विश्व बदल्ने अभियानका साथ चीन हाँकिरहेका सी जिनपिङका पठनशोखको  अद्भूत संसार !

सी भन्छन्– हरेक युगका आफ्ना नायकहरु हुन्छन् ! रबिन्द्रनाथ टैगोरका दार्शनिक ज्ञानले भरिएका सुन्दर पंक्तिहरुले मलाई धेरै प्रेरणा दिएको छ !

पुस्तकले मानवीय ज्ञान र बुद्धिमत्तालाई बोकिरहेका हुन्छन् र ती मानव प्रगतिका लागि अत्यन्तै महत्त्वपूर्ण हुने गर्छन् ।

सी जिनपिङ

संसार बदल्नका लागि ज्ञान, बुद्धि, विवेक र मानव विकासका क्रममा प्राप्त सफलता र असफलताका कुराहरुलाई बुझ्न र आत्मसात गर्नु जरुरी हुन्छ । कोरा गफ र प्रशंसकहरुको चाटुकारिताले त्यो प्राप्त हुन सक्दैन । त्यसलाई हासिल गर्नका लागि सबैभन्दा जरुरी कुरा अध्ययन, अध्ययन र फेरि पनि अध्ययन नै हो । मानव विकास क्रममा हासिल ज्ञान, बुद्धि र विवेकलाई तत्कालीन समयका उन्नत मस्तिष्कहरुले संश्लेषण गरेर पुस्तकहरुमा संग्रहित गरेर राखिदिएका हुन्छन् ताकि आउने पुस्ताले त्यसबाट सिकुन् र मानव सभ्यताको प्रगतिपथमा थप योगदान गर्न सकुन् । विगतबाट सिक्ने र भविष्यमा नयाँ मार्ग कोर्ने काममा अध्ययनले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने कुरा निर्विवाद छ । यस अर्थमा कुनै पनि राष्ट्रको उत्थान र पतन लागि त्यसलाई हाँक्ने नेतृत्वको अध्ययनशीलता र उनमा निहीत पठन संस्कृतिले धेरै फरक पार्न सक्छ । यसको एउटा जल्दोबल्दो उदाहरण हुन्– चिनियाँ राष्ट्रपनि सी जिनपिङ, जसको कुशल नेतृत्वमा यतिखेर चीन विश्वकै नम्बर एक बन्ने दौडमा सफलतापूर्वक अघि बढिरहेको छ ।

चीनका राष्ट्रपति सी जिनपिङ जनवादी गणतन्त्र चीनको इतिहासमा संस्थापक नेता माओ त्से तुङ्गपछिका सबै भन्दा शक्तिशाली नेता मानिन्छन्।  सीको नेतृत्वमा चीन अहिले देङ सियाओपिङको पालाको 'सौम्य विदेशनीति'लाई परित्याग गरेर महाशक्ति बन्ने होडमा लागेको छ। त्यस्तै, उनको अति महत्वाकांक्षी बेल्ट एंड रोड कार्यक्रमले ठूलै तरङ्ग ल्याएको छ । त्यसले विश्व व्यवस्थाको संरचनामा आमुल परिवर्तन गर्ने चर्चा चल्ने गरेको छ ।

राष्ट्रपति सी जिनपिङको व्यक्तित्व विकासमा उनको अध्ययनशिलताको धेरै ठुलो प्रभाव देख्न सकिन्छ। एक पटक सीले भनेका थिए- मेरा थुप्रै शोखहरु छन्। तीमध्ये सबै भन्दा प्रिय शोख अध्ययन गर्नु हो।

१५ र्षीय सी जिनपिङलाई उत्तरी चीनको सान्सी प्रान्तको लियांगजेहा गाउँमा पठाइएको थियो। सी जिनपिङ  किताबले भरिएको भारी सुटकेसका साथ त्यो गाउमा पुगे। त्यस बेला उनले थुप्रै किताबहरु पढे। सीले भनेका छन्- त्यसबेला त्यहाँ पढ्ने सारै राम्रो माहोल थियो। साथीहरुसंग किताबहरु साटेर पढ्ने गरिन्थ्यो'

