मान्छे कसरी बढ्छ? निश्चित समयपछि बढ्न किन रोकिन्छ ?
जन्मँदा सानो बच्चा बढ्दै जाँदा लक्का जवान बन्छ । ठूलो मान्छे बन्छ । यदि बढाइको यो क्रम नरोकिइकन बढ्दै जाने हो भने, ४०–५० वर्षको उमेरमा पुग्दा ऊ १०–१२ फिटको हुने हुन्छ ! तर त्यसो हुँदैन । करीब २०–२२ वर्षको उमेर आइपुगेपछि मान्छेको बढ्ने क्रम रोकिन जान्छ । आखिर यस्तो किन हुन्छ ?
प्रत्येक जीवित कुरा बढ्छ ?
जीवित कुराहरु बढ्ने गर्छन् । प्रत्येक जीवित वस्तु आफ्नो आकार प्रकार र बनावट अनि उनीहरुले गर्ने क्रियाकलापको आधारमा बढ्ने गर्छ ।
बढ्ने यो क्रम पनि भिन्नाभिन्नै प्राणी एवं जीवित वस्तुहरुमा भिन्नाभिन्नै हुने गर्छ । उदाहरणको लागि, केही जातिका चराहरु जन्मनेबित्तिकै उड्न सक्ने हुन्छन् । गिनीपिग नाम गरेको प्राणी जन्मेको तीन दिनमै आफ्नो हेरचाह आफैं गर्न सक्षम हुन्छ । तर मान्छेमा तुरुन्तै त्यस्तो हुँदैन ।
जीवित वस्तुहरुको बढ्ने कुरामा आनुवंशिकताको ठूलो भूमिका रहेको हुन्छ । यसअनुसार, मानवसहित प्रत्येक प्राणी, वनस्पति तथा अन्य जैविक पदार्थहरुको बढ्ने आफ्नै समयावधिहरु हुन्छन् । तीमध्ये, भू्रण, भरखरै जन्मेको अवस्था, बाल्यकाल, युवाकाल, वयस्ककाल र बृद्धकालहरु पर्दछन् ।
फेरि, बढ्ने यो क्रम पनि भिन्नाभिन्नै प्राणी एवं जीवित वस्तुहरुमा भिन्नाभिन्नै हुने गर्छ । उदाहरणको लागि, केही जातिका चराहरु जन्मनेबित्तिकै उड्न सक्ने हुन्छन् । गिनीपिग नाम गरेको प्राणी जन्मेको तीन दिनमै आफ्नो हेरचाह आफैं गर्न सक्षम हुन्छ । तर मान्छेमा तुरुन्तै त्यस्तो हुँदैन । मान्छेले आफैं चलखेल गर्न तथा आफ्नो हेरचाह आफैं गर्न निश्चित समय लाग्ने हुन्छ ।
मान्छे कसरी बढ्छ ?
भरखरै जन्मेको बच्चामा एउटा मान्छेमा हुनुपर्ने मस्तिष्क, मेरुदण्ड लगायत सम्पूर्ण स्नायुतन्त्रहरु हुने गर्छन् । शरीरका अन्य अंगहरुको बृद्धिका साथसाथै यी स्नायुतन्त्रहरुमा पनि हुने बृद्धिले मान्छेलाई आफ्ना गतिविधिहरु नियन्त्रण गर्न, सिक्न र आफ्ना समाजका अन्य मान्छेहरुजस्तै व्यवहार गर्न सक्षम बनाउँछ ।
फेरि, प्रत्येक मान्छेको बृद्धि एकै किसिमले हुने गर्छ । तर बढाइको यो क्रम र शैली केटा र केटीमा चाहिँ अलि भिन्नता हुन्छ ।
जब केटी मान्छेहरु ११ देखि १३ वर्षको उमेरमा आइपुगेको हुन्छन्, त्यसबेला उनीहरुको शारीरिक बृद्धिमा अति तीब्रता आउँछ । त्यसैगरी, केटाहरुमा चाहिँ १२ देखि १४ वर्षको उमेरमा यो तीब्रता आउँछ ।
जन्मेको शुरुका हप्ताहरुमा मान्छेको शारीरिक बृद्धिदर अन्य समयहरुको तुलनामा अति तीब्र हुन्छ । जन्मेको पहिलो वर्षसम्ममा आइपुग्दा त्यो तीब्रतामा कमी आइसकेको हुन्छ । त्यसो त बाल्यकालभरि नै मान्छेमा बढ्ने क्रम ठीक्क दरमा जारी रहेको हुन्छ । त्यसपछि फेरि बढ्ने क्रममा तीब्रता आउन थाल्छ ।
जब केटी मान्छेहरु ११ देखि १३ वर्षको उमेरमा आइपुगेको हुन्छन्, त्यसबेला उनीहरुको शारीरिक बृद्धिमा अति तीब्रता आउँछ । त्यसैगरी, केटाहरुमा चाहिँ १२ देखि १४ वर्षको उमेरमा यो तीब्रता आउँछ । बढाइको एउटा निश्चित सीमासम्म शारीरिक बृद्धिको यो क्रम अति तीब्र रुपमा चल्छ । र, त्यसपछि यो तीब्रतामा बिस्तारै कमी आउँदै जान्छ, तर शरीर बढ्ने क्रम चाहिँ जारी रहन्छ । एउटा निश्चित सीमासम्म नपुगेसम्म शारीरिक बृद्धिको यो क्रम जारी रहन्छ ।
