एकध्रुवीय वैश्विकवाद विरुद्धका पाँच मोर्चाहरु
पश्चिमी संसारभन्दा भिन्र अरु विश्वका अस्तित्वलाई उनीहरु अस्वीकार गर्छन् र त्यसका विरुद्ध दुष्प्रचार गर्छन्।
२०२४ को पुर्व सन्ध्यामा विश्वको समग्र परिदृश र यसका प्रमुख भूराजनीतिक प्रवृत्तिलाई हेर्नु वान्छनीय छ। समग्रतामा, हामी अहिले एकध्रुवीयताबाट बहुध्रुवीयतातर्फ संक्रमण गर्दैछौं। यो वर्ष बहुध्रुवीयताले ब्रिक्स-१० मा थप संरचना हासिल गर्न सफल भयो (अर्जेन्टिनालाई यो संगठनमा सामेल हुने बित्तिकै हठात रुपमा वैश्विकवादी जोकरले बाहिर निकालेका छन्। )
भ्लादमिर पुटिनको युएई र साउदी अरेबियाको भर्खरै सफल भ्रमण र त्यस लगत्तै इरानी राष्ट्रपति इब्राहिम रईसीसंगको लामो वार्ताले रुसले बहुध्रुवीयतालाई कति गम्भीरतापूर्वक लिन्छ भनेर देखाउछ। विशेष गरी २०२४ को पुर्वसन्ध्यामा जब रुसले ब्रिक्सको वार्षिक अध्यक्षता ग्रहण गर्दैछ।
वर्षको अन्त्यतिर- ल्याटिन अमेरिकामा-बहुध्रुवीयताको नयाँ लक्षण देखापरेको छ। भेनिजुयेलाका राष्ट्रपति निकोलस मादुरोले ब्रिटिस गुइना (गयाना)को भूभागमाथि आफ्नो देशको दावी गरेका छन्। म्याक्सिम मेड़ोभरोभले आफ्नो टेलिग्राम च्यानल नोट्स अफ अ ट्रेडिसनालिस्टमा, गयाना आफैमा एट्लान्टिकवादको खुराफाती दिमागको उत्पादन हो भनेर ठिक ढंगले औल्याएका छन्। लर्ड पामर्स्टन, जसले बोलिभारको मृत्यु पछि 'बिशाल कोलम्बियाको शल्यक्रिया' गरेर टुक्रा टुक्रा बनाउने योजना निर्माण र कार्यान्वयन गरेका थिए, जसमध्ये एस्सेकिबो क्षेत्रलाई टुक्र्याएर ब्रिटिश गुयानालाई जिम्मा लगाइएको थियो, ब्रिटिश गुयाना-एस्सेकिबो संगै माल्भिनास पनि एकध्रुवीयता विरुद्ध बहुध्रुवीयताको अर्को मोर्चा हो।
समग्ररुपमा, हामीहरु पहिलेदेखिनै पाँचवटा सम्भावित र बास्तविक मोर्चाहरुमा काम गरिरहेका छौं:
१. रुसले युक्रेनमा सामुहिक पश्चिम र अमेरिका (एंग्लो-स्याक्सन) विश्वव्यापीकरणवादविरुद्द लडिरहेको छ। मूलत: यो आफ्नो रुसी पहिचानप्रति गद्धारी गरेका एट्लान्टिकवादी रुसीहरु विरुद्द रुसी साम्राज्य पक्षधरहरु बीचको युद्ध हो । एट्लान्टिकवादी रुसीहरुलाई पश्चिमका एकध्रुवीय शक्तिहरुले प्रयोग गरेका छन्।
२. इस्लामिक जगत इजरायलविरुद्ध एकताबद्ध हुँदैछ (धेरै बिलम्बका साथ)। इजरायलले अरब जनसंख्याविरुद्ध व्यवस्थित आमनरसंहार संचालन गरिरहेको छ। यहाँ इजरायल (मध्यपुर्वको छद्म शक्ति) को पक्षमा फेरि एकध्रुवीय पश्चिम छ।
