अक्टोबर समाजवादी क्रान्ति: दोस्रो अन्तर्राष्ट्रियको अवसरवादमाथि लेनिनवादको विजय
कतिपय मानिसहरू रूसमा सन् १९१७ मा भएको समाजवादी क्रान्तिलाई त्यतिबेलाको त्यहाँको विशिष्ट परिस्थितिमा लेनिनद्वारा गरिएको मार्क्सवादको ठोस प्रयोग वा दोस्रो अन्तर्राष्ट्रियका अवसरवादी नेताहरूद्वारा परित्यक्त मार्क्सवादको क्रान्तिकारी सारतत्त्वको पुनः स्थापना मात्र मान्दछन् । त्यसप्रकारको सोचाइ सही छैन । त्यसले अक्टोबर समाजवादी क्रान्तिको अन्तर्राष्ट्रिय एवं युग प्रतिनिधि चरित्रलाई सङ्कुचित गरेर त्यसलाई एउटा विशिष्ट घटनाको रूपमा रूसी भूगोलभित्र सीमित गर्दछ । वास्तवमा अक्टोबर समाजवादी क्रान्ति पूँजीवादको विकास प्रक्रियामा अस्तित्त्वमान त्यसको अर्को विशिष्ट चरण, साम्राज्यवादी चरण, मा मार्क्सवादको एउटा सफल व्यवहारको मूर्तरूप हो । त्यो सम्पूर्ण अन्तर्राष्ट्रिय विकासमाथि आधारित सामाजिक क्रान्तिको इतिहासमा घटित पहिलो र महान् परिघटना हो । समाजमा व्यक्तिगत स्वामित्व प्रणाली, राज्यको अस्तित्त्व, वर्गहरूको अस्तित्त्व एवं तिनीहरूबीच सङ्घर्ष तथा मानिसद्वारा मानिसको र राष्ट्रद्वारा राष्ट्रको शोषण एवं उत्पीडनको परिस्थिति कायम रहेसम्म, आधारभूत रूपमा, यसको सामयिकता कायम रहन्छ ।
अक्टोबर समाजवादी क्रान्तिको अन्तर्राष्ट्रिय एवं युग–प्रतिनिधि चरित्रको चर्चामा प्रवेश गर्नुपूर्व यस सम्बन्धमा मार्क्सवादी–लेनिनवादी साहित्यमा सबैभन्दा महत्त्वपूर्ण स्थान स्टालिनका रचनाहरूले ओगटेको हुँदा म यसप्रति चासो राख्ने सबैलाई तिनको दोहोर्याएर तेहेर्याएर ती रचनाहरूको अध्ययन गर्न अनुरोध गर्दछु जसबाट हामीले उपरोक्त सम्बन्धमा एउटा सही ज्ञान प्राप्त गर्न सक्दछौँ ।
विरोधी पक्षहरू बीचको अन्तर्विरोध नै त्यो मुख्य कारक तत्त्व हो जसले पूँजीवादलाई निरन्तर गतिको अवस्थामा राख्दछ । सर्वहारा वर्ग र पूँजीपति वर्गबीचको निरन्तर अन्तर्विरोधबिना पूँजीवादको अस्तित्त्व कायम रहन सक्दैन ।
अक्टोबर समाजवादी क्रान्तिलाई ठीकसित बुझ्न दुईवटा कुराहरूको चर्चा गर्न आवश्यक छ । एउटा, पूँजीवादको आधारभूत तथा विशिष्ट अन्तर्विरोधहरूको गत्यात्मकता । पूँजीवादको विकास प्रक्रियामा शुरुदेखि अन्त्यसम्म गति कायम रहन्छ । विरोधी पक्षहरू बीचको अन्तर्विरोध नै त्यो मुख्य कारक तत्त्व हो जसले पूँजीवादलाई निरन्तर गतिको अवस्थामा राख्दछ । सर्वहारा वर्ग र पूँजीपति वर्गबीचको निरन्तर अन्तर्विरोधबिना पूँजीवादको अस्तित्त्व कायम रहन सक्दैन । यो पूँजीवादको विकास प्रक्रियामा निहित अन्तर्विरोधको सार्वभौमिकताको प्रश्न हो । अन्तर्विरोधको सार्वभौमिकतालाई बुझेर मात्र पूँजीवादको विकास प्रक्रियामा विकसित हुने त्यसको विशिष्ट चरणहरूमा सर्वहारा क्रान्तिका समस्याहरू हल गर्न सकिन्न । त्यसको लागि पूँजीवादको गतिको प्रत्येक रूपलाई बुझ्नुपर्दछ । पूँजीवादको गतिको प्रत्येक रूपभित्र आफ्नो गतिको विशिष्ट रूप हुन्छ जसले पूँजीवादको विकास प्रक्रियामा विकसित विभिन्न रूपहरूलाई एकअर्काबाट अलग्याउँछ । निश्चयै पनि हामीले पूँजीवादको विकासको गतिको एउटा रूपको अध्ययन गर्ने क्रममा त्यसको गतिको विभिन्न रूपहरूबीच विद्यमान साझा अन्तर्विरोधहरू, जसले पूँजीवादको एउटा साझा रूप पैदा गरेको हुन्छ, लाई पनि ध्यान दिनुपर्दछ । जस्तो कि पूँजीवादको लामो विकास प्रक्रियामा देखापरेका प्रतिस्पर्धात्मक र एकाधिकारात्मक दुई रूपहरूको कुरो गरौँ । व्यक्तिगत सम्पत्ति, मानिसद्वारा मानिसको र राष्ट्रद्वारा राष्ट्रको शोषण एवं उत्पीडन, पूँजीपति वर्ग र सर्वहारा वर्गबीचको अन्तर्विरोध तथा समाजको पूँजीवादी सारतत्त्व पूँजीवादको यी दुवै रूपहरूका साझा रूपहरू हुन् । मार्क्सवादले पूँजीवादको विकास प्रक्रियाका विशिष्ट चरणहरूका यी साझा रूपहरूका सम्बन्धमा पर्याप्त प्रकाश हालेको छ । तर पूँजीवादको लामो विकास प्रक्रियामा अस्तित्त्वमा आउने विभिन्न चरणहरू तथा प्रत्येक चरणको उपचरणहरूमा सर्वहारा क्रान्तिका समस्याहरूको हल यो आधारभूत दिशावोधबाट मात्र सम्भव हुँदैन । त्यसको लागि त्यस्ता उपचरणहरूभित्र विद्यमान विशिष्ट अन्तर्विरोधहरूको ज्ञान र तिनीहरूको सही सञ्चालन आवश्यक हुन्छ ।
