कस्तो व्यवहार नबुझेको हो ? इज्जत भनेको एकबाजि गुमाए पछि फेरि आउँछ कहिल्यै ?
महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कथा 'तीज'
पं. रमाकान्त काफ्ले दरिला, छोटा, तीस नाघेर ढीलो चालीसतिर पुगेका थिए । दालभातडुकूको हैरानीले 'मान्छे बोको, राजा काजी' भन्ने सिद्धान्ततर्फ उनलाई तानेको थियो । उनी नेपाली काँग्रेसलाई घृणाको दृष्टिले हेर्थे । चाँजो–पाँजोको पसीना जीवन थियो ।
पढ्न खूब खोजेका थिए । अष्टम श्रेणी अंग्रेजी र मध्यमा संस्कृत परीक्षाले अड्याइएका थिए । न बी. ए. को चश्मा ढल्काउन सत्तरीको अधिकार झल्काएर, न लम्बरी पण्डितको सजिलो दरवारी दक्षिणा आफ्नो भयो । उनीले टयूशन गर्न थाले । महीनाको २५ । ३० एक-दुई ठाँउँबाट आउँथ्यो तर टयूशन, त्यो सजिलो नेपाली वृत्ति, आकाशवृत्ति जस्तो थियो, बराबर सुक्थ्यो ।
प्रति महीना साधारण व्यक्तिले नेपालमा एक चीज देख्छन् । त्यसको नाम जागीर हो जागीर अटूट खोलो जस्तो हुन्छ । सोझालाई लामो हुन्छ, ठूलो हाँगो पक्रन्छ, राजाको धाक लगाउँछ मूल सडकमा चल्छ, मान्छे बिगँठ्याउँदैन अदालती दंगलमा पाको बनाउँछ, जंगलीपना हटाउँछ कल्की ब्याज बिरादरीमा भर्ती गर्छ, चल्ती आलू-कुरा गर्न सिकाउँछ, मान्छेलाई ठमठमाउँछ, स्वास्नीको चित्त बुझाउँछ र मान बढाउँछ, राजाको ढोका खोल्छ, सीधा - सादा उपर फूर्ति बढाउँछ र दुई छाकको बाटोलाई राहदानी लिन्छ ।
पं० रमाकान्तले जागीर खाए । दुई वर्ष एक सुब्बा साहेब कहाँ भालु छाउरा पढाएपछि बल्ल तल्ल साँढ़े सत्र रुपियाँको नायब राइटरको दर्जा जिन्सी अड्डामा मिल्यो । ब्याज लगाउनु फूर्तिको कुरो छ तर काम चलाउन पसीनाको । रमाकान्तलाई ब्याहान सुब्बाको चाकरी दिउँसो अड्डाको गाली र झोंझ, बेलुका छाउरा पढाउने, राति अर्को ट्यूशनले गर्दा एकछिनको सुख थिएन । त्यति गर्दा पनि राति कोठे व्याख्यान अलिकति सुन्नु पर्थ्यो । उनले बुझे संसारलाई ऋषि मुनिहरूले किन दुःख भनेका रहेछन् । सबभन्दा ठूलो मुश्किल उनलाई भयो छोराछोरीको संख्याले । चार छोरी, चार छोरा जूवा माथि वखल झैं लागेका थिए । व्यवहार भन्दा खराब केही छैन-- व्रतवन्ध, बिहा, छोरीको घर-- यिनैले साधारणको रगत सोस्छन् ।
रमाकान्तलाई ब्याहान सुब्बाको चाकरी दिउँसो अड्डाको गाली र झोंझ, बेलुका छाउरा पढाउने, राति अर्को ट्यूशनले गर्दा एकछिनको सुख थिएन । त्यति गर्दा पनि राति कोठे व्याख्यान अलिकति सुन्नु पर्थ्यो । उनले बुझे संसारलाई ऋषि मुनिहरूले किन दुःख भनेका रहेछन् ।
जुन रमाकान्त युवक-समाजमा पहिले देश सुधार र उन्नतिका फूर्तिला गफ गरेर लोकप्रिय थिए उनै अब नून खाएको कुखुरा झैं घरेलु घट्टामा पिंधिएर कर्मलाई नीच, धर्मलाई उचा सम्झन लागे । उनको मनले देख्यो दुनियाँमा चल्ती सिवाय दोस्रो कुरो भयानक नास्तिकता र फजूलवाद हो ।