३. पश्चिम अफ्रिकाका उपनिवेशविरोधी देशहरुको समुह (माली, बुर्किना फासो, नाइजर, मध्य अफ्रिकी गणतन्त्र र ग्याबोन) उपनिवेश पक्षधर (एट्लान्टिकवादी) शासनहरु र म्याक्रोनको नेतृत्वमा रहेको वैश्विकवादी फ्रान्सविरुद्ध एकताबद्ध छन्। यहा पनि कुनै पनि समय प्रत्यक्ष द्वन्द्व सुरु हुन सक्छ।
४. चीन महादेशविरुद्ध ताइवानको सम्भावित मोर्चा अमेरिकाको लागि सर्वाधिक चासोको बिषय रहदै आएको छ। र, यहाँ प्रत्यक्ष द्वन्दले सुरु हुने घडी पर्खिरहेको छ।
५. भेनेजुएलाले एस्सेकिबो (एट्लान्टिकवादीहरुले बनाएको कृत्रिम औपनिवेशिक सिर्जना) माथि आफ्नो अधिकारको घोषणा । माल्भिनास (फल्कल्यान्ड) को विषय पनि त्यस्तै प्रकारको रहेको छ। अर्जेन्टिनामा सत्तामा आएको पतितलाई हटाएपछि यो प्रक्रिया झन् तिब्र हुनेवाला छ (क्रान्तिकारी पेरोनवादलाई उदारवादले उछिने पछि यस्तै हुनेवाला थियो। जुन काम निर्वाचितमा पराजित सर्जियो मासाले गरेका थिए )।
इन्डिया(भारत) ले बहुध्रुवीय सप्तराज्यमा विशेष स्थान ओगट्छ। यो पूर्ण रुपमा स्वतन्त्र राज्य-सभ्यता हो। जो रणनीतिक रुपमा अमेरिकासंग नजिक छ। यो निकटताको कारणका पछाडि चीन र पाकिस्तान संगको द्वन्दका साथै मुख्य रुपमा इस्लामिक तत्त्व पनि रहेको छ। अर्कोतर्फ भारतको रुस, अफ्रिका र ल्याटिन अमेरिकासंग मित्रतापूर्ण सम्बन्ध छ। उसको वैश्विकवादीहरुसंग कुनै प्रत्यक्ष द्वन्द्व छैन (दानवीय बेलायती उपनिवेशकालको सम्झनाहरुबाहेक)। पश्चिमले पहिला उग्र इस्लाम र पाकिस्तानलाई समर्थन गरेको थियो। यो आंशिक रुपमा जारी रहेको छ तर अहिले जीवन्त छैन। चीनलाई सामना गर्नको लागि वैश्विकवादीहरुलाई भारतको आवश्यकता परेको छ।
एट्लान्टिकवादीहरुले र एकध्रुवीय विश्वका समर्थकहरुले यो कुरा राम्रोसंग बुझेका छन्। २०२२ को अप्रिलमा लिज़ ट्रसले बेलयातको विदेश मन्त्री भएको बेला भूराजनीतिको पुनरागमनका बारेमा चर्चा गरेकी थिइन्। ट्रसले प्रधानमन्त्रीको रुपमा आफ्नो अमेरिका भ्रमणको बेला रिपब्लिकनहरूलाई रुस विरुद्धको कियेभको द्वन्द्वलाई आर्थिक सहयोग गरेर एट्लान्टिकवादी दृष्टिकोणलाई समर्थन गर्न मनाउन खोजेकी थिइन्। यस सन्दर्भमा, उनले जोड दिएकी थिइन कि युक्रेन, इजरायल र ताइवानमा द्वन्द्वहरू अलग देखिए तापनि वास्तवमा यिनीहरु एउटै व्यापक युद्धका अलग अलग पाटाहरु हुन्।
यो सही भूराजनीतिक दृष्टिकोण हो। पश्चिम अफ्रिका र एस्सेकिबोको तनाव एउटै युद्धका मोर्चाहरु हुन्।
