बाजी

शरद ऋतुको छिप्पिएको रात । बुढो महाजन पन्ध्र वर्षअघि आजकै जस्तो शरद ऋतुमा आफुले दिएको भोज-भतेरको कुरा सम्झेर आफ्नो अध्ययन कक्षमा घरि यता घरि उता विचरण गर्दै थियो । त्यसमा एक-से-एक चलाक मानिसहरु थिए । उस्तै दामी भलाकुसारी भएको थियो । तिनले मृत्युदण्डको बारेमा पनि खुब गलफत्ती गरेका थिए । अतिथिमध्ये अधिकांशले मृत्युदण्डलाई रुचाएनन् । उनीहरुको विचारमा प्रचलित दण्ड विधान गए गुज्रेको छ, क्रिश्चियन राज्यलाई नसुहाउने र अनैतिक पनि । कसै कसैले के पनि मत जाहेर गरे भने मृत्युदण्डलाई आजीवन कारावासले सर्वत्र विस्थापित गर्नु राम्रो हुन्छ ।

' म तिमीसंग सहमत छुइनँ' मेजबानले भन्यो । 'हुन त मैले मृत्युदण्ड या आजीवन कारावास कुनै पनि भोग्नु परेको छैन, तैपनि मलाई ती दुईमध्ये कुन चाहिँ रोज्छस् भनेर सोधियो भने मेरो रोजाइ मृत्युदण्ड नै हुने छ, किनभने त्यो आजीवन कारावासभन्दा बढ्ता नैतिक र मानवीय हुन्छ । फाँसीले मानिसलाई तत्कालै मार्छ जब कि आजीवन कारावासले मन्द मृत्यु दिन्छ ।'

राज्य भनेको ईश्वर होइन । जुन कुरो कथं आफुले चाहँदा फिर्ता गर्न सक्दैन त्यो हरण गर्ने उसलाई अधिकार हुँदैन ।

'लु भन त, कुन चाहिँ राम्रो जल्लाद हो - एकै चोटी झ्याप्प मार्ने कि वर्षौं वर्ष लगाएर चिमोटी चिमोटी मार्ने ?'

'ती दुवै उत्तिकै अनैतिक हुन्’ एक जना अतिथिले त मुखै फोर्यो, 'किनभने ती दुबैको उध्येश्य एउटै हो, कसैको जीवन हरण गर्ने । राज्य भनेको ईश्वर होइन । जुन कुरो कथं आफूले चाहँदा फिर्ता गर्न सक्दैन त्यो हरण गर्ने उसलाई अधिकार हुँदैन ।’

त्यस कचहरीमा एउटा अधिवक्ता पनि थियो, गधा पच्चिसी नढल्केको नव जवान । जब उसको यस बारे मत मागियो, उ त भन्छ, 'मृत्युदण्ड र आजीवन कारावास दुइटै उत्तिकै अधम हुन् । फेरि पनि दुई मध्ये कुनै एक रोज्न भनिन्छ भने म चाहिँ निश्चयै आजीवन कारावास रोज्थें । मरिहाल्नु भन्दा जसोतसो अलिक दिन जिउनु कता हो कता राम्रो !'

विमर्श घम्साघम्सी रह्यो । उ बेला महाजन युवै थियो र अलिक डरायो पनि । एक्कासी उत्तेजनामा आएर टेबलमा मुड्की बजार्दै युवा अधिवक्तामाथि खनिँदै भन्यो, 'यो सब बकबास हो । लु मैले बीस लाख बाजी राखें, पाँच वर्षसम्म बन्दी कोठामा बस्ने छ तिम्रो हिम्मत ?!'

'तिमीले ख्याल-ख्याल भनेको कि साच्चै ?! साँच्चै भनेका हौ भने पाँच होइन, म पन्ध्र वर्ष बस्न तैयार छु ।‘

'पन्ध्र वर्ष ! लु भो, बाजी !' महाजनले धमाश दियो । 'महासय, मैले वीस लाख बाजी लगाको छु नि !'

