नमिता–सुनिताको काँचोवायु !

गणतन्त्रको अनुहारमा कालो पोतिएको दुर्दान्त घटना हो निर्मला हत्याकाण्ड । बलात्कारपछि हत्या गरिएका निर्मला हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन ।

निर्मला हत्याकाण्डजस्तै अझैसम्म रहस्य खुल्न नसकेको घटना हो– पोखराको नमिता–सुनिता हत्याकाण्ड । उक्त घटनामा पञ्चायतकालीन शासनसत्ताका उच्च घरानियाहरुको संलग्नता थियो भन्ने चर्चा व्यापक थियो ।२०३८ साल जेठ १८ गते काठमाडौंको लाजिम्पाटबाट पोखरा घुम्न निस्केकी नमिता (बहिनी), सुनिता (दिदी) र नीरा (साथी) नाम गरेकी युवतीहरु सो हत्याकाण्डको शिकार बनेकी थिइन् । तीमध्ये नमिताको लाश जेठ २९ गते सेती नदीको वगरमा विभत्स अवस्थामा, त्यसको ९ दिनपछि सुनिताको लाश उस्तै विभत्स अवस्थामा फेला परेको थियो । उनीहरुसँग गएकी नीराको चाहिँ लाश वा सास कुनै फेला परेन एन ।

इतिहासको त्यो दुर्दान्त हत्याकाण्डको बारेमा अहिले धेरैजनाले बिर्सिसकेका छन् झन आजभोलिका नयाँ पुस्ताका युवाहरुलाई त त्यसबारे अत्तोपत्तो पनि नहुन सक्छ । इतिहासको उक्त कालो अध्यायबारे प्रकाश पार्ने २०४ सालताका संरचना साप्ताहिकमा प्रकाशित यो लेख हामीले पुनः प्रकाशित गरेका छौं ।

०००

जनआन्दोलनपछि म पहिलो पटक पोखरा पुगेको थिएँ । शुरुदेखि नै एकपछि अर्को गर्दै घटेका घटनाहरुले यात्रा अशुभ हुने संकेत दिइरहेको थिए । मुख्य कुरो त बाटो यस्तो खराब थियो कि दश पन्ध किलो मात्र घटाउने हो भने नानाथरिका व्यायाम, योगाभ्यासमा महिनौं समय बरबाद गर्नुको साटो एकै पटक पृथ्वी राजमार्गको यात्रा गर्नु नै काफी छ ।

हामी सवार भएको सुपर डिलक्स, सुृपर एक्सप्रेसको ड्राइभर बाटो जहाँ जहाँ उडबखाबड , त्यहाँ त्यहाँबाटै बस जोतेर लान्थ्यो । एउटा पनि खाल्डो ‘मिस’ गरेन । ड्राइभरको एक दिनअघि मात्र गाडीधनीसँग खाजा त्ता नपुगको विषयलाई लिएर झगडा भएको रहेछ । गजुरी नाघेपछि मलाई वान्ता भयो (म कहिल्यै गाडीमा वान्ता नहुने मान्छे) । सुपर–एक्सप्रेस शब्द्य सार्थक हुने गरी बसको रफ्तार यस्तो तेज थियो कि मैले कुन देवी देवताको स्मरण गरिनँ ? जोगिमारा पुगेपछि ड्राइभरले गत वर्ष यसैबेलातिर भएको दुर्घटनाको सम्झाना स्वर उच्च गरेर सुनाइ हाम्रो भयको मात्रा दोव्वर गराइदियो । यही जोगिमारा दुर्घटनामा मेरो साथी पवन जजोडियाको मृत्यु भएको थियो । हे भगवान, म कुन साइतमा घरबाट निस्कन पुगें !

