सआदत हसन मन्टोको कालजयी कथा 'टोबा टेक सिंह'
विशन सिंहको गलाबाट एउटा आकाश छेड्ने चिच्याहट निस्क्यो । अफिसरहरुले देखे– १५ वर्षसम्म दिन रात आफ्नो खुट्टामा खडा रहेका मान्छे घोप्टो परेर पछाएिका छन् ।
प्रख्यात पाकिस्तानी लेखक सआदत हसन मन्टोको कालजयी कथा हो– टोवा टेक सिंह। भारत विभाजनको पृष्ठभूमिमा लेखिएको तथा सन् १९५५मा प्रकाशित यस कथामा मन्टोले देश विभाजनको क्रममा भएको अथाह मानवीय पीडा र संवेदनाका हत्यालाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरेका छन्। यो कथाले भारत विभाजनको औचित्यहिनता र निरर्थकतालाई बिम्बात्मक रुपमा प्रस्तुत गरेको छ। टोवा टेक सिंहलाई भारत विभाजनबारे लेखिएका साहित्यहरुमध्ये सबै भन्दा सशक्त कथा मानिन्छ। –दायित्वबोध
विभाजनको दुई तीन वर्षपछि पाकिस्तान र हिन्दुस्तान शासकहरुलाई यो सोच आयो कि राम्रो व्यवहार भएका कैदीहरुलाई जस्तै पागलहरुलाई पनि साटासाट गरिनुपर्छ । अर्थात् हिन्दुस्तानको पागलखानाहरुमा रहेका पागल मुसलमानहरुलाई पाकिस्तान पुर्याइदिने र पाकिस्तानको पागलखानाहरुमा रहेका हिन्दू र सिख पागलहरु हिन्दुस्तानलाई सुम्पिदिइयोस् ।
थाहा छैन, यो कुरा सही थियो कि थिएन । समझदार मानिसहरुको फैसलाअनुसार पटक पटक सम्मेलनहरु भए र अन्ततः पागलहरुलाई सार्ने दिन पनि तय भयो । राम्रो छानविन गरियो । आफन्तहरु हिन्दुस्तानमै रहेका मुसलमान पागलहरुलाई त्यहीँ रहन दिइने भयो । जति पनि हिन्दू–सिख पागलहरु थिए, सबैलाई पुलिसको सुरक्षामा सीमानामा पुर्याइदिइने भयो ।
एउटा सिख पागलले अर्को सिख पागललाई सोधे, “सरदारजी, हामीलाई हिन्दुस्तान किन पठाइँदैछ.. । हामीलाई त त्यहाँको भाषा पनि आउँदैन...”
उताको थाहा छैन, तर यता लाहौरको पागलखानामा जब यो कैदी साटासाटको खबर पुग्यो, रमाइला गफसफहरु हुन थाले । १२ वर्षदेखि नियमित रुपमा नमाज पढ्दै आएका एक मुसलमानलाई जब उनका साथीले सोधे, ‘मौलवी साहेब, यो पाकिस्तान के हो ?'' उसले अत्यन्तै सोचविचार गरेपछि जवाफ दिए, “हिन्दुस्तानमा यस्तो ठाउँ छ, जहाँ छुरा बन्छ...।”
यो जवाफ सुनेर उसको साथी सन्तुष्ट भयो ।
यसै गरी, एउटा सिख पागलले अर्को सिख पागललाई सोधे, “सरदारजी, हामीलाई हिन्दुस्तान किन पठाइँदैछ.. । हामीलाई त त्यहाँको भाषा पनि आउँदैन...” अर्को मुस्कुराए, “मलाई त हिन्दुस्तानीहरुको बोली आउँछ, हिन्दुस्तानीहरु अत्यन्तै शैतानी घमण्डका साथ चल्ने गर्छन्...।”
