माओको चेतावनी– जनताका कुरा छुँदै नछुनु, लिदै नलिनु !
सियाङ नदीमा रहेको शत्रुको चौथो अवरोध घेरालाई तोडेर लाल सेना सन् १९३४ को नोभेम्बरमा क्वाङसी र हुनानको सीमामा रहेको मुख्य सडकमा पुग्यो । हाम्रो सानो टुकडी त्यहाँ पुग्दा निष्पट अँध्यारो थियो । त्यसबेला हामी शत्रुको विमानले हामीलाई नदेखोस् भनेर अधिकांशतः रातको समयमा हिँड्ने गर्थ्यौं । बिहानको झिसमिसेमा हामीले आफूलाई एउटा सानो पहाडी गाउँमा फेला पार्यौं ।
हामीले बाटाभरि लडाइँ गर्दै अगाडि बढेका थियौं । अध्यक्ष माओले एकछाक पनि राम्ररी खान पनि पाएका थिएनन् । हाम्रो टुकडीले आराम गर्न थालेपछि सहायक अङ्गरक्षक सेङ श्येन–चीका साथ मा खानेकुराको खोजी गर्न निस्के । त्यो सानो गाउँ थियो र त्यहाँ बासिन्दाहरु गरिब थिए । हामीले किन्न पाएको एउटै मात्र चीज १० किलोजति सखरखण्ड थिए । त्यो पकाएर हामीले अध्यक्ष माओ भएको ठाउँमा लग्यौं । उनी एउटा सानो टुलमा बसेर अंगरक्षक तथा घोडाका हेरचाह गर्ने सइसका साथ गफ गरिरहेका थिए । ‘सियाङ नदी पार गर्नु एउटा ठूलो उपलब्धि हो,’ उनले भनिरहेका थिए ।
वास्तवमै, हामीले गत रात सियाङ नदी पार गर्नु कुनै चानचुने साहसको कुरा थिएन ।
हातमा माटाका भाडा बोकेका सेङ श्येन–ची र मैले खाना तयार भएको जनाउ दियौं । हामी अध्यक्ष माओ भएका ठाउँमा गयौं र उनलाई खाना खान भन्यौं । सखरखण्ड लिएर उनी खान थाले । त्यसपछि उनले भने, ‘हामी चाँडै नै मियाओ जातिहरु बसोबास गर्ने क्षेत्रमा पुग्दैछौं ।’
हामीले गत रात सियाङ नदी पार गर्नु कुनै चानचुने साहसको कुरा थिएन । हातमा माटाका भाडा बोकेका सेङ श्येन–ची र मैले खाना तयार भएको जनाउ दियौं । हामी अध्यक्ष माओ भएका ठाउँमा गयौं र उनलाई खाना खान भन्यौं ।
मियाओ क्षेत्र ! यो हाम्रो लागि केही नयाँ थियो । राजनीतिक शास्त्रका केही कक्षाहरुमा मियाओहरु अल्पसंख्यक जातिहरु हुन् र उनीहरु साँस्कृतिक र आर्थिक रुपमा केही पछाडि परेका पनि छन्, उनीहरुको प्रथा प्रचलन हाम्रो भन्दा नितान्त भिन्न छन् र उनीहरु कोमिन्ताङ र युद्ध सरदारहरुका श्वेत सेनाबाट निर्ममतापूर्वक सताइएका पनि छन् भनेर शिक्षकले भनेको कुरा मैले सम्झें ।
‘उनीहरु पनि हामीजस्तै हान जातिका हुन्,’ अध्यक्ष माओ भन्दै गए, ‘उनीहरु पनि श्वेतसेनाका उत्पीडनविरुद्ध क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन चाहन्छन् । यसकारण उनीहरु हाम्रा असल दाजुभाइहरु हुन् ।’
