यसरी गरेका थिए क्युबाली क्रान्तिकारीहरुले राजधानी हवानामाथि कब्जा
क्यूबाली क्रान्तिको अन्तिम विजयको विवरण !
जनवरी १, १९५९ को विहान कैयौं दिनको लामो युद्धपछि तानाशाह बतिस्ताका सैनिकहरूको हातमा जेल, व्यारेक र एयरपोर्ट मात्रै बाँकी रहन गएको थियो । रातभरिको युद्धबाट थाकेका हजारौं सैनिकहरू मानसिक रूपले पराजित भइसकेका थिए ।
सिंगो क्यूबामाथि विजय प्राप्त गर्न संघर्षरत जनताका छापामारहरू सैनिकहरूको यस्तो नाजूक स्थितिप्रति जागरूक थिए । उनीहरू जतिसक्दो उति छिटो, सान्ता क्लारा शहरमाथि विजय हासिल गर्न चाहन्थे । उनीहरूलाई थाहा थियो- सान्ता क्लाराको विजयले क्यामागुये र सान्टियागो शहरको विजयलाई पनि सुगम र सरल बनाउँछ । स्मरणीय छ, छापामारहरूले त्यति बेला क्यामागुये, सान्टियागो र सान्ता क्लारामा एक साथ तीन ठाउँमा आक्रमण गरिरहेका थिए ।
छापामारहरू अब सान्ता क्लारा शहरमाथि जतिसक्दो त्यति छिटो, सकेसम्म अहिंसात्मक ढंगले विजय प्राप्त गर्ने कार्यमा प्रयत्नशील हुन थाले । किनकि, उनीहरूलाई थाहा थियो- युद्ध लम्बिएमा अमेरिकी साम्राज्यवादले पहिले-पहिले जस्तै आफ्ना नागरिकहरूको जीऊ ज्यानको सुरक्षा गर्ने निहुँमा सैनिक हस्तक्षेप गर्न सक्ने संभावना बढ्दो छ ।
छापामारहरूलाई थाहा थियो- सान्ता क्लाराका सैनिकहरूलाई तुरून्तै परास्त गर्न सकिएमा क्यूबाको सम्पूर्ण पूर्वी भाग बतिस्ताको सैनिक शासनबाट मुक्त हुनेछ र तानाशाह बतिस्तालाई राजधानी हवानामा परास्त गर्न सजिलो हुनेछ ।
त्यसैले छापामारहरू अब सान्ता क्लारा शहरमाथि जतिसक्दो त्यति छिटो, सकेसम्म अहिंसात्मक ढंगले विजय प्राप्त गर्ने कार्यमा प्रयत्नशील हुन थाले । किनकि, उनीहरूलाई थाहा थियो- युद्ध लम्बिएमा अमेरिकी साम्राज्यवादले पहिले-पहिले जस्तै आफ्ना नागरिकहरूको जीऊ ज्यानको सुरक्षा गर्ने निहुँमा सैनिक हस्तक्षेप गर्न सक्ने संभावना बढ्दो छ ।
यस्तो जटिल स्थितिमा, क.चे ग्वेभाराले जनवरी १ को विहानै आफ्ना कमाण्डरहरूसँग भावी आक्रमणको बारेमा विस्तृत रूपमा छलफल गर्नु भयो । छलफलको निष्कर्ष स्वरूप क. चेले कमाण्डरहरू क. नुनेज जिमिनेज र रोड्रिग्वेज डे ला भेगालाई बतिस्ताका सैनिकहरूको नियन्त्रणमा रहेको लियोन्सियो विडाल व्यारेकतिर जाने आदेश दिनु भयो । यस पटक ती छापामार कमाण्डरहरूलाई ब्यारेकमाथि आक्रमणका लागि पठाइएको थिएन, बरू सैनिकहरूलाई आत्मसमर्पण गराउन पठाइएको थियो ।
ती दुवै छापामार कमाण्डरहरू मोटरमा सेतो झण्डा फहराउँदै ब्यारेकतिर कुदे । उनीहरूका हातमा फहराई रहेको सेतो झण्डाले युद्ध विरामको आह्वान गरिरहेको थियो ।
छापामार कमाण्डरहरू एकाविहानै सेतो झण्डा फहराएर, युद्ध विरामको आह्वान गर्दै आफ्नो ब्यारेकतिर आइरहेको देखेर सैनिकहरूले आश्चर्य र खुशी मिश्रित भावमा उनीहरूलाई स्वागत गरे । सैनिकहरू र छापामार कमाण्डरहरू ठूल ठूलो स्वरमा चिच्याउँदै थिए ।
शत्रु सैनिकहरूको ब्यारेकभित्र छापामार कमाण्डरहरूले दृढ आत्मविश्वास सहित पाइला राखे । त्यहाँ कर्नेल हर्नाण्डेजले उनीहरूलाई पर्खिरहेका थिए ।
'साथीहरू ! अब युद्ध अन्त गर्नु पर्छ ! शान्ति ! शान्ति !! शान्ति !!!"
