पुर्पुरो

एक दिन उचियामा पुस्तक पसलमा गफ चुटिरहंदा (तिनताका मलाइ केही बिचरा विद्वानहरु' ले देशद्रोही भन्थे किनभने म उचियामा पुस्तक पसलमा बरोबर बसिबियाँलो गर्न पुग्ने गरेकोले तिनीहरु मदेखि बैरी भएका थिए, तर दुक्खको कुरो उनीहरुले मलाइ अहिले सराप्न छाडिसकेका छन,) मैले के कुरा जानें भने यस बर्स २६ पुगेका अर्थात् पिङ बु 'मलमास' मा जन्मेका जापानी आइमाईहरु अत्यन्त दुखी आइमाईहरु हुन् । साधारणरूपले के कुरा मानिएको थियो भने त्यस बर्समा जन्मेका आइमाईहरुले आफ्ना लोग्ने खान्छन् । उन्ले फेरि बिहा गरे भने पनि उही कुरो दोहरिन्छ र साँचै भनूं भने, पाँच छ पल्टसम्म पनि त्यही कुरो दोहोरिरहन सक्छ । त्यस उसले, उनीहरुका लागि लोग्ने खोज्नु निक्कै गाह्रो हुन्छ । हुन त यो अन्धविश्वास हो तर जापानमा यस्तो खालको अन्ध विश्वास अझै चल्ती छ ।

मैले सोधें, हैन, उनीहरुको दुखी पुर्पुरो मेट्ने अर्को कुनै त्यस्तो जुक्ति छैन त ? जवाफ थियोः कुनै जुक्ति छैन ।

यस कुराले मलाइ चीन बारे केही गम्न लगायो ।

मैले थाहा पाए अनुसार विचार गर्ने हो भने चिनियाँ आइमाईहरुको त्यस्तो कुनै फेर्न नसकिने पुर्पुरो छैन । यहाँ पनि 'दुखी' पुर्पुरो र 'साह्रो' पुर्पुरो छन् तर कुनै बलि चढाएर वा प्रार्थना गरेर पुर्पुरोलाई फेर्ने उपायहरु पनि सँधैभरि रहेकै छन् अर्थात् आफू खाइएला कि भनी नडराउने, र 'दुखी' वा 'साह्रो' पुर्पुरोलाई फेर्ने खालको मानिससित त्यस्ता आइमाईले बिहा गर्नसक्छन् ।

चिनियाँ भाषा र रितिथितिमा दख्खल भएका धेरै विदेशीहरु के भन्छन् भने चिनियाँहरु पुर्पुरोवादी हुन् र पुर्पुरोमा लेखिएपछि केही गर्न सकिन्न भन्ने कुरामा उनीहरु पत्यार राख्छन् । र अहिले केही चिनियाँ पण्डितहरु पनि यही कुरा भनिरहेछन् । तर मैले थाहा पाए अनुसार विचार गर्ने हो भने चिनियाँ आइमाईहरुको त्यस्तो कुनै फेर्न नसकिने पुर्पुरो छैन । यहाँ पनि 'दुखी' पुर्पुरो र 'साह्रो' पुर्पुरो छन् तर कुनै बलि चढाएर वा प्रार्थना गरेर पुर्पुरोलाइ फेर्ने उपायहरु पनि सँधैभरि रहेकै छन् अर्थात् आफू खाइएला कि भनी नडराउने, र 'दुखी' वा 'साह्रो' पुर्पुरोलाइ फेर्ने खालको मानिससित त्यस्ता आइमाईले बिहा गर्नसक्छन् । एक जना आइमाईको धुपुरोमा उस्ले पाँच जना वा छ जना लोग्ने खान्छे भनी लेखिएको छ भने त्यस्तो पनि पुरेत पाइन्छ जुन जहिले पनि त्यस्तो पुर्पुरो फेर्न तयार छ- उसले आरूको बोटको काठका पाँच वा छ वटा लोग्ने मानिसहरुको मूर्ति बनाउन लाउंछ, र तिन्मा मन्त्र फुक्छ र तिनसित उनको 'बिहा' गराइसकेपछि तिन्लाइ जलाइदिन्छ वा गाडिदिन्छ; त्यसपछि उनीसित साँच्चिकै बिहा गर्ने वा उनको सातौ लोग्ने हुने माथि कुनै किसिमको आपद बिपद आइलाग्दैन ।

चिनियाँहरु पुर्पुरोमा विश्वास त गर्छन् तर उनीहरुले विश्वास गर्ने पुर्पुरो चाहिं फेरिन पनि सक्छ । 'कुनै जुक्ति छैन' भन्नु कहिले काहीँ पुर्पुरो फेर्ने अर्को जुक्ति खोज्ने बाटो पनि हुनजान्छ । कसैले साँच्चिकै रूपमा यही 'पुर्पुरो' हो यसमा 'कुनै जुक्ति छैन' भनी विश्वास गर्छ भने त्यस्को अर्थ वास्तवमा के हो भने उसका सबै जुक्तिहरु बिफल भएका छन् र उ नष्टै हुन आँटेको छ । चिनियाँहरुको लागि, पुर्पुरो भनेको घटनाहरुलाई निर्धारित गर्ने कुनै त्यस्तो कुरो होइन, यो त घटना घटिसकेपछि त्यस्को सजिलोगरी स्पष्टिकरण दिने कुरा मात्र हो ।

हामीहरु रानीहरुलाइ पनि आदर गर्थ्यो, तर हामीहरुमध्ये कसै-कसैले उनीहरुलाई फकाउन पनि खोज्थे । हामीहरु द्यौताहरुदेखि डराउँथ्यौं, तर तिनीहरुलाइ घूस ख्वाउन भनी नोट पनि बाल्थ्यौँ ।

