पहिचानवादी दृष्टिकोणमा इसाई साम्राज्यवाद-मुर्दावाद!
प्रथम संविधानसभा, राज्यको पुन:संरचना तथा शक्ति बाँडफाँड समितिको सर्वसम्मत प्रतिवेदनले भनेको छ, पहिचानका निम्न पाँच सैद्धान्तिक आधारमा राज्यको पुन:संरचना गरियोस्:
१. जातीय पहिचानको आधार,
२. भाषिक पहिचानको आधार,
३. साँस्कृतिक पहिचानको आधार,
४. ऐतिहासिक पहिचानको आधार र
५. भौगोलिक पहिचानको आधार।
संविधानसभा राज्य पुन:संरचना समितिमा निम्न दलका ४३ जना सभासदहरु थिए:
१. तत्कालीन नेकपा (माओवादी),
२. नेपाली कांग्रेस,
३. नेकपा (एमाले)
४. मधेसी जनअधिकार फोरम,
५. तमलोपा,
६. नेमकिपा,
७. नेकपा (संयुक्त),
८. नेपा: पार्टी र
९. नेकपा (माले)।
जसले, पहिचानको उपर्युक्त पाँच सैद्वान्तिक आधार निर्माण गरे। अन्तिम समयतिर, खासगरी स्वायत्त राज्यहरुको संख्या र नाममा कांग्रेस-एमालेहरुले बाहुनवाद प्रदर्शन गरेका कारण पहिचानमा आधारित संघीयता बन्न नदिइएको भए पनि राज्य पुन:संरचनाको उपर्युक्त पाँच सैद्वान्तिक आधार निर्माणमा भने सर्वसम्मति थियो।
नेपाली राजनीतिमा पहिचान मुद्दा भन्नासाथ त्यो राज्य पुनसंरचनाको पाँच सैद्धान्तिक आधार भनेर बुझ्ने गरिएको छ र बुझ्नु पर्दछ।
परन्तु, उत्पीडित समुदाय विरोधी एमाले-कांग्रेस तथा पछिल्लो समय पहिचान मुद्दा त्यागेर भाग्ने प्रचन्ड माओवादीको बेइमानीका कारण पहिचानको पाँच आधारमा राज्य पुन:संरचना कार्य विलम्ब बनिरहेको छ।
बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधताको नेपालमा संघीय संरचना कार्यान्वयनका लागि राज्य पुन:संरचनाको सैद्वान्तिक आधार यो नै वस्तुसंगत थियो। जसलाई, सरकारद्वारा गठित राज्य पुन:संरचना आयोगले पनि अघि बढाएको हो।
यसरी नेपाली राजनीतिमा पहिचान मुद्दा भन्नासाथ त्यो राज्य पुनसंरचनाको पाँच सैद्धान्तिक आधार भनेर बुझ्ने गरिएको छ र बुझ्नु पर्दछ।
परन्तु, उत्पीडित समुदाय विरोधी एमाले-कांग्रेस तथा पछिल्लो समय पहिचान मुद्दा त्यागेर भाग्ने प्रचन्ड माओवादीको बेइमानीका कारण पहिचानको पाँच आधारमा राज्य पुन:संरचना कार्य विलम्ब बनिरहेको छ। जसको परिणाम मधेश बाहेकका प्रदेशहरुको नाममा मण्डलेकरण मात्र भइरहेको छ। त्यस विरुद्व आदिवासी तथा प्रगतिशीलहरु संघर्षको मैदानमा छन। जसलाई, अर्थात पहिचानवादी आन्दोलनलाई इसाई साम्राज्यवादसंग जोडेर दुस्प्रचार गर्ने उत्पीडनकारी शासकहरुको प्रतिरोधमा यो आलेख प्रस्तुत छ।