रमाकान्तको आत्माले म्याऊ गर्यो- "जो समाज गराउन चाहन्छ त्यो नगर्नु नास्तिकता हो ।" धर्म, व्यवहार राजनीति मान्छेलाई बिरालो बनाउन चाहन्छन् । रमाकान्त जस्ता बाहुनलाई म बाघबाट खिइएको हुँ भन्ने सिवाय दिलासा दुनियाँमा हुँदैन । रमाकान्त म बाहुन हुँ भनेर गर्व लिन्थे र पाठ-पूजा तरफ उनको झुकाव बढ्दै गयो जति अहंकरण शिथिल हुँदै गयो । उनले समयानुसारी जरूरतको दर्शन पढ्दै गए र यता उति हात लागेमा घरेलू देवाधिकारका निमित्त ठर्रो ठोकुवा ऐनले बाधा गरेका झगडियाको बायाँ हातबाट दुःख-पुकारका गोल चक्कीलाई नाइ भनेर पन्छाउनसम्म सकेनन् ।
०००
चिनू छोरीले रूँदै भनिन्- "यसपालि तीजमा, आमा, एक जोर लुगा राम्रो, २/४ असल किस्ती र यौटा पातलो असर्फी नभए मैले घरमा जिउनु पर्दैन । जेठानी, देउरानीहरूको अगाडि मलाई डाइमन कुकुर्नी बनाउँछन् । डाडूमा पानी तताएर कानमा हाली मरे पुग्छ । उसै त न खिसीटेप्लीन्छु ।" ठूला-ठूला उनका आँखाबाट आँसु गुडे । गोरा स्याउ जस्ता गालामाथि परेलाको कालो झल्लर छोडेर गुडेका आँसु एक छिन आफ्नू गोलाइ कायम राखेर टुटे, छरिए र सानु भागमा आमाले सिंगार्न लागेको चार्कुने माथि परे । चिनू अत्यन्त राम्री थिइन् । निहुरेकी आमा झस्केर चिनूको मुख तिर हेरिन् । उनको मुख हेर्नु के थियो काफ्लेनी बज्यैलाई मनमनै सहानुभूतिले रूनु थियो ।
बज्यैले चार कुने उठाएर वसुन्धरालाई भनिन्-- "ए, वसुन्धरे ! यो चार कुने निर्मली सेलाउने भोकटेको बोटमनि फ्याँकेर आइज । छोरीको आंशु परेको चार कुने राख्न हुँदैन ।”
ती आँखा रसाएर बोलें, "आमा ! यो छातीले जान्छ । त्यतिको मुटुमा काँटा बिझ्ने अरु कुरा छैन जत्तिको गरीबकी छोरी कहलाउनु । देवरानी जेठानीका आँखाका कुनाबाट हर बखत हँसी बाण दगुर्छन्” ।
"चिनु !”, उनले थपिन्, "अझ तंलाई दुःख छ बा ?” आमाको दिलले बोलाएकी छोरी कस्ती हुन्छे । चिनूका आँखा हेर्नु पर्थ्यो । ती आँखा रसाएर बोलें, "आमा ! यो छातीले जान्छ । त्यतिको मुटुमा काँटा बिझ्ने अरु कुरा छैन जत्तिको गरीबकी छोरी कहलाउनु । देवरानी जेठानीका आँखाका कुनाबाट हर बखत हँसी बाण दगुर्छन्” । काफ्लेनी बज्यैले भनिन्---"तिनको के हंसी उडाउन ? तँ के कोईभन्दा कम छस् ? तिनले गरे जति व्यवहार हामी बेचिएर पनि पुयाउने छौं ।
०००
''के आज भात पाकेको छैन -- " रमाकान्तले ज्यादै थाकेको जिज्ञासु स्वरले सतृष्ण ढंगसँग प्रश्न गरे । बजेको थियो नौ करीब । उनी आज ज्यादै धूपदौडमा परेका थिए । कामको शराप सहेर दिलासा खोज्दा प्रकृति यत्ति माग्दथ्यो -- खाना र निन्द्रा । आन्द्राहरु भात भन्दथे । त्यो मीठो आखिरीको इनाम । त्यो वजन जो आरामी र निन्द्रासँग सञ्चो लाग्दो बन्दछ - भात... दिनभरि दुःख पाएर खोजिने त्यो एक थाल दिलासा त्यो आशा गरिएको दैनिक अटूट पारितोषिक भात- आज जस्तो भातको महिमा कहिल्यै थिएन । जिभ्राका दाना रमरमाइहेका थिए । ठीक समयमा आदती प्रकृति एक चीज माग्थ्यो- अलि कति घीउ हालेको मासको दालसँग मुछिएको गाँस र मेथी-चम्सुरको शिंगार... शायद त्यो रातो पुलिस फट्कार्ने अचार !
