नाइटिङ्गेल अफ दी हिमालयको बिछोडको पीडा नसकी खप्न...

बचाई राख सम्झना मेरो म कहिल्यै मर्दिनँ ...

बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा ...

यी कालजयी गीतहरू बिसको दशकमा हरेक सङ्गीतप्रेमी नेपालीका ओठओठमा झुन्डिएका थिए । बिसको दशक त्यस्तो थियो सुगम सङ्गीतका लागि जतिबेला मेचीवारी नारायण गोपाल, नातिकाजी, बच्चुकैलाश, पुष्प नेपाली तथा प्रेमध्वज प्रधानहरू सङ्गीतको गगन चुमिरहेका थिए भने मेचीपारिबाट अम्बर गुरुङ, गोपाल योञ्जन, अरुणा लामा, शान्ति ठटाल, शरण प्रधान, कर्म योञ्जन तथा हीरादेवी वाइबाहरू यताका हस्तीहरूसित स्वस्थ प्रतिस्पर्धा गरिरहेका थिए । यही काल नेपाली सङ्गीतको इतिहासमा स्वर्णकालका रूपमा चिनिन्छ । यो गर्विलो कालखण्डकी एउटी प्रतिनिधि गायकी पात्र हुन् दिलमाया खाती ।

१५ डिसेम्बर १९३९ मा दार्जीलिङमा पिता नन्दलाल र माता अतिरूपा खातीको कोखबाट जन्मिएकी दिलमायामा पाँच वर्षको उमेरदेखि गीतसङ्गीतले घर गर्न थालेको हो । अत्यन्त कर्णप्रिय स्वरका कारण दार्जीलिङमा उनको गायकीले सानै उमेरदेखि तहल्का मच्चाएको हो । यस्तो अवर्णनीय स्वर उनमा छ जसले चरम पीडामा रहेको मान्छेलाई पनि आशावादिताको भावना जागृत गर्ने क्षमता राख्दछ । स्कूल पढ्दादेखि नै गाउन थालेकी उनमा स्वरस्वतीको बास छ भन्थे स्थानीय श्रोता । पन्ध्र सोह्र सालको कुरा हो दार्जीलिङमा हिन्दी सिनेमा 'अनारकली' चल्दै थियो जसको ये जिन्दगी उसी की हे ... बोलको लता मङ्गेशकरको गीत लताको भन्दा मर्मस्पर्शी स्वरमा मञ्चमा गाइदिएपछि उनको ख्याति झनै चम्कियो । यो गीतबाट उनलाई सर्वप्रथम पुरस्कार प्राप्त भयो भने सार्वजनिक रूपमा मञ्चमा गाएको पनि यो नै पहिलो थियो । यसरी गीतियात्रा हिन्दी गीतगायनबाट सुरु गरेकी दिलमाया जब हितैषी पूर्व तेह्रथुमकी कृष्णा कन्दङ्बाको साथ लागेर काठमाडौं आइन् उनको स्वरयात्रामा अर्को मोड आयो । काठमाडौँ बसाईमा उनी रेडियो नेपाल पुगिन् जहाँ नातिकाजी, शिवशङ्कर तथा तारादेवीसितको भेटले त्यहाँ गीत गाउन सहज बनायो । सुरुमा हिन्दी भजन गाएर सुनाइदिएपछि उपरोक्त नामहरू लठ्ठै भए उनको गायकीबाट । तिनले नेपाली भाषाका सुन्दर गीतहरु गाउनु पर्छ भनेपछि हिमालको काखमा छ सानो मेरो गाउँ ... बोलको गीत सुनाउँदा उनीहरू झन्कृत र आल्हादित बने । क्रमश उनको काठमाडौँ आवतजावत भयो । एकपटक त उनले कति पीडा कति रोदन... बोलको गीतमा रेडियो नेपालबाट प्रथम भइ स्वर्णपदक प्राप्त गरिन् र तत्कालै त्यो रेकर्ड भयो । अचम्मको कुरा के भने उनले बेजोड गायिका तारादेवी, पुष्प नेपाली तथा बच्चुकैलाश आदिलाई समेत पछारेर स्वर्ण पदक पाएकी थिइन् ।  