अध्यक्ष माओले मियाओ जातिहरुविरुद्ध श्वेत सेनाले गरेका अत्याचार, उनीहरुको प्रथा, आनीबानी, धार्मिक आस्थालगायतका कुराहरुबारे विस्तृतमा बताए । उनले मियाओ क्षेत्रमा प्रवेश गरेपछि हाम्रा जनतासँग सम्बन्धी कामसम्बन्धी नियमहरुलाई अझै कठोरतापूर्वक पालना गर्न आदेश दिए । उनले हामीलाई यताउतातिर नडुल्न तथा आफूसँग असम्बन्धित चीजबीजहरु नछुन पनि सावधान गराए । उनले मियाओ महिलाहरु लाल सेनालाई आफ्नै दाजुभाइसरह व्यवहार गर्ने सोभियतसत्ताका महिलाहरुभन्दा फरक रहेका जानकारी दिए र मियाओ महिलाहरुमा अझै सामन्ती चिन्तन रहेको र उनीहरुले त्यस किसिमको सम्बन्धबारे अभ्यस्त नरहेको पनि बताए ।
अध्यक्ष माओका कुराहरु सुनेपछि हामी असमन्जस्यमा पर्यौं । के हामी निषेधित क्षेत्रतिर त गइरहेका छैनौं ? हामीले हाम्रा तम्बुहरु टाँगेपछि अत्यावश्यक कुराहरु कसरी प्राप्त गर्ने होला ? मैले अध्यक्ष माओलाई हामीले रात्रि विश्राम गरेका अन्य क्षेत्रहरुमा जस्तै उनलाई सुत्नका लागि ढोकाका खापाहरु माग्न उचित होला त भनी सोधें ।
अध्यक्ष माओले मियाओ क्षेत्रमा प्रवेश गरेपछि हाम्रा जनतासँग सम्बन्धी कामसम्बन्धी नियमहरुलाई अझै कठोरतापूर्वक पालना गर्न आदेश दिए । उनले हामीलाई यताउतातिर नडुल्न तथा आफूसँग असम्बन्धित चीजबीजहरु नछुन पनि सावधान गराए ।
‘अहँ, पटक्कै हुँदैन !’ उनले कडाइका साथ भने । तत्पश्चात मुस्कुराउँदै उनले सोधे, ‘मैले हामीसँग सबद्ध नरहेको चीजहरु नलिनका लागि मैले सावधान गराएको होइन र ?’
‘त्यसो भने तपाईं केमा सुत्नु हुन्छ ?’
‘उनीहरुको ढोकाबाहेक अरु जेसुकै भए पनि हुन्छ !’
मलाई केही लज्जाबोध भयो र थप मलाई केही भन्नु थिएन । पक्कै पनि मियाओ जनताहरु हामी हानभन्दा फरक हुनुपर्छ, मैले मनमनै सोचे । उनीहरु पक्कै पनि धेरै रुखो हुनुपर्छ । त्यसैबेला, कोही घुर्न थाले । उनी सामान ओसार्ने हुवाङ यिङ–हो थिए । उनी बँचेका खानेकुराहरु हातमा बोकेरै अध्यक्ष माओका छेउ निदाएका थिए ।
अध्यक्ष माओले रमाइलो माने । ‘यो एकदम उचित छ,’ उनले भने । ‘ मीठो खाना खाएपछि हामी सबैले यो गर्नुपर्छ । आजराति हामीले अगाडि बढ्नु छ ।’
मलाई तीब्र निद्रा लागेको थियो, तर म जागै बसे । हुवाङबाहेक अरु सबै जागा नै थिए । बिहानको उज्यालो बढ्दै जाँदा शत्रुका विमानहरु मृत्युका सन्देश बोकेका चर्को गर्जन गर्दै र बेलाबेलामा बमहरु खसाल्न थाले । त्यसले जनताका घरहरु र उम्रदै गरेका धानखेतहरुलाई विनाश गर्न थाल्यो ।
पूरै रातभरि हामी पहाडहरुमा हिँडिरह्यौं, घरि उकालो चढ्दै, घरि ओरालो झर्दै । कहिलेकाहीँ हामी नाक ठोकिने पहरा चढ्यौं र अर्कोतिर चिप्लेटी खेलेर झर्यौं । जब हामी चुचुरोमा पुग्यौं, आकाश ठ्याक्कै हाम्रो माथि देखिन्थ्यो ।
