कुकुरले टोक्दा चूपचाप सहेर बस्नुपर्छ भन्ने कुरा कानूनमा पनि त कतै लेखिएको छैन ...

आन्तोन चेखभको चर्चित कथा 'छेपारो'

थानेदार अचुमेलभ नयाँ ओभरकोट लगाएर बजारको चोकतिर जाँदै थियो। उसको हातमा एउटा पोको थियो । रातो कपाल भएको पुलिस एउटा टोकरी समातेर उसको पछिपछि लाग्दै थियो । त्यो टोकरी जफत गरिएको वन्यवदरीले टम्म भरिएको थियो । चारैतिर शान्ति थियो
... बजारमा कतै मुसोसम्म देखिँदैनथ्यो । पसलहरू र भट्टीहरूका खुल्ला ढोकाहरू कुनै भोका जंगली जनावर झैं उदास दृष्टिले प्राकाश ताक्दै थिए । बजारमा कतै माग्नेहरूसम्म देखिंदैनथे ।

''बडो टोक्ने भएको, चाण्डाल कहीँका !'' अचुमेलभले अकस्मात् सुन्यो- “ए, केटा हो । लौ समाउ त्यसलाई, भाग्न नपाओस् । अचेल टोक्न मनाही छ समाउ ! हं... हँ !''

व्यापारी पिचूगिनको काठ गोदामबाट तीन खुट्टाले टेक्दै एउटा कुकुर दौड्दै आइरहेको थियो । कलपदार सूती कपडाको कमीज लगाएको एकजना मान्छे कुकुरलाई लखेट्दै थियो । उसको इस्टकोटको टाँक खुलेको थियो । त्यो मान्छे हामफाल्यो, तेर्सो परेर लड्यो र कुकुरको पछिल्लो खुट्टा समात्यो ।

कुकुर चिच्याएको आवाज सुनियो। प्रचुमेलभले फर्केर हेर्यो र देख्यो, व्यापारी पिचूगिनको काठ गोदामबाट तीन खुट्टाले टेक्दै एउटा कुकुर दौड्दै आइरहेको थियो । कलपदार सूती कपडाको कमीज लगाएको एकजना मान्छे कुकुरलाई लखेट्दै थियो । उसको इस्टकोटको टाँक खुलेको थियो । त्यो मान्छे हामफाल्यो, तेर्सो परेर लड्यो र कुकुरको पछिल्लो खुट्टा समात्यो । कुकुर चिच्याएको आवाज सुनियो । “नछोड्, त्यसलाई !'' फेरि त्यही आवाज सुनियो । वरिपरिका पसलहरूबाट भर्खरै निद्राबाट बिउँझेका जस्ता अनुहारहरू देखा पर्न थाले र छिटै काठ गोदामनेर मान्छेहरूको भीड लाग्यो, मानौं ती सब मान्छेहरू भर्खरै जमीन फाडेर निस्केका हुन् ।

"हजूर ! त्यहाँ केही गडबड भए जस्तो लाग्छ !" पुलिसले भन्यो । अचुमेलभ देब्रेतिर फर्क्यो र भीडतिर लाग्यो । काठ गोदामको ढोकैनेर त्यो मान्छे उभिएको थियो, उसको इस्टकोट खुल्ला थियो, उसले आफ्नो दाहिने हात उठाएको थियो र भीडलाई आफ्नो रगताम्य औंला देखाउँदै थियो । रक्सीले मात्तिएको उसको अनुहारमा स्पष्ट लेखिएको थियो - " पर्खि बदमाश ! " उसको माथितिर तेर्सिएको औंलाचाहिँ विजयको रातो झण्डा जस्तो लाग्थ्यो । अचुमेलभले त्यो मान्छेलाई तुरन्तै चिनिहाल्यो, त्यो सुनार ख्य्रूकिन थियो । भीडको बीचमा अघिल्ला खुट्टा फैलाएर यस हुलदंगाको मुख्य अपराधी - सेतो ग्रे हाउण्ड छाउरो थरथर काँप्दै बसिरहेको थियो । छाउरोको थुतुनो लाम्चो थियो र पिठ्यूँमा पहेंलो दाग थियो । छाउरोको आँसुले भरिएका आँखामा त्रास र विरक्तिको भावना देखिन्थ्यो ।