मार्क्स र एङ्गेल्सको समयमा, अर्थात् पूँजीवादको विकासको पहिलो चरणमा आर्थिक तथा राजनीतिक क्षेत्रहरूमा प्रतिस्पर्धा त्यसको मुख्य विशेषता थियो । त्यस अवधिमा पूँजीपतिहरू उत्पादक शक्तिहरूको विकासको लागि एकआपसमा प्रतिस्पर्धा गर्थे । त्यसका लागि उनीहरूले औद्योगिक पूँजीको विकास गर्नुपर्ने हुन्थ्यो । किनकि औद्योगिक पूँजीको विकासबिना उत्पादक शक्तिहरूको विकास हुन सक्दैन । घरेलु र अन्तर्राष्ट्रिय व्यापारका क्षेत्रहरूमा पनि ठीक त्यसैगरेर उत्पादक एवं व्यापारीहरू एकआपसमा प्रतिस्पर्धा गर्थे र उत्पादन, मूल्य निर्धारण एवं आपूर्तिका परिमाणहरू निर्धारण गर्दथे । साथै प्रतिस्पर्धाबाट निश्चित क्षेत्रहरूमाथि आफ्नो बजार कायम गर्दथे । यसै प्रक्रिया अन्तर्गत शक्तिराष्ट्रहरूले शक्ति र सामर्थ्यका आधारमा निश्चित क्षेत्रमा उपनिवेश कायम गर्दथे । त्यतिबेला पूँजीवादका अन्तर्विरोधहरू गहन र व्यापक बन्दै गएको भएपनि ती पराकाष्ठामा पुगिसकेका थिएनन् । त्यस अवधिमा पूँजीपति वर्ग र सर्वहारावर्ग मुख्य शत्रुवर्ग हुनुका बाबजुद सामन्तवादका विरुद्धको सङ्घर्षमा एकैसाथ लडिरहेकाले तिनीहरूबीच अन्तर्विरोधहरू चरम सीमासम्म विकसित भएका थिएनन् । पूँजीवादका अन्तर्विराधहरू पराकाष्ठामा पुगिनसकेको हुँदा सर्वहारा क्रान्ति त्यस अवधिमा एउटा तात्कालिक व्यावहारिक अनिवार्यता बनिसकेको थिएन । त्यस अवधिमा सर्वहारा क्रान्तिको तयारीको चरणबाट गुज्रिरहेको थियो ।
त्यस अवधिमा पूँजीवादका अन्तर्विरोधहरूको विशिष्टताअनुसार सर्वहारा क्रान्तिको रणनीति एवं कार्यनीतिहरू सम्बन्धी विचार गरिन्थ्यो । अन्तर्विरोधहरूको विशिष्टताअनुसार त्यस अवधिमा वैयक्तिक मुलुकहरूको आर्थिक, राजनीतिक र साँस्कृतिक विकासको स्तर, पूँजीवादको उच्चतर विकासको अवस्थालाई सर्वहारा क्रान्तिको लागि पूर्वाधारहरू मानिन्थ्यो । त्यतिबेला तुलनात्मक रूपमा पूँजीवादको विकास कम भएका मुलुकहरूमा वा एक्लो मुलुकमा सर्वहारा क्रान्ति सम्पन्न हुनसक्दैन; त्यसका लागि एकैपटक एकभन्दा धेरै विकसित मुलुकहरूमा मात्र क्रान्ति सम्भव हुन्छ भन्ने सोचाइ राखिन्थ्यो । अन्तर्विरोधहरूको विशिष्टताअन्तर्गत त्यतिबेला वैधानिक उपायहरूबाट पूँजीवादलाई समाप्त गर्न सकिन्छ भन्ने सोचाइ थियो । अन्तर्विरोधहरूको यही विशिष्टता अनुसार नै त्यस अवधिमा सर्वहारा क्रान्तिको समग्र योजना बनाइन्थ्यो ।
पूँजीवादको विकास प्रक्रियामा देखिएको पहिलो चरणका विपरीत यस चरणको मुख्य विशेषता एकाधिकारात्मक छ । प्रतिस्पर्धात्मक चरणको विपरीत, यस चरणमा ट्रष्ट र सिण्डिकेटहरू, बैंकहरू र वित्तीय अल्पतन्त्रको विश्वव्यापी प्रभुत्व कायम भयो । आर्थिक, राजनीतिक तथा साँस्कृतिक सबै क्षेत्रहरूमा प्रतिस्पर्धाको ठाउँ यिनै एकाधिकारीहरूले लिए ।