मान्छे बढ्दा उचाइ मात्र हैन, चौडाइतिर पनि बढ्ने हुन्छ । शुरुमा मान्छेको उचाइ केही समय बढ्छ, त्यसपछि चौडाइ । यो क्रम जारी रहन्छ । धेरै मान्छेहरुमा करीब ११ देखि १२ वर्षको उमेरमा चौडाइ बढी बढ्ने हुन्छ । यस अवस्थामा मान्छे केही मोटो तथा भ्यात्ले पनि देखिन्छ । तर त्यसपछि पुनः शरीरको उचाइ बढ्न थाल्छ र त्यो भ्यात्लेपन हराएर जान्छ ।
त्यसो त मान्छेमा आमाको गर्भमा छँदा अर्थात् भू्रण अवस्थादेखि नै बृद्धिको प्रक्रिया चलिरहेको हुन्छ । बृद्धिको यो प्रक्रियाबाट नै मान्छेको आकार र उचाइ बढ्ने मात्र हैन, उसले वयस्कता पनि प्राप्त गर्दछ । मान्छेको शारीरिक बृद्धि र वयस्कताको बृद्धि उसको शरीर बृद्धि गराउने विभिन्न हारमोनहरु उत्पादन गर्ने आन्तरिक प्रणालीमा मात्र हैन, उसको खानपिन तथा उसले प्राप्त गर्ने भिटामीन एवं पोषण तत्वहरुमा पनि निर्भर गर्दछ ।
मान्छेमा आमाको गर्भमा छँदा अर्थात् भू्रण अवस्थादेखि नै बृद्धिको प्रक्रिया चलिरहेको हुन्छ । बृद्धिको यो प्रक्रियाबाट नै मान्छेको आकार र उचाइ बढ्ने मात्र हैन, उसले वयस्कता पनि प्राप्त गर्दछ ।
मानव बृद्धिको प्राथमिक चरण भनेको भ्रूणावस्था हो । डिम्ब र शुक्रकीटको मिलनबाट हुने विकासको क्रममा भू्रण बढ्दै गएर ४५ ग्राम देखि ३५०० ग्राम सम्मको हुन सक्छ । यस चरणमा भ्रूणको बृद्धि इन्सुलिन र थाइरोक्सिन (Thyroxine) नामक हारमोनहरुमा आश्रित रहेको हुन्छ ।
बच्चा जन्मेपछि शारीरिक बृद्धिको प्रक्रिया अझ तीब्र हुन थाल्छ । यस अवस्थामा मान्छेको टाउकोको तुलनामा उसको शरीर र हातखुट्टा एवं अंगप्रत्यंगहरु अति तीब्र गतिमा बढ्छन् । यसो हुनुको खास कारण चाहिँ मानव मस्तिष्कका अधिकांश भागहरु बच्चा जन्मनुभन्दा पहिले नै आमाको गर्भभित्रै विकास भइसकेको हुन्छ । तर मान्छे जन्मेपछि पनि मस्तिष्कका कोषहरु भने परिपक्व रुपमा विकास भइसकेका हुँदैनन् । त्यसले जन्मपछि पनि मस्तिष्कका कोषहरुको विकास भइरहेको हुन्छ, जसको गति थाइरोक्सिन हारमोनमा निर्भर गर्दछ । त्यसैगरी, मस्तिष्कको अलावा जन्मनुअगावै विकास भइसकेका मुटु, कलेजो, फोक्सो, प्रतिरक्षा प्रणाली, प्रजनन प्रणाली लगायतका अन्य महत्वपूर्ण अंगहरुको पनि विकास हुने तथा परिपक्व बन्ने कार्य जारी रहेको हुन्छ ।
मस्तिष्कको अलावा जन्मनुअगावै विकास भइसकेका मुटु, कलेजो, फोक्सो, प्रतिरक्षा प्रणाली, प्रजनन प्रणाली लगायतका अन्य महत्वपूर्ण अंगहरुको पनि विकास हुने तथा परिपक्व बन्ने कार्य जारी रहेको हुन्छ ।
देखिने गरी करीब १५ वर्षको उमेरसम्म हाम्रो शरीरको आकार तीब्र गतिमा बढिरहेको हुन्छ । यसो हुनुको कारण चाहिँ शरीर बृद्धि गराउने हारमोनहरुको अधिक कृयाशीलता नै हो । यस अवस्थामा विशेष गरी हाम्रो शरीरको हड्डी विकास हुने एवं बलियो हुने प्रक्रिया चल्छ । यो क्रम करीब २५ वर्षको उमेरसम्म जारी रहन्छ । त्यसबाहेक, कलेजो तथा हड्डी जस्ता कतिपय अंगहरु त जीवनपर्यन्त, चोटपटक लाग्दा वा अन्य त्यस्तै अवस्थामा पुननिर्माण हुने वा बढ्ने कार्य जारी रहन सक्छ ।
बढ्न चाहिँ किन रोकिन्छ त ?
