नामको अर्थको अनर्थ

धेरै मानिसहरूको भनाइ छ नामको ठूलो महिमा हुन्छ र नामले सबैमा ठूलो प्रभाव पार्ने गर्दछ । तर म भने यस मान्यतासँग सहमत छैन । वास्तवमा महिमामय हुने र प्रभाव पार्ने त व्यक्ति हो, नाम होइन । नाम त केवल व्यक्तिको चिनारीका लागि मात्र राखिने गरिएको हो । नाम नै ठूलो हुने भइदिएको भए अन्धोको नाम नेत्रनाथ हुने थिएन, कर्णसिंह नामको मान्छे बहिरो हुने थिएन र लक्ष्मीप्रसाद र ऐश्वर्यमान नामका व्यक्ति गरिब हुने थिएनन् ।

मानिसहरूका नामले कहिलेकाहीँ उपद्रो पनि गर्ने गर्दछ र अन्योलको स्थिति पनि पैदा गर्ने गर्दछ । यस पङ्क्तिको लेखक २०१७ सालदेखि २०३६ सालसम्म नेपाली काङ्ग्रेसको प्रचार विभाग सम्हालेर कलकत्ता बसेको थियो र 'नेपाल आह्वान' नामक समाचारपत्रको प्रकाशन तथा सम्पादन पनि गर्ने गर्दथ्यो ।

एक पटक 'नेपाल आह्वान'मा माया गिरीको निकै ठूलो चर्चा प्रकाशित भएको थियो । तीन-चार दिनपछि नै एक दिन बिहान एक जना युवक नाडी सुर्कदै मेरो कोठाभित्र पसे र भन्न थाले- “मान्छेको लिङ्ग परिवर्तन गराउनमा त बडा सिपालु हुनुभएछ नि त ?”

 ‘नेपाल आह्वान' मा खास गरेर नेपालमा प्रजातन्त्रको पुनर्बहालीका लागि नेपाली काङ्ग्रेसको नेतृत्वमा चलेको आन्दोलनको बढी चर्चा हुने गर्दथ्यो । एक पटक त्यसमा माया गिरीको निकै ठूलो चर्चा प्रकाशित भएको थियो । तीन-चार दिनपछि नै एक दिन बिहान एक जना युवक नाडी सुर्कदै मेरो कोठाभित्र पसे र भन्न थाले- “मान्छेको लिङ्ग परिवर्तन गराउनमा त बडा सिपालु हुनुभएछ नि त ?” मैले कुरा बुझिनँ र ट्वाल्ल उनैको अनुहार हेरिरहेँ । त्यो व्यक्ति भने अझै पनि मसँग उफ्रँदो थियो । यस्तैमा दाङका गणेशकुमार शर्मा हाँस्दै मेरो कोठाभित्र पस्नुभयो र मसँग झगडा गरिहेको व्यक्तितिर फर्केर भन्न थाल्नुभयो– “पाएनौ के स्वाद अब ? मैले कैयौँ बाजि भनेको होइन तिमीलाई, यो 'माया' भन्ने जनानी नाम फेर भनेर; टेरपुच्छर लगाएनौ । यो परिणाम अब अहिले भोगिहाल्यौ ।”

अघिसम्म सिंहजस्तो बनेर मलाई दपेटिरहेको त्यो मान्छे गणेशकुमारको झापु खाएपछि अब मुसाजस्तो भएको थियो । मैले आइमाई सम्झेर खूब फर्माइवरी 'नेपाल आह्वान' मा समाचार छापेको त्यो व्यक्ति माया गिरी यही जुँगामुठे पो रहेछ भनी सम्झन गाह्रो परेन । गणेशकुमार र म खूब हाँस्यौँ । तर माया गिरी भने चुपचाप नै बसिरहे ।

२०१७ साल लगत्तैपछि नेपाली काङ्ग्रेसको जननिर्वाचित सरकारले गरेका अनियमित कार्यहरूको लेखापरीक्षण गरी केही अनियमितता भेटिए त्यसलाई प्रकाशमा ल्याएर बी.पी. तथा नेपाली काङ्ग्रेसको बदनाम गराउने उद्देश्यले यावत् कामकारबाहीहरू खोतल्न लगाइएको थियो ।

मलाई यसरी माया गिरीको नामले धोका दिएझैं केही वर्षअघि महालेखा परीक्षक कार्यालयका हाकिम, कारिन्दा सबैलाई पनि जेठी मैयाँ र शरणहरि टण्डन डुकूलन्ठन दुइटा नामले पिर्नुपिरेको थियो । २०१७ साल लगत्तैपछि नेपाली काङ्ग्रेसको जननिर्वाचित सरकारले गरेका अनियमित कार्यहरूको लेखापरीक्षण गरी केही अनियमितता भेटिए त्यसलाई प्रकाशमा ल्याएर बी.पी. तथा नेपाली काङ्ग्रेसको बदनाम गराउने उद्देश्यले यावत् कामकारबाहीहरू खोतल्न लगाइएको थियो ।