शत्रु सैनिकहरूको ब्यारेकभित्र छापामार कमाण्डरहरूले दृढ आत्मविश्वास सहित पाइला राखे । त्यहाँ कर्नेल हर्नाण्डेजले उनीहरूलाई पर्खिरहेका थिए । हर्नाण्डेजसँगै सम्पूर्ण कमाण्डका स्टाफहरू- ९ जना मेजरहरू, ८ जना क्याप्टेनहरू, प्रहरी कमाण्डर कर्नेल कोर्नेलियो रोजाज लहरै बसिरहेका थिए ।
कर्नेल हर्नाण्डेजको मूड युद्ध संचालन गरिरहने पक्षमा थिएन । उनी अर्थहीन युद्धबाट थाकिसकेका थिए । उनका छोरा सियनफ्यूगोसमा भएको जनविद्रोह दबाउने सिलसिलामा मारिएका थिए । पुत्र- विछोड र थकित पार्ने अर्थहीन युद्धले गर्दा उनी सकेसम्म छिटो युद्धविराम गर्ने पक्षमा थिए ।
युद्धको क्रममा खुट्टो नै भाँचिएका कर्नेल हर्नाण्डेजले अनिश्चित कालको लागि युद्ध बिरामको प्रस्ताव राख्नमा कुनै ढिलाइ गरेनन् ।
उनीहरूले सैनिकहरूलाई आ-आफ्नो हतियार छापामारहरूसामु समर्पण गर्ने माग राख्दै आत्मसमर्पण गर्ने सम्पूर्ण सैनिक र सैनिक अधिकारीहरूलाई आ-आफ्नो घर वा क्यूबाको जुनसुकै ठाउँमा पनि जान अनुमति दिने बचन दिए ।
छापामार कमाण्डरहरूले युद्धविरामको प्रस्तावलाई स्वीकार्दै क. चे ग्वेभाराको सामुन्ने सबै सैनिकहरूले बिनाशर्त आत्मसमर्पण गर्नुपर्ने माग राखे । उनीहरूले सैनिकहरूलाई आ-आफ्नो हतियार छापामारहरूसामु समर्पण गर्ने माग राख्दै आत्मसमर्पण गर्ने सम्पूर्ण सैनिक र सैनिक अधिकारीहरूलाई आ-आफ्नो घर वा क्यूबाको जुनसुकै ठाउँमा पनि जान अनुमति दिने बचन दिए ।
क्युबाली छापामारहरु । https://i.ytimg.com
छापामार कमाण्डर नुनेजले भने- 'तपाईंहरू चारैतिर छापामारहरूबाट घेरिनु भएको छ । शहरका सबै नाकाहरूमाथि हामी छापामारहरूले कब्जा जमाइसकेका छौं । शहरका अधिकांश जनताले हामीलाई साथ दिइरहेका छन् । तपाईं हरूका सैनिकहरूलाई मोरियन्ते प्रान्तमा परास्त गरिसकेका छौं । सिंगो क्यूबा द्वीपमा जन विद्रोह भड्किरहेको छ । यस स्थितिमा युद्ध लम्ब्याइरहनु भनेको अपराध ठहरिन्छ !'