निश्चित समयावधिपछि अर्थात् करीब २०–२२ वर्षको उमेर पुगेपछि हाम्रो शारीरिक बृद्धिदर ठप्पै रोकिन्छ । जन्मँदा ५०–६० सेन्टिमिटरको हुने बच्चा बढेर १.७ मिटरसम्मको हुन्छ । त्यसपछि चाहिँ बढ्दैन । यस्तो किन हुन्छ ? मान्छे बढ्ने र शरीर ठूलो हुने क्रम किन र कसरी रोकिन्छ ?
मान्छेको शरीरको यो बृद्धिक्रमलाई इन्डोक्राइन (Endocrine) नाम गरेका ग्रन्थीहरुको समूहले नियन्त्रण गरिरहेको हुन्छ । यी इन्डोक्राइन ग्रन्थीहरुमा, घाँटीनेर हुने थायरोइड (thyroid), मस्तिष्कमा हुने पिट्यूटरी (pituitary), छातीमा हुने थायमस (thymus) र यौनग्रन्थीहरु (sex glands) पर्दछन् । यीमध्ये पिट्यूटरी ग्रन्थीले हाम्रो शरीरको हाडको बृद्धिलाई नियन्त्रण गरिरहेको हुन्छ । यदि यो ग्रन्थी बढी नै क्रियाशील भयो भने, हाम्रा हात खुट्टाहरु अति नै लामा र ठूला हुन्छन् । त्यसको विपरीत यो ग्रन्थी आवश्यक रुपमा सक्रिय भएन भने, हाम्रा हाडहरुको राम्ररी विकास हुन पाउँदैन । बच्चा जन्मँदा उसको थायमस ग्रन्थी ठूलो रहेको हुन्छ । बच्चाको शारीरिक बृद्धिसँगै यो ग्रन्थीमा पनि बृद्धि हुँदै जान्छ । तर जब बच्चा १३–१४ वर्षको उमेरमा पुग्छ, अनि चाहिँ यो थायमस ग्रन्थी खुम्चिन थाल्छ । वास्तवमा, थायमस ग्रन्थी र यौनग्रन्थीको बीचमा अनौठो तादात्म्यता रहेको हुन्छ, जबसम्म शरीरमा थायमस ग्रन्थीमा बृद्धि हुन्छ, मान्छेको यौनग्रन्थी सानो रहन्छ । तर जसै यौनग्रन्थी बढ्न थाल्छ, थायमस ग्रन्थीको क्रियाशीलता घट्न थाल्छ र एउटा निश्चित सीमामा आइपुगेपछि त्यसले काम गर्न छाड्छ । यसरी यौनग्रन्थी क्रियाशील हुन थालेपछि र यौनजन्य रुपमा मान्छे परिपक्व भएपछि अर्थात् करीब २२ वर्षको उमेर भएपछि मान्छे बढ्ने क्रममा अति सुस्तता आउनुको खास कारण पनि थायमस ग्रन्थीको क्रियाशीलता रोकिनु नै हो ।
थायमस ग्रन्थी र यौनग्रन्थीको बीचमा अनौठो तादात्म्यता रहेको हुन्छ, जबसम्म शरीरमा थायमस ग्रन्थीमा बृद्धि हुन्छ, मान्छेको यौनग्रन्थी सानो रहन्छ । तर जसै यौनग्रन्थी बढ्न थाल्छ, थायमस ग्रन्थीको क्रियाशीलता घट्न थाल्छ र एउटा निश्चित सीमामा आइपुगेपछि त्यसले काम गर्न छाड्छ ।
कुनै पनि कारण ग्रन्थीहरुबीचको यो सन्तुलन खलबलिँदा हाम्रो शारीरिक बृद्धिको प्रक्रिया पनि खलबलिन पुग्छ । कुनै कुनै मान्छेमा सानै उमेरमा यौनग्रन्थी बढी क्रियाशील हुन जान्छ र उसको थायमस ग्रन्थीको क्रियाकलापमा समयभन्दा पहिले नै शिथिलता आउन थाल्छ । यसले गर्दा मान्छे आफ्नो औसत उचाइभन्दा निकै पुड्को हुन जान्छ । हाम्रा खुट्टाहरु पछिल्ला चरणमा मात्र बढ्ने तर शरीरका अन्य अंगहरुभन्दा बढी बढ्ने हुन्छ । तर शरीर बृद्धिको क्रममा आउने उपरोक्त गडबडीले खुट्टाहरु पनि छोटो हुन जान्छन् र मान्छे पुड्को हुन जान्छ ।