हे असन्तोषी मनुष्य, यो पनि नभुल कि बलात बन्दी भन्दा स्वैच्छिक बन्दी हुनु कता हो कता गाह्रो हुन्छ । चाहेको बेला निस्कने अधिकार छँदैछ भन्ने सोचेका छौ भने त्यो पनि गलत हो, किनभने त्यसले बन्दी कक्षभित्रको तिम्रो सम्पूर्ण जीवन विषाक्त बनाई दिन्छ । तिम्रो बुद्धि देखेर मलाई टिठ लागेर आउँछ ।'

'मन्जुर । बाजीमा तिमीले बीस लाख थाप्यौ, मैले मेरो स्वतन्त्रता’ अधिवक्ताले जवाफ दियो ।

यसरी यस आवेशमा भ'को, हास्यास्पद बाजीको जन्म भयो । उत्तिखेर त महाजन पुङ्माने र फिजुलखर्ची थियो । उसंग गन्ने नै हो भने करोडौंको जायजेथा थियो । बिहान खाना खाने बेलामा उसले अधिवक्तालाई  मजाकमा भन्यो, 'भाइ, तिमी होशमा आऊ ! समय बिते पछि त हुने नोक्सानी हो । बीस लाख भनेको मेरो  निम्ति माखा जत्ति पनि होइन । तिमीले तीन  चार वर्ष त आफ्ना जीवनका सर्वोत्तम वर्ष गुमाउनु पर्ने छ । म तीन चार वर्ष भन्दै छु किनभने तिमि त्यतिबेर सम्म त बाहिर आउने कुनै गुञ्जाईस नै रहँदैन । हे असन्तोषी मनुष्य, यो पनि नभुल कि बलात बन्दी भन्दा स्वैच्छिक बन्दी हुनु कता हो कता गाह्रो हुन्छ । चाहेको बेला निस्कने अधिकार छँदैछ भन्ने सोचेका छौ भने त्यो पनि गलत हो, किनभने त्यसले बन्दी कक्षभित्रको तिम्रो सम्पूर्ण जीवन विषाक्त बनाई दिन्छ । तिम्रो बुद्धि देखेर मलाई टिठ लागेर आउँछ ।'

अव भने महाजन एउटा कुनाबाट अर्को कुना ओहोर दोहोर गर्दै यो सब स्मरण गरेर आफैलाई सोध्न पुग्यो, 'किन मैले यो बाजी थापें ? यसबाट के लछार पछार लाग्छ र ?! बिचरा अधिवक्ताले आफ्नो जीवनको पन्ध्र वर्ष गुमाउँछ, म बीस लाख आफल्छु । यसले जनतालाई मृत्युदण्ड आजीवन कारावास भन्दा राम्रो या खराव भनेर कसरी आश्वस्त पार्ला र ? हत्तेरिका, सब बकवास, सब वाहियात । मेरो कुरो त हुनेखाने मानिसको सनकको कुरा भो । त्यो मुले अधिवक्ताको कुरो त काटी-कुटी द्रब्य पिसाचको कुरा भो ।'

बन्दी जीवनको पहिलो वर्ष उसले पठाएका स-साना नोटहरुबाट के कुरा प्रष्ट हुन्थ्यो भने अधिवक्ता एकलासपन र विरक्तिबाट हुनु सम्म आक्रान्त भयो ।

त्यस साँझको भोज पछि के के भयो त्यो पनि उसले सम्झ्यो । त्यतिखेर के निर्णय गरिएको थियो भने अधिवक्ताले महाजनको बगैंचामा रहेको मतानमा कठोर निगरानीमा बन्दी जीवन बिताउनु पर्ने छ । तोकिएको अवधिभित्र उसले मतानको  संघार नाघेर कुनै पनि जीवित मानिसलाई हेर्न नपाउने,  कुनै मानवीय आवाज सुन्न नपाउने, कुनै पनि चिट्ठीपत्र प्राप्त गर्न तथा खबर कागज पढ्न बन्देज लगाउने निर्णय गरिएको थियो । उसलाई संगीतका वाद्यवादन भने उपलब्ध गराउन सकिने, पुस्तक पढ्न, चिट्ठी पत्र लेख्न, मदिरा पान गर्न र चुरोट खान भने छुट दिइएको थियो । सम्झौता अनुसार उ न बोली/लेखेर बाहिरी संसारसंग संचार गर्न पाउँथ्यो । त्यसको निम्ति भनेर एउटा सानो छुट्टै आँखी झ्यालको बन्दोबस्त गरिएको थियो । उ त्यो झ्यालबाट  आफुलाई चाहेको कुनै पनि चीज, कुनै पनि पुस्तक, कस्तै संगीत, रोज्जा मदिरा जति चाहेको हो एउटा नोट पठाएर प्राप्त गर्न सक्दथ्यो । बन्दी जीवनलाई कडाइका साथ कालकोठरी जस्तो बनाउन मसिना मसिना कुरा पनि सम्झौतामा समेटिएका थिए । सम्झौता अनुसार अधिवक्ताले  सन् १८७० को नोवेम्वर १४ तारिखको मध्यरातको १२ बजे देखि सन् १८८५को नोवेम्वर १४ तारिखको मध्यरातको १२ बजे सम्म गरेर पुरै १५ वर्ष बन्दी जीवन बिताउनु पर्ने प्रावधान रहेको थियो । तोकिएको समयभन्दा २ मिनेट अघि मात्रै पनि भाग्ने जस्तो शर्त उल्लङ्घन भएमा महाजन बन्दीलाई २० लाख दिन वाध्य हुने छैन ।