राष्ट्रपति  सी जिनपिङमा गम्भीर अध्ययनको शोख किशोर अवस्थादेखि नै सुरु भएको हो। साठीको दशकको उत्तरार्धमा चीनमा अध्यक्ष माओ त्से तुङ्गले साँस्कृतिक क्रान्ति सुरु गरेका थिए। सो क्रान्तिले चीनमा ठूलो उथलपुथल ल्याएको थियो। सी जिनपिङ चीनिया कम्युनिस्ट पार्टीका उच्चपदस्थ नेता सी झोंगसुनका छोरा थिए। संस्कृतिक क्रान्तिको बेला युवा र विद्यार्थीहरुलाई किसानहरु बाट पुन शिक्षित ग्रामिण क्षेत्र पठाउन थालियो। यसै क्रममा १५ वर्षीय सी जिनपिङलाई उत्तरी चीनको सान्सी प्रान्तको लियांगजेहा गाउमा पठाइएको थियो। सी जिनपिङ  किताबले भरिएको भारी सुटकेसका साथ त्यो गाउँमा पुगे। त्यस बेला उनले थुप्रै किताबहरु पढे। सीले भनेका छन्- त्यसबेला त्यहाँ पढ्ने सारै राम्रो माहोल थियो। साथीहरुसंग किताबहरु साटेर पढ्ने गरिन्थ्यो।' त्यस बेला उनले भेटेसम्म सबै उत्कृस्ट साहित्यहरुको अध्ययन गरे। एक पटक अर्को गाउँमा रहेको एउटा साथीसंग जर्मन लेखक गेटेको 'फाउस्ट' रहेको थाह पाएपछि सीले १५  किलोमिटर हिँडेर सो किताब माग्न त्यहाँ पुगेका थिए। सो किताब लिन जाँदा र आउँदा उनले  ३० किलोमिटर हिँड्नु परेको थियो। केही बर्ष अगाडी जर्मनी भ्रमणको क्रममा राष्ट्रपति  सीले जर्मन चान्सलर एन्जेला मर्केलसंग सो किताब 'फाउस्ट'को बारेमा चर्चा गरेका थिए। उनले यो किताब बुझ्न आफूलाई धेरै गाह्रो परेको बताएका थिए। जर्मनी नेताले जवाफ दिए- 'तपाईंलाई मात्र होइन, जर्मनहरुलाई नै पनि बुझ्न गाह्रो किता हो यो । धेरै जर्मनहरुले समेत फाउस्टलाई पुरै बुझ्न सकेका छैनन्। '

मिखाइल लेमोर्न्तोभको उपन्यास हाम्रो जमानाको चरित्र नायकको बारेमा उनले टिप्पणी गरेका छन्-  'हरेक युगका आफ्ना नायकहरु हुन्छन्। लियांगजेह गाउँमा यो किताब पढिहँदा म मा यो खालको भावना प्रवल थियो।'

सी जिनपिङलाई सबै भन्दा ठुलो प्रभाव रुसी साहित्यले पारेको देख्न सकिन्छ। उनले प्रशस्त मात्रामा रुसी साहित्यको अध्ययन गरेका छन्। मिखाइल लेमोर्न्तोभको हाम्रो जमानाका चरित्र नायक, लेभ तोल्स्तोयको युद्ध र शान्ति, मिखाइल शोलोखोबको शान्त दोन र निकोलाई अस्त्रोभोसकीको अग्निदिक्षा उनका प्रिय पुस्तकहरु हुन। मिखाइल लेमोर्न्तोभको उपन्यास हाम्रो जमानाको चरित्र नायकको बारेमा उनले टिप्पणी गरेका छन्-  'हरेक युगका आफ्ना नायकहरु हुन्छन्। लियांगजेह गाउँमा यो किताब पढिरहँदा म मा यो खालको भावना प्रवल थियो।'