एक दिन नुहाउँदै गर्दा, एउटा मुसलमान पागलले “पाकिस्तान जिन्दाबाद’ को नारा यति ठूलो स्वरले शंखनाद गरे कि उनी चिप्लेर लडे र बेहोश नै भए ।
केही केही पागलहरु यस्ता पनि थिए, जो पागल थिएनन् । उनीहरुमध्ये बहुसंख्या हत्याराहरुको थियो, जसका आफन्तहरुले अफिसरहरुलाई केही घुस खुवाएर पागलखाना पठाइदिएका थिए ताकि उनीहरु फाँसीको फन्दाबाट बचोस् । यी पागलहरुलाई थोरबहुत थाहा थियो कि हिन्दुस्तानको विभाजन किन भयो र यो पाकिस्तान के हो । तर वास्तविक यथार्थताबारे उनीहरु पनि अनभिज्ञ थिए । अखबारहरुबाट उनीहरुले केही थाहा पाउँदैन थिए र पहरामा बसेका सिपाहीहरु अनपढ र मुर्ख थिए, जसका कुराकानीहरुबाट उनीहरु कुनै जानकारी हासिल गर्न सक्दैनथिए । उनीहरुलाई खालि यति मात्रै थाहा थियो कि एकजना मानिस मुहम्मद अली जिन्नाह छन्, जसलाई कायदे–आजम भनिन्छ । उसले मुसलमानहरुका लागि एउटा अलग मुलुक बनाएका छन्, जसको नाम पाकिस्तान हो । यो कहाँ छ, यसको भौगोलिक स्थिति के छ, यसको बारेमा उनीहरु केही जान्दैथिए । यही कारण थियो कि ती सबै पागल, जसको दिमाग पूर्ण रुपमा खराब भएको थिएन, यो द्विविधामा थिए कि उनीहरु पाकिस्तानमा छन् या हिन्दुस्तानमा । यदि हिन्दुस्तानमा छन् भने पाकिस्तान कहाँ छ ? यदि पाकिस्तानमा छन् भने यो कसरी हुन सक्छ कि उनीहरु केही समय पहिलेसम्म यहीँ रहेर पनि हिन्दुस्तानमा थिए ।
एक पागल त हिन्दुस्तान र पाकिस्तान, पाकिस्तान र हिन्दुस्तानको गोलचक्करमा यसरी फसे कि उनी झनै पागल भए । बढार्दाबढार्दै एक दिन रुखमा चढेर र हाँगामा बसेर दुई घण्टासम्म पाकिस्तान र हिन्दुस्तानका नाजुक विषयमा लगातार भाषण गरिरहे ।
एक पागल त हिन्दुस्तान र पाकिस्तान, पाकिस्तान र हिन्दुस्तानको गोलचक्करमा यसरी फसे कि उनी झनै पागल भए । बढार्दाबढार्दै एक दिन रुखमा चढेर र हाँगामा बसेर दुई घण्टासम्म पाकिस्तान र हिन्दुस्तानका नाजुक विषयमा लगातार भाषण गरिरहे । सिपाहीहरुले जब उनलाई तल झर्न भने, उनी झनै माथितिर चढे । उसलाई डरधम्की देखाइँदा उसले भने, ‘न म हिन्दुस्तानमा बस्न चाहन्छु न पाकिस्तानमा । म यहीँ रुखमै बस्छु...।” धेरै समयपछि जब उसको यो पागलपनमा कमी आयो, उनी तल ओर्लिएर र आफ्ना हिन्दू–सिख साथीहरुसँग गला मिलाएर रुन थाले । यो कुराले उनको मन भरिएर आएको थियो कि उनीहरु उसलाई छोडेर हिन्दुस्तान जानेछन्...
