शीतयुद्धको 'प्रणय सम्बन्ध' !

अन्तरीक्षबाट फर्केका सोभियत कुकुरले जोडेको साेभियत–अमेरिका सम्बन्धको रोचक कथा

अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसमा पुशिन्का

अन्तरीक्षमा यात्रा गर्ने पहिलो कुकुर थियो लाइका। लाइकालाई ३ नोभेम्बर १९५७ मा सोभियत संघले स्पुतनिक २ रकेटमार्फत् अन्तरीक्षमा पठाएको थियो। लाइका फेरिर्तीमा फर्केर आउन पाइन्। उनको मृत्यु अन्तरीक्ष यात्राको क्रममा भएको थियो। त्यस्तै सोभियत संघले अन्तरीक्षमा दोश्रो पटक पनि कुकुरहरु नै पठाएको थियो। वास्तवमा यो भविष्यमा मानिसलाई कसरी सुरक्षित अन्तरीक्षमा पठाउन सकिन्छ भन्ने बारे थाहा पाउनका लागि गरिएको अनुसन्धानकै हिस्सा थियो ।

१९६० अगस्त १९ मा बेल्का र स्ट्रेल्का नाम गरेका दुईवटा कुकुरहरुलाई स्पुतनिक ५ रकेट मार्फत अन्तरीक्षमा पठाइएको थियो। Vostok 3KA-2 भनेर समेत चिनिने सो  अन्तरीक्ष अभियानमा बेल्का र स्ट्रेल्कासंगै दुईवटा सेता मुसाहरु, चालीसवटा जति साना खालका साना खालका मुसाहरु, केही प्रजातिका कीरा फट्यांग्राहरु र केही बिरुवा र बनस्पतिहरु पनि पठाइएका थिए। उनीहरुका लागि विशेष खालको केविन बनाइएको थियो । त्यसमा उनीहरु अन्तरीक्षमा पृथ्वीको परिक्रमा गर्दा तथा अन्तरीक्षबाट पृथ्वीमा फर्कदा के कस्ता अवस्थाहरुबाट गुज्रन्छन् भन्नेबारे विशेष अध्ययन गरिएको थियो ताकि भविष्यमा मानिसलाई अन्तरीक्षमा पठाउँदा भोग्नुपर्ने सम्भाव्य समस्याहरुलाई पहिचान गर्न तथा तिनको निराकरणको उपाय खोज्न सकियोस् ।

 यी कुकुर, मुसा र वनस्पतिहहरुको अन्तरीक्ष यात्रा जम्मा २७ घण्टा चलेको थियो। यस क्रममा यिनीहरुले पृथ्वीको १७ पटक परिक्रमा गरेका थिए।

अन्तरीक्ष यात्राको लागि सोभियत बैज्ञानिकहरुले बेल्का र स्ट्रेल्कालाई छनौट गर्नुका केही व्याबहारिक कारणहरु थिए। सोभियत वैज्ञानिकहरुले  अन्तरीक्ष यात्राका लागि निम्न विशेषता भएका कुकुरहरु खोजिरहेका थिए:– अन्तरीक्ष यात्रामा जाने  कुकुर पोथी लिङ्गको, ६ किलो भन्दा कम वजन भएको, ३५ सेन्टिमिटर भन्दा बढी उचाई नभएको र उमेर २ देखिर्ष सम्मको हुनुपर्ने। त्यस्तै कुकुरको रंग हल्का हुनुपर्ने थियो। किनकि यिनीहरुको हल्का रंग फोटो खिचेर अखबारमा प्रकाशित गर्दा राम्रो आउनेवाला थियो। 

बेल्का र स्ट्रेल्का सोभियत संघको राजधानी मस्कोको सडकमा विचरण गर्ने भुस्याहा कुकुरहरु थिए। अन्तरीक्ष यात्राको लागि सडकका कुकुरहरु छनौट गर्नुको खास कारण के थियो भने यिनीहरुलाई चिसो र भोक खप्न सक्ने बानी परेको हुन्थ्यो। सडकका कुकुरहरु एकदमै कठिन अवस्थामा पनि जिउन अभ्यस्त भएका हुन्छन् । त्यही भएर यिनीहरु सोभियत वैज्ञानिकहरुको प्राथमिकतामा परेका थिए