भीडको बीचमा अघिल्ला खुट्टा फैलाएर यस हुलदंगाको मुख्य अपराधी - सेतो ग्रे हाउण्ड छाउरो थरथर काँप्दै बसिरहेको थियो । छाउरोको थुतुनो लाम्चो थियो र पिठ्यूँमा पहेंलो दाग थियो । छाउरोको आँसुले भरिएका आँखामा त्रास र विरक्तिको भावना देखिन्थ्यो ।

“के हो यस्तो भीड ? " अचुमेलभले भीडभित्र घुस्दै सोध्यो । - 'किन भीड जम्मा गरेको ? तँ किन यसरी औंला तेर्स्याएर उभेको नि ?.. को हो चिच्याउने ?"

"हजूर, म चूपचाप आफ्नो बाटो लाग्दै थिएँ, " ख्य्रूकिनले मुखतिर हात लैजाँदै खोक्यो र भन्न थाल्यो - "मित्री मित्रिचसंग दाउरा किन्ने कुराकानी गर्नु थियो । अचानक, थाहा छैन किन हो, यस बदमाशले मेरो औँला टोकिदियो... हजूर माफ गरिबक्सियोस्, म जे भए पनि काम गरेर खानुपर्ने मान्छे... हजुरलाई थाहा नै छ कति गाह्रो काम छ हाम्रो । अब त यो औंलाले गर्दा म एक हप्तासम्म काम गर्न सक्तिनँ हुँला । मलाई हर्जाना दिलाइबक्सियोस्... हजूर, कुकुरले टोक्दा चूपचाप सहेर बस्नुपर्छ भन्ने कुरा कानूनमा पनि त कतै लेखिएको छैन ... सब कुकुरहरूले यसरी टोक्न थाले भने त संसारमा बाँच्ने मुश्किल पर्न जान्छ ...।”

"ए... ठीक छ... ।'' अचुमेलभले खोक्यो र निधार खुम्च्याउँदै भन्न थाल्यो - " ठीक छ... कसको कुकुर हो यो ? म यो कुरा त्यसै छोडदिनँ ! कुकुर छाडा राख्ने यी मान्छेहरूलाई म मजा नचखाई छोडदिनँ । नियम कानून तोड़ने यो महानुभावहरूलाई अब ठीक नपारी भएको छैन ! यस्तो जरीवाना ठोकिदिन्छु पाजीहरूको दिमाग तुरन्त ठीक भैहाल्छ, कुकुरसुकुर, जीवजन्तुहरूलाई छाडा राख्ने यी महाशयहरूको सब मजा खतम पारिदिन्छु । यी पाजीहरूलाई म ठीक गर्छु ! येल्दीरिन ! " - पुलिसतिर फर्कंदै थानेदार चिच्यायो, “पत्ता लगा त कसको कुकुर रहेछ यो, अनि एउटा रिपोर्ट पनि तयार गरिहाल् ! कुकुरलाई चाहिँ खत्तम पारिदिनु, तुरून्तै ! के ठेगान र, बहुलाएको हुन सक्छ...
म सोध्दै छु, कसको कुकुर हो यो ?''

"जर्नेल जिगालभको हो क्या रे !"  भीडबाट कसैले भन्यो ।

पुलिसतिर फर्कंदै थानेदार चिच्यायो, “पत्ता लगा त कसको कुकुर रहेछ यो, अनि एउटा रिपोर्ट पनि तयार गरिहाल् ! कुकुरलाई चाहिँ खत्तम पारिदिनु, तुरून्तै ! के ठेगान र, बहुलाएको हुन सक्छ...
म सोध्दै छु, कसको कुकुर हो यो ?''