बन्दी जीवनको पहिलो वर्ष उसले पठाएका स-साना नोटहरुबाट के कुरा प्रष्ट हुन्थ्यो भने अधिवक्ता एकलासपन र विरक्तिबाट हुनु सम्म आक्रान्त भयो । उ बसेको कक्षबाट रात दिन पियानोको आवाज आउथ्यो । उसले मदिरा र चुरोट परित्याग गरेको थियो । 'मदिराले' , उसले लेखेको थियो, ' तृष्णा जगाउँछ र तृष्णा कैदीको सबै भन्दा ठुलो शत्रु हो ।' यसका साथै एक्लै उम्दा मदिरा पान गर्नु जस्तो दिक्दार लाग्दो कुरा अरु केही हुँदैन ।' चुरोटले त उसको कोठाको वायु नै प्रदुषित गर्दछ । पहिलो वर्ष त अधिवक्ताले हल्का पुस्तक मगाको देखिन्छ; अलिक जटिल प्रेम कहानी भएका उपन्यास, अपराध र स्वैर कल्पनाका कथाहरु, हास्य नाटकहरु आदि आदि ।

अक्सर बरबराउथ्यो र आफैंप्रति क्रुद्ध हुन्थ्यो । एउटा पनि किता पढेन । कुनै कुनै रात लेख्न तम्सिन्थ्यो । धेरै बेर लेख्यो र फेरि त्यसलाई एका विहानै च्यातचुत पार्दथ्यो । कत्ति चोटी त उ रोएको पनि सुनिएको हो ।

दोश्रो वर्ष पियानो सुनिन छोड्यो । अब भने अधिवक्ता  शास्त्रीय ग्रन्थ मात्रै झिकाउन थाल्यो । पाँचौं वर्षमा पुनः संगीत गुञ्जिन थाल्यो । मदिराको पनि माग हुन थाल्यो । उसलाई  निगरानी राख्नेका मत अनुसार त्यो वर्ष उसले खानमा, पिउनमा र ओछ्यानमा सुतेरै बितायो । उ अक्सर बरबराउथ्यो र आफैंप्रति क्रुद्ध हुन्थ्यो । एउटा पनि किताब पढेन । कुनै कुनै रात लेख्न तम्सिन्थ्यो । धेरै बेर लेख्यो र फेरि त्यसलाई एका विहानै च्यातचुत पार्दथ्यो । कत्ति चोटी त ऊ रोएको पनि सुनिएको हो ।