"के भात पाकेको छैन आज ?" निद्रित शंकाले रमाकान्तले सोधे । बज्यै बोलिनन् । बिजुलीका पुतलीहरु नाचिरहेका थिए भ्रान्तिको मोहिनीलाई जिन्दगी भनेर । पं रमाकान्तले कोट झिकेर खुटीमा टाँगे । व्याजदार टोपी सुइय्य सुसेलेर सानो बेपालिसको टेबिल माथि राखेर " अय्या" भनेर बिछ्यौनामा पल्टे लुगा नफुकालीकन ।
"होइन, भात पाकेको छैन ? किन न बोलेकी" ? बज्यै अघि सरिन् "चाउरिस मरीच भन्थ्यो रे एउटा आफ्नै पीरले अनि उ गरीब किन भइस् गोरे पैसा बिनाले । आफू पैसाको वास्ता नराख्ने भात त्यसै पाक्छ ?
"किन बोल्दिनन् यो ? भात पाकेको छैन भन्या ?"
एक छिन चुपचाप !
रमाकान्त बल्ल तल्ल उठेर लुगा फुकाले । फेरि भोटो सुरुवाल बाँकी राखेर बिछौनामा पल्टे । उनको मनले हरेश खायो ।
"होइन, भात पाकेको छैन ? किन न बोलेकी" ? बज्यै अघि सरिन् "चाउरिस मरीच भन्थ्यो रे एउटा आफ्नै पीरले अनि उ गरीब किन भइस् गोरे पैसा बिनाले । आफू पैसाको वास्ता नराख्ने भात त्यसै पाक्छ ? भङेराले कनिका टिपे जस्तो टिप्न पाएर पखेटा भए त उडेर टिपी ल्याउँदी हुँ । घरको हेरबिचारै छैन । दिन भरि आफ्ना रंगमा भौंतारिएको छ कता हो कता !
"धन्य, परमेश्वर ! " रमाकान्तले निधारमा हात ठोके, "अझ मै घरको वास्ता नराख्ने ? ... तब आज सीताराम......''
''तब के ?''
"बेस... भोलि ब्याहान नभई मेरो खुट्टा लाग्दैन । अब आज सुत्न देऊ त" । "केटाकेटी नि ? ती मान्छन् ? ल्याउन पर्छ खोजेर अहिले ।”
बज्यैले लेघ्रो पसारिन्, "दशजना जहान बयालीसको धक्कु ! यो अनिकाल, अझ कसरी मासिस् ? विवेक नभा मान्छेसग पर्नु त भो !” पं० रमाकान्तले आफूलाई त्यत्तिको अविवेकी ठानेका थिएनन् । उती जिल्ल परेर आँखा उघारेर निस्के ।
"हे ईश्वर ! ... अहिल्यै ?" नारी घडीमा आँखा लगाएर रमाकान्तले भने,.... "साढेनौ.... तोप दश बजे ... बेस... ल... खै कोट ।"
बज्यैले कोट दिइन् । लगाउँदै उनले भने- " कसरी माझ्यौ त्यो १७ अस्तिको अनि २५, ४२ जम्मा ?"
"४२ ?", बज्यैले लेघ्रो पसारिन्, "दशजना जहान बयालीसको धक्कु ! यो अनिकाल, अझ कसरी मासिस् ? विवेक नभा मान्छेसग पर्नु त भो !”
पं० रमाकान्तले आफूलाई त्यत्तिको अविवेकी ठानेका थिएनन् । उती जिल्ल परेर आँखा उघारेर निस्के ।
०००
'सुब्बा साहेब ! सुब्बा साहेब !"
"सुब्बा साहेब त सुकला भयो ।""सुकला ? यति सवेरै ? '
"तोप पडकिन लागिसक्यो ।"
" को हँ ?" - सुब्बिनी साहेब झ्यालमा आइन्- "ए रमाकान्त बाजे, यति बेला
किन ?"