हिन्दू सामन्तवादको विकल्प इसाई साम्राज्यवाद हुन सक्दैन
चीनका लागि तत्कालीन नेपाली राजदूत टंक कार्कीले एक सन्दर्भमा भनेका छन्, नेपाली समाजमा इसाई फैल्याउने कर्तुत हिन्दू शासकहरुले नै गरेका हुन्। राज्यले हिन्दू बराबर बौद्वमार्गीलाई पनि प्रोत्साहन गरेका भए, हिन्दूको विकल्प बौद्ध बन्न पुग्दा यहाँ इसाई फैलने कुरै थिएन।
पूर्व राजदूत कार्कीको टिप्पणीमा सतप्रतिशत समर्थन गर्नु पर्दछ। नेपाललाई असली हिन्दुस्तान बनाउने राजनीतिक कार्यदिशा लिएका पृथ्वीनारायण शाहको पदचाप पछ्याउँदै राणा जंगबहादुरले मुलुकी ऐनद्वारा कठोर जातव्यवस्था लागू गरे। हाल आदिवासी पहिचानका समुदायलाई "मासिने मतवाली" करार गरे। यद्यपि, जनजाति आदिवासीलाई मास्ने तागत भने तीसंग थिएन र आज करोड बढि जनसंख्याका आदिवासीहरु आफ्नो राजकीय पहिचान खातिर संघर्षरत छन्।
आदिवासी तथा प्रगतिशीलहरु, जो पहिचानवादी आन्दोलनमा अग्रसर छन्, उनीहरुको परम्परागत शत्रु सामन्तवाद हो भने दोस्रो, छिमेकी भारतसंगको सन्दर्भमा हिन्दू सामन्तवाद वस्तुत: भारतीय हिन्दू साम्राज्यवाद बन्न पुग्दछ। अत: पुँजीवादी गणतन्त्रसम्म उठेको नेपाली राजनीतिमा पहिचानवादी आन्दोलनले सबै खाले सामन्ती अवशेषका विरुद्व आफ्नो संघर्ष केन्द्रित गर्नु पर्दछ।
पृथ्वीनारायण शाहको उक्त कार्यदिशा हिन्दू सामन्तवादका निमित्त थियो। जसलाई, महेन्द्र शाहले हिन्दू राज्य घोषणासम्म पुर्याए। आज यहाँ जत्ति पनि पहिचान विरोधी दल र त्यसका नेताहरु छन्, ती हिन्दू सामन्ती अभिष्ट बोकेर हिंडेका प्रतिकृयावादी तत्त्वहरु हुन्। तसर्थ पहिलो कुरा, आदिवासी तथा प्रगतिशीलहरु, जो पहिचानवादी आन्दोलनमा अग्रसर छन्, उनीहरुको परम्परागत शत्रु सामन्तवाद हो भने दोस्रो, छिमेकी भारतसंगको सन्दर्भमा हिन्दू सामन्तवाद वस्तुत: भारतीय हिन्दू साम्राज्यवाद बन्न पुग्दछ। अत: पुँजीवादी गणतन्त्रसम्म उठेको नेपाली राजनीतिमा पहिचानवादी आन्दोलनले सबै खाले सामन्ती अवशेषका विरुद्व आफ्नो संघर्ष केन्द्रित गर्नु पर्दछ।
परन्तु, कुनै पनि अर्थमा हिन्दू सामन्तवादको विकल्प इसाई साम्राज्यवाद हुन सक्दैन। त्यसतर्फको झिनो सोंच मात्रले पनि "तावाबाट उफ्रेको माछालाई भुङग्रोमा" झोस्दछ। पूर्वमा पहिचान आन्दोलन जसरी उठिरहेको छ, त्यसका अगुवाहरु कसैलाई पनि गल्ती दोहर्याउने छुट इतिहासले दिंदैन।
इसाई साम्राज्यवाद-मुर्दाबाद!