एक एमएससी पास रेडियो इन्जिनियर मुसलमान थिए । उनी अरु पागलहरुबाट अलथलग रहेर बगैंचाको पैदल हिँड्न बनाइएको एक खास स्थानमा दिनभरि चुपचाप डुलिरहन्थे । उनमा यो बदलाव देखियो कि उनले आफ्ना सबै कपडाहरु उतारेर पागलखानाका सरदारलाई सुम्पिदिए र नांगोभुतुङ्गो भएर बगैंचामा डुल्न थाले ।
उसले एकदिन आफ्नो लहडमा यो घोषणा गरिदिए कि उनी कायदे–आजम मुहम्मद अली जिन्नाह हुन् । उको देखासिकी एक सिख पागल मास्टर तारा सिंह बने ।
मुस्लिम लिगका सक्रिय एजेण्ट बनिसकेका तथा चियौटका एक मोटाघाटा मुसलमान दिनको १५–१६ पटक नुहाउने गर्थे, अचानक उनले त्यो बानी त्यागे । उसको नाम मुहम्मद अली थियो । उसले एकदिन आफ्नो लहडमा यो घोषणा गरिदिए कि उनी कायदे–आजम मुहम्मद अली जिन्नाह हुन् । उको देखासिकी एक सिख पागल मास्टर तारा सिंह बने । त्यहाँ लडाइँ झगडा हुनुभन्दा पहिल्यै दुवैलाई खतरनाक पागल घोषित गरेर अलग–अलग कैद बन्द गरियो ।
लाहौरका एक नौजवान हिन्दु वकील प्रेममा असफल भएर पागल भएका थिए । अमृतसर हिन्दुस्तानमा पर्यो भन्ने सुनेर उनी अत्यन्तै दुःखी बने । अमृतसरकी एक हिन्दु युवतीलाई उनी प्रेम गर्थे । ती युवतीले उनको प्रेमलाई नकारेका थिए तर प्रेममा पागल बनेका उनले ती युवतीलाई बिर्सेका थिएनन् । उनले ती तमाम हिन्दू र मुसलमान लिडरहरुलाई गाली दिन थाले, जसले मिलेर हिन्दूस्तानलाई दुई टुक्रा गरिदिएका छन् र उनका प्यारी हिन्दुस्तानी बनेकी छिन् र उनी चाहिँ पाकिस्तानी... जब पागलहरुको आदानप्रदानको कुरा शुरु भयो, ती वकीललाई अन्य थुप्रै पागलहरुले सम्झाए कि नराम्रो नमान.. तिमीलाई पनि हिन्दुस्तान पठाइनेछ, त्यही हिन्दुस्तान जहाँ उसकी प्राणप्यारी छिन् । तर उनी लाहौर छोड्न चाहँदैनथिए, उसलाई के लाग्थ्यो भने अमृतसरमा उसको प्राक्टिस राम्रो चल्ने छैन ।
लाहौरका एक नौजवान हिन्दु वकील प्रेममा असफल भएर पागल भएका थिए । अमृतसर हिन्दुस्तानमा पर्यो भन्ने सुनेर उनी अत्यन्तै दुःखी बने । अमृतसरकी एक हिन्दु युवतीलाई उनी प्रेम गर्थे । ती युवतीले उनको प्रेमलाई नकारेका थिए
युरोपियन वार्डमा दुई एंग्लो–इण्डियन पागल थिए । जब उनीहरुले हिन्दुस्तानलाई स्वतन्त्र घोषित गरेर अंग्रेजहरु हिँडे भन्ने थाहा पाए, उनीहरुलाई ठूलो चोट पर्यो । उनीहरु लुकी लुकी घण्टौं एकापसमा यो गम्भीर सवालमा कुराकानी गर्थे कि पागलखानामा अब उनीहरुको हैसियतन कुन किसिमको हुनेछ, युरोपियन वार्ड कायम रहनेछ वा हटाइनेछ, ब्रेकफास्ट पाइनेछ कि पाइनेछैन, के उनीहरुले डबलरोटीको सट्टा ब्लडी इन्डियन चपाती त खानुपर्ने छैन ?
