यो संसारमा कमजोरलाई दबाउन कति सजिलो छ!
अन्तोन चेखबको प्रसिद्ध कथा 'कमजोर'
भर्खरै मैले आफ्ना बच्चाहरुलाई पढाउने शिक्षिका यूलिया वसिल्येव्नालाई आफ्नो अफिसमा बोलाए। मैले उनको तलबको हिसाब-किताब गर्नुपर्ने थियो। मैले उनलाई भने- आउनुहोस् ..आउनुहोस्...बस्नुहोस् ! अलिकति हिसाबकिताब गरौं ! तपाईंलाई पैसाको खाँचो होला। तर तपाईं यति संकोची हुनुहुन्छ कि आवश्यकता पर्दा समेत आफैं पैसा माग्नु हुन्न। खैर...! हामीले तय गरेका थियौं कि हरेक महिना तपाईंलाई तीस रुबल दिइनेछ भनेर।"
"होइन चालीस..।"
"होइन, होइन तीस। तीस रुबल नै तय भएको थियो। मैले लेखेरै राखेको छु। त्यसै पनि मैले सधैं शिक्षकहरुलाई तीस रुबल नै दिने गरेको छु।
तपाईले हाम्रोमा काम गर्न थालेको दुई महिना पुगिसकेको छ।"
"दुई महिना र पाँच दिन भएको छ।"
" .... होइन, दुई महिना भन्दा बढी भएको छैन। मात्र दुई महिना भएको छ। यो पनि मैले नोट गरेर राखेको छु। यो हिसाबले मैले तपाईंलाई साट्ठी रुबल दिनु पर्ने छ। तर यी दुई महिनामा जम्मा नौ आइतबार परेका छन्। तपाईंले आइतबार कोल्यालाई पढाउनु हुन्न, खालि ऊसंग केहीबेर घुम्नु हुन्छ। त्यस माथि तीन वटा चाडपर्वका छुट्टी पनि परेका छन्..।"
यूलिया वसील्येव्नाको अनुहार रिसले रातो भएको थियो। तर उनले केहि पनि भनिन खालि आफ्नो स्कर्टको पट्टि मिलाई रहिन्।"
''साठी रुबलमध्ये उन्नाइस रुबल घटाउने हो भने तपाईंको जम्मा बाँकी रहन्छ एकचालीस रुबल। किन....मेरो कुरा ठीक छैन र ?"
" ...तीन चाडपर्वका छुट्टिहरुलाई समेत मिलाएर बाह्र दिन हुन्छ। यसको मतलब तपाईंको तलब बाट बाह्र रुबल घटेको छ। चार दिन कोल्या बिरामी भयो र तपाईंले उसलाई पढाउनु भएन।....तीन दिन तपाईंको दाँत दुखेको थियो। त्यस बेला मेरी श्रीमतीले तपाईंलाई दिउसो उसलाई नपढाउन अनुमति दिएकी थिइन्। यसको भयो सात रुबल। यसरी बाह्र र सात मिलाउँदा हुन्छ जम्मा उन्नाइस रुबल हुन्छ। यदि साठी रुबलमध्ये उन्नाइस रुबल घटाउने हो भने तपाईंको जम्मा बाँकी रहन्छ एकचालीस रुबल। किन....मेरो कुरा ठीक छैन र ?"
यूलिया वसिल्येव्नाको दुईवटै आँखाको कुनाहरुमा आँसु टल्किन थालेको थियो। उनको अनुहार काम्न थालेको थियो। डरले गर्दा उनलाई खोकी लाग्यो र उनले रुमालले आफ्नो नाक सफा गर्न थालिन्। तर उनले कुनै विरोध गरिनन्।
''तपाईंको लापरवाहीको कारणले गर्दा नोकर्नीले भान्याको जुत्ता चोरेर भागी। तपाईंले यी सबै चिजहरुको ध्यान राख्नु पर्थ्यो । आखिरी तपाईंलाई यसै कामको लागि त राखिएको थियो। जुत्ताको पनि पाँच रुपियाँ जोड्नुहोस्। र दश जनवरीमा तपाईंले मसंग दश रुबल उधारो लिनु भएको थियो।"
