नेपालको राजनीतिमा बोन्साइ मार्क्सवाद
बोन्साई जापानी संस्कृतिमा प्रचलित शब्द हो । यो वनस्पति तथा बोटबिरुवाको सह्यारसम्भार तथा तिनको व्यवस्थापनको अर्थमा प्रयोग हुने शब्द हो । खास गरी बोटबिरुवाको मौलिक तथा स्वाभाविक तर लघु प्रतिरूप तयार गर्ने विधि नै आज जापानमा मात्र होइन, सबैतिर निकै लोकप्रिय बन्दै गएको छ । यसको तात्पर्य के हो भने प्राकृतिक तवरका बोट वनस्पति लोप हुँदै गएका कारण तिनको प्रतिबिम्ब भए पनि संरक्षण गरिनु पर्छ भन्ने एउटा अर्थ र अर्को चाहिँ समृद्धि र सम्पदाको सूचना दिने नेताज्यूको बैठकमै भए पनि सजाएर राख्न मिलोस् भनेर गमलामा तयार गरिएको वनस्पति बोन्साइ विधिबाट तयार गरिन्छ ।
झट्ट हेर्दा हजार वर्षको हावापानी र उमेर खाइसकेको सखुवा सिमल, हर्रो बर्रो, वरपीपल आदिका बोटहरूको आकार प्रकार तथा स्वरूपको प्रतिबिम्ब दिने तर गमलामा एक डेढ फिटको उचाइ र मुट्ठीमै अटाउने मोटाइमा जीवित रहेका बिरुवाहरूको उपस्थिति आज नेपालको मार्क्सवादी राजनीतिक चिन्तनले प्रकट गरिरहेको स्थिति देखिन्छ । नेपालका नेताहरू आज आज मार्क्सवादको जगेर्नाबारेको समस्यालाई लिएर निकै चिन्तित देखिएका छन् । त्यसै कारण यी मार्क्सवादका बिरुवाहरूलाई जोगाउनु पर्ने र तिनको गोडमेलमा जुट्नुपर्ने विषयमा दत्तचित्त भएर लागेका छन् । संविधानमा नै समाजवादोन्मुख राजनीतिक व्यवस्था हुने कुरा पनि उल्लेख गरियो । त्यस कारण पनि बोन्साई गरिएको मार्क्सवादका बिरुवाहरूको जगेर्ना त गर्नैपर्यो ।
हामी भन्ने संस्कृति समाप्त भएपछि मात्र सत्तामा पुग्ने परम्परा हाम्रा मार्क्सवादीहरूले नेपालको सामन्तवादी सत्ता, संस्कृति र सरकारबाट विरासतको रूपमा सिधै लिएको संस्कारका साथमा सरकारमा पुगेका नेताहरूको ब्रह्ममा मार्क्सवाद ध्वस्त भएको बोध एकातर्फ आत्मसात् भयो भने अर्कातर्फ यस मार्क्सवादको बिरुवा जोगाउनु पर्ने अवस्था पनि बोध भयो ।
हिजो आज नेपालमा मार्क्सवादी राजनीतिक चिन्तकहरूको सरकार छ । हाल गौरव मान्न सकिने विषय के थियो भने विश्वमा मार्क्सवादीहरूको सरकार भएका थोरै मात्र देशहरूका बेला नेपालमा अनायासै मार्क्सवादी चिन्तनमा विश्वास गर्ने नेकपाको सरकार बनेकामा र २००६ सालमा गठित मार्क्सवादी चरित्रको पार्टीले ७० वर्षका सङ्घर्षपछि आएर दुई तिहाई शक्त्ति र सामर्थ्य भएको सरकारको गठन भएकोमा हामी बोन्साई नगरी हुर्किएका मार्क्सवादीहरूमा निकै खुसीको लहर छाएको थियो । तर यस खुसीमा नराम्रोसँग तुषारापात भयो । हामी भन्ने संस्कृति समाप्त भएपछि मात्र सत्तामा पुग्ने परम्परा हाम्रा मार्क्सवादीहरूले नेपालको सामन्तवादी सत्ता, संस्कृति र सरकारबाट विरासतको रूपमा सिधै लिएको संस्कारका साथमा सरकारमा पुगेका नेताहरूको ब्रह्ममा मार्क्सवाद ध्वस्त भएको बोध एकातर्फ आत्मसात् भयो भने अर्कातर्फ यस मार्क्सवादको बिरुवा जोगाउनु पर्ने अवस्था पनि बोध भयो ।