मिखाइल शोलोखोवको शान्त दोनको बारेमा सीले भनेका छन्- 'यो किताबमा समय मानव चरित्रको रुपान्तरणको बारेमा धेरै गहिरो चित्रण गरिएको छ। त्यस्तै अर्का रुसी लेखक निकोलाई चेर्नीशेव्स्कीको उपन्यास के गर्ने? ले उनको जीवनमा गहिरो प्रभाव पारेको थियो। के गर्ने? उपन्यासको मुख्य पात्रले अत्यन्त आत्मअनुशासनको जीवन बिताउँछ। उसले आफ्नो इच्छा शक्ति बढाउन फलामका किलाकाँटीको ओछ्यानमा सुत्छ। यसैको सिको गरेर सी जिनपिङ र उनका साथीहरु खाटमा डसना बेगर सुत्न थाल्छन्, हिउँ र पानी परेको बेला बाहिर हिँड्न थाल्छन् र चिसो पानीले नुहाउन थाल्छन्। रुसी साहित्यको विश्लेषण गर्दै सिले भनेका छन्- 'फ़्योदोर दोस्तोयेव्स्की सबैभन्दा गहन रुसी साहित्यकार हुन् भने टल्सटय सबैभन्दा विशद। दुई यी दुई जनामा तुलना गर्दा म टल्सटयलाई बढी रुचाउँछु ।'

सी जिनपिङ अमेरिकी साहित्यका पनि ठुला प्रसंशक हुन्। वाल्ट ह्वाइटम्यानको लिफ अफ ग्रास र मार्क ट्वेनको हकलबेरी फिन जस्ता पुस्तकहरु उनले मन पराउँछन्। तर सीका सबै भन्दा प्रिय अमेरिकी लेखकहरु भने ज्याक लन्डन र अर्नेस्ट हेमिंग्वे हुन्। ज्याक लन्डनको दि सि वुल्फ़ उनको प्रिय पुस्तक हो। ज्याक लन्डन लेनिनका पनि मनपर्ने लेखक थिए। उनको लभ अफ लाइफ भन्ने कथा लेनिनले अति मन पराउथे। त्यस्तै अर्नेस्ट हेमिंग्वेको ओल्ड म्यान एंड सी ले राष्ट्रपति सी जिनपिङलाई अत्याधिक रुपमा प्रभावित परेको छ। त्यो उपन्यासभित्र रहेको आँधी तुफान, सानो डुंगा, माझी र शार्कको जीवन्त वर्णनले उनलाई धेरै प्रभावित पारेको थियो। सीले यो पुस्तक बारे टिप्पणी गर्दै भनेका छन्- 'ओल्ड म्यान एंड सी मा वर्णन गरिएको साहस अमर छ।'  सी जिनपिङ ले हरेक पटक क्युबाको भ्रमण गर्दा अर्नेस्ट हेमिंग्वेले सो उपन्यास लेख्न बसेको होटेल, घर आदि स्थानको भ्रमण गर्ने गर्छन्।

https://upload.wikimedia.org/

रुसी लेखक निकोलाई चेर्नीशेव्स्कीको उपन्यास के गर्ने? ले उनको जीवनमा गहिरो प्रभाव पारेको थियो। के गर्ने? उपन्यासको मुख्य पात्रले अत्यन्त आत्मअनुशासनको जीवन बिताउँछ। उसले आफ्नो इच्छा शक्ति बढाउन फलामका किलाकाँटीको ओछ्यानमा सुत्छ। यसैको सिको गरेर सी जिनपिङ र उनका साथीहरु खाटमा डसना बेगर सुत्न थाल्छन्, हिउँ र पानी परेको बेला बाहिर हिँड्न थाल्छन् र चिसो पानीले नुहाउन थाल्छन्।