एक सिख थिए, जो पागलखानामा बसेको १५ वर्ष भइसकेको थियो । हरबखत उसको मुखबाट यो अचम्म वाक्य सुन्नु पर्थ्यो– 'औपड दि गड गड दि अनेक्स दि बेध्यानाँ दि मुंग दि दाल अफ दि लालटेन...’ उनी दिन न रात, सुत्दैन थिए ।
पहरेदारहरुको भनाइ यो थियो कि १५ वर्षको लामो समयमा उनी एक पलका लागि पनि सुतेका छैनन् । उनी ढल्कदैन पनि थिए । हो, कहिलेकाहीँ पर्खालका साथ टेको लगाएर बस्थे । हर समय उभिने गरेका कारण उनको खुट्टा र पिडौंलाहरु पनि सुन्निएको थियो । यस्तो शारीरिक कष्ट हुँदा हुँदै पनि उनी ढल्केर आराम गर्दैन थिए ।
पहरेदारहरुको भनाइ यो थियो कि १५ वर्षको लामो समयमा उनी एक पलका लागि पनि सुतेका छैनन् । उनी ढल्कदैन पनि थिए । हो, कहिलेकाहीँ पर्खालका साथ टेको लगाएर बस्थे ।
हिन्दुस्तान, पाकिस्तान र पागलहरुको साटफेरका बारेमा जब कहिलेकाहीँ पागलखानाहरुमा गफगाफ हुन्थ्यो, उनी ध्यान दिएर सुन्थे । कसैकसैले उनलाई के विचार छ छ भनेर सोच्दा उनी एकदमै सामान्य भएर जवाफ दिन्थे, “औपड दि गड गड दि अनेक्स दि बेध्यानाँ दि मुंग दि दाल अफ दि पाकिस्तान गभर्मेन्ट...।” पछि जब ‘अफ दि पाकिस्तान गभर्मेन्ट’को ठाउँ ‘अफ दि टोबा टेक सिंह गभर्मेन्ट’ ले लियो, उसले अरु पागलहरुलाई टोबा टेक सिंहा कहाँ छन् र उनी कहाँका हुन् भनेर सोध्न थाले । कसैलाई पनि थाहा थिएन कि टोबा टेक सिंह पाकिस्तानमा छ... या हिन्दुस्तानमा । जसले बताउने कोशिश गर्थे, उनी आफै यो उल्झनमा फस्थे कि सियालकोट पहिले हिन्दुस्तानमा थियो तर अहिले सुनिन्छ कि पाकिस्तानमा छ । के थाहा, आज पाकिस्तानमा भएको लाहौर पनि भोलि हिन्दुस्तानमा पो जाला कि ! अथवा सम्पूर्ण हिन्दुस्तान नै पाकिस्तान बन्ला.. । र, यो पनि कसले छातीमा हात राखेर भन्न सक्छ कि कुनै दिन हिन्दुस्तान र पाकिस्तान दुवै शुरुबाटै गायब भएर पो जाला... !
यो सिख पागलको केश छरपस्ट भएर एकदमै कम बाँकी रहेको थियो । एकदमै कम नुहाउने हुनाले उनको दाह्री र टाउकोको कपाल एकापसमा गुजुल्टिएको थियो । त्यसले गर्दा उसको अनुहार अत्यन्तै भयानक देखिन्थ्यो तर उनले अरुलाई नोक्सान गर्दैनथिए । १५ वर्षमा उसले कहिल्यै पनि कसैसँग लडाइँझगडा गरेका थिएनन् । पागलखानका पुराना कर्मचारीहरुलाई उसको बारेमा यति थाहा थियो कि टोबा टेक सिंहमा उनको थुप्रै जमीनहरु थिए, हुनेखाने जमीन्दार थिए, अचानक दिमाग पल्टियो, उसका आफन्तहरुले उनलाई फलामको मोटोमोटो सिक्रीले बाँधेर ल्याए र पागलखानामा भर्ना गरिदिए ।
कसैलाई पनि थाहा थिएन कि टोबा टेक सिंह पाकिस्तानमा छ... या हिन्दुस्तानमा । जसले बताउने कोशिश गर्थे, उनी आफै यो उल्झनमा फस्थे कि सियालकोट पहिले हिन्दुस्तानमा थियो तर अहिले सुनिन्छ कि पाकिस्तानमा छ । के थाहा, आज पाकिस्तानमा भएको लाहौर पनि भोलि हिन्दुस्तानमा पो जाला कि !