बन्दी छैटौं वर्षको उतरार्धमा भाषा, दर्शन शास्त्र र इतिहासको  व्यग्रतापूर्वक अध्यन गर्न थाल्यो । उ यिनको अध्ययनमा यति टुप्पी कसेर लाग्यो कि उसले मागे जति किताव आपूर्ति गर्न मै महाजनलाई हम्मे हम्मे पर्यो । चार वर्षको अवधिमा उसको अनुरोधमा झन्डै ४०० थान किताव किनिए होलान् । बन्दीमा यस्तो धुन सवार भएको बेला महाजनले एउटा पत्र प्राप्त गर्यो, ' मेरो प्रिय जेलर, म यी हरफहरु छ ओटा भाषामा लेख्दै छु । यसलाई भाषा सम्बन्धी विशेषज्ञहरुलाई जाँच्न देऊ । तिनले पढेर एउटा मात्रै पनि  गल्ति भेट्टाएनछन् भने बगैंचामा आएर एउटा गोली पड्काई दिनु ताकि म ढुक्क हुन सकौं कि मेरो सारा प्रयास खेर गएनछ । विभिन्न युग र विभिन्न देशका महान प्रतिभाशाली व्यक्तिहरु अलग अलग भाषामा  नै बोल्दछन् तर ति सबैको हृदयमा प्रज्वलित ज्वाला भने एउटै हुन्छ । कास, अहिले मैले भोगेको स्वर्गिक सुखानुभूति तिमि अनुभव गर्दा हौ त तिम्रा खुट्टा भुईमा हुने थिएनन् ।'

मेरो प्रिय जेलर, म यी हरफहरु छ ओटा भाषामा लेख्दै छु । यसलाई भाषा सम्बन्धी विशेषज्ञहरुलाई जाँच्न देऊ । तिनले पढेर एउटा मात्रै पनि  गल्ति भेट्टाएनछन् भने बगैंचामा आएर एउटा गोली पड्काई दिनु ताकि म ढुक्क हुन सकौं कि मेरो सारा प्रयास खेर गएनछ ।

बन्दीको माग पुरा गरियो । महाजनको आदेशमा बगैंचामा दुइटा गोली पड्काइए । अलिक पछि, दशौँ वर्ष पछि, अधिवक्ता हलचल नगरी टेबल अघिल्तिर बसेर न्यु टेस्टामेण्ट मात्रै पढ्न थाल्यो । उता महाजन भने चकित पर्न थाल्यो । आफुले भने वर्ष दिनमा त्यति मोटो त के अलिक पातलो एउटै किताव, त्यो पनि अलिक बुझिने खालको छिचोल्न पनि गाह्रो छ, यो मान्छेले भने ६०० वटा बढेमाका ग्रन्थ खातखुत्तै निलेको छ । न्यु टेस्टामेण्ट पढिसकेपछि उसले धर्मको इतिहास पढेको छ अनि धर्मशास्त्र पढेको छ ।

बन्दी जीवनको बाँकी अन्तिम दुइ वर्षमा बन्दीले असंख्य किताव पढ्यो, रंगी विरंगी । अहिले प्रकृति विज्ञान त भरे बाइरोन या शेक्सपियर पढ्थ्यो । उसले पठा'का नोटबाट थाहा हुन्थ्यो उ एकै चोटी रसायन शास्त्रका किताव, चिकित्सा विज्ञानका पाठ्य पुस्तक, उपन्यास र दर्शन शास्त्र या धर्मशास्त्रका ठेली मगाको हुन्थ्यो । उ यसरी पढ्थ्यो मानौं समुद्रमा जहाज भताभुङ्ग भ'को छ र जीवन बचाउन कहिले जहाजको यो यो टुक्रा त कहिले उ टुक्रा समात्न उ ओहोर दोहोर गर्दै पौडी खेल्दै छ ।

१५ वर्षअघि संग के को कमी थियो र ?! धन दौलत छ्यालब्याल थियो । तर अहिले उसंग कुन चाहिँ बढी छ - ऋण कि धन ? यस बारे सोच्दा पनि उसलाई भाउन्न छुट्थ्यो ।

महाजनले यो सब पुनर्स्मरण गर्दै सोच्यो,  'भोलि रातको १२ बजे उ छुट्छ । सम्झौता अनुसार मैले २० लाख तिर्नु पर्ने हुन्छ । त्यत्रो रकम तिर्दा त मेरो हुनुहार हुन्छ । मेरो त बर्बादै हुन्छ ... ।'