सामन्तवादको परिमार्जित तथा शोषणशील आचरणलाई जस्ताको तस्तै लिएर भ्रष्टाचार, बेइमानी, कालोजारी जस्ता दुराचारको प्रशिक्षण दिने र राज्यका नियमनकारी निकायलाई विष निकालिएका सर्प बनाउने कार्य जारी छ । यसले आयोग तथा परिषद् र प्रशासनका सबै एकाईहरू पूर्ण रूपमा भ्रष्ट हुने अभियानमा जुट्ने र खट्नेहरूको झुण्डमा परिणत भइसकेको स्थिति विकसित बनेको अवस्थामा पुगेका छन् । यस अवस्थामा निकट भविष्यमै नेपालबाटै मार्क्सवादको बिउबिजन नष्ट हुने छाँट देखेर नेताहरूलाई मार्क्सवादी बिरुवा जोरजाम र गोडमेलको प्रस्ताव आएका केही महिनामै मार्क्सवादी नेपाली मोडलको धरोहर गर्ल्यामगुर्लुम ढल्ने अवस्थामा पुगेको छ ।
सामन्ती संस्कारबाट पीडित यिनीहरू आफू बोन्साई भइसकको अवस्थालाई कसैले सक्कली र मौलिक मार्क्सवादीको नामबाट सम्बोधन गरिदिएमा खुसी हुन्छन् ।
सामन्ती संस्कारबाट पीडित यिनीहरू आफू बोन्साई भइसकको अवस्थालाई कसैले सक्कली र मौलिक मार्क्सवादीको नामबाट सम्बोधन गरिदिएमा खुसी हुन्छन् । देशमा कोरोनाको भयावह कहर बढिरहेको समस्यातिर हेर्न यिनीहरूलाई फुर्सद छैन । यसतर्फ कसैले उच्चारण गर्यो भने त्यही मार्क्सवादको बोन्साइ आवरणले ढाकेका बुढा रूखहरू कड्किन्छन् । देशमा कालाबजारी भ्रष्टाचारी मौलायो भनिदियो भने पनि त्यही बोन्साइ मार्क्सवादीहरूको टाउको दुख्न लाग्छ । हत्या, आतङ्क र बलात्कारहरूका अपराधलाई राजनीतीकरण गरिन्छ । सुन तस्करी, सुरक्षण मुद्रणयन्त्र, स्वास्थ्य सामग्रीको खरिद आदिको प्रश्न उठ्यो भने पनि भ्रष्टताको राजनीतिकरणको अभियान नै चल्दछ । समाजवादोन्मुख संविधानको लक्ष्य अल्मलिएको छैन भन्ने भ्रममा बाँचेका आजका नेताहरू आफैँ बोल्न नसक्ने अवस्थामा पुग्छन् । यिनै नेता त हुन् बोन्साई गरेको मार्क्सवादका नमुनाहरू । नयाँ बिरुवामा देखिने मार्क्सवादीहरू गमलामा मलखादको पर्खाइमा छन् । तर उनीहरू आफ्नो घट्दै गएको होचाइ र दुब्लाउँदै गएको मोटाइ नाप्न र त्यसको रोकथाम गर्न नै तयार छैनन् ।
समाजवादोन्मुख संविधानको लक्ष्य अल्मलिएको छैन भन्ने भ्रममा बाँचेका आजका नेताहरू आफैँ बोल्न नसक्ने अवस्थामा पुग्छन् । यिनै नेता त हुन् बोन्साई गरेको मार्क्सवादका नमुनाहरू ।
