अमेरिकाको गल्तीबाट इजरायलले सिक्न नसकेको पाठ
हमासलाई जरैबाट उखेल्ने नाममा इजरायलले गाजामा गरिरहेको कत्लेआमका कारण १३ हजारभन्दा बढी प्यालेस्टाइनी नागरिकको ज्यान गइसकेको छ । जसलाई इजरायल र उसको सबैभन्दा भरपर्दो सहयोगी अमेरिकाले गर्वका साथ विजय हासिल गर्ने क्रममा लक्ष्य निकट पुगेको भन्दै प्रचार गरिरहेका छन् ।
उता, विश्वव्यापी रुपमा इजरायल र अमेरिकाको यो निर्मम आक्रमण र नश्लभेदी हत्यालाई युद्ध अपराधको नवीनतम उदाहरणका रुपमा लिइएको छ । यो मानवता विरोधी अपराधमा उनीहरूले माफ पाउने छैनन् भन्ने भाष्य निर्माण भइरहेको तथ्यलाई अमेरिका र इजरायल दुवैले नजरअन्दाज गर्दा विगतमा अमेरिकाले गरेको ठूलो गल्तीलाई इजरायलले अहिले दोहोर्याई रहेको रुपमा लिन सकिन्छ ।
शरणार्थी शिविरदेखि अस्पतालमा समेत आक्रमण गरेर मान्छे मार्ने अकल्पनीय अपराध गरिरहेको इजरायलले के बुझिरहेको छैन भने गाजामा रहेका हमासका लडाकुहरूको नामोनिशाना मेट्दैमा यो युद्ध इजरायलले जित्ने वाला छैन ।
गाजामा इजरायलको आक्रामक अमानवीय बन्दै जाँदा र हजारौँको संख्यामा महिला, बालबालिका र निहत्था नागरिकको हत्या भइरहँदा विश्वभरबाट युद्ध बिराम गर्न र त्यहाँ मानवीय सहायता पुर्याउने काममा अवरोध नगर्न गरिएको अनुरोधलाई इजरायलले अस्वीकार गरिरहेको छ । शरणार्थी शिविरदेखि अस्पतालमा समेत आक्रमण गरेर मान्छे मार्ने अकल्पनीय अपराध गरिरहेको इजरायलले के बुझिरहेको छैन भने गाजामा रहेका हमासका लडाकुहरूको नामोनिशाना मेट्दैमा यो युद्ध इजरायलले जित्ने वाला छैन । किनकि हाम्रोसामु यस्ता धेरै ऐतिहासिक उदाहरणहरू छन् जसले हिंसाले हिंसाको अन्त्य गर्न सक्दैन भनेर प्रमाण छोडेर गएका छन् ।
यस प्रकारको सबैभन्दा पछिल्लो उदाहरण रुपमा ९/११ को घटना र त्यसको प्रतिक्रिया स्वरूप अमेरिकाले अघि सारेको आतङ्कवाद विरुद्धको युद्ध (वार अन टेरर) लाई लिन सकिन्छ । तथ्यले सिद्ध गरेको छ- सेप्टेम्बर ११, २००१ को आक्रमण पछिको अमेरिकी प्रतिक्रिया त्यो विनाशकारी हमला भन्दा कम विनाशकारी र भयावह थिएन । त्यसैले संसारभरका विवेकशील मानिसहरूले इजरायललाई गाजा पट्टीको क्रूर बमबारी र घेराबन्दी अन्त्य गर्न आह्वान गरिरहेका छन्। तर, इजरायल त्यो सुन्ने पक्षमा देखिएको छैन ।
९/११ पछि अल-कायदासँग लड्ने अमेरिकी दृष्टिकोण जस्तै हमासलाई "सखाप" पार्न गाजावासीमध्येको सक्दो बेसीलाई मार्ने उनीहरूको दृष्टिकोण रहेको देखिन्छ छ।
