अश्रुग्याँस के हो ?

सडकमा नारा लगाउँदै जुलुस आउँदै थियो । जुलुस ठूलै थियो । जुलुसको अगाडि–पछाडि प्रहरीहरु थिए । शुरुमा त प्रहरीहरुले जुलुसमा कुनै हस्तक्षेप गरेनन् । तर केही समयपछि किन हो कुन्नि प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भई नै हाल्यो । प्रहरीले अन्धाधुन्द अश्रुग्याँस फाल्यो । मानिसहरु आँखा मिची–मिची भागाभाग गरे ।
शहरका सडकहरुमा बेला बेलामा यस्ता दृश्यहरु देख्न पाइन्छन् । साँच्चै नै यो अश्रुग्याँस भनेको के हो हँ ?
वास्तवमा अश्रुग्याँस कुनै ग्याँस नै होइन । यो या त तरल हुन्छ या त धूलोरुपी ठोस हुन्छ । यसलाई ग्याँससित मिसाएर फालिन्छ । त्यसैले यो ग्याँसजस्तो देखिएको हो ।
प्रहरीहरुले जुलुसलाई तितरवितर गर्न वा झडपमा रहेका मानिसहरुको हुललाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रयोग गर्ने गरेको पाइन्छ । अश्रुग्याँसको कण आँखामा पर्दा त्यसले आँखाको झिल्लीलाई असर पुर्याउँछ । अर्थात् यसले आँखालाई बिझाउँछ । त्यसैले अश्रुग्याँसबाट आँखा पिरो भएको महशूस हुन्छ । आँखालाई बिझाउन पुगेका अश्रुग्याँसका स–साना कणहरुलाई पखाल्न आँखाबाट खप्नै नसक्ने गरी आँसु बहन्छ । त्यसैले यसलाई अश्रुग्याँस (tear gas) भनिएको हो ।
अश्रुग्याँसलाई ‘मेस’ भन्ने बन्दूक वा पेस्तोलजस्तो उपकरण प्रयोग गरेर फालिन्छ । ग्याँससित मिसाएर फालिने भएकोले यो बाक्लो धूँवाजस्तो भएर निस्किन्छ । अश्रुग्याँसलाई फालिँदा बन्दूकले एक खेपमा एक एक सेकेण्डको अन्तरालमा ४० पल्टसम्म पड्काउन सक्छ । यसरी पड्काइएको अश्रुग्याँसको असर ५ मिटर दूरीभित्र बढी हुन्छ ।
अश्रुग्याँसको किसिम
अश्रुग्याँस छिट्टै उडेर जाने र ज्यादै क्रियाशील तत्वहरु जस्तै क्लोरिन, आयोडिन वा फ्लोरिन सम्मिलित कृत्रिम प्राङ्गारिक ह्यालोजेन (artificial organic halogen) यौगिकहरुको एक किसिम हो । यो ग्याँस दुई प्रकारको छ – सिएन (CN) र सिएस (CS) । सिएनको बैज्ञानिक नाम क्लोरिएसिटोफेनेन हो भने सिएनको क्लोरोबेन्जाइलाइडेन मालोनोनिट्राइल हो ।
सिएन अश्रुग्याँसको आबिष्कार सन् १८६० मा जर्मनीमा भएको थियो । यसको प्रयोग पहिलो पटक सन् १९१४ देखि १९१८ सम्मको पहिलो विश्वयुद्धमा गरिएको थियो । त्यस्तैगरी, सिएस अश्रुग्याँसको आविष्कार सन् १९२० मा भएको थियो ।
सिएस अश्रुग्याँस, सिएन अश्रुग्याँसको तुलनामा बढी प्रभावकारी तर कम विषालु रहेको छ । त्यसैले बढी मात्रामा सिएस अश्रुग्याँस नै प्रयोग भएको पाइन्छ ।
सिएस अश्रुग्याँसको प्रभावबाट आँखाबाट आँसु आउने, खोकी लाग्ने र रिङ्गटा लाग्ने वा वाकवाकी आउने हुन्छ । यसलाई सिएन अश्रुग्याँसको तुलनामा सजिलै पखाल्न सकिन्छ ।

सुप्राग्लेसियल लेक विस्फोट र विनाशको ताण्डव

पृथ्वीको गहिराइमा लुकेको महासागर: वैज्ञानिकहरूको अनौठो खोज

बेटेल्ज्युसको रहस्य: एक विस्फोटोन्मुख ताराको कथा

गुरुत्वाकर्षणको पुनराविष्कार : आइन्स्टाइनको सापेक्षतावाद र ब्रह्माण्डको नयाँ व्याख्…

८ लाख वर्षअघिको अस्तित्व संकट: जब मानव जाति लोप हुने अवस्था नजिक पुगेको थियो…

अतिबौद्धिकता : मार्गदर्शन, जोखिम र रणनीतिहरू

पृथ्वी तात्दो छ, तर जाडो किन झन् चिसो हुँदै जाँदैछ ?

प्रतिक्रिया