जिससको पुनरागमन

आफ्नो मृत्युको १८०० वर्षपछि जिसस क्राइस्टको मनमा एउटा विचार आयो कि एक पटक धर्तीमा गएर उनका श्रद्धालुहरुले उनलाई अहिले कुन रुपमा हेर्छन् भनेर बुझ्नु पर्यो । जिसस फेरि धर्तीमा फर्के।

बिहानको प्रार्थनापछि श्रद्धालुहरु चर्चबाट फर्किरहेका थिए। एउटा रुखमुनि जिसस क्राइस्ट उभिइराखेको देखेर छक्क परे। गाउँलेहरु जिससको छेउमा पुगे र सोधे- तपाईं को हुनुहुन्छ हजुर ? जिसस बनेर यहाँ किन उभिइराख्नु भएको छ ?

जिससले जवाफ दिए- म जिसस नै हुँ !

उनको जवाफ सुनेर श्रद्धालुहरु हाँस्न थाले। उनीहरुले हाँस्दै भने- यहा बाट भागिहाल। हाम्रो चर्चको पादरी आउन लागेका छन्। अब तिम्रो खैरियत छैन।

जिससले भने- पादरी तिमीहरुको हो कि मेरो ? मलाई चिन। म त्यही हुँ जसको प्रार्थना गरेर तिमीहरुले अहिले चर्चबाट फर्किदैछौ।

श्रद्धालुहरु- ठिकै छ, ऊ हेर हाम्रो पादरी आउँदैछन्।

त्यति बेलै एकजना पादरी आए र सोधे- यो बहुरुपिया को हो ?

पादरीको आदेशमा जिससलाई जेलको एउटा अध्यारो कोठामा थुनियो। रात परेपछि पादरी आए र जिससको खुट्टा छोएर भन्न थाले-  प्रभु मैले तपाईंलाई चिनिसकेको थिएँ। तर तपाईं फेरि धर्तीमा बस्न थाल्नु भयो भने पहिला जस्तै गडबड हुन थाल्छ। जसका कारण हामीले फेरि त्यही कुरा दोहर्याउनु पर्नेछ, जुन हामीले अठाह्र सय वर्ष अगाडि गरेका थियौं !