यदि इजरायलीहरूले व्यक्तिगत आतंकवादीहरूमाथि लक्षित स्थलगत कारबाहीहरू सञ्चालन गरिरहेका थिए भने धेरै थोरै मानिसहरूले मात्र युद्ध विरामको लागि आव्हान गर्ने थिए । किनकि त्यसबाट सशस्त्र हमास लडाकुहरूको मात्र मृत्यु हुने थियो । केही गैर-सैनिक नागरिकको मृत्यु भएमा त्यसलाई अपवादका रुपमा लिन सकिन्थ्यो ।
तर, ९/११ पछि अल-कायदासँग लड्ने अमेरिकी दृष्टिकोण जस्तै हमासलाई "सखाप" पार्न गाजावासीमध्येको सक्दो बेसीलाई मार्ने उनीहरूको दृष्टिकोण रहेको देखिन्छ । तर, इजरायलले आतङ्कवाद विरुद्धको कथित युद्धका करण अमेरिकाले भोगेको विपत्ति र अमेरिकाको अनुभवबाट पाठ सिक्नु राम्रो हुनेछ। अमेरिकी राजनीतिज्ञहरूले पनि इजरायललाई आफुले विगत २० वर्षमा भोगेको दुख र त्यो कालखण्डमा खेर गएको लगानीबाट कुनै पाठ सिक्न अभिप्रेरित गरेको देखिएन ।
आतङ्कवादको अन्त्य गर्न विध्वंस नै मच्चाउनु पर्छ भन्ने भ्रमबाट इजरायल मुक्त हुनु जरुरी छ । बरु, यस्तो विध्वंसले आत्मघाती क्षति निम्त्याउने प्रतिक्रियालाई थप उक्साउन सहयोग पुग्छ भन्ने बुझ्नुपर्छ । थप रुपमा बुझ्नै पर्ने कुरा के हो भने विगतमा भएको ९/११ को आक्रमण पश्चिमी संसारको राजनीतिक र वित्तीय केन्द्रहरूमा प्रहार गरेर अराजकता सिर्जना गर्न मात्र गरिएको थिएँ बरु अमेरिकालाई अफगानिस्तानको पहाडहरूमा उसले जित्नै नसक्ने युद्धमा डोर्याउन पनि गरिएको थियो।
जसरी ९/११ को प्रतिक्रियामा अमेरिका सीधै अल कायदा द्वारा बिछ्याइएको जालमा पर्यो। अहिले इजरायल पनि हमासले गरेको योजना भित्रै दौडिरहेको छ ।
त्यसैगरी, अक्टोबर ६ मा इजरायलमा भएको आक्रमण पनि त्यो मुलुकलाई एक दीर्घकालीन र महँगो युद्धमा तान्ने उद्देश्यले गरिएको थियो भन्ने अनुमान लगाउन कुनै गाह्रो छैन । यसो किन भनिएको हो भने इजरायल माथि घातक हमला गरेपछि त्यसको प्रतिक्रिया स्वरूप हुने प्रत्याक्रमणमा टिक्न सकिँदैन भन्ने कुरा पक्कै पनि हमासका लडाकुहरूलाई थाहा थियो ।
जसरी ९/११ को प्रतिक्रियामा अमेरिका सीधै अल कायदा द्वारा बिछ्याइएको जालमा पर्यो। अहिले इजरायल पनि हमासले गरेको योजना भित्रै दौडिरहेको छ । अमेरिकाले अफगानिस्तानमा आफ्नो दुई दशकको युद्धमा हजारौँ अमेरिकी र अफगानीहरूलाईको ज्यान लियो । लाखौँलाई घाइते बनायो। जसले इस्लामिक संसारमा लाखौँलाई कट्टरपन्थी बनायो र अन्ततः तालिबानको सन् २००२ पूर्वको शासन पुनर्स्थापना सँगै सो युद्ध समाप्त भयो।
