चिहान खन्ने मान्छे

रातको भयंकर सुनसानमा, जब आकाशमा भएका सबै चीजहरु घना बादलको लोभी आवरणपछाडि गायब भइसकेका थिए,  म मत्युको पिशाचहरुको भञ्ज्याङमा एक्लै थुरथुर काम्दै हिँडिरहेको थिएँ ।

आधी रातको समय भयो र भयानक पखेटाहरु भएको प्रेत मेरो आसपास दौडिन थाल्यो । त्यसैबेला आफ्नो लठ्ठै पार्ने विभत्सताले मलाई मोहित गरिरहेका एउटा ठूलो भूतलाई मैले अगाडि उभिएको देखें । उसले गर्जिदै भन्यो, ‘तिम्रो डर दोहोरो छ । तिमीलाई एउटा डर मेरो लागिरहेको छ । तिमी यसलाई लुकाउन सक्दैनौं, किनभने तिमी त माकुराको जालोको पातलो धागोभन्दा पनि कमजोर छौ । तिम्रो बोलाउने नाम के हो ?

म एउटा ठूलो चट्टानमा अडेस लागें । मैले आफूलाई यस अचानक भोगेको झट्काबाट आफैं बाहिर निकालें र एउटा विमारीले जस्तो काँप्दो आवाजमा जवाफ दिएँ, ‘मेरो नाम अब्दुल्ला हो, यसको अर्थ हुन्छ– अल्लाहको गुलाम या ईश्वरको दास ।’

उनी भत्भताउन थाले, ‘धेरै छन्, जो ईश्वरको गुलाम हो । आफ्ना गुलामहरुसँग ईश्वरको दुःख पनि कम छैन । अब्दुल्लाको सट्टामा तिम्रो बुबाले तिम्रो नाम ‘राक्षसहरुको मालिक’ किन राखेनन् ?

ऊ केही बेर नबोलिकन बस्यो । यो डरलाग्दो मौनता थियो । म उसको रुपरंगसँग अभ्यस्त भएँ । तर उसको विचित्रका विचार र कुराकानीहरु अनि उसको उदेकलाग्दो विश्वास र सोचाइले मलाई फेरि भित्रै देखी कम्प छुटाइदियो । ऊ भत्भताउन थाल्यो, ‘धेरै छन्, जो ईश्वरको गुलाम हो । आफ्ना गुलामहरुसँग ईश्वरको दुःख पनि कम छैन । अब्दुल्लाको सट्टामा तिम्रो बुबाले तिम्रो नाम ‘राक्षसहरुको मालिक’ किन राखेनन् ? त्यसो गरेको हुन्थ्यो भने पृथ्वीको घोर संकटहरुमा एउटा अर्को संकट पनि त थपिन्थ्यो ? तिमी आतंकित भएर आफ्नो पुर्खाहरुबाट पाएको उपहारको सानो घेरासँग टाँसिएका छौं र तिम्रो कष्ट तिम्रो मातापिताले दिएका हुन् र जबसम्म तिमी आफैं लाश बन्दैनौं तबसम्म तिमी मृत्युको गुलाम बनिरहनेछौ ।

तिम्रो भ्रमित आँखाहरुले मानिसहरुलाई जिन्दगीको तुफानुसामु काम्दै गरेको दैख्ने छ र तिमी मान्ने छौ कि उनीहरु जिउँदो छन्, जबकि यथार्थमा उनीहरु आफू जन्मेको समयदेखि नै मुर्दा छन् ।

“तिम्रो काम व्यर्थ छ र त्यागिएको छ । तिम्रो जीवन खोक्रो छ । साँचो जीवन कहिले पनि तिमीनिकट आएन, न त्यो आउने नै छ, न त तिम्रो धोखेबाज मनले तिमीलाई जीवित नै स्म्झनेछ । तिम्रो भ्रमित आँखाहरुले मानिसहरुलाई जिन्दगीको तुफानुसामु काम्दै गरेको दैख्ने छ र तिमी मान्ने छौ कि उनीहरु जिउँदो छन्, जबकि यथार्थमा उनीहरु आफू जन्मेको समयदेखि नै मुर्दा छन् । उनीहरुलाई गाड्ने कोही थिएनन् । तिम्रो लागि एउटा राम्रो काम लाश गाड्ने खाडल खन्ने हो र यस तरिकाले तिमी केही जीवितहरुलाई घर, बाटो र मन्दिरहरुमा थुप्रिएका लाशहरुको चाङबाट छुटकारा दिलाउन सक्छौं ।”

मैले आपत्ति जनाएँ, “म यस्तो कुनै काम गर्न सक्दिनँ । मेरी पत्नी र बच्चाहरुलाई मेरो सहारा र साथ समर्थनको खाँचो छ ।”

ऊ मतिर झुक्यो । उसले आफ्नो कसिएका मांसपेशीहरु देखाए । त्यो एउटा बलियो रुखको जराहरु जस्तो देखिन्थ्यो– जीवन र उर्जाहरुले भरपूर । उसले केहीबेर सोच्यो र फेरि सोध्यो, “तिम्रो धर्म के हो ?”

