामो समयसम्म संघर्ष गर्नुपरेको थियो । त्यस संघर्षमा थुप्रै नेपालीहरुले आफ्नो जीवनको आहुती दिएका थिए । थुप्रै नेपालीहरुले आफ्नो रगत बगाएका थिए । थुप्रै नेपालीहरु अपाङ्ग हुन पुगे । थुप्रै महिलाहरुले आफ्ना बाबु, पति तथा छोराहरु गुमाएका थिए ।

००७ सालमा प्रजातन्त्र ल्याउनको लागि नेपाली जनताले लामो समयसम्म राणा शासनको विरुद्ध संघर्ष गरेका थिए । यो संघर्ष जंगबहादुरले सत्ता आफ्नो हात पारेपछि उनको शासनकालदेखि नै शुरु भएको थियो ।

 राणा शासनविरुद्धको संघर्षमा नेपाली नारीहरु पनि पुरुषहरुको काँधमा काँध मिलाएर अगाडि बढेका थिए । सर्वप्रथम नेपालमा वि.सं. १९७४ सालमा सिराहाको चन्द्रगंज भन्ने ठाउँमा कृष्णप्रसाद कोइरालाको पहलमा ‘नारी जागृति संघ’ नामक महिला समितिको स्थापना भएको थियो । यसको सेक्रेटरी दिव्या कोइराला थिइन् । यसको मुख्य उद्देश्य बालविवाह र बहुविवाह रोक्नु तथा नेपाली नारीहरुमा राजनैतिक जागरण ल्याउनु थियो । यस समितिले नेपालीहरुको अवस्था अवगत गराउने उद्देश्यले तात्कालीन प्रधानमन्त्री चन्द्र शमशेरलाई भरियाहरुको झुत्रो र गन्हाएको लुगाको पोको हुलाकमार्फत् पार्सल गरी पठाएको थियो । तर यो समिति स्थापना भएको ६ महिनापछि नै समितिमा भएका व्यक्तिहरुलाई निर्वासनमा पठाइयो ।

राणा शासनको विरुद्धमा नारीहरुले गरेको ठूलो विद्रोह योगमाया न्यौपानेले गरेको विद्रोह हो । राणा शासनकालमा व्याप्त भएको अन्धविश्वास र महिलाहरुमाथि भइरहेको अमानवीय व्यवहार तथा राणाहरुको अन्याय–अत्याचारको विरुद्ध विद्रोह गरेकी थिइन्, योगमाया न्यौपानेले ।

त्यसपछि वि.सं. १९७७ सालमा काठमाण्डौका वौद्ध युवा युवतीहरुले ‘वौद्ध धर्म उद्धार संघ’को स्थापना गरे । यस संघमा मोतिलक्ष्मी, रत्नलक्ष्मी, सिद्धिलक्ष्मी तथा प्रेमलक्ष्मी गरी चारजना महिलाहरु थिए । अरु माध्यमबाट जनतालाई राणा शासनको अत्याचारविरुद्ध जागृत गर्न नसकेको अवस्थामा यही संघका सदस्यहरुले बौद्ध प्रवचनमार्फत् काठमाण्डौका जनताहरुमा जागरण ल्याउने काम गर्न थाले । बौद्ध प्रवचनको साथसाथै उनीहरुले राणाहरुले गरिरहेका अन्याय–अत्याचारको बारेमा पनि व्याख्या गर्दथे । तर चन्द्र शमशेरले यसलाई पनि टिक्न दिएनन् । उनले नेवारहरुले यसरी बौद्ध संघ खोल्न नपाइने भनेर यो संघलाई नै प्रतिवन्ध लगाइदिए ।