रमाइलो कुरा त के भने मार्क्सवादको बिउ जोगाउन भत्ताको व्यवस्था हुनुपर्ने प्रस्ताव पनि यिनै बोन्साइबाट तयार भएका नेताले नै गरेका छन् । ठुलठुला भइसकेका बोटलाई बोन्साई गरिएमा हुने परिणाम यही हो । यसको कारण के हो भने आफ्नो पारा र शैलीमा ढलिसकेका नेताहरूको बोन्साइ संस्कृतिले रूप यही त हो । नेपालको सन्दर्भमा एउटा त्याग र तपस्याबाट बनेको मुलुकको मुक्तिका निम्ति समर्पित बनेको एउट पुस्ता लगभग भोकै र नाङ्गै, जेलनेल र कालकोठरी तथा निर्वासनको सङ्कटपूर्ण जीवन बिताएर मुक्ति दिलाउने पुस्ताको बलिदानका कारण प्राप्त भएको स्वतन्त्रता तथा मुक्तिका सिमेट्री अर्थात् स्मृतिस्थलमा बनेको स्थापत्यमा बस्ने आजका नेताहरू आफ्नो नयाँ कपडाको पारदर्शी आवरणधारी इम्पेरर बनेर मार्क्सवादको चीरहरण गरिरहेका छन् । यहाँसम्म एकदमै बिम्ब र प्रतीकमा कुरा भए ।
मुलुकको मुक्तिका निम्ति समर्पित बनेको एउट पुस्ता लगभग भोकै र नाङ्गै, जेलनेल र कालकोठरी तथा निर्वासनको सङ्कटपूर्ण जीवन बिताएर मुक्ति दिलाउने पुस्ताको बलिदानका कारण प्राप्त भएको स्वतन्त्रता तथा मुक्तिका सिमेट्री अर्थात् स्मृतिस्थलमा बनेको स्थापत्यमा बस्ने आजका नेताहरू आफ्नो नयाँ कपडाको पारदर्शी आवरणधारी इम्पेरर बनेर मार्क्सवादको चीरहरण गरिरहेका छन् ।
अब केही खुलै कुरा गर्नु सान्दर्भिक होला । आजका मार्क्सवादका समर्थकहरूको कुरा गर्न मन लाग्यो । केही मार्क्सवादी बिरुवाहरू हुर्काउने नेपाली नर्सरीको कुरा गर्न मन लाग्यो । हालसालै मार्क्सवादका कार्यकर्ताहरू जोगाउन केही भत्ताको व्यवस्था गरेर तिनलाई जगेर्ना गर्नुपर्ने प्रस्ताव आएको छ— पार्टीका उच्च तहबाट । अबको स्थितिमा पार्टी नर्सरीका विज्ञहरूले २५० जना जति कार्यकर्तालाई भत्ता दिएर जोगाउने हो भने भविष्यको नेपालमा मार्क्सवादका विकासे किसिमका कार्यकर्ता राम्ररी हुर्काउन सकिने र उम्दा किसिमका बनाएर राख्न सकिने कुरा ल्याइएका छन् कामरेडहरूले ।
अभिवादन छ कमरेड ! यस प्रकारको प्रस्ताव ल्याउनुभएकोमा । अघिल्ला पुस्ताका कमरेडहरूको दिमागमा यस्तो कुरा कहाँ सुझ्थे र ? अनेक समस्या र ज्यानकै बाजी राखेर त्यतिखेरको शासनसत्ताका विरुद्ध भूमिगत तवरले लड्दालड्दै कैयौँ कमरेडहरूले सहादत प्राप्त गर्नु परेको थियो । विश्व सामन्तवाद र विश्व पूँजीवादको मलजल र संरक्षणमा टिकेको देशी सामन्तवादको विरुद्धमा लड्डालड्दै त्यागी तथा तपस्वी नेताहरूले जीवन नै बलिदान दिएका थिए । आजका बोनसाइ बनेका र सात दशकको उमेर बिताइसकेका कामरेडहरूलाई दिलैबाट अभिवादन छ । यस प्रकारको प्रयासबाट नै मार्क्सवादी विचारक तथा कार्यकर्ता नजोगाउने हो भने निकट भविष्यमै नेपालमा मार्क्सवादको बिउ मासिने खतरा देखेकोमा ।