पूँजीवादको विकास प्रक्रियामा अस्तित्त्वमा आएको अन्तर्विरोधको त्यो विशिष्टता र त्यसद्वारा निर्धारित त्यस चरणको सारतत्त्व हमेशा कायम रहने कुरा थिएन । अन्तर्विरोधको सार्वभौमिकताको आधारभूत नियमद्वारा शासित पूँजीवादको समग्र विकास प्रक्रियामा अन्तर्विरोधको त्यो रूपमा विशिष्ट परिवर्तन आएर अन्तर्विरोधहरूको अर्को उच्चतर विशिष्ट रूपले त्यसलाई निषेध गरेर त्यो स्थान कब्जा गर्नु स्वाभाविक थियो । सर्वहारा वर्ग र पूँजीपति वर्गको वर्गस्वरूपमा, अर्थात समाजको पूँजीवादी सारतत्त्वमा कुनै परिवर्तन नआए पनि श्रम र पूँजीबीचको अन्तर्विरोध, विभिन्न वित्तीय समूहहरू र साम्राज्यवादी शक्तिहरूबीच, नयाँ र पुराना साम्राज्यवादी शक्तिहरूबीच तथा साम्राज्यवादी शक्तिहरू र उपनिवेशहरूबीच अन्तर्विरोध पराकाष्ठामा पुग्यो जसले पूँजीवादको विकास प्रक्रियामा अर्को र उच्चतर विशिष्ट चरण, साम्राज्यवादको चरण, लाई अस्तित्त्वमा ल्यायो । पूँजीवादको विकास प्रक्रियामा देखिएको पहिलो चरणका विपरीत यस चरणको मुख्य विशेषता एकाधिकारात्मक छ । प्रतिस्पर्धात्मक चरणको विपरीत, यस चरणमा ट्रष्ट र सिण्डिकेटहरू, बैंकहरू र वित्तीय अल्पतन्त्रको विश्वव्यापी प्रभुत्व कायम भयो । आर्थिक, राजनीतिक तथा साँस्कृतिक सबै क्षेत्रहरूमा प्रतिस्पर्धाको ठाउँ यिनै एकाधिकारीहरूले लिए । उत्पादक शक्तिहरूको विकासबाट औद्योगिक पूँजीवादको विकास गरी आफ्नो स्थिति सुद्धृढ गर्ने पूँजीपतिहरूको परिपाटी अनुलेख्य रूपले पछि धकेलियो र त्यसको ठाउँमा मुठ्ठीभर वित्तीय अल्पतन्त्रीहरूद्वारा पूँजीबजार एवं जमिनको किनबेचमा पैसा लगाएर पूँजी बृद्धि गर्ने प्रवृतिले विकास ग¥यो जसले गर्दा औद्योगिक विकासमा लगानी कम हुन थाल्यो र मुद्रा पूँजी बजारमा थुप्रियो । अब वस्तुहरूको उत्पादन, मूल्यनिर्धारण र आपूर्तिमाथि प्रतिस्पर्धाको अन्त्य गरी तिनमाथि निश्चित एकाधिकारीहरूको नियन्त्रण कायम भयो । घरेलु र अन्तर्राष्ट्रिय व्यापार, विज्ञान तथा प्रविधिहरूको अनुसन्धान एवं विकास, शिक्षा तथा स्वास्थ्य, कच्चा पदार्थको आयात, सञ्चार, खेलहरू, पूँजी बजार, यातायात क्षेत्रहरू, सेवा क्षेत्रहरू आदि सबै क्षेत्रहरूमा मुठ्ठीभर वित्तीय अल्पतन्त्रीहरूको चुनौतीरहीत एकाधिकार छ । यसरी उपनिवेशवादको विकासको अवधिमा नै शक्तिराष्ट्रहरूको बीचमा विश्वको विभाजन भइसकेको परिप्रेक्ष्यमा नयाँ र पुराना वित्तीय अल्पतन्त्रीहरू र साम्राज्यवादी शक्तिहरूबीच विश्वको पुनर्विभाजनको निम्ति सङ्घर्षको अवस्था विकसित भएको छ ।
पूँजीवादको विकासको उपरोक्त चरणमा अन्तर्विरोधको गहनता एवं व्यापकताले विकसित मुलुकहरूमा मजदूर वर्गलाई संसदभित्र सफलताका स्वप्नहरू र चुनाव अभियानमा लाग्न, वैधानिक रूपको सङ्घर्षको प्रशंसा गर्न र वैधानिक उपायबाट पूँजीवादलाई खतम गर्न होइन, क्रान्तिको पक्षमा आउन प्रेरित गर्यो । अन्तर्विरोधको बढ्दो त्यो गहनता एवं व्यापकताले वित्तीय अल्पतन्त्रीहरू एवं साम्राज्यवादी शक्तिहरू असमाधेय अन्तर्विरोधको चक्रीय सङ्कटमा फसेको सन्देश दियो । त्यतिमात्र होइन, साम्राज्यवादको एउटा पूर्ण विकासले उपनिवेशहरू एवं पराधिन मुलुकहरूमा मुक्ति आन्दोलनका महत्त्वपूर्ण वस्तुगत तथा आत्मगत आधारहरू पैदा गर्यो ।
हामीले पूँजीवादको विकास प्रक्रिया अस्तित्त्वमा आएका उपरोक्त दुई रूपहरू, प्रतिस्पर्धात्मक र एकाधिकारात्मक रूपहरू, बीचका गुणात्मक भिन्नताहरूलाई ध्यान दिनुपर्दछ । ती रूपहरूमा विद्यमान तिनका विशिष्ट अन्तर्विरोधहरूले निर्धारित गरेका तिनका विशिष्ट सारतत्त्वहरूले नै एउटा चरणलाई अर्को चरणबाट अलग गरेको छ । यिनै अन्तरहरूको आधारमा अलगअलग चरणहरूमा सर्वहारा क्रान्तिका अलगअलग योजना बनाउनुपर्छ ।
साम्राज्यवादमा पूँजीवादका अन्तर्विरोधहरू पराकाष्ठामा पुगी सर्वहारा क्रान्ति तात्कालिक व्यावहारिक अनिवार्यता बनेर पूँजीवादका किल्लाहरूमा हमला गर्नको निम्ति अनुकूल अवस्थाहरू सिर्जना भएको परिप्रेक्षमा मार्क्स र एङ्गेल्सले क्रान्तिपूर्वको, अर्थात क्रान्तिको तयारीको अवधिमा तय गर्नुभएको क्रान्तिको योजनालाई जस्ताको त्यस्तै लागु गर्नु सही हुन्नथ्यो । पूँजीवादका अन्तर्विरोधहरू विष्फोटको सीमासम्म विकसित भएको तथा फैलँदै गरेको सर्वहारा क्रान्तिको अवस्था अनुरूप क्रान्तिको