भूइँकमलको रुख

धेरै धेरै वर्ष अगाडिको कुरा हो । त्यसताका भर्खर–भर्खरै ठाउँ–ठाउँमा गाउँबस्ती र शहरहरु बनिरहेका थिए । अहिलेजस्तो विभिन्न खेती र बागबानीको विकास भएको थिएन । त्यस जमानाको कुरा हो ।

हिमालदेखि तराईसम्म पहाडदेखि समथरसम्म जहाँ गएपनि जङ्गलहरु देख्न पाइन्थे । कतै होचा, कतै अग्ला, कतै पातझरुवा र कतै सदावहार रुखका जंगल । कतै ठूला–ठूला घाँसे मैदान । धर्ती आफ्नो प्राकृतिक रुप रङ्गमा आनन्द विभोर भएर मुस्कुराइरहेजस्तो लाग्दथ्यो । कतै पाखा–पखेराहरु रंगीचंगी भूइँफूलले गलैचा बिच्छाएजस्तै देखिन्थे । कतै रुख लहाराहरुका रंगीन रंगका फूलहरुले वातावरणमा सौन्दर्य र सुगन्धको उन्माद भरिदिएजस्तो देखिन्थ्यो । यस्तो प्रायः बसन्त ऋतुमै हुन्थ्यो ।

कुरा त्यसबेलाका एउटा बसन्त ऋतुकै हो । धर्तीको एक भेगमा बडेमानको समथरलाई काख बनाएर पद्मासनमा बसेको एउटा पहाड थियो र त्यस पहाडको कट्टीनिर धमिराले हतारमा माटो थुपारेर बनाएजस्तो अमिल्दो आकारको एउटा ढिस्को थियो र ढिस्कोमुनि एउटा ओडार थियो । ओडार धेरै भित्रिएको र गहिरिएको थिएन । यसैले ओडारमा थरीथरीका भूईंफूलहरु उम्रन र फैलिन पाएका थिए । त्यहाँ विशेष गरेर एक किसिमका भूईंकमलहरु पनि थिए । भूईंमा लिपिक्कै बसेर फुल्ने ती कमलहरु अति सुन्दर थिए, सुकोमल थिए । सुगन्धित थिए । प्रत्येक वर्ष बसन्तमा फुल्थे, गृष्मसम्म रहन्थे र बर्षात्मा कुहिएर आफू फुलेकै ठाउँमा थचक्क बस्थे, धमिराका आहारा बन्थे, माटोमा मिल्थे । अभिलेख नराखिएकोले यत्ति वर्ष भन्न त सजिलो थिएन, तर सयौं वर्ष यिनीहरुको यसरी नै बितेका थिए ।

ओडारमा थरीथरीका भूईंफूलहरु उम्रन र फैलिन पाएका थिए । त्यहाँ विशेष गरेर एक किसिमका भूईंकमलहरु पनि थिए । भूईंमा लिपिक्कै बसेर फुल्ने ती कमलहरु अति सुन्दर थिए, सुकोमल थिए । सुगन्धित थिए । प्रत्येक वर्ष बसन्तमा फुल्थे, गृष्मसम्म रहन्थे र बर्षात्मा कुहिएर आफू फुलेकै ठाउँमा थचक्क बस्थे, धमिराका आहारा बन्थे, माटोमा मिल्थे ।

एकपटक के भयो भने ओडारको मुखैनिर उम्रन आइपुगेर फुलेको एउटा भूर्इंकमलले ओडार बाहिरको दृश्य देख्यो । बाहिर स्वस्थ बतास फुक्का विचरण गरिरहेको थियो । अग्ला–अग्ला रुखका हाँगाहरु झरिझुट्ट पात बोकेर मस्तीमा झुमीझुमी हल्लिरहेका थिए । ती बोट वृक्षहरुमा लटरम्म फुलेका फूलहरु आफ्नै धुनमा मुस्कुराउदै हल्लिँदाको दृश्य बडो मनोरम र मोहक देखिएको थियो । भूईकमलको लागि यो दृश्य अभूतपूर्व थियो । आकर्षक थियो । यस्तो यस दृश्यको मोहनीमा भूईंकमल निक्कै बेर लठ्ठियो ।

सँगै कुनापट्टिको अर्को भूइँकमलले सोध्यो ‘एः तैले त्यसरी दंग परेर के हेर्या हँ ? के भयो ?’

