कलमको आविष्कार कसले गर्यो ?

हामी कलम लेख्न प्रयोग गर्छौं । विशेष गरेर विद्यार्थीहरुका लागि कलम सबैभन्दा उपयोगी साथी हो । दिनहुँजसो प्रयोग हुने यो कलमको आविष्कार कसले गर्यो होला ? यो प्रश्न हामीमा उठ्न सक्छ ।

इतिहास पल्टाउने हो भने कलमको प्रयोग सबैभन्दा पहिले इजिप्टका मानिसहरुले प्रयोग गर्ने गरेको फेला पर्छ । उनीहरुले रुखको खोक्रो हाँगा र तामाको प्रयोग गरेर कलम बनाउने गर्थे । त्यसो त हातले लेखिएका अक्षरहरु भने करीब ४०० वर्ष अगाडि ग्रीसमा फेला परेको थियो ।

मध्यकालतिर कागजको आविष्कार भएपनि मानिसहरु चराको प्वाँखलाई पनि कलमजस्तै गरी प्रयोग गर्ने गर्थे । यो आधुनिक कलमको पूर्खा थियो । धेरै वर्षसम्म मानिसहरुले चराको प्वाँखलाई कलमको रुपमा प्रयोग गरे । अहिले हामीले प्रयोग गर्ने कलम फाउन्टेन पेनको आविष्कार चाहिँ १८८० तिर भएको थियो। अझ डटपेन (blla pen) को आविष्कार २० औं शताब्दीमा आएर मात्र भएको हो । डटपेनमा करीब १ मिलिमिटर व्यास भएको सानो स्टिल डल्लाको प्रयोग हुन्छ । हामीले कागजमा लेख्दा त्यही डल्लो घुम्छ । डल्लो घुम्दा त्यसमा मसी दलिन्छ । त्यसरी डल्लोमा लागेको मसी नै कागजमा सर्ने गर्छ र हामीले अक्षर लेखिएको देख्छौं ।

 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।