थरिथरिका भोजनालयहरुमा गाहकी बोलाउन सिपाली तालिमे केटीहरु ‘हामीकहाँ खाना राम्रो छ आउनु होस् दाजु’ भन्दै बोलाउन थाले. । आफूकहाँ कोही नआएको पाएर एउटी केटीले हाम्रो जमातका यात्रीहरुलई धारे हात लगाई ‘हामीकहाँ खान नआएको, मरोस्’ भनेर भित्र पसी ।

मुगलिन पुगेपछिको कुरा हो, यात्रीहरुलाई खाना ख्वाउन बस रोकियो । भोक लागेको त थिएन, तैपनि अरुहरुको देखासिकी गरी म पनि बसबाट ओर्लें । थरिथरिका भोजनालयहरुमा गाहकी बोलाउन सिपाली तालिमे केटीहरु ‘हामीकहाँ खाना राम्रो छ आउनु होस् दाजु’ भन्दै बोलाउन थाले. । आफूकहाँ कोही नआएको पाएर एउटी केटीले हाम्रो जमातका यात्रीहरुलई धारे हात लगाई ‘हामीकहाँ खान नआएको, मरोस्’ भनेर भित्र पसी ।

मलाई कहिले पोखरा पुगुँ जस्तनो लागिरहेको थियो । बाँकी बाटो आँखा चिम्लेरै बिताउने बिचार गरें । तर दमौली पुगेपछि एउटा ठूलो झट्का खाएर बस रोकियो । हाम्रो ड्राइभरले इमर्जेन्सी ब्रेक लगाएको रहेछ । के भएको हो बुझ्न आँखा खोलें । हाम्रो बसले एउटी पेट बोकेकी बाख्री किचेको रहेछ । पेटमा केही बचेको भए त्यहाँ पनि मलाई वान्ता हुन्थ्यो होला ।

फेवातालमा नुहाएर चोखो भइसकेपछि कपाल सुकाउन घाममा उभिएकी हिमवाला जस्तै देखिन्छ माछापुच्छ्रे । यति नजिकै आएर उभिइदिन्छ कि यस्तो लाग्छ एउटा मटेङ्ग्रोले हिर्काए टुप्पामा पुर्याउन सकिन्छ अथवा त्यहाँ टुप्पामा उभेको मान्छे कोही भए दुई हातको ह्वाङ्ग बनाई सुन्न सक्ने गरी बोलाउन सकिन्छ ।

जस्तै छिटो हाँके पनि बिहान ६ बजे काठमाडौंबाट रवाना भएको हाम्रो बस पौने दुई बजे मात्र पोखरा पुग्यो । पोखरा मलाई मनपर्ने शहर । पर्यटनको दृष्टिले यो काठमाडौंपछिको शहर भन्नु अत्युक्ति हुँदैन । दर्शनीय केही स्थालहरु जस्तै कि फेवाताल, माछापुच्छ्रे, शहरबाट अलि टाढा लामाहरुको गुम्बा भएको एउटा डाँडा मेरा कमजोरीहरु नै हुन् । महेन्द्र पुल नाघेपछि अस्पताल जाने बाटोबाट हेर्दा आकाश सफा भएको बेला माछापुच्छ्रे यस्तो राम्रो देखिन्छ, मानौं पोष्टकार्ड आँखा अगाडि नै ल्याएर देखाएजस्तै । फेवातालमा नुहाएर चोखो भइसकेपछि कपाल सुकाउन घाममा उभिएकी हिमवाला जस्तै देखिन्छ माछापुच्छ्रे । यति नजिकै आएर उभिइदिन्छ कि यस्तो लाग्छ एउटा मटेङ्ग्रोले हिर्काए टुप्पामा पुर्याउन सकिन्छ अथवा त्यहाँ टुप्पामा उभेको मान्छे कोही भए दुई हातको ह्वाङ्ग बनाई सुन्न सक्ने गरी बोलाउन सकिन्छ । फेरि सेती नदी उस्तै छिन् । आफू  अभिसार गर्ने इच्छाले गएको अरुले थाहा पाउला, चियो गर्ला भनी डराएँदै, छल्दै, लुक्दै  हिँडेकी तरुनी जस्ती । तर नरमाइलो सफरको थकानलाई नै दोष दिउँ, थकाल्नी दिदीकहाँ मासुभात र रातोमुलाको अचार खाएपछि कतै नगई लजको कोठाभित्र पसी गुर्लुम्म पाखी ओढेर सुतें । खाना पनि त्यति मीठो लागेन । एकछिन सुस्ताएर साँझतिर चाइनिज प्रोजेक्ट हेर्न जाने विचार थियो, त्यो पनि त्यसै भयो । आँखा खुल्दा रातको सवा एघार बजिसकेको थियो ।