सफल अन्तरीक्ष यात्रापछि बेल्का र स्ट्रेल्का सोभियत संघका सबै भन्दा प्रख्यात जनावर बने। बेल्का र स्ट्रेल्काका तस्बिर अंकित पोस्टर, ब्यानर र पोस्टकार्ड प्रकाशित गरिए। अन्तरीक्ष यात्राको केही महिनापछि स्ट्रेल्काले ६ वटा बच्चा जन्माइन्। यी मध्ये एउटाको नाम पुशिन्का राखिएको थियो।  यो खबर सोभियत संघको टेलिभिजनमा प्रमुखताका साथ प्रशारण गरिएको थियो।

https://www.rferl.org/

१९६१ मा सोभियत संघका नेता निकिता ख्रुश्चेभ र अमेरिकी राष्ट्रपति जोन एफ केनेडी बीच अस्ट्रियाको भियनामा शिखर वार्ता भएको थियो। त्यही वार्ताको क्रममा केनेडीकी श्रीमती ज्याक्लिनले ख्रुश्चेभसंग स्ट्रेल्काका बच्चाहरुको बारेमा सोधिन्त्यसको केही महिनापछि ख्रुश्चेभले पुशिन्कालाई अमेरिकी राष्ट्रपति केनेडी परिवारलाई उपहार दिए। पुशिन्कालाई सोभियत पासपोर्ट बनाएर अमेरिकामा पुर्याइयो। अमेरिकी राष्ट्रपति केनेडीले ख्रुश्चेभलाई धन्यवाद व्यक्त गर्दै चिट्ठी लेखे। सो चिट्ठीमा लेखिएको थियो – 'श्रीमती केनेडी र म पुशिन्का प्राप्त गर्दा हर्षित छौं । पुशिन्काको सोभियत संघदेखि अमेरिकासम्मको उडान उनको आमाको जस्तो नाटकीय यात्रा त थिएन। तर यो पनि लामो यात्रा थियो उनले यसलाई राम्रो संग पुरा गरिन्। आफ्नाे कामको व्यस्तताबीच पनि तपाईंले यस्तो कुरा ख्याल राख्नु भएकोमा हामी प्रशंसा गर्छौं'

अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसमा राष्ट्रपति केनेडी परिवारका पहिलेदेखि पालिएका ४ वटा कुकुरहरु थिए। पुशिन्का तिनीहरुसंग छिट्टै नै घुलमिल भइन्तीमध्ये एउटा कुकुर चार्लीसंगको सम्बन्धबाट पुशिन्काले ४ वटा बच्चा जन्माइन् । राष्ट्रपति केनेडीले तिनीहरुलाई पपनिक्स भन्ने नाम राखिदिए। पपनिक्स  रुसी रकेट स्पुतनिक र कुकुरको बच्चालाई जोडेर राखिएको नाम थियो। केनेडी यी बच्चाहरु प्रति अत्यन्त रुचिचासो राख्थे। उनले कुकुरहरु रेखदेख गर्ने कर्मचारीलाई सोधिराख्थे- 'यी बच्चाहरुले कहिले आँखा खोल्छन् ? यिनीहरुले कहिलेदेखि ठोस खाना खान थाल्छन् ? यिनीहरुको रौ लामो हुन्छ कि छोटो ?' आदि इत्यादि !

६० को दशकको सुरुवातमा अमेरिका र सोभियत सं बीच शीतयुद्ध चरम अवस्थामा पुगेको थियो। त्यस्तो संकटपूर्ण अवस्थामा पनि कुकुरहरुमार्फत् देखाइएको यो सौहार्दता एउटा दुर्लभ घटना थियो !

Title Photo: bbc