"हँ...... हँ......हँ हजूर ! एउटा जरूरी कामले" !
"माथि आउनोस् त । ए, ढोका खोलिदे ।”...
"सुब्बा साहेब भरखर सुकला भयो । बोलाऊँ कि के गरूँ ?"
"अँ... अँ... अँ... बोलाऊँ कि तैपनि ।"
' ए हजूर ! ए हजूर... तुरून्त, तुरून्ती काम परेको छ रे अड्डाको ।"
"को यस बेला बोलाउने ? त्यसको थाप्लो, बेहान थिएन भोलि ?"
"रमाकान्त बाजे" ।
"उही सिगचिल्ली ! के भन्न आएको ?"
"भन्नोस बाजे ! "
"अँ... अँ.... त्यो अड्डाको साँचो भोलि चाहिएला कि भनेर ल्याइदिएको ।"
"कस्तो सिगचिल्ली बाहुन रहेछ ? यै हो जरूरी काम ? के-केन भाजस्तो लौ ! मलाई उठाउनको के जरूरत ? सुब्बिनट्ठ साहेबलाई दिए हुँदैनथ्यो ? के छाँटका मान्छे होलान् यी ?"
"देखिस, सुब्बिनी, यो सिगचिल्लीको काम ? अड्डाको काम बिगारेर मैले जरिवाना तिर्नुपर्छ । राति यस बेला रूपियाँ माग्न आउँछ । भरखर मीठो निद्रा लागेको थियो, यो रूपियाँ माग्न यति खलबल गर्न आएको । छैन पण्डित, जाउ !''
"अँ ... अँ..... अँ.... अलिकति रूपैयाँले ( रूपियाँ-सं ) चौपट्ट हर्जा भएकोले ८।१० जति भए पनि बिन्ती चढाउनु परेको थियो ।"
"देखिस, सुब्बिनी, यो सिगचिल्लीको काम ? अड्डाको काम बिगारेर मैले जरिवाना तिर्नुपर्छ । राति यस बेला रूपियाँ माग्न आउँछ । भरखर मीठो निद्रा लागेको थियो, यो रूपियाँ माग्न यति खलबल गर्न आएको । छैन पण्डित, जाउ ! यस्तो वेवकूफी कहिल्यै नगर्नू, बुझ्यौ ?"
"मत ठहरै पर्छु ८।१० नभए आज । "
"बुधवार, राति यसबेला ! कस्तो बुद्धिनभएको तिम्रो!"
"तैपनि, सोह्रै खाँचो पर्यो ।"
"पठाइदे सुम्बिनी ! यो बाहुन यस्तै छ । भोलि ब्याहान मागे हुन्नथ्यो ? जाऊ!''
सुब्बा सुते, सुब्बिनी जिल्ल परिन् । भोकाको बेबकूफी कसैले बुझेन ।
पं० रमाकान्तले आखिर सुब्बिनीसँग २) को अर्जगरी लिएर गए । ढ्वाँग तोप
पड्क्यो ।
"ए बाजे ! दगुर्नुस् ! पुलिसले समात्ला !” रमाकान्त छिटो-छिटो घरतर्फ लागे । घर पुगेपछि पो झल्यास्स उनलाई खाने कुराको बिचार आयो । नजीकको पसलको ढोकामा ढाङ् - ढाङ् गर्न थाले । पसलेले बल्ल तल्ल निक्लेर अलिकति चिउरा र दही एक कहतारो दियो । सो बोकेर अँध्यारा गल्लीबाट घर तरफ रवाना भए । अचानक ठेस लाग्यो र दही आधा पोखे अनि ठूलो होशियारीसाथ घर पुगे ।
०००
भोलिपल्ट बेहान काफ्ले बाजे र बज्यैको धेरै बेर बहस चल्यो । आठबजे उठेदेखि साढे नौ बजेसम्म। कापलेबाजे- "त्यसरी छोरीको घरमा सौगात पठाउन के म त्यस्तो धनी छु ? के म चोर हूँ ? डाकू हूँ ? घर फोरेर पैसा ल्याउन सक्छु ?"
काफ्लेनी बज्यै- "व्यवहार भने पछि नाइँ भन्न पाइन्छ ? इज्जत- वेइजत भनेको आफ्नो आफैले हेर्नु पर्छ । अर्काले हेर्ने कुरो होइन ।'
कापलेबाजे- "त्यसरी छोरीको घरमा सौगात पठाउन के म त्यस्तो धनी छु ? के म चोर हूँ ? डाकू हूँ ? घर फोरेर पैसा ल्याउन सक्छु ?"
