यस कारण चाहिन्छ हाम्रो शरीरलाई थरिथरिका भिटामीनहरु

भिटामीन कार्बनिक यौगिक हो । यो जीवित जीवहरुको सामान्य बृद्धि र विकासको लागि आवश्यक छ । भिटामीनलाई सामान्यतः दुई श्रेणीहरुमा वर्गीकरण गरिने गरिन्छ– पानीमा घोलिने र बोसो वा चिल्लोमा घोलिने ।

पानीमा घोलिने भिटामीनहरु शरीरभित्र स्वतन्त्र रुपले यात्रा गर्ने गर्छन् । हाम्रो शरीरका लागि अनावश्यक हुने यस वर्गका भिटामीनहरु मृगौलाको माध्यबाट पिसाबको रुपमा वा आन्द्राको माध्यमबाट मलको रुपमा शरीरबाट निस्काशित हुने गर्छ । त्यसको ठीक विपरीत बोसो वा चिल्लोमा घोलिने भिटामीनहरु शरीरको कोशिकाहरुमा गएर जम्मा हुने गर्छ । तिनीहरु पानीमा घुलनशील भिटामीनहरु जस्तो गरी सजिलैसँग शरीरबाट बाहिर निस्काशित हुन सक्दैन । 

पानीमा घोलिने भिटामीनहरु

पानीमा घोलिने भिटामीनहरुमा  भिटामीन बीका आठवटा प्रकारहरु पर्छन् । तिनीहरुमा १, २, ३, ५, ६, ७, ९ र १२ भिटामीन बीहरु पर्दछन् । त्यसबाहेक, भिटामीन सी पनि पानीमा घुलनशील भिटामीन हो । यी भिटामीनहरुले भोजनलाई उर्जामा बदल्नका लागि सहयोग गर्छ । त्यसबाहेक, छालालाई स्वस्थ राख्ने, कपाल, मांसपेशीहरु र मस्तिष्कको स्वास्थ्यको लागि पनि यी भिटामीनहरु आवश्यक हुन्छ । भिटामिन सी आफैंमा एक एन्टिअक्सिडेन्ट हो र यो शरीरको प्रतिरक्षा प्रणालीको लागि अत्यन्तै महत्वपूर्ण भिटामीन हो । यस भिटामीनले शरीरमा फलाम ग्रहण गर्न समेत सहयोग गर्छ ।

बोसो वा चिल्लोमा घुलनशील भिटामीन

वोसो वा चिल्लोमा घुलनशील भिटामीनहरुमा भिटामीन ए, डी, ई र के४ पर्दछन् । भिटामीन स्वस्थ दृष्टिको लागि आवश्यक पर्दछ । यस भिटामीनले शरीरका कोशिकाहरु र छालालाई समेत स्वस्थ्य राख्दछ । त्यसबाहेक, भिटामीन एले हड्डीहरुको विकास र शरीरको प्रतिरक्षा प्रणालीमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ । भिटामीन डी स्वस्थ हड्डीको लागि आवश्यक हुन्छ ।  भिटामील ईले एन्टिअक्सिडेन्टको काम गर्छ र यसले कोशिकाहरु क्षति हुनबाट बचाउँछ । रगतलाई जम्न दिन तथा हड्डीहरुलाई स्वस्थ राख्नका लागि समेत भिटामीन के आवश्यक हुन्छ ।

भिटामीनका स्रोतहरु

भिटामीन विभिन्न प्रकारका खाद्यस्रोतहरुमा पाइन्छन् । शरीरले पर्याप्त र सुनिश्चित मात्रामा भिटामीन प्राप्त गरोस् भन्ने कुराको सुनिश्चितताका लागि हामीले सन्तुलित भोजन ग्रहण गर्नु जरुरी हुन्छ । खासगरी, शरीरले उचित मात्रामा भिटामीनहरु पाउन सकोस् भन्नाको लागि हामीले फल, सब्जी, सिङ्गो अन्नहरु (नपिसेको), सिमी, गेडागुडी, कम बोसो भएको प्रोटिन तथा दुग्धजन्य खानेकुराहरु खानु जरुरी हुन्छ ।

पानीमा घुलनशील भिटामीनहरु

भिटामीन बीको सबैभन्दा राम्रो स्रोतहरुमा सिङ्गो अन्न, सिमी, मटर, बदाम, कलेजो, अण्डा र मासुहरु पर्दछन् । भिटामीन सी धेरैजसो फलफूल तथा सब्जीहरुमा पाइन्छ । त्यसमध्ये पनि अलि अमिलोपन हुने फलहरु, स्ट्रबेरी, भेडेखुर्सानी, गोलभेडा, पालुङ्गो, ब्रोकाउलीहरु भिटामीन सीको राम्रो स्रोत हो ।