सी जिनपिङ फ्रान्सको साहित्य, इतिहास, कला र दर्शनशास्त्र बाट पनि उत्तिनै प्रभावित छन्। गुस्ताव फ्लोवेरको म्याडम बोवारी, भिक्टर ह्युगोको ले मिजरेबल्सहन्च ब्याक अफ नोट्र डेम जस्ता पुस्तकहरु उनका अध्ययन सूचीमा रहेका छन्। तर तीमध्येमा पनि भिक्टर ह्युगोको ले मिजरेबल्स ले सी जिनपिङमा सबैभन्दा अमीट छाप छोडेको थियो। उनले यो उपन्यास बारे टिप्पणी गर्दै एक पटक भनेका थिए- 'बिशप मेरियलले जाँ भालेजलाई सहयोग गरेको र उनको जीवनमा परिवर्तन ल्याएको प्रसंग अति नै मार्मिक छ। महान कृतिहरुमा पाठकलाई प्रभावित पार्न सक्ने ठुलो शक्ति हुन्छ।' फ्रेन्च साहित्यकारहरुको तुलना गर्दै सीले भनेका थिए- 'स्टेनदालको दि रेड एंड दि ब्ल्याक धेरै प्रभावशाली छ। तर संसारको वर्णन गर्ने मामिलामा मोपासा र वाल्जाक अदितीय छन्। उदाहरणको लागी बाल्जाकको ह्युमन कमेडी लाई लिन सकिन्छ।'

फ्रेन्च साहित्यकारहरुको तुलना गर्दै सीले भनेका थिए- 'स्टेनदालको दि रेड एंड दि ब्ल्याक धेरै प्रभावशाली छ। तर संसारको र्णन गर्ने मामिलामा मोपासा र वाल्जाक अदितीय छन्। उदाहरणको लागी बाल्जाकको ह्युमन कमेडी लाई लिन सकिन्छ।'

सी जिनपिङ बेलायती साहित्यको पनि उत्तिकै प्रसंशक रहेका छन्। उनी शेक्सपियरका नाटकहरुका प्रशंसक हुन्। उनले रोमियो र जुलियट, ओथेलो, म्याक्बेथ र राजा लियर जस्ता नाटकहरुको अध्ययन गरेको बताएका छन्। सी जिनपिङका अनुसार उनी यी नाटकहरुका रोचक कथावस्तु, जीवन्त चरित्र र संवेदनशील भावनाले तानिएका थिए।

राष्ट्रपति  सी जिनपिङले भारतीय लेखक रविन्द्रनाथ टैगोरलाई पनि मन पराउँछन्। सीका अनुसार उनले टैगोरका गितान्जली, स्त्री बिर्द, माली निन्दिया चोर जस्ता कृतिहरु पढेका छन्। एक पटक उनले माथि उल्लेखित पुस्तकहरु मध्ये केहीका पंक्तिहरु सुनाउदै भनेका थिए- दार्शनिक ज्ञानले भरिएका यी सुन्दर पंक्तिहरुले मलाई धेरै प्रेरणा दिएको छ।

राष्ट्रपति  सी जिनपिङले भारतीय लेखक रबिन्द्रनाथ टैगोरलाई पनि मन पराउँछन्। सीका अनुसार उनले टेगोरका गितान्जली, स्त्री बिर्द, माली निन्दिया चोर जस्ता कृतिहरु पढेका छन्।

सी जिनपिङ ले चीनका पुराना इतिहास र शास्त्रीय रचनाहरुको गहन अध्ययन गरेका छन्। उनले चीनका दार्सनिकहरु कन्फ्युसियसका पुस्तकहरु जस्तै ग्रेट लर्निङ्ग   एनालेक्ट्स हरुको गहन अध्ययन गरेका छन्। त्यस्तै उनले मेनसियसका शास्त्रीय पुस्तकहरु समेत अध्ययन गरेका छन्। यी पुस्तकहरु आजभन्दा करिव २००० वर्ष अगाडि लेखिएका हुन्। यी पुस्तकहरुलाई पढ्न र बुझ्नको लागि प्राचीन चिनियाँ भाषाको जान्नु जरुरी हुन्छ।