"मेरों के इज्जत ? म नायब राइटर जिन्सी अड्डाको, साधारण भलाद्मी, १७।५० खाने ।"
"यस्तै भन्दाखेरि त हियाउँछ दुनियाँले । हजुर व्याघ्रकान्त पण्डितको छोरो होइन ? उग्रकान्तको नाति होइन ? राजदरवारका पण्डितका छोरा नाति होइन ? खै आफ्नो मर्यादा ? खै आफ्नो इज्जन छैन रे ? यस्ता पनि मर्द ! व्यवहार थाम्न नसके जानु क्या जंगलमा गेरू लगाएर । त्यति पनि नसके थाम्नै पर्छ इज्जत समाजमा बसेपछि ।”
"धन्य समाज ! जहाँ मलाई यति साना बन्नु पर्छ र यति ठूलो अभिभारा उठाउनु पर्छ ! जहाँ म साढे सत्र को छु र साढे पचहत्तर तीजमा नजराना चढाउँछु ।”
"साढ़े पचहत्तरले पुग्ला अब ! २००। रूपियाँ नभैकन त म डेग चल्ने होइन ।"
" दुई शय ? के म टुप्पोको रौंले पुर्याऊँ ? कहाँबाट आउँछ ? "
"लोग्नेमान्छेमा केही छक्का पञ्जा, केही खूबी चाहिन्छ । ज्यादै सोझो भएर कसरी काम चल्छ ? ठिंग उभिन्छ सोझो लट्ठी । तर हँसिया घाँस त समाउँछ ! त्यो अस्तिको मान्छेको कुरो के भो ?"
ए त्यो ? मलाई घीन लाग्दैन घुस लिन ?"
आ ३..... यस्तै मान्छे त दुःख पाउँछन् । उसको काम चल्छ, आफ्नो गर्ज टर्छ । के को भद्रा हेर्नु पर्या त
?"
" भो, मलाई नभन । तिमीहरूलाई भन्यो कि त्यस्तै छ । म त्यति तल निहुरिन सक्तिनँ ।"
"ठाडै भएर लिए पनि हुन्छ । केको निहुँरिनु ? बेसरी लिन्छन् ए सबैले कुन जागिरेले पु-याएको छ त सारा घरको व्यवहार ?
"धन्य गुरुमा ! अब के-के सिकाउँछ्यौ तिमी अरू ?"
दुई शय ? मानो बी.ए. पास दुई शय पाउँछन् । मानो दुई शय मुखले भने खल्तीमा पसिहाल्छ । मानो दुई शय खपटा हो, मासु, हाड, बोसो, सास, कलेजा, आन्द्रा होइन । म के चोरूँ ?"
"तर २००।- रूपियाँ नभए म डेग चल्ने होइन । यसपालि घर बन्धक राखेर पनि ल्याउनु पर्यो ।”
दुई शय ?... रामको जय!... ढाड भाँच्छ व्यवहारले मेरो एक दिन । दुई शय ? मानो बी.ए. पास दुई शय पाउँछन् । मानो दुई शय मुखले भने खल्तीमा पसिहाल्छ । मानो दुई शय खपटा हो, मासु, हाड, बोसो, सास, कलेजा, आन्द्रा होइन । म के चोरूँ ?"
"बरू चोरे पनि पाप लाग्दैन । व्यवहार भनेको टार्नै पर्छ । छकाउनु पाप हुँदैन । झूठो बोल्नै पर्छ । छट्टु हुनै पर्छ व्यवहारको माँगमा । व्यवहार राजा अरू पर्जा ।"
" जाऊ, जाऊ ! निद्रा पुगेको छैन । चक्कर खान्छ । अलिकति जरो छ मलाई, बेर भइसक्यो अड्डा जान । गलेको जीउ, नुहाउन गाहारो लागिरहेको छ आज । भात पकाऊ । म पूजा गर्छु ।"
" तर मलाई नपुयाई हुन्न । दुई शय यसपालि भनि दिएको छु।"
"हिजो कहतारो बोकेँ राति म सिगचिल्ली म फटाहा बाहुन अड्डाको साढे सत्रे, हात माडुवा । म... हिजो राति खान नपाएको, दहीचिउरे । मेरो इज्जत ओहो कति ठूलो?"