मैले बहादुरीपूर्वक भनें, “म ईश्वरमा विश्वास गर्छु र म उसका देवदूतहरुको सम्मान गर्छु । म राम्रो कामलाई मन पराउँछु र अनन्तकालसम्म मेरो आस्था रहनेछ ।”

गज्जबको समझदारी र ठोस विश्वासका साथ उसले जवाफ दियो, “यो खोक्रो शब्द मानिसहरुको ओंठमा बितेका युगले हालिदिएका हुन्, ज्ञानले हैन् । तिमी स्वतः आफ्ना इच्छाहरुको अनन्तकालमा विश्वास गर्छौ । मानिसले शुरुदेखि नै आफ्नै पुजा–प्रार्थना गरको हुन् र आफैंले त्यसलाई आफू अनुकूलका उपाधिहरुले पुकारेका हुन् । यो अहिलेसम्म हुँदै आएक छन्, जब उसले ती आफ्ना बुबाका लागि ‘ईश्वर’ शब्दको प्रयोग गर्न शुरु गरिदिएका छन् ।” फेरि ती दैत्यले ठूलो अट्टहास गरे र त्यसको प्रतिध्वनि गुफाहरुमा ट्कराइरहे र उसले व्यंग्य गरे, “कति अनौठो छन् ती मानिसहरु, जो आफ्नै प्रार्थना गर्छन् जबकि उनीहरुको वास्तविक अस्तित्व केही पनि छैन खालि लाशको जस्तो मात्रै हुन्छ ।”

ऊ रोकिएपछि मैले उसको कुराकानीहरुलाई ध्यानपूर्वक सोचें र त्यसको अर्थहरुबारे विचार गरें । ऊसँग ज्ञान थियो, जुन जीवनभन्दा बढी राम्रो र मृत्युभन्दा बढी भयानक तथा यथार्थभन्दा बढी गहिरो थियो । मैले डराउँदै उसलाई सोधें, “के तिम्रो पनि कुनै धर्म, ईश्वर छ ?”

“मेरो नाम पागल ईश्वर हो ।” उसले जवाफ दिए, “र म हर युगमा पैदा भएको छु, र म  आफैंको देवता हुँ । म बुद्धिमान छुइनँ, किनभने बुद्धिमत्ता कमजोरहरुको गुण हो । म मजबूत छु र पृथ्वी मेरो पाइतालामुनि हिँड्छ । जब म रोकिन्छु, ताराहरुको जुलूस मसँग रोकिन्छ । म मानिसहरुको खिल्ली उडाउँछु । म राति राक्षसहरुका साथ बस्छु । म इच्छा पूरा गरिदिने राक्षसहरुलाई ठूलाठूला राजाहरुसँग भेट गराउँछु । अस्तित्वमा हुनु र नहुनुको रहस्य मेरो कब्जामा छ ।

तिमी आफूले आफैंलाई धोखा दिन्छौ, तर पनि तिमी मेरो भाइ हौ र तिमी त्यसरी नै बाँचिरहेका छौ जसरी म । भाग् पाखण्डी ! घिस्रेर पृथ्वीमा फर्की र जीवित लाशहरुमा आफूले आफैंलाई पूजा गरिबस् ।”

“बिहान म सूर्यको निन्दा गर्छु । दिउँसो म मानवीयतालाई सराप्छु । बेलुका म प्रकृतिलाई डुबाउँछु । रात्रिकालमा म घुँडा टेकेर आफ्नै पुजापाठ गर्छु । म कहिल्यै सुत्दिनँ । खानका लागि, आफ्नो तीर्खा मेटाउनका लागि म उसको रगत पिउँछु र उसको मृत्युको समयमा स्याँ स्याँ गर्नको लागि म आफ्नो सास लिन्छु । यद्यपि तिमी आफूले आफैंलाई धोखा दिन्छौ, तर पनि तिमी मेरो भाइ हौ र तिमी त्यसरी नै बाँचिरहेका छौ जसरी म । भाग् पाखण्डी ! घिस्रेर पृथ्वीमा फर्की र जीवित लाशहरुमा आफूले आफैंलाई पूजा गरिबस् ।”

म त्यो गुफा जस्तै लाग्ने भञ्ज्याङबाट लरबराउँदै निस्के । मेरो कानले जे सुनेको थियो र मेरो आँखाहरुले् जे देखेको थियो, त्यसमा मलाई विश्वास नै भइरहेको थिएन । उसले जुन यथार्थ कुरा गरेको थिए, त्यसमध्ये केहीले मलाई भयानक पीडा दिएको थियो । म त्यो पूरै रात बेचैन भएर सोच्दै–विचार गर्दै खेतहरुमा घुमिरहें ।

मैले एउटा कोदालो लिएँ र मनमनै भनें, “लाश गाड्ने खाडल गहिरो खन । ... अब हिँड जहाँ पनि तिमीले जीवित लाश फेला पार्छौ, त्यसलाई धरतीमा गाडिदेऊ ।”

त्यही दिनदेखि म चिहानहरु खनिरहेको छु र जीवित लाशहरुलाई गाडिरहेको छु । तर जीवित लाशहरु अत्यन्तै धेरै छन् र म एक्लो छु । मलाई मद्दत गर्नेवाला कोही छैनन् ।

खलिल जिब्रान

खलिल जिब्रान (१८८३–१९३१), लेबाननका महान साहित्यकार