त्यसको विपरीत, यदि मान्छेमा यौनग्रन्थी समयभन्दा ढिलो क्रियाशील भयो भने, थायमस ग्रन्थीको क्रियाशीलता जारी रहन्छ र मान्छे बढ्ने क्रम पनि जारी रहन्छ । यस्ता मान्छेहरु औसत मान्छेहरुभन्दा अग्ला हुन जान्छन् ।
वास्तवमा, हाम्रो शरीरको बृद्धिदर २०–२२ वर्षको उमेर पुग्दा पूरै रोकिएको हुँदैन, त्यो अति सुस्त रुपमा चलिनै रहेको हुन्छ । २०–२२ वर्षको उमेरमा आइपुग्दा शरीर बृद्धिको तीब्रता देखिने गरी ठप्प हुन्छ र तर हाम्रो शरीरको बृद्धि २५ वर्षको उमेरसम्म अलिअलि भइरहेको हुन्छ र यो क्रम घट्दो रुपमा त्यसपछि ३५–४० वर्षको उमेरसम्म जारी नै रहेको हुन्छ । त्यसपछि चाहिँ प्रत्येक १० वर्षको समयावधिमा मान्छेको शरीर १२ सेन्टीमिटरको दरले खुम्चिन थाल्छ । यसो हुनुको कारण चाहिँ हाम्रा मेरुदण्ड एवं हाडका अन्य जोर्नीहरुको बीचमा हुने चिल्लो पदार्थ सुक्दै जानु नै हो ।
पिट्यूटरी ग्लाण्डः शरीर विकास गर्ने हर्मोनको प्रमुख उत्पादन एवं नियन्त्रण केन्द्र मानव शरीर विकासको लागि आवश्यक कतिपय हर्मोनहरुको उत्पादन पिट्यूटरी ग्लाण्डको एन्टोरिया लोब (anterior lobe of pituitary gland) मा हुन्छ । यस हर्मोनले एमिनो एसिडको ग्रहण एवं बोसोको प्रणालीलाई नियन्त्रण गर्दछ । त्यसै गरी, यस हर्मोनले कलेजोमा उत्पादन हुने सोमाटोमेडिन नामक हर्मोनको उत्पादनलाई पनि उत्प्रेरित गर्दछ, जुन हर्मोनले हाम्रो हड्डीको विकासमा भूमिका निर्वाह गर्दछ । उता शरीर बृद्धि गराउने हर्मोनको उत्पादनको गति पनि कसरत, तनावको अवस्था, शरीरमा ग्लूकोजको आपूर्ति तथा शरीरमा इन्सुलिन एवं एस्ट्रोजिन हर्मोनको मात्रामा पनि निर्भर गर्दछ । त्यसैगरी, मस्तिष्कको एउटा हिस्सा हाइपोथालामस (Hypothalamus) ले उत्पादन गर्ने प्रोटिन सोमाटोस्टाटिन (Somatostatin) ले पनि शरीर बृद्धि गराउने हर्मोनको उत्पादनमा भूमिका खेल्छ । माथि उल्लिखित प्रणालीहरुको गडबडीले शरीर बृद्धि गराउने हर्मोनहरुको उत्पादन अत्यधिक मात्रामा गराउन वा कम मात्रामा गराउन सक्दछ । शरीरमा हर्मोनको बढी उत्पादन हुन गएमा हात खुट्टा लामा हुने र शरीर अति अग्लो हुने समस्या देखिन सक्छ । त्यसको विपरीत कम उत्पादनले बाम पुड्को हुने समस्या देखिन सक्छ । केही समयअघि वैज्ञानिकहरुले प्रयोगशालामा नै मानवको शरीर विकास गराउने हर्मोन बनाउने सफलता प्राप्त गरेका छन् । यसलाई वैज्ञानिकहरुले जेनेटिक इन्जिनियरिंगको क्षेत्रमा एउटा ठूलो उपलब्धिको रुपमा लिएका छन् । यसले बच्चाहरुमा शरीर बृद्धि गराउने हर्मोनको उत्पादन कम हुने तथा बामपुड्को हुने समस्याको निदान गराउन सकिने अवस्था पैदा भएको छ । |
प्रतिक्रिया