कोठाभित्र यो केको उज्यालो ! बत्ती त निभेकै थियो । म कोठामित्रको वस्तु सबै देख्ने सक्थें । उज्यालो भएको भित्तामा पोतिएको कमेरोले गर्दा त जरुर पनि होइन । म केही बुझ्न नसकेर हतप्रभ अवस्थामा पल्टिनै रहेको थिएँ , ढोकानेर दुईजना आइमाईहरुको सेता आकृति देखापरे ।

म नउठेर त्यसै उत्तानो पल्टिरहें । पोखरा शहर  पुरै सुतिसकेको थियो । कीराहरु कराएके बाहेक कतै केही सुनिँदैनथियो । बाहिर चकमन्न अँध्यारो थियो । तर कोठाभित्र यो केको उज्यालो ! बत्ती त निभेकै थियो । म कोठामित्रको वस्तु सबै देख्ने सक्थें । उज्यालो भएको भित्तामा पोतिएको कमेरोले गर्दा त जरुर पनि होइन । म केही बुझ्न नसकेर हतप्रभ अवस्थामा पल्टिनै रहेको थिएँ , ढोकानेर दुईजना आइमाईहरुको सेता आकृति देखापरे । मेरो कञ्चटबाट पसिना निस्कन थाल्यो । आकृतिहरुअलि वर आए र दुईम्यधे एकले बोल्यो, “हामीहरु नमिता, सुनिता हौं । म नमिता, ऊ सुनिता ।”

एकछिन पछि मैले आफूमा भय र सतर्कताभन्दा उत्सुकता बढी भएको पाएँ । आश्चर्यको कुरा त के भने तिनीहरु कति पनि डरलाग्दा देखिदैनथिए । म तिनीहरुले बोलेको अभिरुचिपूर्वक सुन्न तत्पर भएँ ।

नडराउनोस्, हामी तपाईंलाई केही गर्न आएका होइनौं । तपाईंलाई हानी पुर्याउने शक्ति हामीमा छैन । हामी तपाईंलाई केही कुरा भन्न आएको”– एकछिन रोकिएपछि नमिताको आकृतिले भन्यो– “तपाईं आज पोखरा आउनु हुन्छ भन्ने थाहा भयो र हामीहरु धेरै टाढासम्म तपार्यंलाई लिन आएका थियौं । बाटोभरि हामी तपाईसँगै थियौं । केवल तपाईं बसभित्र, हामीहरु हावामा । भन्नुहोस् क छ काठमाडौंको हालखबर ?”

हामीहरुको के हालखबर हुन्छ र ? मरिसकेका मान्नछेहरुको केही हालखबर हुँदैन ।”

मलाई के जवाफ दिऊँजस्तो लाग्यो, यस्तैमा ढाँटे, “राम्रै छ, सबै  राम्रै छ ।”

मेरो जवाफ सुनेर तिनीहरु उदास भए । एकअर्काको मुख हेरेर एकछिन चूप लागेपछि सुनिताको आकृतिले भन्यो, हामीले हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरुको विषयमा सोधेको । कसरी दिन बिताउँदैछन् तिनीहरु ?”

सबैको हालखबर ठीकै छ । सबै व्यस्त छन् आ–आफ्ना काममा,” मैले भनें, “बरु तिमीहरुको हालखबर के छ भन न !”

