जब माओले अङ्गरक्षकका लागि आफैँ चिठ्ठी लेखे !
लालसेनाले कुनै काउन्टी वा सहरका क्षेत्र कब्जा गरेपछि, स्थानीय सरकारी कार्यालयहरूमा शत्रुका कागजात–सूचनाहरू लिन अध्यक्ष माओ आफैँ जानुहुन्थ्यो वा आफ्ना मानिसहरूलाई पठाउने गर्नुहुन्थ्यो । त्यसपछि उहाँ स्थानीय हुलाक कार्यालयमा खबर कागज र पत्रिकाहरू किन्न जानुहुन्थ्यो वा अरू कसैलाई पठाउनुहुन्थ्यो । धेरैजसो समय जाँदा खाली हात गएका हामी किताब र पत्रिकाका चाङ बोकेर फर्कने गर्थ्यौँ। साँझपख अध्यक्ष माओले रातो पेन्सिलले तिनमा चिन्ह लगाइदिनु हुन्थ्यो ताकि हामीले जरुरी सामग्रीहरूलाई सुरक्षित राख्ने गरौँ ।
एक दिन हामी क्याङ्सीको सिनफेङ काउन्टी आइपुग्यौँ । त्यसअघि पनि हामी उक्त स्थानमा धेरै पटक पुगेका थियौँ । त्यस कारण स्थानीय जनताले लाल सेनालाई राम्ररी चिन्दथे । सबै पसलहरू खुला थिए र धेरै मानिसहरू हामीलाई स्वागत गर्न बाहिर निस्किए । हामी अस्थायी छाउनीमा बसेका मात्रै थियौँ, अध्यक्ष माओले मलाई भन्नुभयो, ‘आऊ चेन चाङ–फेङ ! हुलाक कार्यालय जाऔँ ।’
हामीले छानेका कुराहरूको पैसा तिर्यौं । ती सामग्रीहरू समेट्दै गर्दा मैले सोधेँ– ‘अध्यक्ष माओ, हुलाक कार्यालयले के गर्छ ?’
हामी त्यहाँ पुगेपछि अध्यक्ष माओले किताब र कागजका थुप्रोहरू खोतल्न थाल्नुभयो । बीच बिचमा उहाँले छान्दै केही किताब–कागजहरू मलाई दिने पनि गर्नुहुन्थ्यो । हामीले छानेका कुराहरूको पैसा तिर्यौं । ती सामग्रीहरू समेट्दै गर्दा मैले सोधेँ– ‘अध्यक्ष माओ, हुलाक कार्यालयले के गर्छ ?’
‘ए, तिनीहरूले धेरै काम गर्छन्,’ अध्यक्ष माओले उत्तर दिनुभयो, ‘उनीहरूले चिठ्ठी पत्र र अखबारहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्याइदिन्छन्, टेलिग्राम र फोनहरू सम्हाल्छन् । तिमी घरमा पत्र पठाउन चाहन्छौ भने तिम्रा लागि तिनीहरूले त्यो पनि लगिदिन्छन् ।’
म घर नगएको दुई वा तीन वर्ष भइसकेको थियो, मलाई थाहा थिएन मेरो बुबा कस्तो हुनुहुन्छ ? अझ जिउँदा नै पो हुनुहुन्छ कि हुनुहुन्न ?...
मैले चिठ्ठी लेखेँ भने साँच्चै नै उनीहरूले मेरो घरमा पुर्याइदिन्छन् ? म आश्चर्यचकित भएँ ।
हुलाक कार्यालयबाट फर्केपछि पनि त्यो कुरा मेरो मस्तिष्कमा खेलिरह्यो । मैले सोचेँ– यो त साँच्चै नै गज्जबको कुरा हो ।
म घर नगएको दुई वा तीन वर्ष भइसकेको थियो, मलाई थाहा थिएन मेरो बुबा कस्तो हुनुहुन्छ ? अझ जिउँदा नै पो हुनुहुन्छ कि हुनुहुन्न ?... धेरै प्रश्नहरू मेरा मस्तिष्कमा बिजुली चम्केजस्तै आइरह्यो । ओहो ! घरमा चिठ्ठी पठाउन पाए त कति जाति हुन्थ्यो !