हामीले भनिसकेका छौं, सहअस्तित्वमा बाँच्न इच्छुक इसाईहरुले जनजाति आदिवासीको साँस्कृतिक परम्परामाथि जुन शैतानी आक्रमण गर्दै आएका छन्, त्यो अविलम्ब बन्द गरियोस् र पश्चिमा साम्राज्यवाद विरुद्व दृढ्तापूर्वक उभिने सार्वजानिक प्रतिबद्वता गरियोस्। अन्यथा पहिचानवादीले इसाई साम्राज्यवाद विरुद्वको लडाइँमा प्रगतिशील हिन्दूहरुसंग एकता गर्नु पर्ने हुन सक्दछ। प्रगतिशील हिन्दू त्यो हो, जो धर्मनिरपेक्षतालाई संस्थागत गर्न अग्रसर छन् र जातीय, भाषिक, साँस्कृतिक समता अख्तियार गर्दछन् अथवा जातव्यवस्था विरुद्व अविराम संघर्ष गर्दछन्।
कतिपय इसाई मित्रहरुको चित्त दु:खाइको सन्दर्भमा के प्रतिप्रश्न गर्न सकिन्छ भने आफ्नो पूर्खाको साँस्कृतिक परम्परा त्यागेर तपाईं किन साम्राज्यवादी कित्तामा लाग्नु भयो? जुन थालमा खायो, त्यही थालमा फोहर पार्ने हर्कत किन गर्दै हुनुहुन्छ? बाघको सन्तानले भेडा बनेर किन भ्या-भ्या गर्दै हुनुहुन्छ? त्यो तपाईं र तपाईं जस्ता आत्माबेचुवाहरुको समस्या हो न कि पहिचान आन्दोलनको।
यसरी साँस्कृतिक सामन्तवाद र साम्राज्यवाद विरुद्व देशभक्तिपूर्ण राष्ट्रिय प्रतिरोध आन्दोलन सुदृढ गर्न सकिन्छ। जसले, पहिचानसहित समाजवादी आन्दोलनको झण्डालाई चोमोलुङमाको शिखरमा उठाउने निश्चित छ।
कतिपय इसाई मित्रहरुको चित्त दु:खाइको सन्दर्भमा के प्रतिप्रश्न गर्न सकिन्छ भने आफ्नो पूर्खाको साँस्कृतिक परम्परा त्यागेर तपाईं किन साम्राज्यवादी कित्तामा लाग्नु भयो? जुन थालमा खायो, त्यही थालमा फोहर पार्ने हर्कत किन गर्दै हुनुहुन्छ? बाघको सन्तानले भेडा बनेर किन भ्या-भ्या गर्दै हुनुहुन्छ? त्यो तपाईं र तपाईं जस्ता आत्माबेचुवाहरुको समस्या हो न कि पहिचान आन्दोलनको। अत: सचेत आग्रह छ कि हठात गल्ती स्वीकार गर्दै तपाईंहरु तुरुन्त आफ्नो साँस्कृतिक घरमा फर्कनु होस्। अन्यथा हेक्का रहोस्, हिन्दू सामन्तवादको तावाबाट उफ्रेर इसाई साम्राज्यवादको भुङग्रोमा हाम्फाल्ने तपाइँको महामूर्खताको सिकार तपाईं मात्र होइन, समुदाय र देश नै बन्दैछ।
यो आवाज खासगरी किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज जस्ता आदिवासी संस्थाहरुले बुलन्द गरेको हुनुपर्छ। र, आफ्ना समुदायको घरघरमा साँस्कृतिक पुनर्जागरण गर्नुपर्छ। अन्यथा दु:खको कुरा कि ती संस्थाहरुको औचित्यमाथि प्रश्न स्वत: खडा हुँदैछ, प्रश्न विस्तार हुँदैछ।
अन्त्यमा, प्रगतिशील हिन्दूसंग एकताको अर्थ साम्राज्यवादभन्दा सामन्तवाद सानो हुने गर्छ। लडाइँको सिद्वान्तले भन्छ, ठूलो शत्रुका विरुद्व लड्न सानो शत्रुसंग एकता गर्नुपर्ने हुन्छ। फेरि प्रगतिशीलसंग एकता हो न कि प्रतिकृयावादी। जारी पहिचान आन्दोलनको वैज्ञानिक दृष्टिकोण यही हो।
प्रतिक्रिया