हामीहरुको के हालखबर हुन्छ र ? मरिसकेका मान्नछेहरुको केही हालखबर हुँदैन ।”

नमिता सुनितालाई मैले जीवितावस्थामा देखेको थिइनँ । तिनीहरुको विषयमा भने अवश्य पनि धेरै पढेको थिएँ, त्यो पनि तिनीहरुको हत्या भइसकेपछि । कोठाको धीमा उज्यालोमा तिनीहरुको अनुहार सेता, फुस्रा र अघीर देखिन्थे ।

अलिहे त प्रजातन्त्र आइसकेको छ रे हगि । अवश्य पनि व्यस्त नै होला सबै । हामीले पनि कस्तो कुरा सोध्न पुगेको । यसभन्दा अघि प्रजातन्त्र नआएँदा पनि त व्यस्त नै थिए सबै । कसैलाई कसको के चासो । फुसदै भए पनि आफ्नो सिवाय अरुको चासो लिने के चासो र कसैलाई !” नमिताको आकृतिले भन्यो ।

यी दृश्यहरु हेर्न नसकेर मैले आँखा चिम्ले तर आँखा अगाडि अगाडि आई फेवा र रारा रुन थाले, विन्धवासिनीको मन्दिर रुन थाल्यो, रुन थाल्यो माछापुच्छ्रे र सेती नदी पनि । सम्पूर्ण पोखरा शहर नै रुन थाल्यो ।

त्यसपछि मैले देखें– तिनीहरुको मुख अँध्यारो भयो । यसको साथसाथै कोठाको उज्यालो पनि कम भयो । सुनिताको आकृतिका दुवै आँखाबाट आँसु समेत झरे ।

आउ दिदी जाउँ, हाम्रो काम बन्दैन,” नमिताको आकृतिलाई सुनिताको आकृतिले आँसु पुछ्दै भन्यो ।

तिनीहरुको आकृति अस्पष्ट हुँदै गएको आभास पाएर पलङ्गबाट उठ्ने प्रयास गर्दै मैले भनें, “पख नजाऊ । तिमीहरुले के भन्न चाहेको हो, त्यो मलाई स्पष्ट भनेर मात्र जाऊ । तिमीहरुको अभिप्राय के हो, त्यो बताएर मात्र जाऊ ।”

मैले यति भनेको केही क्षणपछि दुईटै आकृतिहरु पुनः स्पष्ट भए । यसको साथै कोठाको उज्यालो पनि बढ्यो । तिनीहरुले केही बोलेनन् तर दुवैका आँखा भिजेका थिए । हेर्दाहेर्दै दुवैको हिक्का चल्न थाल्यो । एकछिनसम्म दुवैका आँखाबाट आँसुको अविरल धारा बह्यो । आश्चर्य ! तिनीहरुलाई साथ दिए जस्तै कोठाका भुँई भित्ता रुन थाले, दलीनहरु रुन थाले, भित्तामा झुण्ड्याइएका तस्विरहरु रुन थाले, खोपिल्टामा राखेको बुद्धको मूति रुन थाल्यो, पलङ्गमाथि थाङ्का चित्रको मञ्जुश्री रुन थाल्यो । यी दृश्यहरु हेर्न नसकेर मैले आँखा चिम्ले तर आँखा अगाडि अगाडि आई फेवा र रारा रुन थाले, विन्धवासिनीको मन्दिर रुन थाल्यो, रुन थाल्यो माछापुच्छ्रे र सेती नदी पनि । सम्पूर्ण पोखरा शहर नै रुन थाल्यो । यो त झनै भयावह मैले हत्तपत्त आँखा खोलें । त्यतिबेलासम्म तिनीहरुले आँसु पछिसकेको रहेछ ।

महलमा जन्मेर रवाफमा हुर्केका ठूलाबडाहरुले सामान्य घरका छोरी बेटीहरुलाई महलभित्र अथवा पोखराजस्तो टाढा ठाउँमा ल्याएर बलातकार गर्नु, त्यसपछि मारिदिनु त्यति ठूलो कुरा पनि त होइन ।