समग्र योजना तय गर्नुपर्ने हुन्थ्यो । लेनिनले ती अन्तर्विरोधहरूको सही रूपमा व्याख्या गर्नुभयो र तिनको समाधानको लागि सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीतिहरू प्रतिपादन गर्नुभयो । यो कुरा स्टालिनले विल्कुल ठीक भन्नुभएको छ: “मार्क्स र एङ्गेल्सले क्रान्तिपूर्वको अवधिमा (यहाँ सर्वहारा क्रान्तिलाई ध्यानमा राखिएको छ) काम गर्नुभएको थियो । त्यस अवधिमा विकसित साम्राज्यवादको उदय भइसकेको थिएन, त्यो अवधि क्रान्तिका लागि सर्वहाराहरूको तयारीको अवधि थियो र त्यो अवधिमा सर्वहारा क्रान्ति तात्कालिक व्यावहारिक अनिवार्यता बनिसकेका थिएन । तर, मार्क्स एङ्गेल्सका चेला लेनिनले विकसित पूँजीवादको अवधिमा, फैलँदो सर्वहारा क्रान्तिको अवधिमा काम गर्नु भएको थियो ।”
अरू अगाडि उहाँ लेख्नुहुन्छ:
“साम्राज्यवादका अवस्थाहरूमा जब पूँजीवादका अन्तर्विरोधहरू पराकाष्ठाका पुगेका थिए, जब सर्वहारा क्रान्ति एउटा तात्कालिक व्यावहारिक प्रश्न बनेको थियो, जब क्रान्तिका लागि मजदूर वर्गको तयारीको पुरानो अवधिको अन्त्य भएर पूँजीवादमाथि प्रत्यक्ष हमला गर्ने नयाँ अवधि शुरु भएको थियो — यी अवस्थाहरूमा लेनिनवाद फस्टाएर साकार बन्यो ।”
यिनै तथ्यहरूका आधारमा लेनिनवादलाई स्टालिनले “साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवाद” भन्नुभएको छ, र त्यो भन्नु सोह्रै आना सही छ ।
रूसमा अक्टोबर १९१७ मा सम्पन्न समाजवादी क्रान्ति साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवाद–लेनिनवादको व्यवहृत रूप थियो । लेनिनले साम्राज्यवादका अवस्थाहरूमा पूँजीवादका अन्तर्विरोधहरू पराकाष्ठामा पुगेर सर्वहारा क्रान्तिको तयारीको अवधि समाप्त भई क्रान्ति एउटा तात्कालिक व्यावहारिक अनिवार्यता बनेको कुरालाई मार्क्सवादी ढङ्गबाट नबुझेको भए अक्टोबर समाजवादी क्रान्ति हुने थिएन । त्यो यथार्थतालाई बुझ्न नसकेको कारणले नै दोस्रो अन्तर्राष्ट्रियको वैचारिक तथा राजनीतिक कार्यदिशा अवलम्बन गरेका विकसित मुलुकहरूमा त्यतिबेला समाजवादी क्रान्ति सफल हुन सकेन । दोस्रो अन्तर्राष्ट्रियका नेताहरू पूँजीवादका अन्तर्विरोधहरू पराकाष्ठामा पुगी सर्वहारा क्रान्ति तात्कालिक व्यावहारिक अनिवार्यता बनिसकेको एवं पूँजीवादका किल्लाहरूमाथि प्रत्यक्ष हमला गर्ने अवधि अस्तित्त्वमा आइसकेको अवस्थामा पनि पूँजीवादका अन्तर्विरोधहरू पूर्णरूपमा विकसित भइनसकेको, सर्वहारा क्रान्ति तयारीको चरणबाट गुज्रीरहेको अवधिमा अवलम्बन गर्न सुझाइएका रणनीति तथा कार्यनीतिहरूमा टाँसिइरहे । त्यसैले गर्दा नै त्यतिबेला साम्राज्यवादका अन्तर्विरोधहरू केन्द्रित भएका वा साम्राज्यवादको कडी कमजोर भएका मुलुकहरूमा पनि समाजवादी क्रान्ति तुहिए ।
लेनिन क्रान्तिका पुर्वाधारहरू सम्बन्धी पूँजीवादको विकासका प्रतिस्पर्धात्मक चरणका मान्यताहरू मै टाँसिइरहनुभएको भए न त रूसमा समाजवादी क्रान्ति सफल हुन सक्दथ्यो न उहाँले मार्क्सवादको विकासलाई नै अघि बढाउन सक्नुहुन्थ्यो ।
त्यतिबेला रूसमा साम्राज्यवादका अन्तर्विरोधहरूलाई क्रान्तिकारी ढङ्गले समाधान गर्न सक्ने लेनिनका विचार एव कार्यनीतिहरू र त्यसको जगमाथि निर्मित सच्चा राजनीतिक शक्ति बोल्शेभिक पार्टी विद्यमान थियो । रुसमा वस्तुगत परिस्थिति जतिसुकै अनुकूल भएको भएपनि यी दुईवटा कुराहरूको अभावमा त्यहाँ सर्वहारा क्रान्ति सफल हुन र टिकाउन सक्दैन थियो । यो सर्वहारा क्रान्तिको एउटा आम नियम हो ।