"कस्तो तरंगी कुरा गरेको ! अब दुनियाँलाई सुनाइदिनू । झ्याली पिट्नु घरको कलह । कस्तो इज्जतको चेत नभएको ? मेरो के इज्जत ? दुईशय रुपियाँको नामले तर्सेर हामफाल्ने मान्छे जस्तो हुनु पनि मान्छे हुनु हो? मान्छे आशादार फूर्तिलो परिआएको पुन्याउने पो हुनुपर्छ ।”
बज्यै फत्फताउदै हिँडिन् । काफ्ले बाजेले कन्चट समातेर भन्न थाले- ''दुई शय... भोलि बेलुका... नत्र संसार चक्कर खान्छ । ”
०००
कापलेनी बज्यै बडो रीसले लाल चेहरा लिएर कापले बाज्येलाई छास्न लागेकी थिइन् -"अहिलेसम्म कहाँबाट ल्याऊँ? कस्तो मिजास हो ? के के बिचार हो ? कस्तो व्यवहार नबुझेको हो ? इज्जत भनेको एकबाजि गुमाए पछि फेरि आउँछ कहिल्यै ? बखतको काम भनेको ठूलो कुरो हो । लोग्ने मान्छे भएर यस्तो काँधिएको बिकम्मा कुरा गरेर सक्तिनँ भन्न पाइन्छ ? के गरेको यस्तो ? भोलि मलाई के भन्लान् ? कल्ले किनेर ल्याउने ? कल्ले बनाउने पैसा आइपुगे पनि ! पैसाको नाममा एक खवटा छैन लौ घरमा । कति दुःख दिन जानेको हो यो ? सोझै भएर मात्रै खाइन्छ दुनियाँमा ? छक्का–पन्जा पनि चाहिन्छ । हुन्न, घरमा बस्न पाइन्न । लौ अहिल्यै खोजेर ल्याउनु पन्यो !"
इज्जत भनेको एकबाजि गुमाए पछि फेरि आउँछ कहिल्यै ? बखतको काम भनेको ठूलो कुरो हो । लोग्ने मान्छे भएर यस्तो काँधिएको बिकम्मा कुरा गरेर सक्तिनँ भन्न पाइन्छ ?
काफ्ले बाज्ये घरमा तमाखु खाई टयूशनमा जाउँ भनेर अड्डाबाट आएका जिल्ल परेर हेर्न लागे । साँझ-साँझ परेको थियो । ''ए मालिक ! गरिपर्बर ! ख्वामित !''– तलबाट सुनियो । काफ्ले बाजे अलि झस्के ।
बज्यैले भनिन् - ' अ ३ आगलागी झोपडी डेढ घडी भद्रा । मौका यही हो । बेलामा सुइँठाएको सुइँठाएकै हुन्छ । बोलाउँ त्यल्लाई माथि ? "
काफ्ले बाज्येले सुस्केरा हालेर भने -" एक चिलिम तमाखु ... मलाई यस मान्छे देखिन् शंका लाग्छ । राम्रो ढंगको छैन ।"
काफ्लेनी बज्यै केही आशाको उज्यालो मुख लाएर भन्न लागिन् – ''अ... आफ्नु जरूरत परेको बेला लिनै पर्छ । केही पयो भने राजाकहाँ मै कराएर पनि आफ्नो सफाइ नलिइछोडछु ? डराउनु पर्दैन ब्यारे ! ''
"ए मालिक ! गरिपर्बर ! ख्वामित !''– फेरि तलबाट सुनियो ।
बज्यै हत्तपत्त सँग तल ओर्लिहन् र भनिन् "ए दाई ! माथि आउनु भनेको छ।" अनि आफै तमाखु भर्न हिँडिन् ।
गरिपर्बर, म डुबें । ख्वामितको निगाहा । भएको जग्गा-जमीन पनि स्वाहा हुन लाग्यो । एउटा जीवनदान दिए जस्तो हुन्थ्यो प्रभू ! हजुरले भन्दिए मात्र पुग्छ ।
तीन व्यक्तिले रमाकान्तको पाउमा परेर ठूलो आदर देखाए । चिसंखुको
कार्की रून लाग्यो ।
" गरिपर्बर, म डुबें । ख्वामितको निगाहा । भएको जग्गा-जमीन पनि स्वाहा हुन लाग्यो । एउटा जीवनदान दिए जस्तो हुन्थ्यो प्रभू ! हजुरले भन्दिए मात्र पुग्छ । म केही चाहन्न ठाकुरे । नभए बरू न होला । गरिदिन्छु भनेर मात्र आज्ञा होस् । त्यति भए लाख छ । गरीबको ज्यान बच्यो ।"
रमाकान्त केही पग्ले- "भनसुन गरेर हुने म गरिदि हाल्छु नि ।"
''ठाकुरे !”, कार्की पाउमा पन्यो - धन्ये--धन्ये यति वचन पनि तर म कसरी थाहा पाऊँ ? अलिकति चढाएको लिबक्से मात्र मेरो मन ढुक्क हुन्छ ।''
"म लिन्नँ ।'
कार्की रून लाग्यो- "मेरो भाग्य ! जहाँ गएपनि यस्तै छ । मेरो कोही छैन नि बाबा ठाकुरे ! मेरो कोही छैन ! सर्वश्व जान लाग्यो । मलाई ईश्वरले हेरेन । एउटा देउता जस्तो बाजे हजुर पनि मलाई हेर्दैन नि !"
