नयाँ पिँढीप्रति मरणासन्न कविको सम्बोधन

आगामी पिँढीका युवाहरू

र ती शहरहरुका नयाँ बिहानीहरुलाई

जसले अझै बन्न बाँकी छ

र तिमीहरु अझै जन्मिनसकेकाहरु

सुन मेरो आवाज सुन

त्यो मान्छेको आवाज

जो मर्दैछ

तर कुनै गर्विलो मृत्यु हाेइन ।

 

उ मरिरहेको छ

त्यो किसान जस्तै

जसले आफ्नो जमिनको

रेखदेख गरेन

त्यो अल्छी सिकर्मी जस्तै

जसले छोडेर गएको छ

आफ्ना काठहरु

अलपत्र 

 

यस्तै प्रकारले

मैले आफ्नो समय बर्बाद गरेको छु

दिन खेर फालेको छु

र अब म तिमीलाई भन्दैछु

ती सबै कुराहरु भन  जो भनिएका छैनन्

ती सबै कुरा गर जो गरिएका छैनन्

र छिट्टै

 

र म चाहन्छु

कि मलाई तिमी बिर्सिदेऊ

ताकि मेरो उदाहरणले तिमीलाई पथभ्रस्ट नबनाओस्

आखिर किन

ऊ ती मान्छेहरुका साथ बसिरहें

जसले केही पनि गरेनन्

र उनीहरुका साथ बसेर खाना खाए

जुन उनीहरुले आफैंले पकाएका थिएनन्

र उनीहरुको फाल्तु गन्थनमा

आफ्नो ज्ञानलाई किन खेर फालें

जबकि बाहिर

पाठशालाहरुबाट बञ्चित मानिसहरु

ज्ञानको तिर्सनाले भट्किरहेका थिए।

 

हाय

मेरो गीत त्यहाँ किन जन्मेन

जहाँबाट शहरहरुलाई ताकत मिल्छ

जहाँ उनीहरुले जहाज निर्माण गर्छन्

ती किन उठेनन्

त्यो धुँवा जसरी

छिटो दौडिरहेको रेलहरुबाट

जो पछाडि आकाशमा रहन्छ

 

ती मान्छेहरुका लागि

जो सिर्जनशील र उपयोगी हुन्छन्

मेरो कुरा

खरानी जस्तै

र जड्याहको बरबराहट जस्तै

बेक्कार हुन्छ

 

म त्यस्तो एउटा शब्द पनि

तिमीलाई भन्न सक्तिनँ

जो तिम्रो काम आउन नसकोस्

ए भविष्यका पिँढीहरु

आफ्नो अन्योलग्रस्त औलाहरुले

म कतैतिर संकेत पनि गर्न सक्तिनँ

किनकि कसैले कसैलाई कसरी बाटो देखाउन सक्छ

जो आफैँ नहिँडेको होस्

त्यस माथि

 

त्यसैले

म खालि यही गर्न सक्छु

म, जसले आफ्नो जिन्दगी गरेको छु

कि तिमीलाई बताइदिऊँ

कि हाम्रो सडेको मुखबाट

जे कुरा पनि निस्किन्छ

त्यस माथि विश्वास नगर्नु

त्यसलाई पालना नगर्नु

हामी जो यो हदसम्म असफल भएका छौं

उनीहरुको कुनै सल्लाह पनि नमान्नु

आफैँले तय गर्नु

तिम्रो लागि के राम्रो हुन्छ भनेर

र तिमीलाई कसबाट सहायता मिल्छ

त्यो जमिनलाई जोत्नका लागि

जसलाई हामीले बञ्जर हुन दियौं

र ती शहरहरु बनाउनका लागि

मानिसहरु बस्नको लागि योग्य

जसमा हामीले बिष भरिदिएयौं

Image source: https://4.bp.blogspot.com