टासिटस धराप
पहिलो शताब्दीको अन्त्यतिरको प्रसंग हो, रोममा सम्राट नेरोले आत्महत्या गरेपछि गाल्बा विनियसले सत्ता सम्हाले । उनी सन् ६८ देखि ६९ सम्म राजगद्दीमा बस्न पाए । गाल्बाको शासनकाल साह्रै अलोकप्रिय रह्यो । उनी पैसा भनेपछि हुरुक्क हुन्थे, काँचोकचिलो जे पनि हसुर्ने । वान्छित–अवान्छित जस्तोसुकै उपाय अवलम्बन गर्न पछि पर्दैनथे ।
सत्ताको अँध्यारो कुनामा राजदण्ड अंठ्याएर गरिने यस्ता कृयाकलाप जनसाधारणको नियन्त्रणबाट टाढा थियो । भुक्तभोगी त जनता र राष्ट्र न थिए । उनी सधैं जस्तो आसेपासे र दलाली गर्नेहरुबाट घेरिएर बसेका हुन्थे । त्यसले जनतामा क्रमश: वितृष्णा पैदा गर्न थाल्यो । सत्ताको संरक्षक सेनाले पनि उनलाई साथ दिन छोड्यो र अन्तत: मारिए ।
इतिहासको यस प्रसंगलाई लिएर ऊ बेलाका रोमका एकजना प्रसिद्ध इतिहासकार टासिटस(Publius Cornelius Tacitus, AD 56 – 120) ले बडो मिठो टिप्पणी गरेका छन्, 'सरकार अलोकप्रिय भए पछि उसले राम्रा नराम्रा जे जस्ता नीति अख्तियार गरे पनि जनता सरकारकै विपक्षामा खनिन थाल्छन् ।' सरकारले विश्वासनीयता गुमाए पछि उसले जेजस्तो कबुल गरे पनि समाजले मरिकाट्टे पत्याई दिदैन । जनताको विश्वास गुमाएपछि सत्ताको अस्तित्वको वैधतामा संकट पैदा हुन्छ, उसका दुर्दिन सुरु हुन्छन् । टासिटसले उल्लेख गरेको यस किसिमको स्थितिलाई नानचिङ विश्वविद्यालयका प्रोफेसर पान चिचाङले टासिटस धराप (Tacitus trap) भन्ने नामाकरण गरे ।
जनताको विश्वास गुमाए पछि फस्ने भनेको यस्तै धरापमा हो, सत्ता होस् या संस्था । इतिहासको शिक्षा ।
अँ, त्यस्तो धरापमा न फस्ने हो भने समय घर्किनुअघि नै सुशासन, पारदर्शिता र समाज केन्द्रित सत्ता-समाज सम्बन्धको पुनर्रचनाका उपाय अवलम्वन गरिसक्नु पर्दछ । वास्तवमा लोकतन्त्रको मर्म पनि त यही हो ।
शताब्दीकै गलत आकलन: ट्रम्पको इरान दुस्साहस
भारतको गहिरो सामाजिक-आर्थिक समस्याहरूलाई सम्बोधन नगरी माओवादलाई उन्मूलन गर्न …
राष्ट्रिय स्वाधीनता युद्वको झण्डा इरान
इरानले युद्ध जित्ने ६ आधारहरु
स्ट्रेट अफ हर्मुजमा साम्राज्यको अवनति; इरान युद्ध अमेरिकाको आफ्नै 'स्वेज संकट'
मेरो सम्झनामा युर्गन हाबरमास
म्युजिकल चेयरदेखि डिजिटल एल्गोरिदमसम्म: कसरी बदलिएनन् नेता, तर बदलिए मतदाता?
प्रतिक्रिया