अरू दुई जना बोले- "हेर्ने पर्छ हजूर ! साह्रै दुःखमा अर्काको पुण्ये हुन्छ हजूर ।''
तीन जनाले उठेर बडो आदरपूर्वक दुईजनाको पाउलागी गरे । कार्कीले रोएर भन्यो- 'प्रभु ! मेरो उद्धार गर ! धेरै छैन ख्वामित ! थोरै छ । सुदामा को तण्डुल टक्र्याउँछु प्रभु ! नाई न भन ।'
बज्यै मटानबाट सब कुरा सुनिरहेकी थिइन् । तमाखु वसुन्धराले ल्याई । बज्यै अनि आफै तमाखु लिएर भित्र पसिन् । हुक्कामा चिलीम राखिन् र आफू डस्नाको एक छेउमा बाजेनिर बसेर कुरा सुन्न थालिन् ।
बिजुली बत्ती बल्यो । तीन जनाले उठेर बडो आदरपूर्वक दुईजनाको पाउलागी गरे । कार्कीले रोएर भन्यो- 'प्रभु ! मेरो उद्धार गर ! धेरै छैन ख्वामित ! थोरै छ । सुदामा को तण्डुल टक्र्याउँछु प्रभु ! नाई न भन ।'
बज्यैले बाजेलाई आँखाको इशारा दिइन् सम्मति सूचक । रमाकान्त का आँखाले भने जस्तो गरे 'पख' । दुई जनाले पोको झिकेर हातमा लिए । कार्की छांद हाल्न लाग्यो - "प्रभु ! तिमीले भने मात्र हुन्छ । थोरै भए पनि लिइदेऊ चित्त बुझाई देऊ !”
बज्यैले सहन नसकेर रमाकान्तको बूढी औंलामा चिमोटि दिइन् । रमाकान्त झस्के । उनको आत्मा व्यवहारको अनैतिक अहार्य्यता उपर तरंगिन लागेको थियो ।
बज्यैले अर्को बाजि चिमोटिन्, "भोलि तीज छ साँच्चि ! खोइ किनमेल गरेको ?' अनि फेरि आँखा पल्टाइन् ।
''खोई, के ल्याएको !''– बज्यैले हात उचालिन् अडन नसकेर ।
दुईटा व्यक्ति जसको हातमा पोको थियो हिच्किचाए । कार्कीले आँखा सन्कायो । दुई व्यक्तिले रमाकान्तको मुख पुलुक्क हेरेर केही अगाडि सर्न खोजे । रमाकान्तले त्यो देखेर तमाखु तानेर सुनेको नसुनयै गरे । उनको आत्माले भन्यो- ''यता कि उता- इज्जत, बेइज्जत, इज्जत, बेइज्जत ।"
कार्कीले भन्यो - " बेइमानी गरे गोबर खाएको हजूर ! किन डराइ बक्सेको मलाई चिन्हिबक्सेको छैन ?”
बज्यैले अर्को बाजि चिमोटिन्, "भोलि तीज छ साँच्चि ! खोइ किनमेल गरेको ?' अनि फेरि आँखा पल्टाइन् ।
रमाकान्तले अब अड्न नसकेर भने - " अं, के ल्यायौ त ?”