लेखक कमल सुवेदी

पृथ्वीराज कपूर थिएटरका प्रमुख जल्दाबल्दा निर्माता तथा अभिनेता राजकपूरले उनलाई बम्बइमा रहेर हिन्दी फिल्मीगीतमा गाउन अनुरोध गरे । तर हिन्दी गीतबाट गायकी थालेकी उनी रेडियो नेपालमा गीत रेकर्ड हुनु र नातिकाजी, शिवशङ्कर तथा तारादेवी आदिसितको भेटघाटबाट नेपाली सङ्गीतप्रति यति आकर्षित भएकी थिइन् जसका कारण राजकपूरको प्रस्तावलाई ठाडै नकारिन् । 

अब दिलमायाको गायकी दार्जीलिङमा सीमित रहेन, सिङ्गो नेपालभर फैलियो । हिमालय कला मन्दिर कर्म योञ्जन र गोपाल योञ्जनले खोलेका थिए दार्जीलिङमा, त्यहाँ दिलमाया संलग्न भइन् । त्यही बेला हो त्यहाँको गोर्खा दु:ख निवारक सम्मेलनले प्रतियोगितात्मक आधुनिक सङ्गीत सम्मेलन आयोजना गरेको । शरण प्रधान र रञ्जित गजमेरहरूले खोलेको सङ्गीत सङ्गमबाट अरुणा लामा त्यो प्रतियोगितामा भाग लिँदै थिइन् । त्यतिखेर हिमालय कला मन्दिर र सङ्गीत सङ्गमका बीचमा मैत्रीपूर्ण साङ्गीतिक लडाईँ चल्यो । यसै मेसोमा सङ्गीत सङ्गम सम्बद्ध नामूद गिटारिष्ट र पछि पत्रकारिता र उपन्यास लेखनमा प्रसिद्ध पीटर जे कार्थकले भनेका थिए—‘हाम्री अरुणासित भिड्न त्यतिखेर कर्म–गोपालले दिलमायालाई अघि सारेका थिए । एउटी सेक्स बम थिइन् दिलमाया जसको स्वरमा जस्तो मादकता थियो अनुहार र शारीरिक बनावटमा त्योभन्दा बढी मादकता थियो । रूप र लावण्यले भरिपूर्ण जादूगरी स्वरले त लठ्याउँथ्यो नै, उनको सेक्स अपिलले भुतुक्कै नहुने कुनै पनि युवक हुँदैनथे ।’ (यी पिटरका शब्दमा लेखकको कुनै सहमति छैन । बरु दिलमाया दिदीको आत्मालाई यो सापटी भनाइबाट पीडा महसुस भए क्षमाप्रार्थी छु ।) त्यहीँ छँदाछँदै गोपालको शब्द र कर्मको सङ्गीतमा उनको स्वरमा सन् १९६२ मा कलकत्ताको हिन्दूस्तान रेकर्डिङ कम्पनीमा साउन फर्की फेरि झर्यो, निष्ठुरी फर्केन... गीत रेकर्ड भएपछि सगरमाथाको शिखर चुम्न पुगिन् । लगत्तै कर्मकै सङ्गीत र गोपालकै शब्दमा सम्झेर बुझेर दिइहाल त्यो जोबन... बोलको युगल गीत कर्म र दिलमायाको स्वरमा रेकर्ड भयो जसको पारख करोडौँ नेपालीहरूले गरे । क्रमश उनको ख्याति सिक्किम, आसाम, नयाँ दिल्ली मात्र होइन, बर्मा र भुटानसम्म पनि पुग्यो । दार्जीलिङबाट प्रतिनिधित्व गर्दै दिल्लीमा आयोजित साङ्गीतिक समारोहमा भारतका राष्ट्रपतिको उपस्थितिमा पनि उनले गाइन् जहाँ राष्ट्रपतिले उनको स्वरको औधी तारिफ गरेको उनलाई अहिले जस्तो लाग्थ्यो । त्यसै बेला पृथ्वीराज कपूर थिएटरका प्रमुख जल्दाबल्दा निर्माता तथा अभिनेता राजकपूरले उनलाई बम्बइमा रहेर हिन्दी फिल्मीगीतमा गाउन अनुरोध गरे । तर हिन्दी गीतबाट गायकी थालेकी उनी रेडियो नेपालमा गीत रेकर्ड हुनु र नातिकाजी, शिवशङ्कर तथा तारादेवी आदिसितको भेटघाटबाट नेपाली सङ्गीतप्रति यति आकर्षित भएकी थिइन् जसका कारण राजकपूरको प्रस्तावलाई ठाडै नकारिन् । 

