आजको सबैभन्दा ठूलो समस्या नेतृत्वको हो (भिडियो)
–पहिलो संविधान सभाको चुनावको बेलामा राष्ट्रिय जनमोर्चा बाहेक अरु कुनै पनि पार्टीहरुले संघीयतालाई अस्वीकार गरेको छैन ।
–संघीयताको बहसमा मानिसको आकर्षण घटेको छ । संघीयताको उत्पत्ति जुन वैचारिक आधारमा भयो, राजनीतिमा त्यो छैन ।
–प्रदीप गिरी भन्ने गर्नुहुन्थ्यो– हामी संविधानसभामा त पुग्यौ, तर यो विचारविहीन छ ।
–आजको सबैभन्दा ठूलो समस्या नेतृत्व हो । तपाईंहरुले यहाँ प्रयोग गर्नुभएको शब्दावली (अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र )लाई स्पन्दन दिने नेता आज छैन । संविधानसभामा प्रवेश गरेदेखि नै मैले त्यो नेता खोजीरहेको छु, तर हाम्रो भावनालाई बोक्न सक्ने नेतृत्व पाउन सकेको छैन ।
–हामी अहिले जसलाई नेता भन्छौं, ती नेताप्रति जनताको वितृष्णा देशव्यापी रुपमा व्यापक भएको छ । मेचीदेखि महाकालीसम्म नेता भनेको बालेन शाह जस्तो हुनुपर्छ भन्ने छ ।
–नयाँ पुस्ताका युवा कार्यकर्ताहरु भनिरहेका छन्– नेपालमा संघीयता किन चाहियो, हिन्दू धर्मावलम्बी बाहुल्यता भएको ठाउँमा धर्मनिरपेक्षता किन चाहियो ? नेपालमा अस्थिरताको कारण नै समानुपातिक निर्वाचन प्रणाली रहेछ ।
–के कारणले अहिलेको प्रतिनिधित्व प्रणालीमा गएको हो ? त्यसको गहिराईमा नगइकन यसको उपचार गर्न खोजेर के हुन्छ ?
–संघीयता समानुपातिकको माग उठाउने शक्तिहरु आफ्नै कारणले कमजोर भएर गएका छन् ।
–नेतृत्वको कुरा गर्दा अहिले अनुहार पनि महत्त्वपूर्ण छ । राजनीतिक दलहरुमा व्यक्तिलाई अपरिहार्य बनाइएको छ, नेतृत्व हैन । फलाना व्यक्ति नभइकन पार्टी नै चल्दैन भन्ने मानसिकता निर्माण भयो ।
–पार्टी संगठन निर्माणका संरचनाहरु १९ औं शताब्दीका केही सिद्धान्तहरुमा आधारित छन् । आजको दुनियाँ त्यसरी चल्दैन । यो संगठन प्रणालीबाट हामीले एक्काइसौं शताब्दीमा अपेक्षा गरेको संसदको अभ्यास सम्भव छैन ।
–संसदमा हामीले चिनेका, ठूला पार्टीका नेता भनिएकाहरु उभिएर औंला ठड्याएर बोल्ने हैसियतका छैनन् किनभने त्यो नैतिक धरातल नै छैन ।
–हरेक चुनावपछि नेतृत्व परिवर्तन हुनुपर्छ ।
थप विस्तृत भिडियोमा
नेपाल अध्ययन केन्द्रले संघीय राजधानी काठमाडौंमा माघ २३ गते आयोजना गरेको 'अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्रिय गोष्ठी'मा व्यक्त मन्तव्य ।
प्रतिक्रिया