लेनिनको सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीतिहरू बिना रूसमा समाजवादी क्रान्ति सफल हुन र महान् सोभियत सङ्घको निर्माण हुन सक्दैन थियो । पूँजीवादको विकासको क्रममा अस्तित्त्वमा आएको यो विशिष्ट चरण, साम्राज्यवाद, को लेनिनद्वारा गरिएको विश्लेषण र त्यसका समस्याहरूको समाधानका सिद्धान्त तथा कार्यनीतिहरूको महत्त्वलाई रूसको तत्कालिन समाजवादी क्रान्तिको सफलता र त्यसको अघि बढाईसम्म मात्र सीमित गर्नु गम्भिर भूल हुनेछ । लेनिनको यो सिद्धान्त एवं कार्यनीतिहरू पूँजीवादका विशिष्ट चरण साम्राज्यवादभित्र विद्यमान अन्तर्विरोधहरू र तिनको विकासको सम्भावित दिशा तथा तिनको सही रूपले समाधान गरेर उच्चतर समाज निर्माण सम्बन्धी मार्क्सवादको अरू विकसित विचार हो । लेनिनको सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीतिहरू, आधारभूत रूपले, साम्राज्यवादी युगको विश्वव्यापी महत्त्वको युग–प्रतिनिधि विचार हो । त्यसैले, यो मार्क्सवादको विकासको अघिल्लो चरण हो ।
लेनिन क्रान्तिका पुर्वाधारहरू सम्बन्धी पूँजीवादको विकासका प्रतिस्पर्धात्मक चरणका मान्यताहरू मै टाँसिइरहनुभएको भए न त रूसमा समाजवादी क्रान्ति सफल हुन सक्दथ्यो न उहाँले मार्क्सवादको विकासलाई नै अघि बढाउन सक्नुहुन्थ्यो । परिपक्व साम्राज्यवादका अवस्थाहरूमा पूँजीवादका अन्तर्विरोधहरूको विशिष्टताको ऐतिहासिक विश्लेषणपछि लेनिन सर्वहारा क्रान्तिका पूर्वाधारहरू सम्बन्धी मान्यताहरू पुरानो भएको र तिनले क्रान्तिलाई अघि बढाउन नसक्ने बरु ती क्रान्तिको अघि बढाइमा बाधक बन्ने निश्कर्षमा पुग्नुभयो । सर्वहारा क्रान्तिका पूर्वाधारहरू सम्बन्धी पहिलेका मान्यताहरूसित लेनिनका फरक विचारहरूको सम्बन्धमा स्टालिनले संक्षेपमा राम्ररी प्रकाश हाल्नुभएको छ, जस्तो कि उहाँले लेख्नुभएको छ:
“पहिले, सर्वहारा क्रान्तिका पूर्वाधारहरूको विश्लेषण सामान्यतः वैयक्तिक मुलुकहरूको आर्थिक स्थितिको दृष्टिकोणबाट गरिन्थ्यो । आज आएर सो दृष्टिकोण अपर्याप्त भएको छ । अब, सबै वा बहुसंख्यक मुलुकहरूको आर्थिक स्थितिको दृष्टिकोणबाट, विश्व अर्थतन्त्रको स्थितिको दृष्टिकोणबाट यस सवाललाई हेर्नुपरेको छ, किनभने वैयक्तिक मुलुकहरू र वैयक्तिक राष्ट्रिय अर्थतन्त्रहरू आत्मनिर्भर एकाइहरू बन्न छाडिसकेका छन र ती विश्व अर्थतन्त्रका कडीहरू बनिसकेका छन् किनभने पुरानो “सुसंस्कृत” पूँजीवाद साम्राज्यवादमा विकसित भइसकेको छ र साम्राज्यवाद भनेको मुठ्ठीभर समुन्नत मुलुकहरूद्वारा संसारका विशाल बहुसङ्ख्यक जनतालाई आर्थिक दासत्वको बन्धनमा जकड्ने र तिनीहरूको औपनिवेशिक उत्पीडन गर्ने विश्व–व्यवस्था हो ।
पहिले, कुनै मुलक विशेषमा वा अझ ठीकसित भन्ने हो भने, एक वा अर्को विकसित मुलुकमा सर्वहारा कान्तिका लागि वस्तुगत अवस्थाहरू विद्यमान छन् कि छैनन् भनेर कुरा गर्ने चलन रहेको थियो । अब आएर यस्तो दृष्टिकोण अपर्याप्त भएको छ । अब हामीले एउटा सिङ्गो एकाइको रूपमा विश्व सामाज्यवादी अर्थतन्त्रका सम्पूर्ण व्यवस्थामा शान्तिका लागि वस्तुगत अवस्थाहरू विद्यमान छन कि छैनन् भनेर चर्चा गर्नुपरेको छ । यदि सम्पूर्ण व्यवस्था क्रान्तिका लागि परिपक्व भैसकेको छ भने, अथवा अझ सही रूपमा भन्ने हो भने, सम्पूर्ण व्यवस्था क्रान्तिका लागि परिपक्व भैसकेको कारणले गर्दा औद्योगिक दृष्टिले पर्याप्त विकसित नभइसकेका केही मुलुकहरू यस व्यवस्थाभित्र विद्यमान हुनु कान्तिका लागि अतुलनीय तगारो बन्न सक्दैन ।
अब त सर्वहारा क्रान्तिलाई मुख्यतः साम्राज्यवादी विश्व व्यवस्थाभित्रका अन्तविरोधहरूको प्रतिफल ठानिनु पर्छ, त्यसलाई एक वा अर्को मुलुकमा साम्राज्यवादी विश्व मोर्चाको सिक्री चुडिनको प्रतिफल ठानिनु पर्छ ।
पहिले, पूँजीको एउटा छुट्टै र आत्म–निर्भर एकाइको रूपमा एक वा अर्को विकसित मुलुकमा सर्वहारा क्रान्तिबारे चर्चा गर्ने चलन थियो । अब आएर यस्ता दृष्टिकोण अपर्याप्त भएको छ । अब त हामीले विश्व सर्वहारा क्रान्तिबारे चर्चा गर्नुपरेको छ, किनभने पूँजीका छुट्टाछुट्टै राष्ट्रिय मोर्चाहरू विश्व साम्राज्यवादी मोर्चाका अङ्गहरू बनेका छन् । त्यसैले, सबै मुलुकमा क्रान्तिकारी आन्दोलनको एउटा साझा मोर्चाद्वारा सो विश्व साम्राज्यवादी मोर्चाको विरोध गरिनु पर्छ ।