१५ वर्षअघि उसंग के को कमी थियो र ?! धन दौलत छ्यालब्याल थियो । तर अहिले ऊसंग कुन चाहिँ बढी छ - ऋण कि धन ? यस बारे सोच्दा पनि उसलाई भाउन्न छुट्थ्यो । सट्टे बजारमा जुवा खेलेर, जोखिमपूर्ण सट्टेबाजी र बुढेसकालमा पनि छोड्न नसकेको लापार्वाहीले गर्दा उसको व्यवसाय चौपट बन्दै थियो । यसरी एक हक्की, आत्म विश्वासी, स्वाभिमानी व्यवसायी एक सामान्य व्यवसायीमा झर्न पुगेको थियो । हालत यस्तो थियो, बजारमा अलिकति मात्रै पनि  तलवितल हुँदा उसका खुट्टा थरथरी काम्थे । ऊ टाउकामा हात राख्दै मुरमुरिन्थ्यो, 'कस्तो अलच्छिन बाजी राखिएछ ! त्यो पाजीलाई किन काल न आको नि ! भर्खर चालिस वर्ष पुग्दै छ । त्यसले मेरो फुटेको कौडी पनि बाँकी न राख्ने भो । अनि भने घरजम गर्ने भो, ठाँट सित  जीवन गुजार्ने भो, सट्टे बजारमा जुवा खेल्ने भो । म मोरो भने विक्षिप्त भिखारी जस्तो देखिने भएँ  । त्यति मात्रै कहाँ हो र ?! त्यसले मलाई घरि घरि ठुङ्ग्ने  भो : ' तिमीले मेरो जीवनमा भरिदिएको खुशियाली प्रति म बहुत बहुत आभारी छु । मैले तिम्रो निम्ति केही गर्नु छ भने बिना संकोच मलाई भने हुन्छ ।' बाफ रे बाफ, यो त अति भो । यस्तो दिवालियापन र कलंकबाट बच्ने एउटै उपाय भनेको त्यो मानिस परमधाम जानै पर्दछ ।'

टाउकामा हात राख्दै मुरमुरिन्थ्यो, 'कस्तो अलच्छिन बाजी राखिएछ ! त्यो पाजीलाई किन काल न आको नि ! भर्खर चालिस वर्ष पुग्दै छ । त्यसले मेरो फुटेको कौडी पनि बाँकी न राख्ने भो ।

बल्ल बिहान सवेरैको ३ बजेको छ । महाजन घडीको टिक टिक सुनिरहेको छ । घरमा सबै मस्त निद्रामा सुतेका छन् । झ्याल बाहिर हिउँले कठाङ्ग्रिएका रुखका मर्केका आवाज भने प्रष्टै सुनिन्छ । आवाज न आओस् भन्ने यत्न गर्दै उसले आफ्नो कन्तुरबाट ढोकाको चाबी सुटुक्क निकाल्यो । यो ढ़ोका विगत १५ वर्षदेखि बन्दको बन्द थियो । उसले आफ्नो ओभरकोट लगायो र घर बाहिर निस्क्यो । बगैंचा पुरै अँध्यारो थियो र चिसो पनि । सिम सिम पानी पर्दै थियो । बगैंचामा ठण्डा, मुटु नै छेड्ने हावा मडारिइरहेको थियो । त्यसैले वरिपरिका रुखलाई भने कुनै विश्राम थिएन । आँखा तन्काइतन्काइ  हेरे पनि महाजनले न भुईं देखिरहेको थियो, न सेता प्रस्तारका मुर्ति, न बगैंचामा रहेको मतान र न त वरिपरिका रुख नै । मतानको समीपमा पुगेर उसले पालेलाई दुई चोटी बोलायो । तर कुनै प्रतिक्रिया नै आएन । भ'को चाहिँ खराब मौसमको कारणले गर्दा पाले अन्यत्र कतै ओंत लाग्न गएको थियो र उतै कतै भान्सा कोठामा या ग्रिन हाउसमा भुसुक्क निदा'को थियो । 'यदि मैले आफ्नो मतलब फत्ते गर्ने साहस बटुलें भने,' बुढो महाजन सोच्न थाल्यो, 'आशंकाको घेरामा त हरहिसाबले पाले नै पर्ने हो ।'

बन्दीको कोठामा जाने ढ़ोकाको शिलबन्दी तोडिएको थियो । सलाई के निभेको थियो, घवरावटमा थर-थर काम्दै विचरा महाजनले सानो झ्यालबाट भित्र चिहायो ।