अफगानिस्तानमा अमेरिकी उपस्थिति अन्तर्राष्ट्रिय जिहादी समूहहरू र राजनीतिक इस्लामको लागि थप लडाकु भर्ती गर्ने अवसर बन्यो । जसले गर्दा विश्वव्यापी रूपमा सुरक्षा खतराहरू मात्र बढेन की अमेरिकाका विरोधी भावनामा समेत वृद्धि भयो । उता अमेरिकामा सरकार विरोधी मनोवृत्ति उत्पन्न गर्यो। ९/११ आक्रमण र अफगानिस्तानको युद्धले इराक, सिरिया र अन्य ठाउँहरूमा अमेरिकी हस्तक्षेपहरू उत्पन्न गर्यो । जसले कट्टरपन्थी इस्लाम र हिंसाको दुष्चक्रलाई थप बढायो।
इजरायली प्रतिक्रिया निस्सन्देह अन्तर्राष्ट्रिय जिहादी समूहहरूका लागि वरदान, हमासका लागि थप बोनस र इजरायलका लागि थप खतरा पनि भएको छ।
ब्राउन युनिभर्सिटीको एक अध्ययन अनुसार ९/११ को प्रतिक्रियाको मिश्रित प्रभावहरूले अमेरिकी राष्ट्रिय ऋणमा ८ खर्ब डलर थपेको छ र ९० हजार जनाको प्रत्यक्ष मृत्यु भएको छ। जसले अन्तर्राष्ट्रिय मामिलामा नैतिक अधिकार दाबी गर्ने अमेरिकाको क्षमतालाई पनि नष्ट गरेको छ । अहिले यस्तो अवस्था सिर्जना भएको छ की अमेरिकी राजनीतिक नेतृत्वले अमेरिकी नागरिकहरूको घरेलु मुद्दाहरूलाई बेवास्ता गर्दै जनताले तिरेको करको खर्चमा विदेश नीतिमा अत्याधिक ध्यान दिनु परेको छ । आर्थिक पतन, सामाजिक ध्रुवीकरण जस्ता समस्यामा अमेरिका फसेको छ । निश्चित छ, इजरायलले गाजामा हालको नीतिलाई निरन्तरता दिएमा यस्तै परिणाम भोग्नुपर्ने हुन्छ।
अक्टोबर ७ का आक्रमणहरू विरुद्धको इजरायली प्रतिक्रिया, २० लाख भन्दा बढी जनसङ्ख्याबाट लगभग ४० हजार विद्रोहीहरूलाई हटाउने कथित प्रयासमा गाजा पट्टीको सम्पूर्ण भागमा बमबारी गर्ने र घेराबन्दी गर्ने निर्णयले केही दशकयताका कुनै पनि घटना भन्दा बढी इजरायली विरोधी भावना उत्पन्न गरेको छ। इजरायललाई अन्तर्राष्ट्रिय रूपमा एक्लो पार्नु नै आक्रमणको उद्देश्य थियो र इजरायलीहरूले हमासलाई उनीहरूले चाहेको कुरा दिइरहेका छन्। इजरायली प्रतिक्रिया निस्सन्देह अन्तर्राष्ट्रिय जिहादी समूहहरूका लागि वरदान, हमासका लागि थप बोनस र इजरायलका लागि थप खतरा पनि भएको छ।
तर, इजरायलले हमासलाई गाजाबाट हटाएपछि के हुन्छ भन्ने प्रश्न अझै पनि अनुत्तरित नै छ। गाजा ध्वस्त भएपछि के हुन्छ? र, इजरायल कहिलेसम्म युद्ध लड्न तयार छ ? निश्चित रूपमा युद्ध मार्फत यो समस्या समाधान हुने छैन।
अमेरिकाले ९/११ पछिको हस्तक्षेपको सम्भावित परिणामहरूको बारेमा समयमा नै सोच्नु बुद्धिमानी हुने थियो । त्यो गर्न नसक्दा त्यसको परिणाम स्वरूप अहिले सयौँ समस्यासँग एकसाथ जुध्नु पर्ने बाध्यतामा अमेरिका पुगेको छ । तर, इजरायलको लागि अझै पनि धेरै ढिलो भएको छैन। गाजामा १३ हजार भन्दा बढी मानिसहरू मारिए पनि यो बाटो उल्ट्याउन सम्भव छ। यदि त्यसो गर्यो भने इजरायलले ढिलै भए पनि अमेरिकाले खाएको ठक्करबाट पाठ सिकेको ठहर्ने छ ।
प्रतिक्रिया