कर्नेल हर्नाण्डेजले सहमतिमा टाउको हल्लाए । तर रोजा र अन्य सैनिक अधिकारीहरूले सैनिक मुख्यालयमा सम्पर्क गरी छलफल गर्नु पर्ने विचार व्यक्त गरे ।
क. नुनेजले भने- “अहिले साढे एघार बजे भइसकेको छ । यदि साढे बाह्र बजेभित्र आत्मसमर्पण गर्नु भएन भने, बिना चेतावनी नै आक्रमण गरिने छ । हामीलाई यही आदेश दिइएको छ ।”
त्यसै बेला अचानक रेडियोमा हवानास्थित सैनिक मुख्यालयको वक्तव्य प्रसारित भयो । वक्तव्यमा क्यूबाका तानाशाह बतिस्ता जनविद्रोह र छापामार संघर्षदेखि भागेर नजिकैको देश डोमिनिकन गणतन्त्रमा गएको कुरो उल्लेख थियो । यो वक्तव्यले सैनिक अधिकारीहरूको सातोपुत्लो नै उड्यो ।
त्यतिबेलासम्ममा हवानाको सत्ता संरचनामा नयाँ फेरबदल भइसकेको रहेछ । कोलम्बिया सैनिक क्याम्पमा सर्वोच्च अदालतका सदस्य पाइडेरा र प्रधान सेनापति जनरल श्युलोजियो क्यान्तिलोको नेतृत्वमा सैनिक सरकार गठन भइसकेको रहेछ ।
क्यान्तिलोले क. नुनेजलाई सम्बोधन गर्दै क. फिडेल क्यास्त्रोको स्वीकृतिबाट आफूले सत्ताशक्ति आफ्नो हातमा
लिएको घोषणा गरे ।
यो खबर सुनेर कर्नेल हर्नाण्डेजले रेडियो ट्रान्समिटरमा क्यान्तिलोलाई सान्ता क्लाराको नराम्रो स्थिति र छापामार वार्ताकारहरूको उपस्थितिको बारेमा सूचित गरे । क्यान्तिलोले क. नुनेजलाई सम्बोधन गर्दै क. फिडेल क्यास्त्रोको स्वीकृतिबाट आफूले सत्ताशक्ति आफ्नो हातमा
लिएको घोषणा गरे । त्यसैले ब्यारेकका सैनिकहरू आफ्नो कमाण्ड अन्तर्गत रहेको दावी गर्दै
उनले विद्रोहीहरूसमक्ष आत्मसमर्पण गर्नु पर्ने कुनै स्थिति नभएको पनि घोषणा गरे ।
साँच्चै के भएको रहेछ त ? क. नुनेजले एकछिन मनमनै गएको दुई तीन दिनका घटनाक्रमहरू याद गरे ।
क्यान्तिलोद्वारा विश्वासघात
जनरल क्यान्तिलोले -डिसेम्बर २४ मा सान्टियागो भन्दा बाहिर क. फिडेल क्यास्त्रोसँग भेटेका थिए । उनले तानाशाह बतिस्ता र उनको फौजलाई ३१ डिसेम्बरमा गिरफ्तार गर्ने बचन दिएका थिए । उनले सान्टियागो लगायत अन्य शहरहरूमा आफ्नो नियन्त्रण अन्तर्गतका सैनिकहरूले विद्रोही छापामारहरूको प्रतिरोध नगर्ने, ती सबै क्षेत्रको सत्ताशक्ति छापामारहरूलाई हस्तान्तरण गर्ने र हवानाको केन्द्रीय सत्तामाथि आफ्ना सैनिकहरू र भूमिगत क्रान्तिकारीहरूको मिलीजुली प्रयासबाट कब्जा गर्ने बचन पनि दिएका थिए ।
उनको तानाशाह बतिस्तालाई गिरफ्तार गर्ने कुनै इरादा थिएन । उनले त बतिस्ताकै सहमतिमा क. क्यास्त्रोलाई भेटेका थिए । बतिस्ताले क्यान्तिलोमार्फत् एउटा नाटक रचेको थियो, ता कि अमेरिकी सैनिक हस्तक्षेप निम्त्याएर आफ्नो कुर्सीको आयुलाई लम्ब्याउन सकियोस् ।
तर मौका पाउनासाथ जनरल- क्यान्तिलोले आफ्नो बचनबद्धता भंग गरे । विश्वासघात गरे ।
उनको तानाशाह बतिस्तालाई गिरफ्तार गर्ने कुनै इरादा थिएन । उनले त बतिस्ताकै सहमतिमा क. क्यास्त्रोलाई भेटेका थिए । बतिस्ताले क्यान्तिलोमार्फत् एउटा नाटक रचेको थियो, ता कि अमेरिकी सैनिक हस्तक्षेप निम्त्याएर आफ्नो कुर्सीको आयुलाई लम्ब्याउन सकियोस् ।