त्यसपछि राणा शासनको विरुद्धमा नारीहरुले गरेको ठूलो विद्रोह योगमाया न्यौपानेले गरेको विद्रोह हो । राणा शासनकालमा व्याप्त भएको अन्धविश्वास र महिलाहरुमाथि भइरहेको अमानवीय व्यवहार तथा राणाहरुको अन्याय–अत्याचारको विरुद्ध विद्रोह गरेकी थिइन्, योगमाया न्यौपानेले । उनी एकजना नेपालकी पहिलो यथार्थवादी कवियित्री पनि थिइन् । उनले कविताको माध्यमबाट राणा शासनको अन्याय, अत्याचार, अन्धविश्वास र सामन्तवादको विरोध गरिन् । उनका थुप्रै अनुयायीहरु पनि थिए । वि.सं. १९८८÷८९ तिर उनले करिब २६ सूत्रीय माग भएको ‘भिक्षापत्र’ प्रधानमन्त्री जुद्ध शमशेरलाई पठाएकी थिइन् । ३÷४ वर्षपछि पनि त्यसको कुनै सुनवाइ नभएपछि उनी आफैं वि.सं. १९९३ तिर काठमाण्डौ आएर प्रधानमन्त्री जुद्धशमशेरसँग भेटिन् । जुद्ध शमशेरबाट माग पूरा हुने आस्वासन मिलेपछि उनी दिङ्ला फर्किन् । त्यसको दुई वर्षपछि पनि आफ्नो मागमा कुनै कारवाही नभएपछि उनीसहित २४० जना उनका अनुयायीहरुले वि.सं. १९९५ मा अग्नी दाह गरेर मृत्युवरण गर्ने निर्णय गरे । र, उनीहरुले त्यसको तयारी पनि गरे । त्यो कुरो थाहा पाएर सरकारले उनीहरुलाई पक्रेर जेलमा हाल्यो । केही वर्षपछि उनीहरु कैदमुक्त भए ।

वि.सं. १९९७ सालको शहीदकाण्डपछि वि.सं.१९९८ मा अत्याचारी राणा शासनको विरोध गरेर योगमायाहित ६८ जना उनका अनुयायीहरुले अरुण नदीमा हाम्फाली सामूहिक आत्महत्या गरेर जलसमाधि लिए । उनको यो विद्रोह देखेर धेरै नेपालीहरु राणाविरोधी भए ।

राणा शासनविरुद्ध आन्दोलनमा सहयोग गर्ने महिलाहरुमा वीर अस्पतालमा कार्यरत नर्स अष्टलक्ष्मी र चन्चला मानन्धरको पनि ठूलो योगदान रहेको थियो । प्रजापरिषद्को पर्चा छर्ने कार्यक्रममा उनीहरुले सुत्केरी गराउने सामग्री र औषधीहरु बोकेर राति ११÷१२ बजे काठमाण्डौको विभिन्न ठाउँहरुमा पर्चा छरेका थिए । स्मरणीय छ, प्रजापरिषद् नेपालको पहिलो राजनीतिक पार्टी हो । त्यस्तैगरी, जेलमा सरसफाइ गर्ने राममाया नेपालीको योगदानलाई पनि कम महत्व दिन मिल्दैन । क्रूर राणा शासनकालमा पनि उनले आफ्नो ज्यानलाई हत्केलामा राखेर जेलमा रहेका राजबन्दीहरुको खबर बाहिर ल्याउने र बाहिरको खबर भित्र लाने काम गरेर प्रजातान्त्रिक आन्दोलनमा ठूलो सहयोग पु¥याएकी थिइन् ।

२००३ सालमा नेपालको इतिहासमा सबभन्दा पहिले संगठित रुपले विराटनगरमा मजदूर हड्ताल भएको थियो । हड्तालको नेतृत्व गर्नेहरु मनमोहन अधिकारी, वि.पी. कोइराला, गिरिजा कोइराला आदि थिए । हड्ताल भएको केही दिनपछि नै उनीहरु समातिएर काठमाण्डौ चलान गरिए । तर त्यसपछि पनि हड्ताल रोकिएन । उनीहरु समातिएपछि दिव्या कोइराला, नोना कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्यले मजदूरहरुलाई साथ दिएर हड्ताल जारी राखे । पछि उनीहरु पनि समातिए र धनकुटा जेलमा थुनिए । त्यो हड्ताल सफल नभए तापनि त्यसको प्रभाव देशभर फैलियो ।