हामी शिविर फर्कँदा झमक्कै साँझ परिसकेको थियो । मैले किताब र पत्रिकाहरू तल राखेँ र अध्यक्ष माओका लागि बत्ती बालिदिएँ । उहाँले तुरुन्तै पढ्न थाल्नुभयो । यो मेरो बेलुकीको खाना ल्याउने समय थियो तर मेरो टाउकोमा हुलाक नै घुमिरहेको थियो । म दिवास्वप्न देखेर त्यहाँ उभिइरहेँ ।
‘के भयो ?’ मलाई सोच मग्न देखेर अध्यक्ष माओले सोध्नुभयो ।
‘अध्यक्ष माओ,’ मैले भनेँ, ‘के साँच्चै मैले घरमा चिठ्ठी पठाउन सक्छु ?’
‘तिमीले कसलाई भनेको ?’ उहाँले सोध्नुभयो ।
‘हुलाक !’
'अवश्य पनि सक्छौ । तिम्रो घर हाम्रा मुक्त क्षेत्र (सोभियत क्षेत्र) मा नै त छ ।’
उहाँले मेरो मस्तिष्कमा के चलिरहेको छ भनेर अनुमान गर्नुभयो ।
‘के तिमी घरमा चिठ्ठी पठाउन चाहन्छौ ?,’ उहाँले सोध्नुभयो ।
‘तिमीलाई लेख्न आउँदैन !’ अध्यक्ष माओले मेरो वाक्य पूरा गरिदिनुभयो, ‘आऊ, म तिम्रा लागि लेखिदिन्छु ।’
मैले स्वीकृतिमा टाउको हल्लाएर सानो स्वरमा भनेँ, ‘म घरमा चिठ्ठी पठाउन चाहन्छु, तर...’
‘तिमीलाई लेख्न आउँदैन !’ अध्यक्ष माओले मेरो वाक्य पूरा गरिदिनुभयो, ‘आऊ, म तिम्रा लागि लेखिदिन्छु ।’
यो सुनेर म खुसीले पागल भएँ । तर लगत्तै यो गलत हुने विचार मेरो मनमा पलायो, मलाई थाहा थियो अध्यक्ष माओ अति व्यस्त हुनुहुन्छ र यसले उहाँको महत्त्वपूर्ण समय खर्च गरिदिन्छ । तर उहाँले मलाई प्रोत्साहित गर्दै भन्नुभयो, ‘तिमी आफ्ना बुबालाई के भन्न चाहन्छौ ?,' यो भनिरहँदा उहाँले अखबार एकछेउमा राख्नुभयो र लेख्नका लागि कागज र ब्रस समात्नुभयो ।
‘म...मेरा बुबालाई म के भनूँ ? मैले केही सोच्नै सकिरहेको थिइनँ, अन्त्यमा भनेँ, ‘अध्यक्ष माओ ! के उचित हुन्छ तपाईँले नै लेखिदिनोस् न ! म हाम्रो लाल सेनामा सबै कुरा सही छन् र तपाईँसँग बस्दा एकदमै ठिक छु । अति खुसी छु । बस यति नै !’