एकातिर बतिस्ताले यो नाटक रच्दा रच्दै, अर्कोतिर उनी डोमिनिकन गणतन्त्रका तानाशाह त्रुजिलोलाई क्यूबाली शहरहरूमा बम वर्षा गराउन सडक सडकमा भूमिबमहरू बिछ्याउनका लागि पनि मनाउँदै थिए । यो नाटक चलिरहेको बेलामा बतिस्ताका सैनिकहरूमाथि क. चेका छापामारहरूले लास भिलास प्रान्त र त्यसको राजधानी सान्ता क्लारामाथि विजय प्राप्त गरिसकेका थिए ।
यो स्थिति देखेर चीफ अफ दि जनरल स्टाफ - जनरल ट्याबरनिलाले २१ डिसेम्बरका दिन बतिस्ताका सैनिकहरूले सबै युद्ध क्षेत्रहरूमा पराजय भोग्दै गएको र छापामारहरू अब हवानामाथि आक्रमण गर्ने तयारीमा रहेको खबर दिए। जनरल क्यान्तिलोले पनि उस्तै खबर दिएपछि बतिस्ताले तुरून्तै देश छाडी भाग्ने विचार गरेका थिए । उनले आफ्ना हुक्के-ढोकेहरूलाई आफ्नो सम्पत्तिको पीको पन्तेरो तयार गर्ने आदेश दिए । उनले धेरै समय अगाडि नै स्वीस बैंकमा देशको सम्पत्ति आफ्नो नाममा
जम्मा गरिसकेका थिए । उनले अमेरिकी व्यापारीहरूले उपहारस्वरूप प्रदान गरेको शुद्ध सुनको टेलिफोन रिसिभर र चाँदीका बेड प्यान र बहुमूल्य श्रीसम्पत्ति सबै बटुलेर भाग्ने सुर कसे ।
यसरी देश छाडी भाग्नेहरूको सूचीमा बतिस्ताको तानाशाही शासनका आडेर बाउरेहरू, गुप्तचर विभागका अध्यक्षहरू, सैनिक जनरलहरू र मन्त्रीहरू गरी जम्मा १ सय २४ जना पुगे । बतिस्ताले देश छोडेर भाग्नु भन्दा अगाडि मात्रै जनरल क्यान्तिलोलाई आफ्नो उत्तराधिकारी छान्दै 'चीफ अफ जनरल स्टाफ' मा नियुक्त गरेका थिए ।
आफूलाई देशको विधाता, जनताका शासक र सर्वशक्तिमान ठान्ने तानाशाह बतिस्ता जनताको सशस्त्र संघर्षदेखि डराएर देशबाटै भागेका थिए ।
जनरल क्यान्तिलोले देश छोडेर भाग्ने क्रममा प्लेन चढ्न लागेका बतिस्ताको विदाइ गरेका थिए । "मेरा निर्देशनहरू नबिर्स है !" तानाशाह बतिस्ताले प्लेनमा चढ्दै क्यान्तिलोलाई आफ्ना आदेशहरू यसरी संझाएका थिए । यसरी आफूलाई देशको विधाता, जनताका शासक र सर्वशक्तिमान ठान्ने तानाशाह बतिस्ता जनताको सशस्त्र संघर्षदेखि डराएर देशबाटै भागेका थिए ।
देशबाट भाग्दा भाग्दै तानाशाह बतिस्ताले दिएका आदेशहरू पनि हावामा उडे । ७ वर्षसम्म जनताको टाउकोमाथि टेकेर रजाइँ चलाउने तानाशाह बतिस्ताका उत्तराधिकारी जनरल क्यान्तिलोले ती निर्देशनहरू पालना गर्न नै नपाई सत्ता-शक्ति छाड्नु पयो । हो, छापामारहरूले बतिस्ताका
आदेशहरूलाई माटोमा मिलाइ दिए ।
राजधानी हवानामा भएको यस्तो नाटकीय समीकरण देखेर छापामारहरूका सर्वोच्च कमाण्डर क. फिडेल क्यास्त्रोले तुरून्ता- तुरून्तै नै क्यान्तिलोको 'सैनिक विद्रोह' को नाटकको भर्त्सना गर्नु हुँदै क्यान्तिलोलाई पनि बतिस्ताकै मतियार र सहयोगी भएको तथ्य उजागर गर्नुभयो । क. क्यास्त्रोले सम्पूर्ण क्यूबाली जनतालाई क्यूबाको सत्ता- शक्ति विद्रोही छापामारहरूको हातमा नआएसम्म राष्ट्रव्यापी आम हड्ताल गरी राख्न अपील गर्नु भयो । अपील मुताविक क्यूबाली जनताले देशब्यापी आम हड्तालमा सहभागिता जनाउन थाले । ठीक त्यही बेला क्रान्तिकारी नेता क्यास्त्रोले आफ्ना छापामार सहयोद्धाहरूलाई सम्बोधन गर्नुहुँदै बतिस्ताका सैनिकहरूको प्रतिरोधलाई कुल्चदै निर्णायक आक्रमण गर्न र सान्टियागो, क्यामागुये र अन्य शहरहरू मुक्त गर्न आह्वान गर्नु भयो ।
