डाइनासोर कस्ता कस्ता !

हामी सबैले डाइनासोरका बारेमा सुनेका छौं होला । डायनासोर सरिसृप जीवहरुको प्रजातिमा पर्दछ । यिनीहरु लाखौं वर्ष पहिले यस संसारमा बस्ने गर्थे । उनीहरु धेरै ठूला र ताकतवर थिए । त्यसैले यस संसारमा उनीहरुको हालीमुहाली थियो । तर यस्तो शक्तिशाली जीव पनि पछि गएर यस संसारबाट लोप भएर गयो । डायनोसर मासिनुको ठोस कारण अझैसम्म वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । कसैले अन्तरीक्षबाट खसेको आकाशीय पिण्ड पृथ्वीमा बज्रँदा त्यसको विनाश भएको मान्छन् । कसै कसैले चाहिँ  संसारको बदलिँदो वातावरणसँग घुलमिल हुन नसेकेको कारणले गर्दा नै डायनोसर यस संसारबाट सधैंका लागि लोप हुन पुगेका हुन् पनि भन्छन् । अहिले वैज्ञानिकहरुले जमिनमुनि गाडिएको हाड र अवशेषको माध्यमबाट उनीहरुका बारेमा धरै कुराहरुको अध्ययन गरिरहेका छन् ।

१) सबैभन्दा ठूलो डायनासोर ब्राकियोसोरस (Brachiosaurus) थियो । त्यसको तौल करिब १००,००० पाउन्डको थियो । त्यसको उचाइ भने ४५ फिट र लम्बाई ८० फिट रहेको थियो ।

२) कम्सोग्नेथस (Compsognathus) सबैभन्दा सानो डायनासोर थियो । यो करिब १२ इन्चको मात्र थियो । यो पखेटा नभएको चरा जस्तो देखिन्थ्यो ।

३) सबैभन्दा लामो डायनासोर भने डिप्लोडोकस (Diplodocus) थियो । यसको लम्बाइ करिब ९० फिट थियो ।

४) डायनासोरमध्ये सबैभन्दा खतरनाक र मांसाहारी टायरानोसोरस रेक्स (Tyrannosaurus Rex) थियो । यसले अरु साकाहारी र स–साना डायनासोरसहरुलाई पनि खाने गथ्र्यो ।

५) सबैभन्दा ठूलो उड्ने डायनासोर टरानोडन (Ptaranodon) थियो । यसको पखेटाको फैलावट करिब २५ फिटको थियो ।

६) हिप्सीलोफोडोन (Hypsliophodon) नामक डायनासोर सबैभन्दा छिटो कुद्नु सक्थ्यो ।

७) सबैभन्दा अन्तिम र ठूलो मासु खाने डायनासोर  टायरानोसोरस (Tyrannosaurus) थियो ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।