राष्ट्रपति  सी जिनपिङ ले मार्क्सवादी साहित्यहरुको पनि प्रशस्त मात्रमा अध्ययन गरेको पाइन्छ। उनको अध्ययन सूचीमा मार्क्स, एंगेल्स, लेनिन र माओका रचनाहरु रहेको पाइन्छ।  तीमध्ये उनले कम्युनिस्ट पार्टीको घोषणापत्रलाई बढी मात्रामा प्राथमिकता दिएका छन्। सीका अनुसार 'कम्युनिस्ट पार्टीको घोषणापत्र सिद्धान्तको खजाना हो।  । यसको पटक पटकको गहन अध्ययनबाट हामीले निरन्तररुपमा आत्मिक पोषण प्राप्त प्राप्त गर्न सक्छौं।'

सी जिनपिङले कम्युनिस्ट पार्टीको घोषणापत्रलाई बढी मात्रामा प्राथमिकता दिएका छन्। सीका अनुसार 'कम्युनिस्ट पार्टीको घोषणापत्र सिद्धान्तको खजाना हो।  । यसको पटक पटकको गहन अध्ययनबाट हामीले निरन्तररुपमा आत्मिक पोषण प्राप्त प्राप्त गर्न सक्छौं'

https://qz.com/

राष्ट्रपति  सी जिनपिङले कस्ता पुस्तकहरु मन पराउँछन् र कस्ता किताबहरु पढिरहेका छन् भन्नेबारे चीनमा व्यापकरुपमा चासो र जिज्ञासा हुने गर्छ। यसको जानकारी  उनले गर्ने भाषण र रिपोर्टको क्रममा बेला बखत उधृत गर्ने पुस्तक र लेखकका नामहरुबाट प्राप्त हुने गर्छ। त्यस्तै उनले बेला बेलामा टेलिभिजनमार्फत् रास्ट्रका नाममा गर्ने सम्बोधनका क्रममा उनको पछाडि रहेको किताबको दराजले पनि चीनियाँ जनताको ध्यान आकर्षित गर्ने गरेको देखिन्छ। यस दराजमा के कस्ता किताबहरु राखिएका छन् भनेर उनीहरुले त्यसबेला थाहा पाउने कोशिस गर्ने गर्छन्।

तलका पुस्तक सूची चीनिया कम्युनिस्ट पार्टीको मुखपत्र पिपल्स डेलीले तयार पारेको हो। विगतमा राष्ट्रपति सी जिनपिङले आफ्ना सम्बोधन, रिपोर्टमा उधृत गरेका किताबहरुको आधारमा यो पुस्तक सुची तयार गरिएको हो।