नेपाली कला र संस्कृतिप्रतिको उनको समर्पण बुझ्न माथिको प्रसङ्ग पर्याप्त छ । काठमाडौँले उनलाई नेपाली गीतसङ्गीतप्रति समर्पित गरायो, मञ्च दियो, रेडियो नेपालबाट अजम्बरी गीतहरू रेकर्ड भए तर यहाँका रैथानेहरूको कोपभाजनमा नजानिँदो गरी परिन् जसले उनको सुगम सङ्गीतको गायनयात्रा मात्र बाह्र वर्षको रह्यो त्यो चरणमा । हामीले सुन्दै गरेका लोकप्रिय गीतहरू तिम्रो जस्तो मुटु मेरो पनि....., हिमालको काखमा छ सानो मेरो गाउँ .... तथा मायालु हजार हुन्छन्..... जस्ता दिलमायाकै स्वरमा सिर्जित थिए तर ती क्रमश नारायण गोपाल, तारादेवी तथा ध्रुव के.सी.का स्वरमा रेकर्ड भए । दार्जीलिङमा गुमनाम र एकान्तवासमा जीवनको उत्तरार्धमा रहँदा उनलाई यस्तो विगत नकोट्याइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । उनले नस्वीकारे पनि २०३० सालदेखि गायनलाई चटक्कै छाड्नुको कारण यो पनि हुन सक्छ । काठमाडौंबाट टाढा बस्नु र आफ्नोतर्फबाट बोलिदिने कोही नहुनु आदिले गर्दा यस्तो भएको होला भन्ने उनको नजानिँदो तर्क थियो । यसो भए पनि यस्ता कुरामा उनलाई पछुताऊ कत्ति पनि थिएन । उनको मन बुझाउने एउटा तर्क—ती गीतका रचनाकार र सङ्गीतकार अरु नै थिए मात्र उनको गलाले ती गीतहरू गाएको थियो ।

आफ्नो पहिलो गीतियात्रालाई विश्राम दिएपछि दिलमायाले शिक्षण पेशा रोजिन् । सरल र शिष्ट स्वभाव, भनी नबिझाउने, बैँशमा अति नै सुन्दर अनुहार र जिउडाल भएकी उनको स्वरको जादूगरी नारायण गोपालले काठमाडौँमा नै ठम्याएका थिए र उनलाई खोज्दै उनकै घरसम्म पुगेका थिए ।

रत्न शमशेर थापा, गोपाल योञ्जन, ईश्वरबल्लभ, नरेन्द्रराज प्रसाई, उषा शेरचन, वीरेन्द्र राई तथा जी.शाहका शब्दहरूमा कर्म योञ्जन, नारायण गोपाल, रत्नबहादुर, डाक्टर किरात तथा गोपाल योञ्जनका सङ्गीतमा उनले कालजयी गीतहरू गाइन् । दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट आई.ए.पास गर्ने उनको स्वरको सूर्यविक्रम ज्ञवाली, लैनसिंह बाङ्देल, बालकृष्ण सम तथा माधव घिमिरे आदिले मुक्त कण्ठले प्रशंसा गरे । आफ्नो पहिलो गीतियात्रालाई विश्राम दिएपछि दिलमायाले शिक्षण पेशा रोजिन् । सरल र शिष्ट स्वभाव, भनी नबिझाउने, बैँशमा अति नै सुन्दर अनुहार र जिउडाल भएकी उनको स्वरको जादूगरी नारायण गोपालले काठमाडौँमा नै ठम्याएका थिए र उनलाई खोज्दै उनकै घरसम्म पुगेका थिए । नारायणको उनीसित युगल गीत गाउने ठूलो रहर कर्म–गोपाल दाजुभाइले पु¥याइदिए.। रत्न शमशेर थापाको विछोडको पीडा नसकी खप्न....बोलको गीत दिलमाया र नारायणको स्वरमा गुन्जिएपछि नेपाली श्रोताहरू तिनका विशेष भक्त हुन पुगे । त्यो जमानाको दार्जीलिङमा साहित्यमा तेस्रो आयामले तहल्का मच्चाइरहेको थियो भने मनबहादुर मुखियाहरू नाटकमा निर्लिप्त भएका बेला दिलमायाको स्वरले त्यहाँको रौनकै बदलेको थियो । त्यहाँ मञ्चन भइरहने नाटकहरूमा उनको स्वर समेटिन थाल्यो ।

