बौद्धिक विमर्शको खडेरीबीच ‘बसन्तको मेघगर्जन’ !

नेपाल अध्ययन केन्द्रले माघ २३ गते संघीय राजधानी काठमाडौंमा  ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ शीर्षकमा राष्ट्रिय गोष्ठीको आयोजना गरेको छ ।

उक्त गोष्ठीमा मुख्य वक्ताको रुपमा नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले सम्बोधन गरेका थिए ।

डा. देवेन्द्रराज पाण्डेको सम्बोधनपश्चात कार्यक्रम दुई सत्रमा सञ्चालन गरिएको थियो । दुई सत्रमा सञ्चालित कार्यक्रमको पहिलो सत्रमा अर्चना थापा, कृष्ण खनाल, सिके लाल र हरि शर्माले आफ्नो अवधारणाहरु राखेका थिए । सो पहिलो सत्रको सञ्चालन एवं सहजीकरण बुद्धिजीवी झलक सुवेदीले गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा विभिन्न पार्टीका दोस्रो पुस्ताका नेताहरुले आफ्ना धारणाहरु राखेका थिए । त्यसरी धारणा राख्नेहरुमा ओनसरी घर्ती मगर, धनश्याम भुसाल, मिनेन्द्र रिजाल, पृथ्वी सुब्बा गुरुङ र सन्तोष परियार थिए ।

कार्यक्रममा चर्चित गायक आभाषले दुई वटा गीत गाएका थिए भने कवि राजु स्याङतानले कविता सुनाएका थिए ।

तुलनात्मक रुपमा पहिलो सत्र व्यवस्थित र विषय केन्द्रीत रहेको थियो भने दोस्रो सत्रमा नेताहरुले परम्परागत शैलीमा आफ्ना भनाइहरुलाई राखेका थिए ।

गहन विषयहरुमा निरन्तर भइरहनुपर्ने बौद्धिक मन्थनसहितको छलफल–अन्तर्क्रियाहरुको भयानक खडेरी चलिरहेका वर्तमान अवस्थामा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको सो गोष्ठी ‘वसन्तको मेघगर्जन’ जस्तै शीतलता प्रदान गर्ने खालको थियो । तर खड्केको कुरा चाहिँ नेताहरुको विषयकेन्द्रीत हुन नसकेको पट्यारलाग्दो गन्थन र गोष्ठीका श्रोताहरुको समेत प्रतिनिधित्व हुने गरी सहभागी गराई प्रश्नोत्तर सत्र सञ्चालन नगरिनु थियो । आगामी दिनहरुमा आयोजकहरुले यस विषयमा ध्यान दिने अपेक्षा गर्न अर्घेल्याइ नठहर्ला ।

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन