अमेरिकाको नाम किन त्यसको खोजकर्ता कोलम्बसको नाममा राखिएन ?

इतिहासका सामान्य विद्ययार्थीलाई पनि थाहा भएको कुरा हो– अमेरिकाको बारेमा विश्वलाई थाहा दिने व्यक्ति कोलम्बस हुन् ।त्यसअघि अमेरिकी भूमि र त्यहाँका जनजीवनबारे तत्कालीन विश्व समाजलाई कुनै थाहा अत्तोपत्तो नै थिएन । सामान्यता त्यस्ता भूभागहरुको नामाकारण त्यसको खोजकर्ताको नाममा राख्ने गरिन्छ ।  तर कोलम्बसले पत्ता लगाएको भूमि अमेरिकाको नाम चाहिँ किन उनको नाम नराखिएको होला त ? यो आश्चर्यको कुरा छैन त ?!

वास्तवमा, कोलम्बस आफ्नो खोज अभियनमा निक्लदा उनी अमेरिका खोज्न निस्केकै थिएनन् । उनी त एशिया पुग्ने पश्चिमी बाटोको खोजीमा निस्केका थिए । उनी यात्राको क्रममा जब सानो सल्भाडोर, क्युवा र हिस्पानिओल जस्ता तत्कालीन विश्व समाजबाट ओझेलमा रहेका, त्यसबेलाका समाजले थाहा पाइनसकेका नयाँ क्षेत्रहरु फेला पार्दै अमेरिका पुगे, उनले आफूले खोजैकै कुरा पत्ता लगाएको सोचेका थिए । तर वास्तवमा उनी भ्रममा थिए । उनले त आफूले सोच्दै नसोचेको, नयाँ धर्ती,  अमेरिका पो पत्ता लगाएका थिए । नयाँ फेला परेको त्यस धर्तीमा बसोबास गर्ने काला आदिवासीहरुलाई देखेर कोलम्बसले त्यस क्षेत्रलाई रेड इण्डियनहरुको धर्तीको संज्ञा दिएका थिए ।

भारत जाने बाटो खोज्न समुद्री यात्रामा निस्केको कोलम्बसले फेला परेको त्यस नयाँ धर्ती कुन होत त ?  भन्ने बारे धेरै शंका उपशंकाहरु उठ्न थाले । ती शंका उपशंकहरु निराकरण गर्न तत्कालीन स्पेन तथा पोर्तुगलका शासकहरुले कोलम्बसले फेला पारेको धर्ती कुन हो र त्यसको कुन कुन भाग पोर्तुगल र स्पेनको अधीनमा पर्छ भनेर चासो राख्न थाले ।

यसै क्रममा, ती कुराहरुको छानवीन गर्न अर्का एक जना सहसी जहाजी एमेरिगो भेस्पुक्की (Amerigo Vespucci) लाई त्यस नयाँ धर्तीतिर पठाइयो । एमेरिगोले त्यस नयाँ धर्ती, जुन अहिले दक्षिण अमेरिका भनी चिनिन्छ, त्यसमा दुइपटक समुद्री मार्गबाट पुगे । उनले आफ्नो चिठ्ठीमा आफूहरुले एउटा महाद्वीप देखेका बताए । उनले त्यो नयाँ धर्ती एशियासंग जोडिएको भाग नभएर अलग्गै महाद्वीप नै भएको पत्ता लगाए ।

सन् १५०७ मा एक जना मार्टिन वाल्डसीमुलेर (Martin Waldseemlluer) नाम गरेका भुगोलशास्त्रीले त्यस नयाँ धर्तीलाई समेत संगेटेर नयाँ नक्सा बनाए । उनले कोलम्बसले पत्ता लगाएको र त्यसलाई अलग्गै महाद्वीप भनी ऐमेरिगोले पत्ता लगाएको नयाँ क्षेत्रलाई समेत त्यस नक्सामा देखाएका थिए । र, त्यसै नक्शासंगै बाँडिएको एउटा पर्चामा उनले त्यस महाद्वीपको नाम ‘त्यसलाई नयाँ महाद्वीप भनी पत्ता लगाउने एमेरिगो भेस्पुक्कीको नामको आधारमा अमेरिकास (Americus), अर्थात अमेरिका राखिनु पर्ने’ प्रस्ताव राखेका थिए । यसरी उनले अमेरिगोको नामको आधारमा मात्र त्यस नयाँ क्षेत्रको नाम राख्न किन प्रस्तावित गरेका थिए भने, अमेरिगोले नै मात्र उक्त नयाँ महाद्वीप अस्तित्वमा छ भनी प्रमाणित गरेका थिए ।

मार्टिनले प्रस्तावित गरेको यो नामलाई जनताले सहजै स्वीकारे । उनले यो नाम हालको दक्षिण अमेरिकाको लागि प्रस्तावित गरेका थिए । तर, यो ‘अमेरिका’ नाम हालको उत्तरी अमेरिकाको लागि समेत स्वीकारियो र प्रयोग गरिन थालियो । 

Title Photo: https://heritagetalon.org

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।