अँध्यारोमा छाम-छाम छुम-छुम गर्दै उ सिंडी ओर्ल्यो र ढ़ोकामा पुग्यो अनि त्यहाँबाट मतानको मुख्य कक्षमा प्रवेश गर्यो । त्यस पछि साँगुरो निकास भएर  ठेल्लिदै अघि बढ्यो, सलाईको काटी पार्यो । चरो मुसो केही थिएन । कसैको खाट त थियो तर बिछ्यौना थिएन । पर कुनामा फलामे स्टोभ थियो । बन्दीको कोठामा जाने ढ़ोकाको शिलबन्दी तोडिएको थियो । सलाई के निभेको थियो, घवरावटमा थर-थर काम्दै विचरा महाजनले सानो झ्यालबाट भित्र चिहायो ।

बन्दीको कोठामा एउटा मोम बत्ति मधुरो प्रकाशमा बलिरहेको थियो । बन्दी स्वयम् भने टेबलको बगलमा बसेको थियो । उसको पिठ्यूँ, टाउकाको कपाल र हात मात्रै देखिन्थे । टेबल भरि खुलेका किताव यत्र तत्र छरिएका देखिन्थे । टेबलको बगलमा गलैंचा माथि दुइटा कुर्सी राखिएका थिए ।

टेबलको अघिल्तिर मान्छे त बसेको छ तर आम मानवीय प्राणी जस्तो थिएन । हाड छाला टाँसिएको कंकाल जस्तो थियो, महिलाको जस्तो लामो तर गुजुल्टिएको कपाल र असरल्ल दाह्री थियो । अल्प रक्तले कान्तिविहीन पीत अनुहार ।

५ मिनेट जति बित्यो होला बन्दी त टसमस नै गरेन । १५ वर्षको बन्दी जीवनले उसलाई बिना हलचल बस्न सिका'को थियो । महाजनले झ्यालमा औंलाले खटखटायो तर बन्दीले कुनै पर्वाह नै गरेन । तब भने उसले सुस्तरी बहुतै सावधानीपुर्वक ढोकामा लगा'को शिलबन्दी तोडेर साँचोमा चाबी घुसायो । खियाले खाएको भएर चाबी कार्याक-कुरुक गर्यो र ढोकाको चरमराहट आयो । महाजनलाई त लागेको थियो, पक्कै अताल्लिएको आवाज आउने भो, पदचापको आवाज सुनिने भो । परन्तु तीन मिनेट बित्यो भित्र त पूर्ववत मुर्दा शान्ति छ । उसले भित्र छिरेर  हेर्ने निश्चय गर्यो ।

टेबलको अघिल्तिर मान्छे त बसेको छ तर आम मानवीय प्राणी जस्तो थिएन । हाड छाला टाँसिएको कंकाल जस्तो थियो, महिलाको जस्तो लामो तर गुजुल्टिएको कपाल र असरल्ल दाह्री थियो । अल्प रक्तले कान्ति विहीन पीत अनुहार । खोपा परेका गाला । लमतन्न किक्रिक्क परेको ढाड । सिक्रा जस्ता हातमा जिङ्ग्रिङ्ग परेको कपाल भ'को टाउको अडेस लगा'को । हेर्दैमा अत्यास लाग्ने । उसको कपाल तील चामल भई सकेको थियो । उसको अनुहारमा परेको चाउरी देखेर यो मानिस भरखर चालिस वर्ष पुगेको भनेर कसैले पनि विश्वास गर्न सक्दैनथ्यो । टेबलमा , घोप्टो परेर अड्याको शिरको ठीक अघिल्तिर एउटा कागजको पन्नामा केही लेखेको र त्यसलाई एउटा लिखुरे हातले अठ्या'र राखेको थियो ।

मैले त फगत यस अर्ध मृत मनुष्यलाई उठा'र ओछ्यानमा सुता'र सिरानेले एक छिन मात्रै यसको मुख थुने भने यसको ईह लिला समाप्त हुन्छ  । जतिसुकै सिद्धहस्त जाँचकीलाई पनि यो कर्तव्यज्यान हो भन्ने पत्तै हुँदैन । तर पहिले यसले लेख्न चाहिँ के लेखेको रहेछ त्यो चाहिँ पढौं न !'