पहिले, सर्वहारा क्रान्तिलाई कुनै खास मुलुकको आन्तरिक विकासको प्रतिफल मात्र मानिन्थ्यो । अब आएर सो दृष्टिकोण अपर्याप्त भएको छ । अब त सर्वहारा क्रान्तिलाई मुख्यतः साम्राज्यवादी विश्व व्यवस्थाभित्रका अन्तविरोधहरूको प्रतिफल ठानिनु पर्छ, त्यसलाई एक वा अर्को मुलुकमा साम्राज्यवादी विश्व मोर्चाको सिक्री चुडिनको प्रतिफल ठानिनु पर्छ ।
पहिले, सो प्रश्नको उत्तर सामान्यतः यसरी दिइयो — सबभन्दा पहिले क्रान्ति त्यस मुलुकमा हुन्छ, जहाँ उद्योग अधिक विकसित छ, जहाँ सर्वहारावर्ग बहुसङ्ख्यामा हुन्छ, जहाँ सांस्कृतिक स्तर उचो छ, जहाँ अधिक प्रजातन्त्र छ ।
लेनिन सर्वहारा क्रान्तिको पूर्वाधारहरूको सम्बन्धमा पहिलेकै मान्यताहरूमा टाँसिइरहनुभएको सन् १९१७ मा रूसमा समाजवादी क्रान्ति हुने थिएन । त्यतिमात्र होइन, साम्राज्यवादी युगको समाजवादी क्रान्ति पूर्वाधारहरूसम्बन्धी गलत मान्यताहरूमाथि आधारित हुने थियो जसबाट यस युग सर्वहारा क्रान्तिबाट विमुख हुने थियो ।
नयाँ परिवेशमा सर्वहारा क्रान्तिको सम्बन्धमा उपरोक्त निश्कर्षले अत्यन्त ठूलो महत्त्व राख्दछ र साम्राज्यवादको पूरै युगभरि त्यसले विश्वव्यापी रूपमा आफ्नो प्रभाव कायम राख्ने छ । यदि लेनिन सर्वहारा क्रान्तिको पूर्वाधारहरूको सम्बन्धमा पहिलेकै मान्यताहरूमा टाँसिइरहनुभएको स्वाभाविकरूपमा उहाँले पनि दोस्रो अन्तर्राष्ट्रियका दक्षिणपन्थी जडसुत्रवादी नेताहरू जस्तै वैयक्तिक मुलुकहरूको आर्थिक अवस्था, यो वा त्यो मुलुकमा क्रान्तिको लागि वस्तुगत अवस्था, यो वा त्यो मुलुकको आन्तरिक अवस्था, उच्चतर उद्योग धन्दाको विकास, सर्वहाराहरूको अत्यधिक सङ्ख्या, उच्च साँस्कृतिक स्तर एवं प्रजातान्त्रिक अधिकारहरूको मजबुत स्थितिलाई सर्वहारा क्रान्तिको पूर्वाधारहरू मान्नुहुन्थ्यो । परिणामतः सन् १९१७ मा रूसमा समाजवादी क्रान्ति हुने थिएन । त्यतिमात्र होइन, साम्राज्यवादी युगको समाजवादी क्रान्ति पूर्वाधारहरूसम्बन्धी गलत मान्यताहरूमाथि आधारित हुने थियो जसबाट यस युग सर्वहारा क्रान्तिबाट विमुख हुने थियो । तर लेनिन प्रतिस्पर्धात्मक युगको अवस्थाहरूको पूँजीवादका अन्तर्विरोधहरू विकासकै अवस्थामा रहेको र जसले गर्दा क्रान्ति तयारीको चरणबाट गुज्रिरहेको अवस्थाका मान्यताहरू मै टाँसिएर “खाँटी” मार्क्सवादी बन्नुभएन बरु पूँजीवादको विकासको अघिबढेको गतिलाई पच्छ्याएर अघि बढ्नुभयो । त्यसकै परिणामस्वरूप सन् १९१७ मा विश्व साम्राज्यवादको एउटा गढ रूसी साम्राज्यवादलाई ध्वस्त पारेर समाजवादी राज्यसत्ता स्थापना गर्न सम्भव भयो । यस अर्थमा अक्टोबर समाजवादी क्रान्ति दोस्रो अन्तर्राष्ट्रियको अवसरवादमाथि लेनिनवादको विजय थियो । जस्तो कि स्टालिनले लेख्नुभएको छ: “अक्टोबर समाजवादी क्रान्तिको महान् पहल, अरू कुराको अलावा, श्रमिक आन्दोलनमा रहेको सामाजिक–जनवादी प्रभाव माथि लेनिनवादको विजयमा छ । श्रमिक आन्दोलन दोस्रो अन्तर्राष्ट्रिय र सामाजिक जनवादको श्रमिक आन्दोलनमा रहेको प्रभूत्वको युगको अन्त्य भएको छ । लेनिनवाद र तेस्रो अन्तर्राष्ट्रियको प्रभूत्व युगको सुत्रपात भएको छ ।”