विराटनगरको मजदूर हड्ताल दबाइएको लगत्तै पछि २००४ साल वैशाखमा नेपाल अधिराज्यभर नागरिक अधिकार आन्दोलन शुरु भयो । त्यस आन्दोलनमा काठमाण्डौमा साहना प्रधान, साधना प्रधान, कनकलता, स्नेहलता जेल परे । जेलपरेपछि उनीहरुले आफन्तहरु र समाजबाट समेत अपहेलित हुनुप¥यो । तर पनि त्यसको कुनै वास्ता नगरिकन उनीहरु आन्दोलनमा लगातार लागिरहे । तेह्रथुममा निक्लेको जुलुसमा दुर्गादेवी दाहालले जुलुसको नेतृत्व गरेकी थिइन् । उनले पुरुष र महिलाहरुलाई समेत राणाविरोधी आन्दोलनमा लाग्न सचेत पार्ने काम घाँस दाउरा जाँदा गर्ने गर्दथिन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा देशका विभिन्न ठाउँहरुमा खोलिएका महिला संघहरुमा आवद्ध भएका महिलाहरुले ठूलो सहयोग गरे । उनीहरुले जेलमा थुनिएका नेताहरुलाई खबर आदान–प्रदान गर्ने, भूमिगत बसेका नेताहरुलाई लुकाउने, एक ठाउँबाट अर्को ठाउँमा सुरक्षित साथ लैजाने तथा पर्चाहरु ओसार्ने र छर्ने काम गर्दथे ।

राणाविरोधी आन्दोलनकै समयमा काठमाण्डौमा ‘नेपाल महिला संघ’को स्थापना भयो । यस संघको अध्यक्ष पदमा मंगलादेवी सिंह, सचिवमा स्नेहलता, कोषध्यक्षमा श्रीमाया र अन्य सदस्यहरुमा रेवन्तकुमारी आचार्य, सीतादेवी शर्मा, गुलवदन ताम्राकार, प्रतिमा कर्माचार्य, चम्पा बज्राचार्य, तीर्थदेवी श्रेष्ठ रहे । र, अरु थुप्रै महिलाहरु साधारण सदस्य भए । यसका शाखाहरु काठमाण्डौबाहिर पनि बने । नेपालको प्रजातान्त्रिक आन्दोलनमा देशका विभिन्न ठाउँहरुमा खोलिएका महिला संघहरुमा आवद्ध भएका महिलाहरुले ठूलो सहयोग गरे । उनीहरुले जेलमा थुनिएका नेताहरुलाई खबर आदान–प्रदान गर्ने, भूमिगत बसेका नेताहरुलाई लुकाउने, एक ठाउँबाट अर्को ठाउँमा सुरक्षित साथ लैजाने तथा पर्चाहरु ओसार्ने र छर्ने काम गर्दथे । रेवन्तकुमारी आचार्य र सीतादेवी शर्माले जेलभित्र, बाहिरको चिठी र क्यामरासमेत पठाउने काम गरेर ठूलो जोखिम उठाएका थिए ।

२००५ सालमा नेपालमा ‘नेपाल प्रजा पंचायत’ नामको राजनीतिक संगठन स्थापना भयो । त्यसको स्थापना भएको घोषणा कार्यक्रम हीरादेवी तुलाधरले प्रजा पंचायतका सदस्यहरुलाई टीका लगाएर शुरु गरेकी थिइन् । त्यस संस्थाले गरेको आन्दोलनमा उनी र अरु थुप्रै महिलाहरुले भाग लिएका थिए । लक्ष्मी मानन्धर, तीलनानी मानन्धरले पनि प्रजा पंचायतको सत्याग्रहमा सक्रियतापूर्वक भाग लिएका थिए । र, उनीहरु प्रहरी हिरासतमा थुनिएका पनि थिए । भक्तपुरमा पनि नानीमाया नकर्मी, केशरी प्रधान, जगदेश्वरी मल्ल, उमा मल्ल आदि ११ जना महिलाहरुले सत्याग्रह शुरु गरेका थिए । त्यस आन्दोलनमा नानीमाया नकर्मी  ८ महिना १० दिनसम्म थुनिएकी थिइन् ।

भारतमा नेपाली कांग्रेसमा आवद्ध भएर काम गर्ने महिलाहरुमा सुशील चालिसे, नोना कोइराला, मायादेवी शाह, नक्कली चित्रकार, टीका बस्नेत, गुलबदन ताम्राकार, लख्वी परियार, रोशा कोइराला, बुनु कोइराला, सुशीला कोइराला, मन्जु कोइराला, इन्दिरा आचार्य, बालादेवी सिंह आदि हुन् । उनीहरुको प्रमुख काम महिलाहरुलाई जागृत गराउने, पार्टीको झण्डा सिउने, हातेबमहरु तयार गर्ने, पार्टी सदस्य बढाउने थियो ।