सैनिकहरूद्वारा आत्मसमर्पण
सान्ता क्लारास्थित लियोन्सियो भिडाल ब्यारेकभित्रका सैनिकहरूसँग शान्ति वार्ता गर्न गएको छापामार नेता क्रममा क. नुनेजलाई विगतका यी सबै घटनाक्रमहरू राम्ररी नै याद थियो । त्यसैले हवानामा बसिरहेका जनरल क्यान्तिलोसँगको रेडियो ट्रान्समिटरमा भएको वार्ताको क्यान्तिलोले आफ्ना सैनिकहरूले आत्मसमर्पण नगर्ने र आफ्नो शासनलाई क. क्यास्त्रो र जनताको समर्थन र सहयोग रहेको घोषणा गरे पछि क. नुनेजलाई साह्रै रिस उठ्यो । क. नुनेज रेडियो ट्रान्समिटरमै चिच्याए- झूठ, झूट, सफेद झूठ ! तिम्रो शासनलाई जनता र मेजर क्यास्त्रोको समर्थन छ भन्नु त सफेद झूठ हो ! हिजो मात्रै क्यास्त्रोले मेजर चे ग्वेभारासँगको ट्रान्समिटर वार्तामा तिम्रो सैनिक विद्रोहको भर्त्सना गर्नु हुँदै तिम्रो सैनिक विद्रोहले बतिस्ता र उनका सहयोगीहरूलाई मात्रै सहयोग गरेको बताउनु भएको थियो, बुझ्यौं ?"
यो वार्ता सबै सैनिक अधिकारीहरू मुकदर्शक भएर सुनिरहेका थिए । उनीहरू आफ्नो विधाता बतिस्ताले देश छोडेर भागेको, क्यान्तिलोले सत्ता सम्हालेको र विद्रोहीहरूले देशब्यापी सत्ता कब्जा गर्न थालेको खबर पनि राम्ररी सुनिरहेका थिए ।
नुनेजको स्पष्ट जवाफ सुनेपछि जनरल क्यान्तिलो बहुलाए । क्यान्तिलोले नुनेजमाथि ट्रान्समिटरमै गालीको वर्षा गर्न थाले । त्यसपछि क. नुनेजले “नयाँ तानाशाह भर्सेलामा जाओस्' भनेर ट्रान्समिटर नै बन्द गरेपछि क्यान्तिलोसँगको वार्ता भंग भयो ।
यो वार्ता सबै सैनिक अधिकारीहरू मुकदर्शक भएर सुनिरहेका थिए । उनीहरू आफ्नो विधाता बतिस्ताले देश छोडेर भागेको, क्यान्तिलोले सत्ता सम्हालेको र विद्रोहीहरूले देशब्यापी सत्ता कब्जा गर्न थालेको खबर पनि राम्ररी सुनिरहेका थिए । उनीहरूले आफ्ना वर्तमान शासक तथा वतिस्ताको निकटतम सहयोगी सैनिक जनरल क्यान्तिलोसँग पनि रत्तिभर नदबीकन क. नुनेजले वार्ता गरेको र क. नुनेजको दृढ आत्मविश्वास पनि देखे ।
यो दृश्य देखेर सैनिक अधिकारीहरूबीच थप भय र आतंकको संचार भयो । उनीहरू आ- आफ्नो ज्यानको असुरक्षाले निकै भयभीत हुन थाले । उनीहरूले आ- आफ्नो हतियार त समर्पण गरिसकेका थिएनन् । तर मानसिक रूपमा उनीहरू परास्त भइसकेका छन् भन्ने कुरा क. नुनेजले चारैतिर बसिरहेका सैनिकहरूको भयग्रस्त अनुहार हेर्नासाथ नै थाहा पाई हाले ।
भयभित सैनिक अधिकारीहरूले नयाँ तानाशाह जनरल क्यान्तिलोको आदेशलाई बेवास्ता गर्दै वार्ता जारी राख्ने विचार प्रकट गरे । उनीहरूले आफ्ना प्रतिनिधि मेजर फर्नाण्डेजलाई क. चे ग्वेभारासँग प्रत्यक्ष कुराकानी गर्नु पर्छ भन्ने प्रस्ताव राखे ।