बोन्साइमा बदलिनु भन्दा पहिले यिनै कमरेडहरूको आदेश हुन्थ्यो— आदरणीय जनताले जे खान्छन् जे दिन्छन्, त्यही खाएर काम गर्नुपर्छ । उनीहरू जे लगाउँछन्, त्यही लगाएर हिँड्नु पर्छ । अनि उनीहरू जे काम गर्छन्, त्यही काममा सहयोग गरेर जनताको मन जितेर काम गर्नेतर्फ लाग्नुपर्यो । काम व्यवहारबाट सबै जनाताको भन जित्नुपर्यो । मुख्यतः जनताको मुक्तिका निम्ति बलिदान हुन तयार भएर राजनीति गर्नुपर्यो। यस प्रकारको प्रशिक्षण पाएका हामी कार्यकर्ताहरूले आज मैले यसो भनिरहँदा भूमिगत जीवनमा सेल्टर बसेका घर र त्यस्तो अवस्थामा आफू भोकभोकै भएर पनि कमरेडलाई खाना खुवाउने समर्थकहरू आज पनि जीवित छन् ।
जनताको घरमा लुकेर बस्ने र राजनीति परिचालन गर्ने कमरेडहरू जीवित छन् । तर कमरेडहरू आज भुटेको मकै आँटोरोटो खाएका दिन भुलिसकेका छन् । केही अघिल्लो पुस्ताको भोक्ताहरू त बितिसकेका छन् । जो बाँचेका छन् तिनको त कुरै अर्कै भइसकेको छ ।
त्यसरी जनताको घरमा लुकेर बस्ने र राजनीति परिचालन गर्ने कमरेडहरू जीवित छन् । तर कमरेडहरू आज भुटेको मकै आँटोरोटो खाएका दिन भुलिसकेका छन् । केही अघिल्लो पुस्ताको भोक्ताहरू त बितिसकेका छन् । जो बाँचेका छन् तिनको त कुरै अर्कै भइसकेको छ । आजका कमरेडहरूमा मार्क्सवाद जोगाउन नर्सरी खोल्ने र बोन्साई गरेर मार्क्सवादका बिरुवा जोगाउनेतर्फ ध्यान जानु सारै राम्रो कुरा भएको छ । तर कार्यकर्ताले समयमै विचार गरेर यसप्रकारको निगाहबाट आफूलाई कमायम राख्न चाहने हो भने त्यस्ता कार्यकर्ता पूर्ण रूपमा परजीवी, पार्टी र नेताका आङका किर्ना, जुम्रा र उपियाँ बनेर त केही दिन बँच्लान् तर आत्मनिर्णय र आत्मबल तथा स्वाभिमान सहितका कार्यकर्ताको चाहिँ अस्तित्व समाप्त हुनेछ ।
बोन्साइ बनेका वृद्ध कमरेडहरूले के बुझिराख्न राम्रो हुन्छ भने आज भाग नपाउने कमरेडले विद्रोह गरेको समस्या त थाहै होला ! तर भोलि तपाईँ बिरुवा भनेर जोगाउन खोजिएका कामरेड र त्यो भाग नपाउने कमरेडका बीचमा भएको द्वन्द्वले मार्क्सवादको बिउ नै विनाश हुने खतरा टड्कारिँदैछ । यस्ता विषवृक्षहरू राप्ने जमर्को नगर्नु भए राम्रो हुन्छ ।
मार्क्सवादी समालोचक एवं साहित्यकार राजेन्द्र सुवेदी अहिले हामीमाझ हुनुहुन्न । उहाँको प्रस्तुत अप्रकाशित लेख हामीलाई उहाँका छोरा कमल सुवेदीको सौजन्यबाट प्राप्त भएको हो ।
प्रतिक्रिया