‘धत् सिल्ली !’ लामो चिसो सास फेर्दै सँगैको भूइँकमलले भन्यो ‘तँ त मूर्ख रहिछन् नि ! तैंले हाम्रो यो ओडारको महत्वै बुझिनस् । यो सुन्दर पहाडले हामीलाई ढिस्को दिएको छ र ढिस्काले ओडार दिएको छ । हामी ओडारभित्र सुटुक्क उम्रन, फुल्न पाएका छौं ।

प्रश्न सुनेर भूइँकमल सम्हालियो र विस्तारै साथीतिर फर्केर हेर्न खोज्दै भन्यो ‘यो ओडार बाहिरको संसार त गजवै रै’छ बाबै, आँखै नचिम्ली हेरिरहूँजस्तो ! हुन त मैले अझै सबै कुरा बुझ्नसकेको छैन । तर पनि मलाई लाग्छ– खुला जमीनमा उम्रनु, हलक्क हल्केर आकाशमा उठ्नु

र त्यहाँको खुल्ला वातावरणमा झुम्न पाउने गरी फुल्नु त्यसको त मजै अर्को हुँदो हो । मुक्त आकाशमा एउटाले अर्कोको सौन्दर्यको बखान गर्दा हुन् । तिनीहरु हावाले सौन्दर्य र सुगन्धको प्रशंसा गीतहरु टाढा टाढासम्म फैलिएर गाउँदा होलान् । अहा त्यो जीवन कस्तो भव्य ! कस्तो तरङ्गमय !! कस्तो रमाइलो !!!

‘धत् सिल्ली !’ लामो चिसो सास फेर्दै सँगैको भूइँकमलले भन्यो ‘तँ त मूर्ख रहिछन् नि ! तैंले हाम्रो यो ओडारको महत्वै बुझिनस् । यो सुन्दर पहाडले हामीलाई ढिस्को दिएको छ र ढिस्काले ओडार दिएको छ । हामी ओडारभित्र सुटुक्क उम्रन, फुल्न पाएका छौं । हामीकहाँ दर्के पानी, हावा हूरी केही आउँदैन । कसैका आँखा र मनहरु पनि हामीकहाँसम्म आइपुग्दैनन् । हामी छेलिएका छौं । यसैले हामी निरन्तर शान्ति र सुव्यवस्थाको आनन्द लिइरहेका छौं । खुला हुने हो भने, भनौं हाम्रो यो ओडार फुत्त यो ढिस्काको भूँडीबाट बाहिर चउरमा निस्कने हो भने हामी चिसो न चिसो बतास हिउँ, हूरी, आँधी, घाम सबै बेहोर्न बाध्य हुन्छौ । म त भन्छु त्यस्तो कहिल्यै नहोस् ।’

सँगै परपर ओडारभित्र–सम्मका बूढा भूईकमलहरुले यस कमलको कुरामा सही थापे । सबैले भने– हामीलाई हाम्रो यो ओडार नै प्रिय छ । हाम्रो ओडार नै हाम्रो लागि जीवनको सुन्दर, शान्त भण्डार हो । यो ओडार छ र नै हामी भूइँकमल भएर जमीनमा लपक्क बसी बसी फुल्न पाएका छौं । हाम्रा पुर्खा यसरी नै फुल्ने, हाम्रा सन्तान पनि यसरी नै फुल्ने छन् । यो ओडारमा घाम, पानी, बतास जस्ता बाहिरिया तत्वलाई छिर्न दिनुहँुदैन । यसरी फूलहरुले समवेत रुपमा आफ्ना कुरा राख्दा ओडार गुन्जित भयो । यो गुन्जन बाहिरबाट सुन्दा धमिरे ढिस्काको आफ्नै आवाज जस्तो सुनियो ।

ध्यानपूर्वक सुनिसकेपछि छेउको भूइँकमलले भन्यो, खुला घाम, पानी र  हावाको जीवन भनेको कविताजस्तै काव्यजस्तै मीठो जीवन हो, उदात्त जीवन्त र रसमय जीवन हो । त्यसको तुलनामा यो ओडारभित्रको जीवन के जीवन ?’

‘हँ ?’ कुरा सुन्दै रन्थनिए जसरी ओडारको एउटा बुढो फूलले भन्यो ‘एः केटा, तँलाई आँधी बहेरीमा परेर धुजा धुजा हुन रहर छ ? रहर छ भने जा हट् ! हामी त बुझिस् ज्यान जाला यो ओडार जीवन बदल्न तैयार छैनौं ।’

ध्यानपूर्वक सुनिसकेपछि छेउको भूइँकमलले भन्यो, खुला घाम, पानी र  हावाको जीवन भनेको कविताजस्तै काव्यजस्तै मीठो जीवन हो, उदात्त जीवन्त र रसमय जीवन हो । त्यसको तुलनामा यो ओडारभित्रको जीवन के जीवन ?’