उहाँले मेरो घरको ठेगाना र बुबाको नाम टिप्नुभयो । म खानाको बन्दोबस्त गर्न बाहिर निस्केँ । जब म खाना लिएर फर्केँ, अध्यक्ष माओ एउटा हात चिउँडोमा राखेर तथा अर्को हातले ब्रस समातेर गहिरो सोच मुद्रामा हुनुहुन्थ्यो । मलाई थाहा थियो, यस्तो बेलामा उहाँलाई खाना खान भन्नु उचित हुन्न । त्यसैले मैले सावधानीका साथ उहाँको टेबुलमा भातको डब्बा राखिदिएँ र बाहिर निस्के ।
गएका केही वर्षहरूमा माओ मेरा लागि आफ्नै बुबासरह बन्नुभएको थियो, मेरा दैनिकी र तालिमहरूका बारेमा चासो राख्नुहुन्थ्यो । म यी दयालु शिक्षकलाई कहिल्यै बिर्सने छैन । यस्तो सोच्दासोच्दै मेरा गालामा आँसुका थोपाहरू खसे र परालका बिछ्यौनामा झरे ।
म आफ्नो नरम परालको ओछ्यानमा ढल्किए । कृतज्ञताले ओतप्रोत भएर म सुत्नै सकिनँ, म ओछ्यानमा ढल्केर अध्यक्ष माओको दयालुपनाबारे सोच्दै यताउता कोल्टे फेरिरहेँ । एउटा सामान्य किसानको छोरा म, आफ्नै सेनामा भर्ना भएर एउटा गणतन्त्रका अध्यक्षको अङ्गरक्षक समेत बनेँ (त्यो बेला म उहाँको अर्दली हैन, अङ्गरक्षक बनिसकेको थिएँ) । र अहिले हाम्रा अध्यक्ष माओ आफैँ मेरा लागि चिठ्ठी लेखिदिँदै हुनुहुन्छ ।
गएका केही वर्षहरूमा माओ मेरा लागि आफ्नै बुबासरह बन्नुभएको थियो, मेरा दैनिकी र तालिमहरूका बारेमा चासो राख्नुहुन्थ्यो । म यी दयालु शिक्षकलाई कहिल्यै बिर्सने छैन । यस्तो सोच्दासोच्दै मेरा गालामा आँसुका थोपाहरू खसे र परालका बिछ्यौनामा झरे । त्यो रात रोकिएको जस्तो भएको थियो । म बाहिर निस्केँ । अध्यक्ष माओको कोठामा बत्ती बलिरहेको थियो । उहाँ अझै काम गरिरहनुभएको थियो ।
भोलिपल्ट बिहान मैले खाजा लिएर जाँदा अध्यक्ष माओले मेरा लागि लेखिदिनुभएको चिठ्ठी मलाई दिनुभयो ।
अत्यन्तै लज्जा बोधका साथ मैले खानेकुराको डब्बालाई जमिनमा राखेँ र दुवै हातले चिठ्ठी समाउँदै गुनगुनाएको स्वरमा भनेँ, ‘यसमा सबै ठिक हुनुपर्छ ।’
‘ल लेऊ चिठ्ठी । ठिक छ कि छैन एक पटक तिमी हेर्छौ ?’
अत्यन्तै लज्जा बोधका साथ मैले खानेकुराको डब्बालाई जमिनमा राखेँ र दुवै हातले चिठ्ठी समाउँदै गुनगुनाएको स्वरमा भनेँ, ‘यसमा सबै ठिक हुनुपर्छ ।’
‘हुलाक गएर चिठ्ठी पठाएर आऊ,’ अध्यक्ष माओले भन्नुभयो ।
‘तपाईँको खाजा तयार छ,’ मैले उहाँलाई स्मरण गराएँ ।
‘त्यसलाई यहीँ छाडेर तुरुन्तै जाऊ !’
स्वचालित रुपमा मैले उहाँलाई स्यालुट गरेँ र अफिसबाट बाहिर निस्किएँ । मलाई मुस्किलैले थाहा थियो, मैले के गरिरहेको छु भनेर ।
जब म फर्किएँ, अध्यक्ष माओले मलाई हेर्नुभयो, ‘अब तिमीलाई सन्तोष महसुस भइरहेको छ ?’ उहाँले थप भन्नुभयो, ‘कि अझै घरकै बारेमा सोचिरहेका छौ ?’
‘अहँ,’ म मुस्कुराएँ, ‘अहिले तपाईँले नै आदेश दिनुभयो भने पनि म घर जान्नँ ।’
(चेन चाङ–फेङको कृति ‘On the Long March with Chairman Mao’ बाट अनूदित ।)
प्रतिक्रिया