महिनामा एक पटक भेटघाटका लागि ती आफन्तहरु आउथे, उसको हालखबर सोधेर जान्थे । केही समयसम्म त यो सिलसिला जारी रह्यो । तर जब पाकिस्तान–हिन्दुस्तानको गडबडी शुरु भयो, उनीहरु आउनजान बन्द भयो ।
उसको नाम विशन सिंह थियो, तर सबैले उसलाई टोबा टेक सिंह भन्थे । उसलाई यो पटक्कै थाहा थिएन कुन दिन, कुन महिना हो र कति साल बितिसकेको छ । तर हर महिना जब उनका आफन्तहरु उनलाई भेट्नका लागि आउने दिन नजिक आउँथ्यो, उसले स्वतः थाहा पाउँथे । त्यो दिन उनी राम्ररी नुहाउँथे, शरीरमा मज्जाले साबुन दल्थे र कपालमा तेल हालेर कोर्थे, आफ्नो त्यो कपडा, जसलाई उनी अरुबेला कहिल्यै प्रयोग गर्दैनथिए, निकालेर लगाउँथे र एकदमै तयारीका साथ आफूलाई भेट्न आएकाहरु भएठाउँ जाने गर्थे । उनीहरुले उसलाई केही सोध्दा उनी चुपचाप रहन्थे वा कहिले काहीँ “औपड दि गड गड दि अनेक्स दि बेध्यानाँ दि मुंग दि दाल अफ दि लालटेन...” भनिदिन्थे ।
उसको एकजना छोरी थिइन्, जो प्रत्येक महिना एक औंलाका दरले बढ्दै १५ वर्षकी जवान भएकी थिइन् । विशन सिंहले उनलाई चिन्दैन थिए । जब उनी बच्ची थिइन्, उनी आफ्ना बुबालाई देखेर रुन्थिन् र जब जवान भइन्, त्यसबेला पनि उनको आँखामा आँसु बहन्थ्यो ।
पहिले त उसलाई आफैं थाहा हुन्थ्यो कि भेट्न आउनेवालाहरु आइरहेका छन् तर अब त मानौं अब उसको मनको आवाज पनि बन्द भएको छ, जसले उसलाई उनीहरु आउनेबारे पूर्व संकेत दिने गर्थ्यो ।
पाकिस्तान र हिन्दुस्तानको किस्सा शुरु भएपछि उसले अरु पागलहरुलाई सोध्न थाले कि टोबा टेक सिंह काहाँ छ ।सन्तोषजनक जवाफ नपाएपछि उसको जान्ने उत्सुकता दिनप्रति दिन झनै बढ्दै गयो । अब त भेटघाट गर्नेहरु पनि आउन छाडे । पहिले त उसलाई आफैं थाहा हुन्थ्यो कि भेट्न आउनेवालाहरु आइरहेका छन् तर अब त मानौं अब उसको मनको आवाज पनि बन्द भएको छ, जसले उसलाई उनीहरु आउनेबारे पूर्व संकेत दिने गर्थ्यो । उसको ठूलो इच्छा थियो कि उनलाई सहानुभूति प्रकट गर्नेहरु आउन्, जसले उनका लागि फल, मिठाई र कपडाहरु ल्याउने गर्थे । उसले तिनीहरुसँग टोबा टेक सिंह कहाँ छ भनेर सोधेको भए भने पक्कै पनि उनीहरुले हिन्दुस्तानमा छ वा पाकिस्तानमा छ भनेर बताइदिन्थे होला । किनभने उसलाई लाग्थ्यो– तिनीहरु टोबा टेक सिंहबाटै आउँछन्, जहाँ उसको जमीनहरु छन् ।
पागलखानामा एकजना पागल यस्ता पनि थिए, जसले आफूलाई ईश्वर घोषित गरेका थिए । विशन सिंले एक दिन उसलाई टोबा टेक सिंह पाकिस्तानमा छ या हिन्दुस्तानमा भनेर सोधे । उसले आफ्नो आदतअनुसार अट्टहास हाँसो गरेर भने, “त्यो न पाकिस्तानमा छ न त हिन्दुस्तानमा नै, यो यसकारण कि मैले अहिलेसम्म हुकुम नै दिएको छैन...।”