ओडारमा अरु झारपात र फूलहरु पनि बहस सुनिरहेका थिए । बहसले सबैको दिल दिमाग तान्यो । तिनीहरु कहिले बूढा भूइँकमलतिर त कहिले छेउको त्यो नौलो कुरा गर्ने भूइँकमल तिर  हेर्न र सोच्न थाले ।

यसैबीच छेउको भूईकमलले ओडारबाहिर घिच्रो तान्यो । दह्रो इच्छा शक्तिका साथ घिच्रो तान्दा ऊ हलक्क माथि उठ्यो । उसका थप जराहरु पलाए । कति जराले त खुट्टा बनेर भूइँमा टेके । शरीरमा हाँगाहरु, पातहरु भरिए । एक फूल अनेक फूलका रुपमा रुखमाथि ढकमक्क भएर उसले संसार हे¥यो । थुप्रै फूलहरुलाई ओडारमा लुकाएर भुइँ फुलाइरहेको एउटा कुरुप ढिस्को पनि देख्यो । आफूसँगै छाती तानेर उभिएका रुखहरु र तिनमा फुलेका फूलका अनुपम स्पर्षले रोमान्चित भयो । आहा ! यतिखेरै भूइँकमललाई अभूतपूर्व तागत र आनन्दको अनुभूति भयो ।

ठीक त्यसै बेला सिमसिम पानी हावा र हूरी शुरु भयो । रुखहरुले स्वागतमा आफ्नो पात र हाँगाहरु हल्लाए । हूरीले क्रमशः आधीको रुप लियो । भयानक आवाज लिएर हावा मडारियो । पहाडहरु किंकर्तव्य विमूढ भएर आफ्नो ठाउँमा उभिएका देखिन्थे ।

ठीक त्यसै बेला सिमसिम पानी हावा र हूरी शुरु भयो । रुखहरुले स्वागतमा आफ्नो पात र हाँगाहरु हल्लाए । हूरीले क्रमशः आधीको रुप लियो । भयानक आवाज लिएर हावा मडारियो । पहाडहरु किंकर्तव्य विमूढ भएर आफ्नो ठाउँमा उभिएका देखिन्थे । आँधीले जङ्गलभरिको फोहर अंजुलीमा उठायो । कति फूलपात चुँड्यो । कति रुखका हाँगाहरु भाँच्यो । कति रुखहरु पनि भाँच्यो । प्रकृतिको वेगवान् उच्छवास जस्तो बनेको आँधीले के कहाँबाट उडाएर कहाँ पुर्याउने हो त्यतिखेर कसैले लख काट्न सक्ने स्थिति थिएन । सबै लतावृक्ष, वनस्पति साहसका साथ तल्लीन बनेर आँधीसित झुमिरहेका थिए । सुसाइरहेका थिए । सामना गरिरहेका थिए । धमिरे ढिस्को चाहिँ रुझेको विरालो जस्तो देखिएको थियो । यो स्थितिमा भूइँबाट उठेर वृक्ष बनेको कमल सँगैका अरु वृक्षजस्तै आफ्ना पात, हाँगाका साथ हुरीमा उत्ताल वेग र तरंगको मज्जा लिएर नाच्यो । उसका फूलहरु पनि रंग सुगन्धका साथ हावामा बतासिए । पात र कति हाँगा लाछिए, तर आनन्दको अनुभूतिमा तिव्रताको कुनै कमी भएन । उसलाई अहिले आएर जीवनको नयाँ स्वादको अनुभव भयो । साँच्चै गतिमय, संगीतमय र आँधीमय कविताको जस्तो स्वाद ! यस घटनाको भोलिपल्ट  आँधी रोकिइसकेको थियो । जङ्गल आँधीसित भिडेर आफ्नो पनमा फर्किसकेको थियो । कमल फूलको वृक्ष अन्य वृक्षहरुसँगै उच्च आकाशमा उठेर फैलिएको क्षितिजसँगै साहस, स्वाभिमान र कविताको रसमय मुस्कान मुस्कुराइरहेको देखिन्थ्यो । यतिखेर ऊ ओडारतिर हेरेर नबोलिकनै भनिरहेको थियो– त्यो त्यस्तो गुम्सिएको जीवनमा यो यस्तो जीवनको स्वाद कहाँ पाउनु ?

 

शब्द–सामर्थ्य

उदान्त = उच्च, उघ्रेको, गतिलो

जीवन्त = जिउँदो, जाग्दो

रसमय = रसै रस भरिएको

अभूतपूर्व = कहिल्यै नभएको नयाँ

किं कर्तव्यविमूढ = के गरुँ के नगरुँ भएको

उच्छ्वास = बेगिलो सास, सुस्केर

तीब्रता = तिखोपना, गहिरोपना