त्यतिबेला रूस न त साम्राज्यवादको प्राचीन भूमि थियो न त्यो आर्थिक, राजनीतिक तथा साँस्कृतिक दृष्टिबाट उच्चतर विकास गरेको एउटा पूँजीवादी मुलुक थियो । त्यतिबेला रूसमा पूँजीवादी, औपनिवेशिक तथा सैन्यवादी उत्पीडन अत्यधिक अमानविय तथा बर्बर रूपमा विद्यमान, जुन क्रान्तिको एउटा महत्त्वपूर्ण पूर्वाधार हो, हुनुका बाबजूद त्यो पूँजीवादको विकासको दृष्टिबाट तुलनात्मकरूपमा एउटा पिछडिएको मुलुक थियो । त्यो पश्चिमी साम्राज्यवादको पूर्वी युरोप, टर्की, पर्सिया र चीनमा साम्राज्यवादी हित संरक्षण गर्ने दलाल थियो । पहिलेका मान्यताअनुसार रूसको यो अवस्था सर्वहारा क्रान्तिको निम्ति प्रतिकूल अवस्था थियो । तर लेनिनले साम्राज्यवादका अवस्थाहरूमा उपरोक्त परिस्थितिहरू सर्वहारा क्रान्तिका पूर्वाधारहरू हुन सक्ने कुरा बताउनुभयो र क्रान्तिलाई अघि बढाउनुभयो । अन्ततः क्रान्ति सफल पनि भयो । यदि लेनिनले साम्राज्यवादका अवस्थाहरूमा सर्वहारा क्रान्तिका पूर्वाधारहरूमा आएको यो परिवर्तनलाई मार्क्सवादी ङ्गबाट बुझ्न नसकेको भए अक्टोबर समाजवादी क्रान्ति सफल हुने थिएन ।
साम्राज्यवादका अन्तर्विरोधहरूको वस्तुपरक विश्लेषण र त्यसमाथि आधारित सर्वहारा क्रान्तिको समग्र योजनाको प्राप्तिको निम्ति लेनिनले प्रतिपादन गर्नुभएका साधनहरू एवं तरिकाहरूको नयाँ व्यवस्था सर्वहारा क्रान्तिको सिद्धान्तको अखण्डित हिस्सा हो । तिनलाई छुट्याएर हामीले लेनिनको एउटा पूर्ण सर्वहारा क्रान्तिको सिद्धान्त पाउन सक्दैनौँ । यहाँ मेरो “साधनहरू एवं तरिकाहरूको नयाँ व्यवस्था” को आशय सर्वहारावर्गको अधिनायकतन्त्र, कम्युनिस्ट पार्टीको एकल नेतृत्व, हिंशात्मक क्रान्ति, सर्वहारा अधिनायकतन्त्रको हदसम्म वर्ग सङ्घर्षको विस्तार, किसान प्रश्न, राष्ट्रिय प्रश्न तथा रणनीति एवं कार्यनीतिहरू हुन् । अक्टोबर समाजवादी क्रान्ति र त्यसपछि त्यहाँ स्थापित सर्वहारावर्गको अधिनायकतन्त्र एवं महान् सोभियत समाजवादी सङ्घको निर्माण उपरोक्त तत्त्वहरूको सुन्दर अखण्डता (Integrated) हो । यी तत्त्वहरूको यस रूपमा संयोजनबिना अक्टोबर क्रान्तिको सफलता र महान सोभियत समाजवादी सङ्घर्षको निर्माण सम्भव थिएन ।
जुन ऐतिहासिक बाटो पार गरेर रूसमा अक्टोबर समाजवादी क्रान्ति सफल यो, त्यसबाट अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले अत्यन्त महत्त्वपूर्ण पाठहरू सिकेको छ, जसलाई संक्षेपमा निम्नानुसार राख्न सकिन्छ:
१) लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवाद हो । यसको पथप्रदर्शनबिना साम्राज्यवादको युगमा सर्वहारा क्रान्ति पूरा गर्न र त्यसद्वारा स्थापित सर्वहारावर्गको अधिनायकतन्त्रलाई मजबुत बनाउनु सकिँदैन ।
२) साम्राज्यवादका अवस्थाहरूमा पूँजीवादका अन्तर्विरोधहरू पराकाष्ठामा पुगेर सर्वहारा क्रान्तिको तात्कालिक व्यावहारिक अनिवार्यता बनेको परिप्रेक्षमा सर्वहारा क्रान्तिबारे विचार गर्दा —
– वैयक्तिक मुलुकहरूको परिपक्व आर्थिक अवस्था होइन, विश्व अर्थतन्त्रको अवस्थाको परिपक्वता हुन्छ ।
– एक वा अर्को विकसित मुलुकमा वस्तुगत अवस्थाको परिपक्वता होइन, विश्व साम्राज्यवादी अर्थतन्त्रको सम्पूर्ण व्यवस्थामा वस्तुगत अवस्थामा परिपक्वता हुन्छ ।
– एक वा अर्को मुलुकमा सर्वहारा क्रान्तिको दृष्टिबाट होइन, विश्व सर्वहारा क्रान्तिको दृष्टिबाट विचार गर्नुपर्छ ।
– यो वा त्यो मुलुकको व्यवस्थाभित्रका अन्तर्विरोधहरूको परिपक्वताको दृष्टिबाट होइन, (मुख्य गरेर) साम्राज्यवादी विश्व व्यवस्थाभित्रका अन्तर्विरोधहरूको परिपक्वताको दृष्टिकोणबाट हेर्नुपर्छ ।
– औद्योगिक दृष्टिबाट सबैभन्दा विकसित, सर्वहाराको अत्यधिक संख्या जो साँस्कृतिक स्तर र प्रजातान्त्रिक अधिकारहरूको उपलब्धताको दृष्टिबाट होइन, साम्राज्यवादको कडीको अवस्थाको दृष्टिबाट हेर्नुपर्दछ । औद्योगिक, साँस्कृतिक र प्रजातान्त्रिक अधिकारहरूको उपलब्धताको दृष्टिबाट कमजोर मुलुकमा पनि यदि विश्व साम्राज्यवादको कडी मक्किएको अवस्थामा छ भने त्यहाँ सर्वहारा क्रान्ति हुन सक्छ । त्यसको सबैभन्दा राम्रो उदाहरण रूसको समाजवादी क्रान्ति हो ।
