यसरी भएको थियो लेनिनको हत्या प्रयास !

https://i.redd.it/3po0fp1kkpk91.jpg

कारखानाको मुख्य वर्कसपमा सभा शुरु भइसकेको थियो । तर बाहिर अझै धेरै भीड थियो । जो कोही पनि व्लादीमिर इल्यीचलाई प्रतीक्षा गरिरहेका थिए ।

अन्ततः एउटा कार आयो र कारखानाको मूलढोकानेरै रोकियो । कारको ढोका खुल्यो । सबैले लेनिनलाई देखे ।

व्यादीमिर इल्यीले मजदूरहरुलाई अभिवादन गरे र आफ्नो स्वभाविक तीब्र चालले वर्कशपको ढोकातिर लागे । सबैजना उनका पछिपछि भित्र गए । आँगन सुनसान भयो ।

ड्राइभरले कार  फर्काए र मूलढोकाबाट करिब पन्ध कदम पर रोकेर राखे  । उनी त्यहाँ बसेर लेनिनको प्रतीक्षा गर्न थाले । केही मिनेटपछि ऊसमक्ष कालो कपडा लगाएकी एक महिला आइन् । उनले सोधिन्– 'लेनिन अहिले भरखरै भित्र जानुभएको हो नि ?'

'मलाई के थाहा को भित्र गयो ?'

'यो कसरी हुन सक्छ ? तपाईं कस्तो ड्राइभर हो जसलाई आफूले कसलाई लिएर गइरहेको छु  भन्ने पनि थाहा छैन ?'

ड्राइभरलाई ती  महिलादेखि दिक्क लाग्यो– कस्तो ढीठ महिला ! उनले अलि रिसाउँदै जवाफ दिए– 'मलाई थाहा छैन ।'

ती महिला फर्केर कारखानाको मूलढोकातिर गइन् ।

आधा घण्टापछि सभा समाप्त भयो । वर्कसपको ढोका खुल्यो । ब्लादीमिर इल्यीच बाहिर निस्केर आए ।

उनका पछि पछि केही महिला मजदूरहरु थिए । अरु मजदूरहरु  भित्रै थिए । जहाजीहरुको कपडा लगाएका एक मानिस ढोकाको मुखैमा अभिएर आफ्ना हातहरु अगाडि फैलाए ।

अरे नधकेल, नधकेल !’ केही फाटेको स्वरमा उनी चिच्याए ।

उसको अनुहार फुलिएको थियो र आँखाहरु अशान्त थिए । उनी पोशाकका कारण मात्रै जहाजीहरु जस्ता देखिन्थे ।

उसले आफ्ना हातहरुले ढोकाको चौखटलाई बलियोसँग समातेका थिए र आँखाहरु चाहिँ बाहिर आँगनतिर केन्द्रीत थिए । मजदूरहरुले ठाने– ती मानिस लेनिनको सुरक्षा गरिरहेका छन् । त्यहीकारण उनीहरु जबरजस्ती अगाडि बढ्न खोजेनन् ।

त्यसबी लेनिन आफ्नो कारनजिक पुगे ।

उनको कारको ढोका खोल्नै लाग्दा महिला मजदूरहरुले उनलाई केही प्रश्न सोधे । उनी जवाफ दिनका लागि पछाडि फर्किए ।

त्यसैबेला अचानक एउटा गोली चल्यो, फेरि अर्को पनि । लेनिन ढले । मजदूरहरुले ढोकामा उभिएका ती जहाजीलाई पर धकेले र लेनिन भएतिर दौडिए ।

ड्राइभर आफ्नो पिस्तोल हल्लाउँदै कारबाट बाहिर उत्रिए । उसको ध्यान कारको आगाडि बायाँतिर बत्तसिँग उभिएकी एक महिलातिर गएको थियो– ती तिनै महिला थिइन्, जसले केही अघि उनीसँग लेनिनका बारेमा सोधिरहेका थिए । उनी भीडबाट ती महिलातिर लम्किए र उनको पिछा गर्न खोजे, तर उनी फर्किए र जमीनमा लडिरहेका लेनिनलाई हेरे ।

ड्राइभर लम्किए र लेनिनछेउ घुँडा टेकेर बसे ।

अरे, इनलाई तुरुन्तै अस्तपताल लैजाऊ...’ कसैले चिच्याएर भने ।

लेनिनले आफ्नो टाउको उठाएर अलि कमजोर आवाजमा भने, ‘हैनमलाई घर लैजाऊ !’

म लेनिनलाई घर नै लैजाँदैछु,’ ड्राइभरले मजदूरहरुलाई भने, ‘म यिनलाई कुनै अस्पताल लिएर जान्नँ ।’

मजदूरहरु लेनिनतिर झुके– उनीहरु लेनिनलाई उठाएर कारमा पुर्याउन चाहन्थे । तर लेनिन विस्तारै र अति मुश्किलका साथ आफैं उठे र भने, ‘म आफैं जान सक्छु...’

उसको अनुहार एकदमै पहेलो भएको थियो । उनी  कारमा त बसे तर बसिरहन सकेनन् र सीटको एकातिर लडे । ड्राइभरले ढोका बन्द गरे, उफ्रिएर कारमा बसे तीब्र गतिमा त्यहाँबाट हिँडे ।

त्यही समय ती गोली हान्ने महिलालाई पनि समातिइयो । उनी भीडमा मिसिएर भाग्न चाहन्थे तर केही बच्चाहरुले उनलाई देखेका थिए । ती बच्चाहरुले चिच्याएर भने, ‘यहाँ छिन्, यहाँ छिन् ! यही महिलाले लेनिनलाई गोली हानेकी  हुन् ।’

यो ३० अगस्त, १९९८ को कुरा हो ।

सोभियत रुसका मजदूर र किसान, संसारभरिका महेनतकशहरु अखबारहरुमा लेनिनका स्वास्थ्यको बारेमा प्रकाशित समाचाहरुलाई अति चिन्ता र आशाका साथ पढ्ने गर्थे ।

अखबारहरुले लेखे– जुन महिलाले लेनिनको हत्या गर्ने  कोशिश गरेका थिए, तिनलाई जनताका दुश्मनहरुले पठाएका थिए । उनीहरुले लेनिनलाई प्रहार गरिएका गोलीलाई विषमा डुबाएर घातक बनाएका थिए ।

लेनिनको घाउ अति गम्भीर थियो । डाक्टरहरुले उनी बाँच्ने कमै आशा गरेका थिए ।

तर अन्ततः त्यो दिन पनि आयो, जब अखबारहरुमा ‘लेनिनको अवस्था अब ठीक छ’ भन्ने सुखद समाचार छापियो ।

कारखानाहरुमा फेरि सभा भए । एक मजदूले अखबारमा छापिएको खबर ठूलो स्वरमा पढेर सुनाए । त्यसपछि एकजना बृद्ध मजदूर महिला आइन् र आँस बगाउँदै भन्न थालिन्, ‘हामील्े उनको बारेमा धेरै ध्यान दिएनौं... हामीले उनलाई गोली प्रहार हुनबाट बचाउन सकेनौं । सोच्नोस् त इल्यीच कति गम्भीर विरामी भएका थिए !’

उनी केही क्षणको लागि चूप लागिन्, फेरि आफ्ना साथीहरुतिर हेरिन् र ठूलो शब्दमा कराइन्– हामी कति सुखी छौं हामीसँग लेनिन छन् ।’

त्यहाँ उपस्थित सबैले त्यही सोचिरहेका थिए ।