साधारण रूपले, चिनियाँहरुका आफ्ना अन्धविश्वासहरु छन् र त्यसरी नै 'विश्वासहरु' पनि छन्, तर प्रष्टतः त्यस्ता 'दृढ विश्वासहरु' धेरै थोरै मात्र छन् । अघि-अघि हामीहरु बादशाहलाई सबभन्दा बढी आदर गथ्यौँ, तर त्यसै बेला हामीहरु उसमाथि नियन्त्रण गर्न पनि खोज्थ्यौं । हामीहरु रानीहरुलाइ पनि आदर गर्थ्यो, तर हामीहरुमध्ये कसै-कसैले उनीहरुलाई फकाउन पनि खोज्थे । हामीहरु द्यौताहरुदेखि डराउँथ्यौं, तर तिनीहरुलाइ घूस ख्वाउन भनी नोट पनि बाल्थ्यौँ । हामी बीरहरुको तारिफ त गर्थ्यो, तर तिनीहरुका लागि आफ्नो ज्यान भने अर्पण गर्दैनथ्यौं । कन्फ्यूसी विद्वानहरु बुद्धको पनि पूजा गर्छन् । आज एक जनामाथि विश्वास गर्ने जोधाहाहरु भोलि गएर अर्कोमाथि विश्वास राख्न थाल्छन् । चीनमा धर्मलाई लिएर कुनै लडाइँ लडिएको थिएन र उत्तरी वाईदेखि लिएर थाङ राजवंशको अन्तसम्म बुद्ध धर्म र शावधर्म पालैपालो गरी विकसित र पतन भए तापनि यसो भएको कारण वादशाहको कानमा कानेखुसी गर्ने केही मानिसहरुको मह मुछेका शब्दहरुले गर्दानै हो । द्यौता साधन तन्त्र मन्त्र, प्रार्थना इत्यादिले पुर्पुरो जतिसुकै साह्रो भए तापनि केही पैसा खर्च गरेर वा अलिकति लम्पसार परी ढोग्ने काम गरेर पुर्पुरोमा लेखिएको कुरो राम्रैगरी मेट्न सकिन्छ—अर्को शव्दमा भन्ने हो भने, वास्तवमा त्यो पुर्पुरोमा लेखिएकै हुँदैन ।

हाम्रो बुद्धिमान बाजे बराजुहरुमध्ये केही त्यस्ता व्यक्ति- हरु पनि पाइन्छन् जसलाई 'पुर्पुरो' - शब्दमा रहेको अनिश्चित- ताले मानिसहरुलाइ कहिल्यै निश्चितताको भावना दिन सक्तैन भन्ने कुरो थाहा थियो । त्यस उसले उनीहरु के भन्थे भने खोजिएका जति जम्मै जुक्ति ठीक ठीक भएर निस्कनु वास्तविक अर्थमा 'पुर्पुरो' हुन्थ्यो र पुर्पुरो फेर्नका लागि प्रयोग गरिने बिभिन्न जुक्तिहरु पनि पुर्पुरोमा नै लेखिएका हुन्छन् । तर सर्वसाधारण जनताले यो बिचारलाइ अंगालेको देखिंदैन ।

हामीहरुले वास्तविक विचार र व्यवहारको प्रयोग गर्यौं भने, अन्धविश्वासको साटोमा विज्ञानको प्रयोग गन्यौं भने, चिनियाँहरुले आफ्नो पुर्पुरोवादी दृष्टिकोणलाइ फ्याकिदिने छन् ।

'दरिलो विश्वास' नहुनु र चिप्लिनु जस्ता कुराहरू, मानिसहरुका लागि, राम्रा कुरा हैनन् जस्तो लाग्छ किनभने यस्बाट उनीहरुको 'आफ्नो भन्ने इच्छा रहँदै रहेनछ' भन्ने कुरो छर्लंगिन्छ । तर मेरो विचारमा, पुर्पुरोमा विश्वास गर्ने चिनियाँहरूले पुर्पुरो फेरिन पनि सक्छ भन्ने कुरामा पनि विश्वास गर्नु राम्रो कुरो हो । हाललाइ हामीले एउटा अन्ध- विश्वासको विरोधमा अर्को अन्धविश्वासको प्रयोग गरेका छौं र आखिरमा कुरा त उही का उही नै भयो । पछि हामीहरुले वास्तविक विचार र व्यवहारको प्रयोग गर्यौं भने, अन्धविश्वासको साटोमा विज्ञानको प्रयोग गन्यौं भने, चिनियाँहरुले आफ्नो पुर्पुरोवादी दृष्टिकोणलाइ फ्याँकिदिने छन् ।

साँच्चै नै त्यस्तो दिन आयो भने बौद्ध भिक्षुहरु, शावो- पुरोहितहरु, झांक्रीहरु, ज्योतिषीहरु, द्यौता साधन गर्नेहरु र अरु यस्ता सबै खालका तत्त्वहरुको गद्दी वैज्ञानिकहरुको हातमा पर्नेछ र बर्स दिन भित्रैमा यस्ता सबै द्यौता स्यौताहरु- बाट हामी उम्कन सक्ने हुनेछौं ।

२३ अक्टुवर १९३४ . अनुबादक- शान्तदास । प्रकाशक- नेपाल-चीन मैत्री संघ । Title Photo: www.theguardian.com

साङ्घाईमा रहेको जापानी पुस्तक - पसल ।