त्यही बेलुकी हामीले हाम्रो यात्रा पुनः शुरु गर्यौं । नोभेम्बरको रात अत्यधिक चिसो थियो र त्यसबेला जुन पनि लागेको थिएन ।
पूरै रातभरि हामी पहाडहरुमा हिँडिरह्यौं, घरि उकालो चढ्दै, घरि ओरालो झर्दै । कहिलेकाहीँ हामी नाक ठोकिने पहरा चढ्यौं र अर्कोतिर चिप्लेटी खेलेर झर्यौं । जब हामी चुचुरोमा पुग्यौं, आकाश ठ्याक्कै हाम्रो माथि देखिन्थ्यो । यात्रालाई थप अगाडि बढाउनु पूर्व अध्यक्ष माओ सबैजना आइपुगे नपुगेका निश्चित गर्न चारैतिर हेर्थे ।
अर्को दिनको झिसमिसे बिहानमा हामी पहाडबाट ओरालो झर्दै थियौं । हाम्रो विपरीततिरको एउटा सानो पहाडमा यसअघि हामीले कहिल्यै नदेखेका अनौठो लाग्ने काठका घरहरु थिए । तिनीहरु एक तले पनि होइन, दुई तले पनि हैन, हावामा झुण्डिरहेका बास्केट जस्ता देखिन्थे । अध्यक्ष माओले हामी मियाओ क्षेत्रमा पुगेको जानकारी दिए ।
हामी त्यो पहाडी गाउँमा पुग्दा सूर्य उदाइरहेको थियो । बिहानीपखको हुस्सु पातलो हुँदै गएपछि हामीले घरहरुलाई अझ प्रष्टसँग देख्न सक्यौं । पहाडले तिनीहरुको पछाडिको पर्खालको काम गरिरहको थिए र वास्तवमा तिनीहरु ढलानका विस्तारित रुप थिए । त्यहाँ सुँगुरका खोर र भेडाका गोठहरु थिए । पहाडबाट एउटा सानो खोल्सो बगेर आएको थियो र त्यसले यत्रतत्र ससाना पोखरीहरु बनेका थिए ।
माओ बसेको घरको झ्यालबाहिर एउटा ठूलो पोखरी थियो, जसमा ठूला टाउका भएका थुप्रै कार्प माछाहरु थिए ।
अध्यक्ष माओका अङ्गरक्षकहरुमध्येका एक ऊ चिए–चिङले सल्लाह दिए, ‘जाऔं, अध्यक्षका लागि केही माछाहरु लिऔं !’ वास्तवमै, यो एउटा सुन्दर सुझाव थियो । तर अघिल्ला दिन मात्रै माओले भनेका कुराले हामी त्यो कसरी आँट गर्न सक्थ्यौं ।
हामी सबै चूपचाप बस्यौं ।
‘जे भए पनि, यो घरको मालिक स्थानीय मुखिया हुनुपर्छ,’ ऊ चिए–चिङले थप तर्क दिँदै भने ।
‘मेरो विचारमा हामीले एक पटक अध्यक्ष माओलाई नै सोध्नु उचित होला,’ हुवाङ यिङ–होले मसिनो स्वरमा भने ।
हामीले अध्यक्ष माओको कोठामा पानी लैजाँदा उनी आराम गरिरहेका थिए । बाँसको टेबुलमा मैले पानी राखिदिएँ र कुरा कसरी थाल्ने होला भनेर सोच्दै केही बेर उभिइरहें ।
‘अध्यक्ष,’ आँखरिमा मैले बाटो निकालें, ‘के तपाईंलाई भोक लागेको छ ?’
‘के केही खानेकुराहरु छन् र ?’
‘अँ, छ!’ मैले तुरुन्तै भने्र ।
‘के छ ?,’ मतिर हेर्दै अध्यक्ष माओले सोध्नुभयो ।
मैले पानी सारिदिएँ, र सकेसम्मको सावधानी अपनाउँदै भनें, ‘माछा, केही ठूला माछा !’