लेखापरीक्षणले खोतल्दै जाँदा दुइटा शङ्कास्पद अनियमितता फेला पायो । एउटा जेठीमैयाँ काण्ड र अर्को शणरहरि टण्डन डुकूलन्ठनकाण्ड । श्री ५ को सरकारको निमन्त्रणामा भारतबाट २०१७ साल मङ्सिरमा जेठी मैयाँ नामकी एक महिला नेपालको तीनदिने भ्रमणमा आएकी थिइन् र सिकार खेल्न उनी ठोरी पनि गएकी थिइन् । को थिइन् ती जेठी मैयाँ ? राणाहरूका निकै चेलीबेटीहरूको विवाह भारतका राजारजौटाहरूसँग भएको त छ तर देशमा प्रजातन्त्र आइसकेपछि निर्वाचित सरकारले तिनलाई निम्त्याएर तिनको आतिथ्यमा तीन दिनमा २५ हजार फुक्ने प्रश्नै उठ्दैन । नत्र यत्रो सम्मान दिएर सरकारी आतिथ्यमा बोलाइएकी ती गरिमामयी नारी जेठी मैयाँ को हुन् त ? यी रहस्यमयी जेठी मैयाँले लेखापरीक्षकका हाकिम, कारिन्दा सबैको टाउको खाइन् ।

श्री ५ को सरकारको निमन्त्रणामा भारतबाट २०१७ साल मङ्सिरमा जेठी मैयाँ नामकी एक महिला नेपालको तीनदिने भ्रमणमा आएकी थिइन् र सिकार खेल्न उनी ठोरी पनि गएकी थिइन् । को थिइन् ती जेठी मैयाँ ?

टाउको खानेमा अझ जेठी मैयाँभन्दा सरकारकै आतिथ्यमा बेलायतबाट आएका शरणहरि टण्डन डुकूलन्ठन झन् तीन बित्ता माथिका निस्के । फेरि मान्छे पनि साना नभएर ठूलै रहेछन् । उनले त अझ झन् श्री ५ महाराजाधिराजको दर्शनभेट पनि गरेका रहेछन् । र ठोरीमा सिकार खेल्न गएर बाघ पनि मारेका रहेछन् । आतिथ्य पनि भव्य दिइएको रहेछ रु. १ लाख खर्च गरेर । नाम भने डुकूलन्ठन (बेकम्मा र बेइलमी) सम्मानचाहिँ भी. भी.आई.पी. को पत्तै लगाउन नसकेर साराको दिमाग सडक्यो । सारा विमूढ भए ।

परराष्ट्रमन्त्रालयमा गएर सोधें–  “को हुन् यी जेठी मैयाँ र यी शरणहरि टण्डन डुकूलन्ठन ?”  अहँ, कसैलाई थाहा छैन । परराष्ट्रका मानिस पनि त्यत्तिकै 'पजल्ड' भए । एक जनाले सल्लाह दिए ।

तपाईंहरू नारायणप्रसाद (चित्तरञ्जन नेपाली) का पिताज्यूकहाँ जानोस् । उहाँ लामो समयसम्म मुन्सीखाना (परराष्ट्र विभागको पुरानो नाम) मा बसेर अवकाश प्राप्त व्यक्ति हुनुहुन्छ; ज्यादै अनुभवी र सिपालु ।

कुरा सुनेर उनको (चित्तरञ्जन नेपालीका पिताज्यूको) ओठमा मधुर मुस्कान फैलियो । भने– “यो सब चारपासे कारिन्दाहरूको बुद्धिको फेर हो । कुरो जटिल नभएर साधारण नै छ ।

उनीहरू त्यहीँ गए र समस्याको निराकरण गरिदिन बिन्तीभाउ गरे । कुरा सुनेर उनको ओठमा मधुर मुस्कान फैलियो । भने– “यो सब चारपासे कारिन्दाहरूको बुद्धिको फेर हो । कुरो जटिल नभएर साधारण नै छ । जेठी मैयाँ भनिएका भारतका तत्कालीन स्थल सेनाध्यक्ष ज. थिमैया हुन् र शरणहरि टण्डन डुकूलन्ठनचाहिँ सर हेनरी विलिङटन ड्यूक अफ लन्डन हुन् ।” यो सुनेर सबैको टाउकोबाट त्यो भारी बोझ हट्यो । सबै दङ्ग परे ।

(२०४३ असोज)

Writer Photo source: https://images.gr-assets.com