२००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएपछि त्यस पार्टी अन्तरगत सक्रिय रहेर काम गर्ने महिलाहरुमा कामाक्षादेवी, मोतिदेवी, साहना प्रधान, साधना प्रधान, दुर्गादेवी आदि थिए । मोतिदेवीले आफ्नै घरमा मिटिङ्ग राख्न लगाउने कामदेखि लिएर नेताहरुलाई सुरक्षित मार्गबाट भारत लैजाने र ल्याउने तथा भारतबाट पर्चाहरु नेपाल ल्याउने काम पनि गरिन् ।

नेपाली कांग्रेसको वैरगानिया सम्मेलनबाट नेपालमा सशस्त्र आन्दोलन संचालन गर्ने निर्णय गरिएपछि काठमाण्डौमा त्यसको तयारीको लागि सुन्दरराज चालिसे, गणेशमानसिंह तथा सुशीला चालिसेलाई पठाइएको थियो । सुशीला चालिसे काठमाण्डौमा बसेर सैनिक संगठन गर्ने काममा सक्रिय रहिन् । उनको सम्बन्ध सरकारी सेनाका कामाण्डर र सुवेदारहरुसँग पनि थियो । त्यसको साथै उनले राजा त्रिभुवन र नेपाली कांग्रेसका नेताहरुको बीच सम्पर्क गराउने काम पनि गरिन् । उनको यो कामले ००७ सालको जनआन्दोलनमा ठूलो मद्दत पुगेको थियो । पछि राणाहरुले उनलाई पक्राउ गरेर हनुमान ढोकामा थुने । ००७ सालपछि मात्र उनी थुनाबाट मुक्त भइन् ।

२००७ साल कार्तिक २६ गते राजा त्रिभुवनको भारत प्रस्थानपछि त्यही दिन बीरगंजबाट नेपालमा सशस्त्र आन्दोलन शुरु भयो । त्यस सशस्त्र आन्दोलनमा पनि महिलाहरुको ठूलो भूमिका रह्यो । नेपालमा सशस्त्र आन्दोलनको लागि चाहिने हातहतियार तथा गोलीगठ्ठाहरु नेपाल भिœयाउने काममा महिलाहरुले ठूलो मद्दत पु¥याएका थिए । विजयलक्ष्मी कोइराला, गंगादेवी जोशी, नोना कोइराला, सुशीला चालिसे, राजेश्वरी पिंडाली, ज्ञानु प्रसाईं,, रश्मी राज्य आदि महिलाहरुले हतियार संकलन गर्न र नेपालभित्र ती हतियारहरु भिœयाउन ठूलो जोखिम उठाएर सहयोग गरेका थिए ।

२००७ सालमा राजा त्रिभुवन भारत प्रस्थान गरेपछि राणाहरुको अनुरोधमा राजा त्रिभुवनको सट्टामा राणाहरुले राजा बनाएका ज्ञानेन्द्रलाई नै अन्तर्राष्ट्रिय मान्यता जुटाउन ब्रिटिश कमिशन नेपालमा आएको थियो । त्यो कुरा थाहा पाएपछि काठमाण्डौ उपत्यकाका तीन शहरहरुबाट मानिसहरु गौचरमा ओइरिए । नेपाल महिला संघका पदाधिकारीहरु र अन्य महिलाहरु पनि त्यसमा सामेल भए । ब्रिटिश कमिशनका सदस्यहरु प्लेनबाट उत्रेर गाडी चढ्न नपाउँदै त्यहाँ नारा जुलुस हुनथाल्यो । प्रहरीहरुले लाठी चार्ज गर्नुको साथै ब्ल्याङ्क फायर पनि गरे । त्यस लाठी चार्जमा धेरै मानिसहरु घाइते भए । र, भीड तितरवितर भयो । त्यस विरोधसभामा शान्ता श्रेष्ठले ठूलो शाहस देखाइन् । उनको शाहसबाटै तितरबितर भइसकेको भीड फेरि एकत्रित भयो । र, ठूलो प्रदर्शन भयो । त्यसपछि नै ब्रिटिश कमिशन राजा त्रिभुवनलाई नै राजा बनाउनुपर्छ भन्ने कुरामा सहमत भएर फक्र्यो । त्यस विरोधसभामा शान्ता श्रेष्ठ नराम्ररी घाइते भइन् । घाइते हुने अन्य महिलाहरुमा चम्पा बज्राचार्य पनि थिइन् भने सिला तुलाधर, कृष्ण कुमारी मानन्धर, सरोजनी, नानीछोरी आदि महिलाहरु जेल परे । शान्ता श्रेष्ठ पनि भूमिगत भइन् । प्रजातन्त्रको घोषणापछि मात्रै उनी खुला भइन् ।