'विचरा शैतान,' महाजनले सोच्यो, ' मस्त निद्रामा छ । सायद सपनामा करोडौं रुपैयाँ खेला'को देख्दै होला । मैले त फगत यस अर्ध मृत मनुष्यलाई उठा'र ओछ्यानमा सुता'र सिरानेले एक छिन मात्रै यसको मुख थुने भने यसको ईह लिला समाप्त हुन्छ  । जतिसुकै सिद्धहस्त जाँचकीलाई पनि यो कर्तव्यज्यान हो भन्ने पत्तै हुँदैन । तर पहिले यसले लेख्न चाहिँ के लेखेको रहेछ त्यो चाहिँ पढौं न !'

महाजनले टेबलबाट कागजको पन्ना उठा'र पढ्न थाल्यो :

'भोलि मध्य रातको १२ बजे म मेरो स्वतन्त्रता हाशिल गर्दै छु र मानिसहरु बीच घुलमिल हुने अधिकार सुरक्षित गर्दैछु । मैले यो कक्ष छोडेर घाम देख्नुअघि मैले तिमीलाई केही कुरा भन्नु जरुरी ठानेको छु । म पूर्ण होशहवासका साथ दुनियाँलाई साक्षी राखेर घोषणा गर्दछु कि म स्वतन्त्रता, जीवन, स्वास्थ्य र तिम्रा कितावले भन्ने गरेको  लौकिक अनुकम्पालाई तुच्छ ठान्दछु । १५ वर्ष सम्म त मैले लौकिक जीवनको बारेमा घोर अध्ययन गरेको छु । यो साँचो हो कि मैले न पृथ्वी देखें न त मानिस नै । तर मैले तिम्रा कितावबाट मदिराको चास्नी चाखेको छु, गीत गाएको छु, जंगलमा हरिण र बनेलको शिकार खेलेको छु, महिलाहरुसंग प्रणय गरेको छु, ... अनि तिम्रा कविका अद्भुत प्रतिभाको जादुमा सिर्जित अलौकिक परी जस्ता सुन्दर युवतीहरु रात रात म कहाँ आएर मेरो कानमा खुसुक्क रोमाञ्चक कथा सुना'का छन् र म मदहोश भएको छु । तिम्रा कितावमा टेकेर म एल्ब्रुजको शिखर र ब्लांक पहाड चढेको छु । त्यहाँबाट  एकाविहानै घामको पहिलो पहिलो झुल्को देखेको छु । त्यसरी नै साँझ पख, आकाश, समुद्र र पहाडी टाकुराहरु बैजनी पीत रंगमा लपक्क पोतिएर सिङ्गारिएको देखेको छु ।'

'मैले मेरो शिर माथिको गगनमा बिजुली चम्किदा कसरी बादल फाट्छ भन्ने देखेको छु ; मैले हराभरा जंगल, लह लह बालीले ढाकेका खेत बारी, कल कल बग्ने नदी, मन्द लहरमा खेली रहेका ताल-तलैया र व्यस्त शहर देखेको छु । मैले साइरन करा'को सुनेको छु र मुरली बजेको पनि सुनेको छु । मैले म कहाँ ईस्वरको संदेश सुनाउन उडदै उडदै आएका भलादमी दैत्यका सुन्दरतम पखेटा स्पर्श गरेको छु । ... तिम्रा किताव पढेर म अनन्त रसातल पुगेको छु,तमाशा देखाको छु, शहरहरु गर्ल्याम गुर्लुम भत्का'को छु, नविन धर्म देसना गरेको छु, सारा मुलुक दिग्विजय गरेको छु ... ।'

'तिम्रा कितावले मलाई ज्ञान दिएका छन् । शताब्दियौं लगा'र सिर्जित अथक मानवीय विचार यो सानो मेरो खोपडीमा संचित गरेको छु । तिमीहरु कोही भन्दा म बढ्ता चलाक छु, त्यसको मलाई भलिभाँती ज्ञान छ ।'

'म तिम्रा कितावको निन्दा गर्दछु, सारा लौकिक अनुकम्पा र ज्ञानको निन्दा गर्दछु । सारा चराचर शुन्य, क्षणभंगुर , काल्पनिक र मृगतृष्णा जस्तै मायावी छ । तिमी स्वाभिमान, बुद्धिमानी र आकर्षक भएर पनि दुलाको मुसो लोप भए जस्तै एक दिन तिमीलाई मृत्युले यस धर्तिको काखबाट विछोड गराउने छ । तिम्रा सन्तति, तिम्रो इतिहास, र तिम्रा विभुतिहरुको अमरता सबका सब भस्मिभुत हुनेछन् ।'