‘त्यो तिमीहरुले कहाँ पाउन सक्छौ ?’ अध्यक्षले सोधे ।
‘यहीँनेर!’ मैले झ्यालबाहिरको पोखरीतिर औंल्याउँदै भनें ।
अध्यक्ष झ्यालतिर गए र हेर । त्यसपछि उनी मतिर फर्किए । ‘मैले हिजो मात्रै भनेको कुरा तिमीले यति चाँडै बिर्सियौं ?’ उनले गम्भीर भएर भने ।
मैले टाउको निहुराएर विनम्र स्वरमा भनें, ‘हामी पैसा तिरेर किन्छौ ।’
‘त्यो पटक्कै नगर्नु ।’
‘उनीहरुको भेडा वा माछा जतिसकै ठूलो किन नहोउन्, तिनलाई छुनु हुँदैन ।’ उनले भने । ‘उनीहरुले त्यसलाई आफना देउतालाई बली चढाका लागि पालेका पनि हुन सक्छन् ।’
‘खालि केही मात्र किन्ने हो,’ मैले जोड दिएर भनें ।
अध्यक्ष मतिर आउनुभयो र छेवैमा बस्नुभयो । त्यसपछि अल्पसंख्यकहरुको चरित्र र तिनीहरुप्रति लालसेनाको नीतिबारे धैर्यतापूर्वक व्याख्या गरे । ‘उनीहरुको भेडा वा माछा जतिसकै ठूलो किन नहोउन्, तिनलाई छुनु हुँदैन ।’ उनले भने । ‘उनीहरुले त्यसलाई आफना देउतालाई बली चढाका लागि पालेका पनि हुन सक्छन् ।’
आफ्ना कुरालाई बीट मार्दै अध्यक्ष माओले अरु सबैलाई मियाओ जातिका चिजबीजहरु नछुन तथा पैसा तिरेर नै पनि किन्न नखोज्न सुनाइदिन आदेश दिए ।
मैले त्यो गर्छु भनेर बाहिर निस्के । ऊ चि–चिङ अधीरतापूर्वक बाहिर खबर सुन्न पर्खिरहेका थिए । म दौडिएर उनीभएतिर पुगें । उनले के भयो भनेर सोधे ।
‘अध्यक्षले स्वीकृति दिनुभएन !’ मैले रुखो स्वरमा जवाफ दिएँ ।
दिउँसो हान पोसाकमा सज्जित तथा हातमा राइफल बोकेका एक दर्जन मानिसहरु देखापरे । उनीहरुले माओसँग भेट्न चाहे । हतार हतार ज्याकेटको टाँक लगाउँदै मैले तिनीहरु कहाँबाट आएका हुन् भनी सोधें । मैले शंका गरेको भन्दा नितान्त भिन्न उनीहरु अत्यन्तै विनम्र र संस्कारी थिए ।
‘हामी पैसा नै तिर्छौं नि !’
‘अहँ हुन्न, हामीले पैसा नै तिरे पनि !’ मैले उनको कानैमा चिच्याएँ । यो अनुशासनको कुरा हो, बुझ्यौं ?’ र म चुप लागें ।
दिउँसो हान पोसाकमा सज्जित तथा हातमा राइफल बोकेका एक दर्जन मानिसहरु देखापरे । उनीहरुले माओसँग भेट्न चाहे ।
हतार हतार ज्याकेटको टाँक लगाउँदै मैले तिनीहरु कहाँबाट आएका हुन् भनी सोधें ।
मैले शंका गरेको भन्दा नितान्त भिन्न उनीहरु अत्यन्तै विनम्र र संस्कारी थिए । उनीहरुमध्ये एकजनाले क्वाङसी लवजमा भने, ‘हामी स्थानीय जनता हौं !’ उनको लवज बोल्न गाह्रो थियो ।
स्थानीय जनता ? मैले सोचें । त्यसो भने तिनीहरु पक्कै मियाओ हुनुपर्छ । उनीहरु किन अध्यक्षलाई भेट्न चाहन्छन्, अनि किन राइफल बोकेका छन् ?’
के तपाईंहरुसँग परिचय खुलाउने पत्र छ ?’ मैले सोधें ।
स्थानीय जनता ? मैले सोचें । त्यसो भने तिनीहरु पक्कै मियाओ हुनुपर्छ । उनीहरु किन अध्यक्षलाई भेट्न चाहन्छन्, अनि किन राइफल बोकेका छन् ?’
‘छ, छ,’ एकजना ठूलो जिउडालका मानिसले आफ्नो गोजीबाट कागजको टुक्रा झिके ।
मैले अध्यक्ष माओ भएठाउँ त्यो कागज लगें । उनी एउटा नक्शा अध्ययन गरिरहेका थिए । ‘अध्यक्ष, बाहिर केही मानिसहरु तपाईंलाई भेट्न आएका छन्,’ मैले जानकारी गराएँ ।
‘उनीहरु को हुन् ?’ उनले सोधे ।
‘केही स्थानीय मानिसहरु,’ कागजको टुक्रा दिँदै मैले भनें, ‘उनीहरुले राइफल पनि बोकेका छन् !’