यस्तै किसिमले काठमाण्डौबाहिर भएका राणाविरोधी आन्दोलनमा पनि नेपाली महिलाहरुले ठूलो साहस देखाएका थिए । स्याङ्गजामा पार्वती गुरुङ्ग, धनमहारानी, ललित कुमारी आदि महिलाहरु आन्दोलनमा सक्रिय थिए । बन्दिपुरमा तारादेवीको नेतृत्वमा कैयौं महिलाहरु आन्दोलनको दौरानमा घाइते भएकाहरुको सेवा–सुसुस्रामा लागेका थिए । पोखरा र लम्जुङ्ग कब्जा गर्न निस्केको जुलुसमा सावित्रीदेवी आचार्य, माहिली मैया, सानुमाया आदि महिलाहरुसहित ३÷४ सय जना महिलाहरु जुलुसको अग्रपंक्तिमा बसेर जुलुसको नेतृत्व गरेका थिए । र त्यस जुलुसले पोखरा र लम्जुङ्ग कब्जा गर्न सफलता प्राप्त गरेको थियो । त्यस्तै गरेर बाग्लुङ्ग तथा पाल्पाको आन्दोलनमा पनि महिलाहरुको ठूलो सहभागिता रहेको थियो ।

यस आन्दोलनमा नेपाली कांग्रेसले महिलाहरुलाई पनि गोली चलाउने, हाते बम फाल्ने तालिम दिएको थियो । त्यस तालिममा हातेबम फाल्दा कान्छी मैया नराम्ररी घाइते भएकी थिइन् । यसरी नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली महिलाहरुको सक्रिय सहभागिता रहनुको साथै अप्रत्यक्ष रुपमा पनि उनीहरुले ००७ सालको आन्दोलनमा ठूलो सहयोग गरेका थिए । र, नेपाली महिलाहरुले आफ्ना पति तथा छोराहरुलाई टीका लगाएर युद्धमा जान विदा गरेका थिए । यसलाई नेपाली महिलाहरुको सानो सहयोग मान्न सकिँदैन ।

नेपालको इतिहासमा प्रजातन्त्रको स्थापना गर्न नेपाली महिलाहरुले पनि ठूलो योगदान पुर्याएका छन् । यदि नेपाली महिलाहरुको सहयोग नभएको भए २००७ सालमा नेपालमा प्रजातन्त्र आउन सक्दैनथ्यो होला ।

सशस्त्र आन्दोलनकै क्रममा विराटनगरमा नेपाल रेडियो संचालन गरिएको थियो । त्यस रेडियोबाट नेपालमा भइरहेको आन्दोलनको समाचारहरु दिनुको साथै क्रान्तिकारीहरुलाई जोस बढाउने गीत पनि प्रशारण गरिन्थ्यो । त्यस रेडियोबाट सर्वप्रथम अंग्रेजी समाचार वाचन गर्ने महिला विजयालक्ष्मी थिइन् ।

यसरी नेपालको इतिहासमा प्रजातन्त्रको स्थापना गर्न नेपाली महिलाहरुले पनि ठूलो योगदान पु¥याएका छन् । यदि नेपाली महिलाहरुको सहयोग नभएको भए २००७ सालमा नेपालमा प्रजातन्त्र आउन सक्दैनथ्यो होला । नेपालको इतिहास पल्टाउँदा आम मानिसहरुको धारणामा रहेको ‘महिलाहरु अवला हुन्, उनीहरु पुरुषको दाँजोमा आउन सक्तैनन्, पुरुषहरुमा जति शाहस उनीहरुमा हुँदैन’ भन्ने जस्ता कुराहरु निरर्थक देखिन्छन् । नेपालको इतिहासले के देखाएको छ भने महिला वर्ग पनि नेपाली समाज तथा देशको आधा जनशक्ति हो । महिलाहरुको सहभागिताविना देश तथा समाज प्रगतिको बाटोमा अगाडि बढ्न सक्तैन । à

सन्दर्भ सामग्री:

१.       नेपालको प्रजातान्त्रिक आन्दोलनमा महिला वर्गको भूमिका– मीरा बस्नेत

२.      नेपालको जनक्रान्ति – भुवनलाल प्रधान

३.      सामाजिक आन्दोलनकी अग्रणी तथा आदिकवि योगमाया

 

नवयुवा मासिक अंक ७३ मा प्रकाशित