'म तिम्रा कितावको निन्दा गर्दछु, सारा लौकिक अनुकम्पा र ज्ञानको निन्दा गर्दछु । सारा चराचर शुन्य, क्षणभंगुर , काल्पनिक र मृगतृष्णा जस्तै मायावी छ ।

'तिमि पागल हौ र तिमीले गलत बाटो रोज्यौ । तिमीले सत्यको साटो मिथ्या र सुन्दरताको साटो कुरुपता छान्यौ । अकस्मात स्याउ या सुन्तलाको बोटमा फल होइन भ्यागुता र छेपारा फल्न थाले भने, गुलाफले सुगन्ध उत्सर्जन गर्न छाडेर हसिन-पसिन घोडाले सास फेरेको जस्तो गर्यो भने  तिमी तीन चित पर्दैनौ ?! त्यसरी नै म तिमीलाई देखेर तीन चित परेको छु । तिमीले स्वर्गको साटो मर्त्य रोज्यौ । तिमीले किन यसो गर्यौ होला त्यो मलाई बुझ्नु पनि छैन ।'

'तिमी जे चीजलाई सबथोक हो भनेर जिएका छौ म त्यसलाई घृणा गर्दछु । म यो व्यवहारतः गरेर पनि देखाउनेवाला छु । तिमीले दिने भनेको २० लाख मैले माफी गरिदिएँ । हो, त्योबेला मैले त्यसलाई स्वर्गै  ठानेको थिएँ  । अहिले मलाई त्यो परालको त्यान्द्रो बराबर पनि लाग्दैन । त्यो २० लाख प्राप्त गर्ने अधिकारबाट वन्चित हुन म स्वयं शर्तवन्दीको निर्धारित समयको पाँच मिनेट अघि नै यहाँबाट बाहिर निस्केर सम्झौताको शर्त उल्लङ्घन गर्नेवाला छु ।'

उसलाई आफैंप्रति यति साह्रो घृणा यो भन्दा अघि लागेकै थिएन । यति पश्चाताप त सट्टे बजारमा त्यत्रो घाटा हुँदा पनि भएको थिएन । घर आएर डङ्ग्रङ्ग ओछ्यानमा पल्टियो । तर जलेको दिल र पोखिएका आँशुले उसलाई लामो समय सम्म निद्रा लाग्नै दिएनन् ... ।

कागज पढी सके पछि महाजनले त्यसलाई टेबल माथि राखी दियो र त्यस अजीव मानिसको निधारमा चुम्यो । अनि भने रुनु रोयो । उ मतानबाट बाहिर निस्कियो । उसलाई आफैंप्रति यति साह्रो घृणा यो भन्दा अघि लागेकै थिएन । यति पश्चाताप त सट्टे बजारमा त्यत्रो घाटा हुँदा पनि भएको थिएन । घर आएर ऊ डङ्ग्रङ्ग ओछ्यानमा पल्टियो । तर जलेको दिल र पोखिएका आँशुले उसलाई लामो समय सम्म निद्रा लाग्नै दिएनन् ... ।

भोलि पल्ट विहान विचरा पाले हस्याङ्ग र फ़स्याङ्ग गर्दै महाजन कहाँ आयो । पालेले मतानमा रहेको बन्दी झ्यालबाट उक्लेर बगैंचा तिर लागेको खुद आफुले देखेको बेलिबिस्तार लगायो । 'त्यस पछि गेटसम्म गएको त देखें अनि भने अलप भयो ।' महाजन तत्कालै आफ्नो नोकर सहित मतान गयो र बन्दी साँच्चिकै भागेको यकिन गर्यो । अनावश्यक झमेला उठाउनु नपरोस् भनेर उसले अब २० लाखको दावी न गर्ने भनेर बन्दीले गरेको बकपत्र टेबलबाट उठायो र घरमा आएर आफ्नो कन्तुरमा चावी लगा'र जतन गर्यो ।

Title Photo: https://cdn.steemitimages.com/