विश्वको भूराजनीतिको वर्तमान परिदृश्य सप्तराज्यमा विभाजित छ। जसमा सातवटा प्रमुख इकाइहरु सामेल छन्, पश्चिम, रुस, चीन, भारत, इस्लामिक जगत, अफ्रिका र ल्याटिन अमेरिका। वैश्विकवादीहरुले यो कुरा स्पस्टसंग यो कुरा बुझेका छन्। उनीहरुको नजरमा एउटा मात्र ध्रुव छ, पश्चिम मात्र। अरु बाँकफ अधीनस्थ राज्यहरु (स्वाधीन ध्रुव होइन) बन्नु पर्छ र एक अर्कासंग लड्नु पर्छ, पश्चिमसंग होइन।
एक विरुद्ध छ को विश्वव्यापी टकरावको संरचनालाई रूसमा पनि स्पष्ट रूपमा बुझिएको छ। रूसको वैदेशिक गुप्तचर विभागका प्रमुख सर्गेई नारीस्किन स्काउट पत्रिकामा भन्छन्- आगामी माथि उल्लिखित दुई भूराजनीतिक सिद्धान्तहरू बीचको टकरावलाई थप तीव्रता दिने संकेतहरुका माझ बित्नेछ । एङ्ग्लो-स्याक्सन अथवा आत्मकेन्द्रित, "फुटाउ र शासन गर" र यसको प्रत्यक्ष विरोधी महादेशीय "एकता र नेतृत्व"। आगामी वर्षमा यस भयानक प्रतिद्वन्द्विताको प्रकटीकरणको अवलोकन सबैतिर गरिनेछ। यहाँसम्म कि संसारका सुदुर क्षेत्रहरुमा — हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण — उत्तर-सोभियत जगतदेखि दक्षिण अमेरिका र प्रशान्त महासागरसम्म यो द्वन्द्व अनुभव गरिनेछ।
त्यसैले हामीहरुले "एकता र नेतृत्व" गर्नेवाला छौं (यसमा युरेसियन क्षेत्रलाई पनि एकता र नेतृत्व गरिनेछ, विशेष गरी देशद्रोही युक्रेनलाई)। र दुश्मनले "फुटाउ र शासन गर" को प्रयास जारी राख्नेछ, सप्त राज्यका ध्रुवहरू - छ वटा उदीयमान 'विश्वहरू' बीच मतभेद छर्न प्रयास गर्नेछ: रुसी, चीनिया, इस्लामिक, भारतीय, अफ्रिकी र ल्याटिन अमेरिकी। शत्रुहरू यहाँ एउटै मात्र संसार होस् भन्ने चाहन्छन्: उनीहरुको आफ्नै। पश्चिमी संसारभन्दा भिन्न अरु विश्वका अस्तित्वलाई उनीहरु अस्वीकार गर्छन् र त्यसका विरुद्ध दुष्प्रचार गर्छन्।
एकध्रुवीय विश्व व्यवस्था र पश्चिमी वर्चस्व विरुद्धको सङ्घर्षका पाँचवटा मोर्चाहरू सबै हाम्रा युद्धका मोर्चाहरु हुन् भनेर हामीले स्पष्ट रूपमा बुझ्नु र आत्मसाथ गर्नु पर्छ ।
(रुसी विचारक डुगिनका प्रस्तुत विचारले समकालीन विश्वसम्बन्धी रुसी अवधारणालाई बुझ्न सहयाेग गर्छ । यसलाई माेहन ज्ञवालीले अनुवाद गर्नुभएको हाे ।)
शताब्दीकै गलत आकलन: ट्रम्पको इरान दुस्साहस
भारतको गहिरो सामाजिक-आर्थिक समस्याहरूलाई सम्बोधन नगरी माओवादलाई उन्मूलन गर्न …
राष्ट्रिय स्वाधीनता युद्वको झण्डा इरान
इरानले युद्ध जित्ने ६ आधारहरु
स्ट्रेट अफ हर्मुजमा साम्राज्यको अवनति; इरान युद्ध अमेरिकाको आफ्नै 'स्वेज संकट'
मेरो सम्झनामा युर्गन हाबरमास
म्युजिकल चेयरदेखि डिजिटल एल्गोरिदमसम्म: कसरी बदलिएनन् नेता, तर बदलिए मतदाता?
प्रतिक्रिया