बोसो वा चिल्लोमा घुल्ने भिटामीनहरु

भिटामीन ए कलेजो, अण्डा, झिङ्गेमाछा, माछा, दूध, नौनी, चीज, सखरखण्ड, गाँजर, फर्सी, पालुङ्गो, आँप सलगम, सागहरुमा पाइन्छ । भिटामीन डी वोसोयुक्त माछा, कलेजो, पनीर र अण्डाको सेतो भागमा पाइन्छ । भिटामीन इ बदाम तथा ओखरहरु, विभिन्न बीउहरु (जस्तै फर्सी, सूर्यमुखी फूल, आलस, तील आदि) र बनस्पति तेलहरुम पाइन्छ । भिटामीन के हरियो सागसब्जीहरु, पालक, ब्रोकाउलीहरुमा पाइन्छ ।

 

भिटामीनको उपयोग र लाभ

भिटामी स्वास्थ्य र शारीरिक कार्यप्रणालीलाई सुचारु राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । यसले निर्वाह गर्ने भूमिकाहरु थुप्रै हुने गर्छन् । उदाहरणको लागि, हड्डीलाई बलियो बनाउन, घाउ निको पार्न, शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने, खाएका खानेकुराहरुलाई उर्जामा परिणत गर्न, नष्ट भएका कोषहरुको पुननिर्माण गर्न लगायतका कामहरुमा भिटामीनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ ।

निष्कर्षमा भन्दा, भिटामीन शरीर स्वस्थ र निरोगी राख्नका लागि अत्यावश्यक पोषक तत्त्व हो । यसले हाम्रो शरीरको कार्यप्रणालीलाई सही राख्न सहयोग गर्छ । यी सबै भिटामीनहरु विभिन्न प्रकारका खाद्य स्रोतहरुमा पाइन्छ ।

तलको चार्टमा भिटामीनको काम र उपयाेगिता एव‌ं तिनका स्राेतबारे थाहा पाउन सकिन्छ :

Vitamin chart

भिटामीन

काम र उपयोगिता

मुख्य स्रोत

स्वस्थ दृष्टि, छाला, हड्डी, दाँत र प्रजनन प्रणाली

कलेजो, अण्डा, माछा, दूध, गाँजर, सखरखण्ड, फर्सी, पालुङ्गो

बी१

खानालाई उर्जामा बदल्न तथा स्नायु प्रणालीलाई सुचारु राख्न उपयोगी

बङ्गुरको मासु, भटमास, खरबुजा, गोलभेडा, पालुङ्गो

बी२ रिबोफ्लाविन

खानालाई उसर्जामा बदल्न, स्वस्थ छाला, कपाल, रगत र मस्तिष्कका लागि जरुरी

दुधजन्य पदार्थ, मासु, हरियो सागपात, गहुँ, ओयेस्टर

बी३ नाइसीन

खानालाई उर्जामा बदल्न, स्नायु प्रणालीलाई स्वस्थ राख्न

गोरु–राँगाको मासु, कुखुराको मासु, झिंगेमाछा, एभोकाडो, बदाम, गोलभेडा, पालुङ्गो

बी६ पाइरिडक्सिन

रातो रक्तकोषको निर्माणमा सहयोगी, निद्रा, भोक र मुडलाई नियमित गर्न

कुखुराको मासु, तोफु, केरा, खरबुजा, माछा, फलफूलहरु

बी७ बायोटिन

खानालाई सर्जामा बदल्न, ग्लुकोजलाई टुक्याउन

दलहन, अण्डा, आल्मोण्ड, भटमास, माछा

बी९ फोलेट

नयाँ कोषहरुको निर्माण तथा डिएनको संश्लेषणमा अति जरुरी,

फलफूल, पालुङ्गो, हरियो सागपात, चना, गोलभेडा, कुरिलो

बी१२

बोसोयुक्त एसिड र एमिनो एसिडहरुलाई टुक्र्याउन तथा रातो रक्तकोष निर्माण गर्न

दुधजन्य खानकुरा, गोरु–राँगाको मासु, कुखुराको मासु, माछा, अण्डा

सी

एन्टिअक्सिडेन्ट, नयाँ कोषहरुको निर्माण र रोग प्रतिरोधी क्षमतालाई स्वस्थ राख्न जरुरी

फलफूल, खुर्सानी, भेडेखुर्सानी, ब्रोकाउली, गोलभेडा, पालुङ्गो

डी

क्याल्सियमको माध्यमबाट दाँत र हड्डीहरुको निर्माण तथा स्वस्थ राख्न

अण्डाको रानी, बोसोयुक्त माछा, कलेजो, घामको किरण

एन्टिअक्सिडेन्ट, कोषहरुको झिल्लीलाई स्वस्थ राख्न उपयोगी

बदाम–ओखरहरु, एभोकाडो, तोफु, साबुत गेडागुडी, खाद्यबीजहरु

के

रगत जम्न र रगतमा क्याल्सियमको मात्रालाई नियमित गर्न

ब्रोकाउली, उमारिएका गेडागुडी, कलेजो, हरियो सागपात