विशन सिंहले ती ईश्वरलाई धेरै पटक निक्कै अनुनय विनयका साथ भने कि उसले हुकुम दिओस् ताकि यो झन्झट समाप्त होस् । तर ती ईश्वर पनि अति व्यस्त थिए किनभने उसले अरु अनगिन्ती हुकुमहरु दिनुपर्ने थियो ।
यसको अर्थ शायद यो थियो कि तिमी मुसलमानहरुको ईश्वर हौ, सिखहरुको ईश्वर हुन्थ्यौ भने पक्कै पनि मेरो कुरा सुन्थ्यौ ।
एक दिन वाक्कदिक्क भएर विशन सिंह ती ईश्वरमाथि बर्सिए, “'औपड दि गड गड दि अनेक्स दि बेध्यानाँ दि मुंग दि दाल अफ दि लालटेन अफ वाहे गुरु जी दा खालसा एण्ड वाहे गुरु जी दि फतह...!” यसको अर्थ शायद यो थियो कि तिमी मुसलमानहरुको ईश्वर हौ, सिखहरुको ईश्वर हुन्थ्यौ भने पक्कै पनि मेरो कुरा सुन्थ्यौ ।
पागलहरुको आदानप्रदान शुरु हुनुभन्दा केही दिन पहिले टोबा टेक सिंहका एक जना मुसलमान उनलाई भेटन आए । उनी विशन सिंहका साथी थिए । ती मुलसमान साथी यसअघि पहिले कहिल्यै आएका थिएनन् । जब विशन सिंहले उसलाई देखे, उनी एकातिर हटे, फेरि फर्केर जान लागे । तर सिपाहीहरुले उनलाई रोके, “यिनी तिमीसँग भेट्न आएका हुन् । यी तिम्रा साथी फजलदीन हुन्...।”
विशनसिंहले फजलदीनलाई एक नजर हेरे र फेरि केही बडबडाउन लागे ।
फजलददीन अगाडि सरेर उसको काँधमा हात राखे, “मैले धेरै दिनदेखि तिमीलाई भेट्छु भनेर सोचिरहेको थिएँ, तर फुर्सद नै मिलेन...। तिम्रा सबै आफन्तहरु सकुशल हिन्दुस्तान गए । मैले सकेको जति मद्दत गरें । तिम्रा छोरी रुपकौर...” उनी भन्दाभन्दै रोकिए ।
विशन सिंह केही याद गर्न थाले, “छोरी रुपकौर...”
फजलदीनले केही रोकिँदै भने, “हो...उनी... उनी पनि ठीकठाक छिन्...। उनीहरुसँग गएकी थिइन् ।”
विशन सिंहले मिठाईको पोका लिएर छेवैमा उभिएका सिपाहीलाई दिए र फजलदीनलाई सोधे, “टोबा टेक सिंह कहाँ छ...? ” फजलदीनले आश्चर्य मान्दै भने, “कहाँ हुनु नि ! त्यहीँ छ, जहाँ थियो ।”
विशनसिंह मौन रहे । फजलदीनले भन्न शुरु गरे, “उनले मलाई तिम्रो हालखबर सोध्दै गरिदिनु भनेकी थिइन् । अब मैले सुनें कि तिमी हिन्दुस्तान जाँदैछौं...। भाइ बलबीर सिंह र भाइ वधावा सिंहलाई मेरो सलाम भनिदिनु र बहिनी अमृतकौरलाई पनि...। भाइ बलवीरलाई भनिदिनु कि फजलदीन सुखीखुसी छन्... उनले छाडेका दुईटा खैरो भैंसीमध्ये एउटाले बच्चा पाएका छन् अर्कोले पनि बच्चा पाएको थियो तर ६ दिन भएपछि मर्यो... । मैले गर्न सक्ने कुनै काम छ भने भन्नु, म सधैं तयार छु...। र यो तिम्रो लागि अलिकति मिठाइ ल्याएको छु...।”
विशन सिंहले मिठाईको पोका लिएर छेवैमा उभिएका सिपाहीलाई दिए र फजलदीनलाई सोधे, “टोबा टेक सिंह कहाँ छ...”