छापामारहरूका वार्ताकारहरूले सो प्रस्तावलाई स्वीकारेर मेजर फर्नाण्डेजलाई आफ्नो कमाण्ड प्वाइन्टमा क. चे ग्वेभारासँग वार्ता गर्नका लागि लिएर गए । त्यहाँ फर्नाण्डेजले क. चेको अगाडि पनि युद्ध विरामको लागि मात्रै प्रस्ताव राखे, उनले आत्मसमर्पणलाई स्वीकार्न मानेनन् । तर क. चे ग्वेभाराले उनको प्रस्तालाई अस्वीकार गर्दै भन्नु भयो-
'१२.३० बजेसम्म आक्रमण गर्ने छैनौं, त्यसबेलासम्म पनि आत्मसमर्पण
गर्नु भएन भने भीषण आक्रमण गर्नेछौं । युद्धलाई नलम्ब्याउनुस् । यदि तपाईंहरूको प्रतिरोधले अमेरिकी आक्रमणलाई निम्त्यायो भने, यसको सम्पूर्ण जिम्मेवारी तपाईंहरूको हुनेछ । यो अक्षम्य अपराधका भागीदार सबै सैनिकहरूलाई देशद्रोहको अभियोग लगाइने छ र आजीवन जेलका काल कोठरीहरूमा बस्नु पर्नेछ ।'
क. चे ग्वेभाराले तुरून्तै . आत्मसमर्पण गरेमा सैनिकहरू र सैनिक अधिकारीहरूलाई सान्ता क्लारा शहर छाड्न र घर-घर जान दिइने कुरामा विश्वस्त पार्नु भयो । जनता र छापामारहरूलाई यातना दिने, अन्य अपराधिक कार्यहरू गर्ने सैनिकहरूले अदालतका कारवाहीहरूको सामना गर्नु पर्ने बताउनु हुँदै उहाँले अरू निर्दोष सैनिकहरू आफूले छानेको ठाउँमा स्वतन्त्रतापूर्वक जान पाउने विश्वास पनि दिलाउनु भयो ।
क. चे ग्वेभाराले तुरून्तै . आत्मसमर्पण गरेमा सैनिकहरू र सैनिक अधिकारीहरूलाई सान्ता क्लारा शहर छाड्न र घर-घर जान दिइने कुरामा विश्वस्त पार्नु भयो । जनता र छापामारहरूलाई यातना दिने, अन्य अपराधिक कार्यहरू गर्ने सैनिकहरूले अदालतका कारवाहीहरूको सामना गर्नु पर्ने बताउनु हुँदै उहाँले अरू निर्दोष सैनिकहरू आफूले छानेको ठाउँमा स्वतन्त्रतापूर्वक जान पाउने विश्वास पनि दिलाउनु भयो ।
मेजर फर्नाण्डेज क. चेसँगको वार्ता सकेर छापामार वार्ताकारहरूसँगै आफ्नो ब्यारेकमा फर्के । उनको मन अशान्त थियो- आत्मसमर्पण गर्ने कि नगर्ने भन्ने द्विविधाले ग्रस्त मनमस्तिष्क सहित फर्किरहँदा सान्ता क्लारा सडकको चारैतिर बसिरहेका नगरबासीहरूले विद्रोही छापामारहरूको स्वागत गरे, उनीहरूले क. क्यास्त्रो र क. चेको समर्थनमा आकाश थर्काए, बतिस्ता र उनका मतियारहरूको खोइरो खने ।
यो दृश्य हेर्दै फर्किरहेका सैनिक वार्ताकार मेजर फर्नाण्डेजले ब्यारकेमा आफ्ना सैनिक अधिकारीहरूसमक्ष क. चेसँग भएको वार्ताको रिपोर्ट गरे । उनको रिपोर्ट सुन्नासाथ कर्नेल हर्नाण्डेज चिच्याए-
'सबै खत्तम भई सक्यो । अब हामीले आत्मसमर्पण नै गर्नु पर्छ ।'
कर्नेल हर्नाण्डेजको विचारप्रति सबै सैनिक अधिकारीहरूले सहमति प्रकट गरे । तै, तै आफ्नो ज्यान भए पनि बच्ने भयो भन्ने भावमा उनीहरूले छापामारहरू सामु आ-आफ्ना हतियारहरू समर्पण गरे ।
लियोन्सियो भिडाल ब्यारेकका सैनिकहरूले आत्मसमर्पण गरेपछि अन्य नाकाका प्रतिरोधहरू पनि बन्द भए । जनवरी १, १९५९ को दिउँसो दुई बज्दाखेरी सान्ता क्लारा शहरमा बम र बन्दूकको आवाज पूर्णतः बन्द भयो र सिंगो शहरमाथि छापामारहरूको नियन्त्रण कायम भयो ।
राजधानी हवानामाथि निर्णायक आक्रमण !