हामीलाई सबैले बिर्सिसकेहगि ! सबैले बिर्सिसके हामीलाई, हामीले पाएको यातनालाई, हाम्रो हत्यालाई, हाम्रो हत्याको भेद थाहा पाउनेहरुको हत्यालाई । त्यो सम्पूर्ण घटना नै बिर्सिसके मानिसहरुले । महलमा जन्मेर रवाफमा हुर्केका ठूलाबडाहरुले सामान्य घरका छोरी बेटीहरुलाई महलभित्र अथवा पोखराजस्तो टाढा ठाउँमा ल्याएर बलातकार गर्नु, त्यसपछि मारिदिनु त्यति ठूलो कुरा पनि त होइन । ठीकै छ, तर हाम्रो आत्मा अगति नै रहे । घटनाको छानविन होला, दोषीहरुलाई सजाय दिइएला भन्ने आशामा हाम्रो काँचोवायु निरतर यताउति भौतारिइरहेको छ । अहिलेसम्म कसैले तार्न सकेन हाम्रो आत्मालाई । हामी यसरी दुःख पाइरहेका छौं तर हाम्रा हत्याराहरु स्वच्छन्दा निर्धक्क भएर डुलिरहेका छन्, पश्चातापको एक शब्दसम्म पनि नबोली । यस्तो कल्पनाले हामीलाई झनै बेचैन तुल्याउँछ”– एकछिन चूप लागेर नमिताको आकृतिले फेरि भन्यो– “तर... अब त प्रजातन्त्र आइसकेको छ । न्यायका सम्पूर्ण मन्दिरहरुमा झुण्ड्याइएका घण्टाहरु बजाउने ...।”

मलाई अरु सुन्ने साहस भएन । दुवै हातले अनुहार छोपेर चिच्याएँ, “भो, भो... पुग्यो । प्लीज, अरु नबोल ।”

तर तिनीहरुले बोलेको आवाज मेरो कानभित्र धाराप्रवाह पसिरहेको थियो ।

हो हामी पापिनी हौं । हामीहरुबाट ठूलो गल्ती भयो । बाँचेका हाम्रा दिदीबहिनीहरुले हामीबाट शिक्षा लिउन् ! तर यस्ता पापहरु हुनुमा के स्वास्नीमान्छेहरु नै मात्र दोषी छन्, जिम्मेवार छन् ? नारी र पुरुषहरुको एकअर्कासँग निकट हुने इच्छा विधिकै एक विधान र प्रकृतिकै एउटा नियम भएअनुरुप हामी स्वास्नीमान्छेहरुको पनि लोग्नेमान्छेहरुको साथसंगतमा आनन्दित हुने इच्छाआकांक्षालाई के यौनआचारकै सन्दर्भमा मात्र हेरिन्छन् ! यदि यस्तै हो भने कुनै पनि केटी आफ्नो केटासँग डुल्न जाने छैन । बालाजुको उद्यानमा फुलेका फूलहरुको कुनै महत्व हुने छैन । कुनै पनि बाबुआमाले बाहिर निस्केकी आफ्नी छोरी घरभित्र नपसेसम्म चैनको स्वास लिने छैनन् । मातृत्व पनि केवल...।”

उफ !... पुग्यो, पुग्यो । नमिता सुनिता अब अरु नबोल । म आजै काठमाडौं गएर तिमीहरुको वेदना सबैलाई बताइदिन्छु । प्लिज, प्लिज, पुग्यो । अब अरु बोल्नुपर्ने जरुरछ छैन । म आजै काठमाडौं फर्कनेछु ।”

मैले फेवाताल र माछापुच्छ्रे हेरें । के हो यो ! फेवाताल आलो रगतको पोखरी जस्तो देखिइरहेछ । माछापुच्छ्रे  किन त्यस्तो फुस्रो, अस्थिपञ्जर कङ्काल जस्तै । नमिता र सुनिताको आत्मा कतै त्यहाँ बास बस्ने गरेको त होइन ?