"नयाँ वर्षको समारोहमा तपाईंले एउटा कप-प्लेट पनि फुटाउनु भएको थियो। दुई रुबल त्यसको पनि जोडनुहोस्। कप त धेरै नै महँगो थियो। बाउ बाजेको जमानाको। तर, भयो छोडिदिनुहोस। आखिरी नोक्सान त भइहाल्छ। धेरै कुरा गुमाएको छु....एउटा कप अरु थपियोस् केही फरक पर्दैन। अझ...तपाईंको लापरवाहीको कारणले कोल्या रुखमा चढेको थियो र उसले आफ्नो ज्याकेट च्यात्यो। दश रुबल त्यसको। फेरि तपाईंको लापरवाहीको कारणले गर्दा नोकर्नीले भान्याको जुत्ता चोरेर भागी। तपाईंले यी सबै चिजहरुको ध्यान राख्नु पर्थ्यो । आखिरी तपाईंलाई यसै कामको लागि त राखिएको थियो। जुत्ताको पनि पाँच रुपियाँ जोड्नुहोस्। र दश जनवरीमा तपाईंले मसंग दश रुबल उधारो लिनु भएको थियो।"
"...होइन, मैले तपाईंसंग केही पनि लिएको छैन, " यूलिया वसिल्येव्नाले साउती मारेको स्वरमा भनिन्।
"तर मैले नोट गरेर राखेको छु।"
"खैर, ठिकै छ। जम्मा सत्ताइस रुबल भयो। एकचालीसमा सत्ताइस घटाउनुहोस्। बाँकी रहन्छ चौध।"
"मैले खालि एक पटक मात्र पैसा लिएको थिएँ," उसले काम्दै गरेको स्वरमा भनी। "तपाईंकी श्रीमतीबाट मैले तीन रुबल लिएको थिए। यो बाहेक मैले कहिले पनि केही लिएकी छैन।"
उनका दुईवटै आँखाहरु आँसुले भरिइसकेका थिए। उनको सुन्दर र लामो नाकमा पसिनाका थोपाहरु देखा पर्न थालेका थिए। बिचरी !
"मैले खालि एक पटक मात्र पैसा लिएको थिएँ," उसले काम्दै गरेको स्वरमा भनी। "तपाईंकी श्रीमतीबाट मैले तीन रुबल लिएको थिए। यो बाहेक मैले कहिले पनि केही लिएकी छैन।"
"ए ? अरे, यो त मेरो हिसाबमा लेखेको पनि थिएन। त्यसो भए चौधमा अरु तीन घटाइदिनुहोस। बाँकी बच्यो एघार। यी लिनुहोस् तपाईंको पैसा। तीन, तीन, तीन, एक र एक..। तपाईंको पैसा लानुहोस्।" मैले उनलाई एघार रुबल दिए।
उनले चुपचाप पैसा लिइन् र काम्दै गरेको हातले आफ्नो गोजीमा राखिन्।
"धन्यवाद ! " उनले फ्रेन्च भाषामा बिस्तारै भनिन्।
म जुरुक्क उठें र कोठामा यताउता हिँडन थाले। मलाई रिस उठ्यो । "केको लागि धन्यवाद? " मैले सोधे।
"पैसाको लागि धन्यवाद ।"
तर मैले तपाईंलाई लुटेको छु। मेरो सत्यानाश होस्। के को लागि धन्यवाद ?"
"अरु ठाउमा त मलाई यति पनि दिदैनन्।"
''मैले त तपाईंसंग ठट्टा गरेको हो। मैले तपाईंलाई एउटा क्रुर पाठ पढाएको छु। म तपाईंको एक एक पैसा दिनेछु। यी हेर्नुहोस्, यो खाममा तपाईंको पुरै तलब राखेको छ। तपाईं गलत कुराको विरोध किन गर्नु हुन्न?
"तपाईंलाई केही पनि दिँदैनन् ? यसमा के अचम्मको कुरा भयो र ? मैले त तपाईंसंग ठट्टा गरेको हो। मैले तपाईंलाई एउटा क्रुर पाठ पढाएको छु। म तपाईंको एक एक पैसा दिनेछु। यी हेर्नुहोस्, यो खाममा तपाईंको पुरै तलब राखेको छ। तपाईं गलत कुराको विरोध किन गर्नु हुन्न? तपाईं कसरी चुप लागेर बस्न सक्नु हुन्छ? के यो संसारमा कोही यस्तो निरिह र असहाय पनि हुन सक्छ ? के तपाईंको इच्छाशक्ति यति कमजोर छ ? के यस्तो सम्भव हुन सक्छ ?"
उनी उदासीसंग मुस्कुराइन्, मैले उनको अनुहारको भाव पढें- ''हो, यो सम्भव छ।"
मैले आफ्नो क्रुर व्यवहारको लागि माफी मागें र उनलाई दुई महिनाको पुरै तलब दिए। उनी आश्चर्यचकित भइन् र मलाई धेरै पटक धन्यवाद भनेर गुन्गुनाइन् र बाहिर गइन्। मैले उसलाई हेरिरहें र सोच्न थाले, "यो संसारमा कमजोरलाई दबाउन कति सजिलो छ!"
प्रस्तुति: केदार सिटौला
प्रतिक्रिया