त्यो कागजको टुक्रा पढेपछि अध्यक्ष मतिर फर्किए, उनको अनुहारमा खुसीका रेखाहरु कोरिएका थिए । ‘तिनीहरुलाई तुरुन्तै आउनु भन ।’ लगत्तै उनी पाहुनाहरुलाई भेट्न बाहिर निस्किए ।
ती अपरिचितहरुलाई मैले अध्यक्ष माओको कोठामा लगिदिएँ र फकिएँ । म केही अचम्मित भएको थिएँ । उनीहरुको काम के होला ? अध्यक्ष माओे किन उनीहरुप्रति त्यति हार्दिक बने ?
ती अपरिचितहरु निक्कै लामो समयसम्म अध्यक्षको कोठामा बसे । उनीहरु फर्कँदा झन्डै घाम अस्ताउन लागेको थियो ।
उनी पछाडि फर्किए र पेन्सिल तल राखे । ‘तिमीले अरु मानिसका माछा त लिएका छैनौं नि, कि लियौ ?’ मुस्कुराउँदै उनले सोधे । मैले पनि मुस्कुराए र इन्कारमा टाउको हल्लाएँ ।
जब मैले रातको खाना लिएर गएँ, अध्यक्ष माओ नक्साको अघिल्तिर उभिएका थिए । उक्त नक्शा अब राता घेराहरुले भरिएका थिए । ‘अध्यक्ष, खाना खानुहुन्छ ?’खानालाई विस्तारै राख्दै मैले भनें ।
उनी पछाडि फर्किए र पेन्सिल तल राखे । ‘तिमीले अरु मानिसका माछा त लिएका छैनौं नि, कि लियौ ?’ मुस्कुराउँदै उनले सोधे ।
मैले पनि मुस्कुराए र इन्कारमा टाउको हल्लाएँ ।
‘अध्यक्ष,’ ‘अघि आएका मानिसहरु को थिए ?’
‘उनीहरु मियाओ कमरेडहरु हुन् !’ अत्यन्तै हर्षित स्वरमा उनले भने ।
‘मियाओहरुसँग पनि राइफल छन् ?’ म जान्न उत्सुक थिएँ ।
अध्यक्षले मलाई हेर्नुभयो । ‘उनीहरु मियाओ गुरिल्ला हुन् – हाम्रा कमरेड !’ उनले भने ।
‘हाम्रा कमरेडहरु सर्वत्र छन् र सबैतिर कम्युनिष्टहरु छन् !’ माओका आँखाहरु चम्किए । ‘के तिमी क्रान्तिमा हाम्रो एकाधिकार छ भन्ने ठान्छौ ?’ उनले ठट्टापूर्वक भने ।
‘मियाओ जनताका बीच पनि हाम्रा कमरेडहरु छन् ?’ म आश्चर्यचकित बनें ।
‘ हाम्रा कमरेडहरु सर्वत्र छन् र सबैतिर कम्युनिष्टहरु छन् !’ उनका आँखाहरु चम्किए । ‘के तिमी क्रान्तिमा हाम्रो एकाधिकार छ भन्ने ठान्छौ ?’ उनले ठट्टापूर्वक भने ।
म मुस्कुराएँ ।
त्यही बेलुका हामीले हाम्रो यात्रालाई पुनः थाल्यौं । मैले ऊ चि–चिङलाई गोप्य रुपमा बताएँ, ‘तिमीलाई थाहा छ, मियाओवासीका बीच पनि कम्युनिष्ट र गुरिल्लाहरु – हाम्रा कमरेडहरु छन् ?’
‘साँच्चै नै ?’ ऊले विश्वास नै गर्न सकेनन् ।
प्रस्तुति: चन्द्र खाकी
छन छाङ–फङको संस्मरणात्मक कृति 'लामो अभियानमा अध्यक्ष माओका साथ' (On the Long March with Chairman Mao) बाट अनुदित । Title Photo: https://i.pinimg.com
प्रतिक्रिया