क. चे ग्वेभाराले सान्ता क्लारा शहरमाथि सजिलै नियन्त्रण कायम भएको खबर क. क्यास्त्रोलाई टेलिफोनबाटै दिनु भयो । त्यसबेला क. क्यास्त्रो सान्टियागो शहरमाथि निर्णायक आक्रमणको अन्तिम तयारीमा व्यस्त हुनुहुन्थ्यो ।
क. क्यास्त्रोले क.चे ग्वेभारा र क. सियन फ्यूगोसलाई राजधानी हवानामाथि निर्णायक आक्रमण गरी नयाँ तानाशाह क्यान्तिलोलाई तत्काल सत्ताच्यूत गर्न र शहरका प्रमुख नाकाहरूमाथि नियन्त्रण जमाउन आदेश दिनु भयो ।
ठीक त्यसैबेला, राष्ट्रव्यापी आम हड्ताल र निर्णायक छापामार आक्रमणदेखि भयभीत भएर नयाँ तानाशाह जनरल क्यान्तिलोले कर्नेल रामोन बाक्विनलाई सत्ता हस्तान्तरण गरिसकेका थिए । कर्नेल रामोन १९५६ मा बतिस्ता विरोधी षड्यन्त्रका प्रमुख नेता थिए । त्यतिबेलादेखि बतिस्ताद्वारा, पाइन्स द्वीपमा बन्दी बनाएर राखिएका कर्नेल रामोनलाई अमेरिकी राजदूतको अनुरोधमा रिहा गरिएको थियो ।
क. क्यास्त्रोले क.चे ग्वेभारा र क. सियन फ्यूगोसलाई राजधानी हवानामाथि निर्णायक आक्रमण गरी नयाँ तानाशाह क्यान्तिलोलाई तत्काल सत्ताच्यूत गर्न र शहरका प्रमुख नाकाहरूमाथि नियन्त्रण जमाउन आदेश दिनु भयो ।
वाशिंगटनमा सैनिक सहचारी भएर काम गरिसकेका कर्नेल रामोनलाई नयाँ शासक बनाइएकोमा अमेरिकाको पनि सहमति थियो । बतिस्ताका मतियार हुने प्रस्तावलाई स्वीकार्ने कर्नेल रामोनले क. क्यास्त्रोसमक्ष मिलीजुली सरकार गठन गर्ने प्रस्ताव राखे । तर क. क्यास्त्रोले रामोन, क्यान्तिलो आदि बतिस्ताका मतियारहरूको षड्यन्त्रकारी प्रस्तावलाई युद्धभूमिमै फ्याँक्दै निर्णायक आक्रमणलाई जारी राख्न अपील गर्नु भयो ।
जनवरी २, १९५९ !