आफ्नो अनुहारबाट मैले हात हटाएँ । तिनीहरु गएका रहेनछन् । दुवै त्यसरी नै त्यही ठाउँमा उभिइरहेका थिए । तर तिनीहरुको अनुहारमा सन्तोषको चिन्ह झल्किरहेको थियो । दुवै आश्वस्त देखिन्थे । प्रशन्न हुँदै तिनीहरुले भने, “उसो भए बताइदिनु हुन्छ हगि... सबैलाई बताइदिनु हुन्छ ।”

यतिकैमा टाढा कुखुरा बासेको आवाज आयो । नमिता सुनिताका आकृतिहरु बिलाए । म विछ्यौनाबाट जुरुक्क उठें । मलाई एकछिन पनि पोखरा बस्न मन लागेन । बिहानको चिसो हावा चलिसकेको थियो । लजको केटो जगाई पैसा तिरेर बाहिर निस्कें । मैले फेवाताल र माछापुच्छ्रे हेरें । के हो यो ! फेवाताल आलो रगतको पोखरी जस्तो देखिइरहेछ । माछापुच्छ्रे  किन त्यस्तो फुस्रो, अस्थिपञ्जर कङ्काल जस्तै । नमिता र सुनिताको आत्मा कतै त्यहाँ बास बस्ने गरेको त होइन ? अनि यो सुइँइय ।... केको आवाज ? ए सेती नदीको रहेछ ! तर किन अजिङ्गरले स्वास तानिरहेको जस्तो ?

म त्यही दिन काठमाडौं फर्कें । बाटोभरि मनमा कुरा खेलिरह्यो– ‘नारीजाति एउटा बहुतै संवेदनशील विषय हो । नारीहरुकै कारणबाट विश्वामा ठूला ठूला घटनाहरु घटिसकेका छन् । राम्ररी केलाएर हेरे के कथा, के इतिहास सबैमा गम्भीर घटनाहरुको सूत्रपात नै यिनीहरुले गरेका हुन्छन् । फेरि यस्ता घटनाहरु चिरकालसम्म अविस्मरणीय रहिरहन्छन् पनि ।’

केही वर्षअघि भारतको दिल्ली शहरमा गीता चोपडाको निर्मम हत्या र आफ्नै दिदीको रक्षा गर्ने प्रयासमा तिनको भाइ संजय चोपडाको हत्या गर्ने विल्ला र रङ्गालाई जेलबाट अदालत, अदालतबाट जेल चलान गर्दा बाटोमा उभिएका लाखौ. मानिसहरुले ‘फाँसी दे, फाँसी दे’ भनेर कराएका थिए । दिदी र भाइको त्यो विभत्स हत्यालाई भारतका जनता, भारतको कानून र भारत सरकारले कुनै हालतमा पनि बिर्सेनन्, माफी दिएनन् । महाभारतमा पञ्च पाण्डवहरुले आफूलाई कौरवहरुले लाक्षागृहमा जलाएर मार्न आँटेको बिर्से, बाह्र वर्षको बनवास र एकवर्षको गुप्तवासलाई विर्से तर हस्तिनापुरको राजसभामा दुशासनले लछारपछार गरेर ल्याएकी द्रोपदीको चिरहरणलाई कहिल्यै बिर्सेनन् ।

तर केही वर्षअघि प्रशासनलाई समेत आफ्नो मुठ्ठीमा राख्न सक्ने केही शक्तिशाली व्यक्तिहरुले नमिता र सुनिता नाउँ गरेका दुई केटीहरुलाई पोखरा ल्याएर बलात्कारपश्चात हत्या गरेको जघन्य अपराधलाई हामीले यति चाँडै बिर्स्यौं । चाहेर पनि कसैले केही गर्न सकेनन्, लाचारी र विवशताबीच पिल्सिइरहे । ‘मानव अधिकार’ शब्दहरु केवल भाषण दिँदा बोलिने कागजमा लेखिने शब्दहरुमा मात्रै सीमित रहे ।

तर बिर्सने र नबिर्से पनि चूप लागेर सहने यो क्रम कुन बेलासम्म जारी रहने हो ?