नेपालबाट भूपालमान सिंह सङ्गीत पुरस्कार, देवकोटा सम्मान, शिखा सुर सम्मान, लहना नेपाल सम्मान तथा गुञ्जन सम्मान आदिले उनलाई अलङ्कृत गरियो । सादा जीवन र उच्च विचारकी धनी, आजन्म अविवाहित तथा मृदुभाषी उनी २०३० देखि सङ्गीतबाट हराए पनि सङ्गीतकै लागि जन्मेकी थिइन् । उनलाई जसरी पहिले काठमाडौँले रेडियो नेपालमा स्थान दिइ स्वर्णपदक दिलायो त्यसरी नै २६ वर्षपछि २०५६ सालमा शिखा एल्बममार्फत काठमाडौंले नै पुन उभ्यायो । एउटा स्वर्णमय अतीत बोकेकी गायिकाको पुनरागमनले सङ्गीत क्षेत्र पुन कृतकृत्य बन्यो । काठमाडौंमा एकल गायन र त्यसको नेपाल टेलिभिजनले गरेको प्रत्यक्ष प्रशारणले उनको व्यक्तित्वलाई अझ माथि उठायो । नाइटिङ्गेल अफ दी हिमालय भनेर दिलमायालाई त्यसै सम्मान दिइएको होइन रहेछ भन्ने कुरा पनि काठमाडौंले शिखा एल्बम र उनको प्रत्यक्ष प्रशारणबाट थाहा पायो । महेन्द्र राजाले अम्बर गुरुङ, गोपाल योञ्जन, गगन गुरुङ, शान्ति ठटाल तथा कुमार सुब्बा आदिको गायकी सुनेर तारिफ गर्दै बक्सिस दिएको कुरा दिलमायाले सुनेकी थिइन् तर आफूले त्यो अवसर नपाएकामा खिन्न हुनु परेको अवस्थालाई अन्तिम राजा ज्ञानेन्द्र अर्थात् जी.शाहका शब्दमा स्वर भर्न पाएपछि केही राहत भएको अनुभूति भएको थियो ।

दार्जीलिङमा नै बसेर सङ्गीतमा उच्चता कायम गर्नुपर्छ भने गोपालले तर नियति उल्टो भयो दिलमाया उतै रहिन्, गोपाल नेपाल पसेर भाग्य अजमाए । अझ रोचक प्रसङ्ग के छ भने उनै गोपाल योञ्जनको तिम्रो जस्तो मुटु मेरो पनि ... बोलको गीत जो गोपाल दार्जीलिङमा छँदै दिलमायाले गाएकी थिइन् उनैले त्यो गीतका अन्तरा केही हेरफेर गरी नारायण गोपालको स्वरमा रेकर्ड गराइदिए ।