फजलदीनले आश्चर्य मान्दै भने, “कहाँ हुनु नि ! त्यहीँ छ, जहाँ थियो ।”
विशन सिंहले फेरि सोधे, “पाकिस्तानमा छ कि हिन्दुस्तानमा...”
“हिन्दुस्तानमा...। हैन हैन पाकिस्तानमा... ।” फजलदीन केही अलमलमा परे । विशन सिंह बडबढाउँदै गए, “'औपड दि गड गड दि अनेक्स दि बेध्यानाँ दि मुंग दि दाल अफ द पाकिस्तान एण्ड हिन्दुस्तान अफ द दुर फिटे मुहँ...।”
आदानप्रदानको तयारी पूरा भइसकेको थियो, यताबाट उता र उताबाट यता आउने पागलहरुको सूची पुगिसकेको थियो र आदानप्रदान गर्ने दिन पनि तय भइसकेको थियो ।
अत्यन्तै जाडो थियो । लाहौरको पागलखानाबाट हिन्दू–सिख पागलहरुले भरिएको ट्रक गाडीहरु पुलिसको सुरक्षा दस्ताका साथ त्यहाँबाट अगाडि बढ्यो, तोकिएका पदाधिकारी पनि साथै थिए । बाघा सीमामा दुवैतिरका सुपरिटेन्डेन्टहरु एकापसमा भेटघाट गरे र प्रारम्भिक कारवाही समाप्त भएपछि आदानप्रदान शुरु भयो । त्यो रातभरि चलिरह्यो ।
नांगाहरुलाई कपडा लगाइदिइन्थ्यो तर उनीहरु त्यसलाई च्यातेर फालिदिन्थे । कोही गालीको पर्रा छाडिरहेका छन्, कोही गाइरहेका छन्, केही एकापसमा लडाइँ गरिरहेका छन् । केही चिच्याइचिच्याइ रोइरहेका छन् ।
पागलहरुलाई ट्रकबाट निकाल्नु र उनीहरुलाई अर्को अफिसरलाई सुम्पनु अत्यन्तै कठीन काम थियो । केही त बाहिर निक्लनै मान्दैन थिए । निक्लन मान्नेहरुलाई पनि सम्हाल्नु अत्यन्तै गाह्रो थियो । उनीहरु यताउता भाग्न थाल्थे । नांगाहरुलाई कपडा लगाइदिइन्थ्यो तर उनीहरु त्यसलाई च्यातेर फालिदिन्थे । कोही गालीको पर्रा छाडिरहेका छन्, कोही गाइरहेका छन्, केही एकापसमा लडाइँ गरिरहेका छन् । केही चिच्याइचिच्याइ रोइरहेका छन् । हल्लाखल्लाले राम्ररी सुनिदैन पनि थियो । पागल महिलाहरुको हल्लाखल्ला अलग्गै थियो र जाडो यति कडा थियो कि दाँतमा दाँत ठोक्किएर बजिरहेको थियो ।
पागलहरुको बहुसंख्या यस आदनप्रदानको पक्षमा थिएन । त्यही कारण उनीहरुले यो बुझ्न सकिरहेका थिएनन् कि उनीहरुलाई आफ्नो ठाउँबाट सारेर कहाँ फ्याँकिइँदैछ । अलिकति सोचविचार गर्न सक्ने केहीले चाहिँ “पाकिस्तान जिन्दाबाद” र “पाकिस्तान मुर्दाबाद”का नारा लगाइरहेका थिए । दुई तीन पटक त झन्डै दंगा फसाद पनि भएको थियो, किनभने ती नाराहरु सुनेर केही मुसलमान तथा सिंखहरु आवेशमा आएका थिए ।
जब विशन सिंहको पालो आयो, बाघा सीमाको उतापट्टिका जिम्मेवार अफिसरले उसको नाम रजिस्टरमा टिप्न लागे । विशन सिंहले सोधे, “टोबा टेक सिंह कहाँ छ...। पाकिस्तानमा या हिन्दुस्तानमा...?”