क. चे ग्वेभाराले सान्ता क्लाराका जनतालाई सम्वोधन गर्दै क्रान्तिमा सहयोगी भूमिका खेलेका नगरबासीहरूलाई धन्यवाद ज्ञापन गर्दै चिठी लेख्नु भयो । उहाँले क्याप्टेन क्यालिक्स्तोमोरेल्सलाई हरतरहले सहयोग र समर्थन जारी राख्न अपील गर्नु हुँदै आफू हावानामाथि आक्रमण गर्न जाँदैछु भन्ने सन्देशसहितको चिठी लेख्नु भयो ।
ठाउँ ठाउँमा जनताले छापामार- हरूको यात्रालाई रोक्दै क. चे ग्वेभारालाई भाषण दिन अनुरोध गरे । तर क. चेले यतिखेर भाषण दिइरहन समय नभएको बताउँदै उनीहरूको अनुरोधलाई अस्वीकार गर्नु भयो ।
यो चिठीलाई विहानै शहरभरि वितरण गरियो । र, विहान ५.३० बजे नै क. चे ग्वेभारा सम्पूर्ण आफ्ना सहयोद्धाहरूका साथ ट्रंक, कार र अन्य सैनिक बाहनमा चढेर हवानातिर प्रस्थान गर्नुभयो । हवाना जाने बाटोभरि जनताले क. चे र छापामारहरूको स्वागतमा नारा घन्काए । छापामारहरूलाई हवाना- माथि विजय प्राप्त गर्न हौसला बढाए । उनीहरू जुन जुन बस्ती र शहरबाट अगाडि बढे पनि जनताको भीडले क्यूबाली क्रान्तिको विजयको कामना गरे ।
ठाउँ ठाउँमा जनताले छापामार- हरूको यात्रालाई रोक्दै क. चे ग्वेभारालाई भाषण दिन अनुरोध गरे । तर क. चेले यतिखेर भाषण दिइरहन समय नभएको बताउँदै उनीहरूको अनुरोधलाई अस्वीकार गर्नु भयो र आफू हवानामाथि आक्रमण गर्ने हतारोमा रहेको बताउनुहुँदै अगाडि बढ्नु भयो ।
उहाँहरूको हवानामा प्रथम आक्रमणको निशाना थियो- स्पेनी साम्राज्यवादीहरूद्वारा बनाइएको ला कावाना नामक जेल र सैनिक ब्यारेक । हवाना बन्दरगाहको मुखैमा रहेको यो किल्लामा बतिस्ताका सैनिकहरू छापामारहरूको आक्रमणको प्रतिरोध गर्न बसिरहेका थिए ।
आश्चर्य ! ला कावाना किल्लाका सैनिकहरूले क. चे ग्वेभाराको छापामार दस्तालाई देख्ने बित्तिकै बिना शर्त आत्मसमर्पण गरे । एउटा गोली पनि नपड्काईकन हवाना शहरको पहिलो किल्ला ढल्यो । क. चे ग्वेभाराका अगाडि आत्मसमर्पण गरेका बतिस्ताका सैनिकहरू आफ्नो ज्यान बचेकोमा खुशी थिए ।
तर, आश्चर्य ! ला कावाना किल्लाका सैनिकहरूले क. चे ग्वेभाराको छापामार दस्तालाई देख्ने बित्तिकै बिना शर्त आत्मसमर्पण गरे । एउटा गोली पनि नपड्काईकन हवाना शहरको पहिलो किल्ला ढल्यो । क. चे ग्वेभाराका अगाडि आत्मसमर्पण गरेका बतिस्ताका सैनिकहरू आफ्नो ज्यान बचेकोमा खुशी थिए ।
उता क. सियनफ्यूगोसको नेतृत्वमा राजधानी हवानामाथि चढाई गर्न गएका छापामारहरूले पनि त्यही दिन बिना युद्ध नै कोलम्बिया सैनिक अड्डामाथि नियन्त्रण जमाए । त्यहाँका सैनिकहरूले पनि छापामारहरूसमक्ष आत्मसमर्पण गरेका थिए ।
बतिस्ताका दुई वटा बलिया- बलिया सैनिक किल्लाहरू ढलेपछि त सम्पूर्ण हवाना शहरमाथि छापामारहरूको नियन्त्रण कायम हुन गयो । अधिकांश सैनिकहरूले आत्मसमर्पण गरे, आत्मसमर्पण नगर्ने सैनिक अधिकारीहरू देश छाडेर भागे ।
यसरी क्यूबाली छापामारहरूले सपूर्ण देशलाई मुक्त गरे । र, क्यूबाली क्रान्ति सफल भयो । सफल भयो- क्यूबाली जनताको मुक्तिको चाहना, स्वतन्त्र र समान हुने भावना । क्यूबाली क्रान्तिको यो सफलताले देशभरि उत्साह र उग्र उत्तेजनाको लहर फैलियो ।
सन्दर्भ: जनवरी १– क्युबाली छापामारहरुले राजधानी हवाना कब्जा गरेको दिन । मूल्याङ्कन मासिककाे पूर्णाङ्क ३७ बाट साभार । Title Photo: https://klimbim2014.files.wordpress.com
प्रतिक्रिया