दिलमाया सम्झिन्थिन् पन्नाकाजी, शिवशङ्कर मानन्धर तथा नातिकाजीहरूले काठमाडौँमा नै बस्न र साङ्गीतिक जीवनलाई हराभरा बनाउन आग्रह गरेको । कताकता उनलाई यस्तो लागेको पनि हो । उनले दार्जीलिङ फर्केर यसबारेमा गोपाल योञ्जनसित सल्लाह पनि मागेकी हुन् तर गोपालले यसो हुन दिएनन् । दार्जीलिङमा नै बसेर सङ्गीतमा उच्चता कायम गर्नुपर्छ भने गोपालले तर नियति उल्टो भयो दिलमाया उतै रहिन्, गोपाल नेपाल पसेर भाग्य अजमाए । अझ रोचक प्रसङ्ग के छ भने उनै गोपाल योञ्जनको तिम्रो जस्तो मुटु मेरो पनि ... बोलको गीत जो गोपाल दार्जीलिङमा छँदै दिलमायाले गाएकी थिइन् उनैले त्यो गीतका अन्तरा केही हेरफेर गरी नारायण गोपालको स्वरमा रेकर्ड गराइदिए । यसमा पनि दिलमायालाई कुनै गुनासो छैन । नारायण गोपाल र गोपाल योञ्जन एक त मितमित थिए त्यसमाथि भर्खर नेपाल पसेका योञ्जनलाई यहाँका रैथानेहरूलाई खुशी नपारी नहुने खण्ड पो आइलाग्यो कि ?

मनका अन्तरकुन्तरमा अथाह संस्मरण थिए दिलमायाका । जागिरे जीवनमा रामकृष्ण स्कूल र स्थानीय भानुभक्त पाठशालामा उनको जवानी बित्यो । भानुभक्त स्कूल त्यही थियो जसका प्रधानाध्यापक कुनै बेला दार्जिलिङका जातीय कवि तथा अजम्बरी गीत नौलाखे तारा उदाए... का स्रष्टा अगमसिंह गिरि थिए । उनै गिरिले अम्बरलाई आर्ट एकेडेमी सञ्चालन गर्न निशुल्क रूपमा आफ्नो विद्यालयको एउटा कोठा उपलब्ध गराएका थिए । पछिल्लो कालमा बिहानको समय पाठपूजामा नै बित्थ्यो उनको । बुढ्यौली उमेर र शारीरिक विसञ्चोका कारण गाउन नसके पनि अझैँ गाउन सक्छु भन्ने हिम्मत थियो उनको । नजिकैका कार्यक्रमहरूमा आएको निम्तो मान्नु, सङ्गीत सुन्नु र फूलबारीको गोडमेल गर्नु उनको पछिल्लो कालको दैनिकी थियो । आफूलाई गीत रेकर्ड गर्ने प्लेटफर्म दिने काठमाडौंमा आइ रेडियो नेपाल र पशुपतिनाथको दर्शन गर्ने उनको ठूलो धोको थियो तर उमेर र स्वास्थ्यले यसमा अवरोध ल्याउला भन्ने चिन्ता पनि त्यत्तिकै थियो । साउन फर्की गयो माया लगाई निष्ठुरी.... बोलको गीत अत्यन्त प्रिय लाग्थ्यो । पितापुर्खाको भूमि नेपालप्रति स्नेहभाव औधि थियो, यो भूमि पवित्र तीर्थस्थल जस्तै लाग्थ्यो । अरुणा लामा, शान्ति ठटाल, प्रेमध्वज प्रधान तथा तारादेवी उनका प्रिय गायक गायिका रहे । हुन त यहाँ चर्चा गरिएकामध्ये उनका समकालीनहरूमा बच्चुकैलाश र शान्ति ठटाल मात्र बाँकी होलान् । डाक्टर किरातको कम्पोजिशन र वीरेन्द्र राईको शब्द सादा मनले नौखोला तार्नेले ... बोलको गीत पछिल्लो कालमा छायाङ्कित रूपमा पनि आयो जसले उनलाई पूर्ण सन्तुष्ट बनायो । अब उनी सशरीर हामी माझ छैनन्, आज यसो सम्झिदा लाग्छ दिलमायाको गायकी अनुपस्थिति बीचका २६ वर्षहरू नेपाली सुगम सङ्गीतको इतिहासका निकै क्षतिपूर्ण वर्षहरू हुन् ।