अलिकति सोचविचार गर्न सक्ने केहीले चाहिँ “पाकिस्तान जिन्दाबाद” र “पाकिस्तान मुर्दाबाद”का नारा लगाइरहेका थिए । दुई तीन पटक त झन्डै दंगा फसाद पनि भएको थियो, किनभने ती नाराहरु सुनेर केही मुसलमान तथा सिंखहरु आवेशमा आएका थिए ।
ती अफिसर हाँसे, “पाकिस्तानमा...।”
यो सुनेर विशनसिंह उफ्रिएर एकातिर पन्छिए र दौडिँदै आफ्ना बाँकी रहेका साथीहरु भएठाउँमा पुगे ।
पाकिस्तानका सिपाहीहरुले उसलाई समाते र अर्कोतिर लैजान लागे । तर उसले जान इन्कार गरिदिए ।
“टोबा टेक सिंह यहाँ छ...!” अनि उनी ठूलो स्वरमा कराउन थाले, “औपड दि गड गड दि अनेक्स दि बेध्यानाँ दि मुंग दि दाल अफ दि टोबा टेक सिंह एण्ड पाकिस्तान...!”
घाम उदाउनुभन्दा पहिले हिँडडुल नगरिकनै उभिइरहेका विशन सिंहको गलाबाट एउटा आकाश छेड्ने चिच्याहट निस्क्यो । यताउताबाट धेरै अफिसरहरु दौडिँदै आए । उनीहरुले देखे– त्यो मान्छे, जो १५ वर्षसम्म दिन रात आफ्नो टाँगमा खडा रहे, घोप्टो परेर पछाएिका छन् ।
उसलाई धेरै सम्झाउने कोशिश गरियो र भनियो पनि, ''हेर अब टोबा टेक सिंह हिन्दुस्तानमा गएको छ । गएको छैन भने पनि उनलाई तुरुन्तै पठाइनेछ ।'' तर उनले मानेनन् । जब उसलाई जबरजस्ती गरेर अर्कोतिर लाने कोशिश गरियो, उनी एक ठाउँमा आफ्नो सुन्निएको खुट्टामा खडा भएर उभिए, मानौं अब उसलाई कुनै पनि तागतले हल्लाउन सक्ने छैन... । त्यसो त उनी अरु कसैलाई नोक्सानी पुर्याउने खालका थिएनन्, त्यसैले उनलाई कुनै जबरजस्ती गरिएन । उनलाई त्यहीँ उभिन दिइयो र पागलहरुको आदानप्रदानको बाँकी काम चलिरह्यो ।
घाम उदाउनुभन्दा पहिले हिँडडुल नगरिकनै उभिइरहेका विशन सिंहको गलाबाट एउटा आकाश छेड्ने चिच्याहट निस्क्यो ।
यताउताबाट धेरै अफिसरहरु दौडिँदै आए । उनीहरुले देखे– त्यो मान्छे, जो १५ वर्षसम्म दिन रात आफ्नो खुट्टामा खडा रहे, घोप्टो परेर पछाएिका छन् । उताको काँडावाला तारको पछाडि हिन्दुस्तान थियो र यता त्यस्तै तारको पछाडि पाकिस्तान । बीचको जमीनको त्यो टुक्रामा, जसको कुनै नाम थिएन, टोबा टेक सिंह ढलेका थिए ।
प्रतिक्रिया