सी जिनपिङ ले मनपराएका पुस्तकहरुको सूची

मार्क्सवादी-लेनिनवादी पुस्तकहरु

१ . कम्युनिस्ट पार्टीको घोषणापत्र - मार्क्स एंगेल्स

२. साम्राज्यवाद पुँजीवादको चरम अवस्था- लेनिन

३. पूँजी- मार्क्स

४. १८४४ को आर्थिक र दार्शनिक पाण्डुलिपि- मार्क्स

५. एन्टी ड्युरिंग - एङ्गेल्स

६. राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदान- मार्क्स

७. गोथा कार्यक्रमको आलोचना- मार्क्स

८. म्याटेरलिजम एण्ड इम्पिरियो-क्रिटिसिजम- लेनिन

९. माओ त्से तुङ्गका छानिएका रचनाहरु

दर्शनशास्त्र र कानुन

१. दि ओरिजिन एंड गोल अफ हिस्ट्री- कार्ल ज्यासपर

२. रिपब्लिक - प्लेटो

३. वन-डायमेंशनल म्यान- हर्बर्ट मार्कुस

४. वर्ल्ड अडर- हेनेरी किसिन्जर

५. सोसल कन्ट्रयाक्ट- रुसो

६. युटोपिया - थोमस मुर्

७. दि सिटी अफ द सन - टोमासो क्यामपेनेला

८. टु ट्रीटाइजेज अन गवर्मेंट- जन लक

९. एलिमेंट्स अफ फिलोसोफी अफ राइट - हेगेल

१०. दि स्पिरिट अफ ल - मन्टेस्क्यु

क्लासिक्स चीनिया पुस्तकहरु

१. ग्रेट लर्निङ्ग- कन्फ्युसियस

२. दि स्प्रिंग एंड अटम एनाल्स

३. दि बुक अफ संग्स

४. दि बुक अफ राइट्स

५. दि गुआनजी- गुआन जोङ्ग

६. एनालेक्ट्स अफ कन्फ्युसियस

८. मेनसियस

९. सुनजी - सुन क्वांग

१०. झू झूवान - झू कुइमिङ्ग

११. संसारलाई ज्ञान दिने कथाहरु- फेंग मेङ्गलोङ्ग

१२. संसारलाई सचेत गराउने कथाहरु-  फेंग मेङ्गलोङ्ग

१२. संसारलाई जगाउने कथाहरु - फेंग मेङ्गलोङ्ग

इतिहास

१. सेलेक्सन फ्रम दि रेकर्ड्स अफ हिस्टोरियन- सिमा क्यान

२. क्रोनिकल्स अफ हान डायनेस्टी - बान गु

३. युरोपको आधुनिक इतिहास- थोमस हेनेरी डायर

अर्थशास्त्र

१. क्यापिटालिजम एंड फ्रिडम- मिल्टन फ्रिडम्यान

२. वेल्थ अन नेसन- एडम स्मिथ

३.  एसे अन दि प्रिंसिपल ऑफ पॉपुलेशन

४. दि जनरल थ्योरी अफ एम्प्लयमेन्ट, इन्ट्रेस्ट एंड मनी- किन्स

६. थेउरी अफ इकोनोमिक डेभलपमेन्ट- जोसेफ सुम्पिटर

७. इकोनोमिक ग्रोथ अफ नेसन्स- सिमोन कुजनेट्स

चीनियाँ समकालीन साहित्य

१. अर्डिनरी वर्ल्ड -ल्यु याओ

२. प्लट अगेन्स्ट - माई जिया

३. दि मेसेज -  माई जिया

बिदेशी क्लासिक्स

१. अग्नि दिक्षा - निकोलाई आस्त्रोवस्की

२. हाम्रो जमानाका चरित्र नायक - मिखाइल लेमोर्न्तोभ

३. शान्त दोन- मिखाइल शोलोखोभ

४. युद्ध र शान्ति - लेभ तोल्स्तोय

शेक्सपियरका नाटकहरु

१. म्याक्बेथ

२. ओथेलो

३. राजा लियर

४. रोमियो र जुलियट

५. बार्हौ रात

६. ए मिडसमर नाइट्स ड्रीम

अन्य

१. फाउस्ट- गोथे

२. दि सि वुल्फ़- ज्याक लन्डन

३. नाइन्टी थ्री - भिक्टर ह्युगो

४. ओलिभर टुइस्ट - चार्ल्स डिकेन्स

५. बूढो मान्छे र समुद्र - अर्नेस्ट हेमिंग्वे

६.  ले मिजरेबल्स- भिक्टर ह्युगो

७. टेल्स अफ टु सिटिज- चार्ल्स डिकेन्स

८. दि कल अफ दि वाइल्ड - ज्याक लन्डन

९. दि फेडरलिस्ट पेपर - अलेक्जेन्डर ह्यामिल्टन, जेम्स म्याडिसन र जोहन जे

सन्दर्भ सामग्री

www.globaltimes.cnwww.globaltimes.cnwww.scmp.comhttps://english.news.cn,

Title Photo: https://cdn-live.foreignaffairs.com