दुई जना व्यक्तिले उठेर दाहिने हातमा एक पोका, बायाँ हातमा अर्को पोका टक्रयाए । बज्यैका आँखा हाँसे । अब तीजको व्यवहार टर्यो भन्ने मनमा आयो । उनी झटपट फुर्किदै कान्छी छोरी चिनुको कोठातिर फूलको थुंगा झैं हावामा हानिदै गइन् । एकछिन पछि दुई जना आमाछोरी प्रशन्नता साथ बाबुका कोठामा पसे । तर त्यहाँ कोही पनि थिएन । आश्चर्य अनि सोधपूछ गरे ।
"बाजे तँ जाँनु भयो । पटुकाले बेह्रराँ-" वसुन्धरा नोकर्नीले अस्पष्टसँग बोली ।"
कहाँ जानु भयो ?"- बजै कड्किन् ।
को ओनि ।"
" कस्तो पटुकाले बेह्रेर ?"
"कों होंनि, मैलों मैलों ।"
" अलच्छिनी यो रॉड ! "
अनि छिमेकका ठिटालाई गुहारिन्- ए श्यामबाबू, ए रामबाबू ! जाऊ बाबू, बाजेलाई खोज ! अहिले भर्खर तीनजना मान्छेसँग कहाँ जानु भयो कहाँ । सोधपूछ गरेर पत्ता लगाएर आऊ " !
बज्यै रुन लागिन् ।
" के भयो ?"- राम र श्याम आएर सोध्न लागे ।
अनि एक छिनपछि बाहिरबाट आएर भने - " बाजेलाई पुलिसले पाता कसेर लगेको रहेछ घूस मुद्दामा । चार शय सरकारी डब्बल को पोकी हातमा राखेको छ रे । बाजे केही बोल्नु हुन्न रे । लाटो जस्तो हुनु भएको छ रे । एक जना चिसंखुको कार्कीले पोलेको रहेछ । दुई जना पुलिसका हवल्दार र जमदार भेष बदलेर किराती जस्ता भएर यहाँ आएका रहेछन् । तिनले पक्राएछन् ।”
बज्यै अब झन् कोकोहोलो हालेर रुन लागिन् । कान्छी छोरी आफ्नो निधार ठोकेर आफूलाई अलिच्छिनी नारी अभागिनी भन्दै डाँकै छाड्न थालिन् । बसुन्धरा पनि सहानुभूतिले रून लागी ।
एक छिनमा सारा छिमेक घरमा वैरियो ।
हाकिमबाट हुकुम भयो- "यो कार्की बदमाश । यो जम्दार बेवकूफ । यो रमाकान्त बाहुन खास आलो सिल्ली । यिनलाई हामी रिहाई दिन्छौं ।”
उता रमाकान्तको कन्सिरीमा एउटा तातो रन्को चल्थ्यो- " दुई शय रूपियाँ भोलिलाई, नत्र गयो ... बेइज्जती ...।” उनी हिँडेको होश पाउँदैनथे । पहाड घुम्न थाल्यो आकाश चक्कराउँथ्यो । सडक भन्थ्यो- " दुई शय ....... बेइज्जती...।” एक सुरमा विश्व बोल्थ्यो त्यहाँ एक नभेटिने टडकारो घरेलु
जरूरत ।
भोलि पल्ट परमेश्वरका निगाहले हाकिमका सामने काफ्लेहरूको इज्जत बच्यो । तर रमाकान्तको भने एक नसा खुस्किसकेको थियो । उनी लाटो जस्तो टोल्हाएर हेर्दथे । डाक्टरहरूले जाँचे । आँखा घोच्दा पनि गेडीले झिमझिम गरेन ।
हाकिमबाट हुकुम भयो- "यो कार्की बदमाश । यो जम्दार बेवकूफ । यो रमाकान्त बाहुन खास आलो सिल्ली । यिनलाई हामी रिहाई दिन्छौं ।” त्यस पछि पं० रमाकान्त घर फर्के । तर व्यवहारले आफ्नो अहार्थ्य ठोकर चक्कराउन पाएन । बराबर मगजमा एउटा सन्के लहर आउँथ्यो- " दुई सय रूपियाँ भोलिलाई नत्र बेइज्जती... सब गयो ।
रचनाकाल २००४ । 'झ्यालबाट'
भानु त्रैमासिक, देवकोटा विशेषाङ्क, फागुन २०२५ ।
तस्विर: राजन काफ्ले
प्रतिक्रिया