जर्नेल जिगालभको रे ? ए... येल्दीरिन, खोइ मेरो ओभरकोट फुकाल् त, कस्तो गर्मी त हँ ! सोध्दै पानी पर्ला जस्तो छ... एउटा कुरा म बुझ्न सक्तिनँ, कसरी टोक्न सक्यो तँलाई यस कुकुरले ?" ख्य्रूकिनतिर फर्कंदै अचुमेलभले सोध्यो - "कसरी यसले तेरो औंला भेट्टायो ? यति फुच्चे कुकुर छ यो, तँचाहिं यस्तो हट्ठाकट्ठा मान्छे छस् ! कीला-सीलाले घाउ पारिस् होला, बडो हर्जाना तिराउने भएको ! कसले चिन्या छैन र तँलाई ! बुझ्या छु मैले तिमीहरूको सब बदमाशी !"

“ यसले कुकुरको थुतुनोमा सल्केको चुरोट झोसिदिएको थियो हजूर, ठट्टै ठट्टामा, कुकुरलाई त के चाहियो र, टोकिदिइहाल्यो... उल्लू मान्छे हो, हजूर ! "

" होइन, यो जर्नेल साहेबको कुकुर होइन ... ।” पुलिसले बडो गम्भीरतापूर्वक भन्यो । – “ जर्नेल साहेबको यस्तो कुकुरै छैन । जर्नेल साहेबकहाँ त सब शिकारी पौण्डरहरू मात्र छन् ।”

" ए कानो, किन झूठो बोल्छस् ? तैंले देखेको थिइस् र? थानेदार साहेब आफैं बुद्धिमान होइबक्सिन्छ । को झूठो बोल्दै छ, को साँचो भन्ने कुरा राम्ररी छुट्याउन सकिबक्सिन्छ । मैले झूठो बोलेको रहेछु भने म अदालतमा खडा हुन तयार छु । अचेल कानूनको अगाडि सब समान हुन्छन् .. मेरो भाइ पनि पुलिसमा काम गर्छ ... थाहा पाउन चाहनुहुन्छ भने... !

''चूप लाग् !"

" होइन, यो जर्नेल साहेबको कुकुर होइन ... ।” पुलिसले बडो गम्भीरतापूर्वक भन्यो । – “ जर्नेल साहेबको यस्तो कुकुरै छैन । जर्नेल साहेबकहाँ त सब शिकारी पौण्डरहरू मात्र छन् ।”

"तँलाई राम्ररी थाहा छ ?"

'हो हजुर, मलाई राम्ररी याद छ ..।"

''जर्नेल साहेबकै पो हो कि...।” केही सोच्दै पुलिसले भन्यो -"यसको थुतुनोमा त केही लेखिएको छैन... जर्नेल साहेबको चोकमा हिजो मात्र मैले यस्तै कुकुर देखेको थिएँ ।"

'म पनि त त्यही भन्दै छु । जर्नेल साहेबका सब कुकुरहरू एक से एक महँगा, असल जातका छन्, यस्तो पनि कहिं कुकुर हुन्छ र ! सिकुटे, हेर्दै घीनलाग्दो ... थाहा छ पिटर्सबर्गमा अथवा मास्कोमा यस्तो कुकुर सडकमा भेट्टाए भने के गर्छन् ? त्यहाँ कानून-सानून भनिरहँदैनन्, एकैचोटि सफाचट पारिदिन्छन् ! तँ ख्य्रूकिन, घाइते भएको मान्छे, चूप लागेर नबस् ... यिनीहरूलाई ठीक नपारी भएको छैन ! यसरी त काम
चल्दैन !"