३) सर्वहारा क्रान्ति र त्यसद्वारा स्थापित सत्ताको मजबूतिकरण एवं समाजवाद निर्माणको महान् अभियान मार्क्सवाद–लेनिनवादको सिद्धान्तद्वारा लैश, र कम्युनिस्ट पार्टीको अविभाजित नेतृत्वबिना पूरा हुन सक्दैन । क्रान्ति गर्नु छ भने लेनिनवादी सङ्गठनात्मक सिद्धान्तहरूमाथि आधारित एउटा लडाकु क्रान्तिकारी कम्युनिस्ट पार्टी आवश्यकता हुन्छ । स्टालिनले भनेजस्तो “यस्तो पार्टी नभएमा साम्राज्यवादको तख्ता पल्टाउने र सर्वहारा वर्गको अधिनायकतन्त्र हासिल गर्ने कुरा सोच्नुपनि निरर्थक छ ।”
४) मार्क्सवाद “जडसूत्र होइन, बरु काममा पथपदर्शक हो (फ्रेडरिख एङ्गेल्स) । अर्थात “ठोस परिस्थितिको ठोस विश्लेषण मार्क्सवादको गुदी हो” (लेनिन) ।
५) अन्य सबै जनवादी र निम्न पूँजीवादी पार्टीहरूको विरुद्ध निर्मम सङ्घर्ष गरेर मात्र सर्वहारा वर्गभित्र क्रान्तिकारी एकता कायम गर्दै क्रान्ति अगाडि बढाउन सकिन्छ ।
६) दक्षिणपन्थी, “वामपन्थी” तथा “मध्यपन्थी” सबै प्रकारका अवसरवाद विरुद्ध सम्झौताहिन सङ्घर्ष चलाएर मात्र क्रान्ति अगाडि बढाउन सकिन्छ ।
७) किसान समस्या सर्वहारा क्रान्तिको सामान्य समस्याको एउटा महत्त्वपूर्ण समस्या हो । यो स्टालिनले भनेजस्तो “सत्ताको लागि हुने सङ्घर्षमा सर्वहारा वर्गको सहयोगी समस्या'' हो ।
८) साम्राज्यवादी युगमा राष्ट्रिय समस्या (National problem) सर्वहारा क्रान्तिको एउटा अत्यन्त महत्त्वपूर्ण समस्या हो । यस युगमा राष्ट्रिय समस्या आन्तरिक तथा बाह्य उपनिवेशहरूबाट मुक्तिसित गाँसिएको छ । साम्राज्यवादका अवस्थाहरूमा उपनिवेशहरू र पराधिन मुलुकहरू आफ्ना समस्याहरूको समाधानको निम्ति साम्राज्यवादको विरुद्ध क्रान्तिकारी सङ्घर्ष गर्न र त्यसलाई सर्वहारा क्रान्तिको समस्याको एउटा अङ्गको रूपमा अघि बढाउनुपर्छ अन्यथा त्यो सर्वहारा क्रान्तिको विरुद्ध साम्राज्यवादीहरूको एउटा महत्त्वपूर्ण औजारमा रूपान्तरित हुन्छ । रूसमा अक्टोबर समाजवादी क्रान्तिपछि महान सोभियत समाजवादी सङ्घको निर्माण राष्ट्रिय र औपनिवेश समस्याको समाधानको शानदार उदाहरण हो ।
साम्राज्यवादका अवस्थाहरूमा विकसित मुलुकहरूका सर्वहारा क्रान्ति र औपनिवेशिक, अर्ध वा नव–औपनिवेशिक मुलुकहरूको राष्ट्रिय मुक्तिको आन्दोलनबीच साम्राज्यवाद विरुद्ध एउटा साझा मोर्चा बन्नु अपरिहार्य हुन्छ ।
साम्राज्यवादका अवस्थाहरूमा सम्पूर्ण विश्व दुई खेमामा विभाजित भएको छ — एउटा, साम्राज्यवादी खेमा र अर्को औपनिवेशिक, अर्ध वा नव–औपनिवेशिक खेमा । पहिलो खेमाको विरुद्ध सङ्घर्ष गरेर मात्र दोस्रो खेमाका राष्ट्रहरूले मुक्ति पाउने छन् । यो काम उनीहरूले विकसित मुलुकहरूको सर्वहारा वर्गसित मिलेर गर्नुपर्ने हुन्छ । यो कुरा उत्पीडित राष्ट्रहरूको लागि मात्र अपरिहार्य नभएर सङ्घर्षरत विकसित मुलुकहरूका सर्वहारा वर्गहरूका लागि पनि अनिवार्य छ । साम्राज्यवादका अवस्थाहरूमा साम्राज्यवादलाई कमजोर पार्ने कुरा महत्त्वपूर्ण हुन्छ । त्यो काम विकसित मुलुकहरूका सर्वहारा वर्गले मात्र गर्न सक्दैन, त्यसले आफ्नो सङ्घर्षलाई साम्राज्यवादद्वारा प्रत्यक शोषण एवं उत्पीडनको मारमा रहेका दोस्रो खेमाका राष्ट्रिय मुक्ति सङ्घर्षहरूसित एकाकार गरेर मात्र प्राप्त गर्न सक्दछ । यसरी साम्राज्यवादका अवस्थाहरूमा विकसित मुलुकहरूका सर्वहारा क्रान्ति र औपनिवेशिक, अर्ध वा नव–औपनिवेशिक मुलुकहरूको राष्ट्रिय मुक्तिको आन्दोलनबीच साम्राज्यवाद विरुद्ध एउटा साझा मोर्चा बन्नु अपरिहार्य हुन्छ ।
९) लेनिनवादी रणनीति तथा कार्यनीति प्रतिको द्वन्द्वात्मक दृष्टिकोणको अवलम्बनबीना साम्राज्यवादको तख्ता पल्टाउने र सर्वहारावर्गको अधिनायकतन्त्र स्थापित गर्ने अनि त्यसलाई टिकाउने कुरा सोच्नु निरर्थक हुन्छ ।
प्रतिक्रिया