''जर्नेल साहेबकै पो हो कि...।” केही सोच्दै पुलिसले भन्यो -"यसको थुतुनोमा त केही लेखिएको छैन... जर्नेल साहेबको चोकमा हिजो मात्र मैले यस्तै कुकुर देखेको थिएँ ।"

"हो, हो, जर्नेल साहेबकै हो ! " भीडबाट कसैको आवाज सुनियो ।

"हँ, हँ... येल्दीरिन, खोइ ओभरकोट लगाइदे त मलाई... हावा चल्न थाल्यो ... सर्दी लागे जस्तो छ... तँ यो कुकुर लिएर जर्नेल साहेबकहाँ जा र बुझ् ! मैले सडकमा भेट्टाएको थिएँ र पठाएको भन्नु ! .. सडकमा नछोड्नु भन्नु ... कति महँगो कुकुर होला ... हरेक सुंगुरले यसको नाकमा चुरोट झोक्न थाल्यो भने बिचरो कुकुरको के दुर्गति होला । कुकुरहरू बडो नाजुक हुन्छन्... ए तँ गधा, के हात तेर्स्याएर बस्छस् ? तेरो उल्लू औंला हेरेर बस्ने यहाँ कसलाई पो शोख छ र ! आफैं बदमाशी गरेर हिंड्छस् ! ..”

" उ जर्नेल साहेबको भान्छे आउँदै छ, उसैलाई सोध्नुपर्छ ... ए प्रोखर ! भाइ, यता आइज त ! हेर् त यो कुकुर .. जर्नेल साहेबको हो ?

'होइन, कसले भनेको ? हामीकहाँ कहिल्यै यस्तो कुकुर थिएन ! "

''सोधपूछ गरिरहने कुरै के छ ? अचुमेलभले भन्यो - "गल्ली कुकुर हो, कुरा सकिहाल्यो, केलाई बेकारमा समय बरबाद गरिरहनु... गल्ली कुकुर भनेको गल्ली कुकुर नै हो । मारिदिएपछि सब खेल खतम भैहाल्छ ।"

“जर्नेल साहेबको भाइ आउनु भएको रहेछ ? भ्लादीमिर इभानोभिच आउनु भएछ त ?” अचुमेलभले मुस्कुराउँदै सोध्यो र भावावेशले उसको अनुहार चम्कन थाल्यो ।

''यो हाम्रो कुकुर होइन, " प्रोखरले भन्न थाल्यो - ''यो जर्नेल साहेबको भाइको कुकुर हो । हालसालै आइपुग्नु भएको छ । जर्नेल साहेब त ग्रे-हाउण्ड कुकुर पटक्कै मन पराउनुहुन्न, तर भाइ साहेबलाई चाहिँ मन पर्छ ..''

“जर्नेल साहेबको भाइ आउनु भएको रहेछ ? भ्लादीमिर इभानोभिच आउनु भएछ त ?” अचुमेलभले मुस्कुराउँदै सोध्यो र भावावेशले उसको अनुहार चम्कन थाल्यो । - "हे भगवान, कसरी थाहा भएन मलाई ! धेरै दिनको लागि आउनु भएको हो कि ?"

''अझ केही दिन बस्नुहुन्छ... ।"

“हे भगवान ... दाज्यूलाई भेट्न आउनु भएको रहेछ ... मैले चाहिं चालै पाइन ! त्यसो भए भाइसाहेबको कुकुर रहेछ ? कस्तो मजाको कुरा हँ ! लिएर जा यो कुकुर राम्रो कुकुर छ... . हेर्दै कस्तो छट्टू देखिन्छ ... यसको औंलाचाहिँ गजबले टोकिदिएछ ! हा हा हा... भैहाल्यो, किन यसरी काँप्दै छस् ? च... च... बदमाश रिसाए जस्तो छ हँ !... कस्तो गजबको कुकुर छ त हँ ...।"

प्रोखरले कुकुरलाई डाक्यो र आफूसंगसंगै लिएर गोदामबाट घरतिर लाग्यो ... भीडले ख्य्रूकिनलाई जिस्क्याउन थाल्यो ।

"म तँलाई ठीक पार्छु ! " अचुमेलभले उसलाई धम्की दिँदै भन्यो र आफ्नो ओभरकोटको टाँक लगायो, अनि बीच बजार हुँदै ग्राफ्नो बाटो लाग्यो ।

• रचनाकाल: सन् १८८४ । प्रगति प्रकाशन, मास्कोद्वारा सन् १९८२ मा प्रकाशित आन्तोन चेखभ: कथा सङ्ग्रह (सन् १८८३–१९०३) बाट साभार ।