हिन्दू–मुस्लिम दंगा भड्किन नदिन के गर्ने ?

शान्ति निर्माण र शान्ति स्थापनाका लागि अपनाउन सकिने केही उपायहरु

तर्कवादको मूल मर्मनै कुनै पनि चीजलाई आफ्नो तर्कबाट परीक्षण गर्नु हो । त्यसलाई प्रमाणित गर्न सकिन्छ भने स्वीकारौं, अन्यथा इन्कार गरौं । कुनै पनि समाजमा उत्पन्न हुने द्वन्द्वलाई रोकथाम गर्नको लागि तर्कवाद अत्यन्तै महत्त्वपूर्ण कुरा हो । त्यो द्वन्द्व साम्प्रदायिक, धार्मिक, जातीय वा जातको नै किन नहोस्, त्यसलाई रोकथाम गर्नको लागि तर्कवाद एउटा अत्यन्तै महत्वपूर्ण साधन हो ।

यसले कसरी काम गर्छ त ?

अर्धसत्यमा आधारित संकथनले आफ्नो सीमा नाघेपछि त्यो द्वन्द्वको कारण बन्न पुग्छ र त्यही कारण समाजमा हिंसा हुन्छ ।

तर्कवादको अर्थ हो– बुझ्नु, कुनै पनि चीजको जरोसम्म पुग्नु र तथ्य के हो भन्ने कुरा जान्नु; कुनै कुरा तथ्यसम्मत छैन भने त्यसलाई अस्वीकार गर्नु । जब कुनै दुई समुदायका बीचमा हिंसा हुन्छ, सधैं त्यसको एउटा 'ट्रिगर' हुन्छ, र त्यसका पछाडि एउटा लामो ‘व्याटल अफ न्यारेटिभ्स’ हुने गर्छ । दुवै पक्षले आ–आफ्नो तर्फबाट केही यस्ता चीजहरु बताउने गर्छन्, जुन अर्धसत्य हुने गर्छन् । त्यसलाई हामी नकार्न पनि सक्दैनौं तर ती सम्भाव्य र स्वीकार्य पनि हुन सक्दैन । यी अर्धसत्यका आधारमा हुने कुरालाई 'न्यारेटिभ्स' भनिन्छ र यो भइरहन्छ । यो हर समाजमा हुने गर्छ ।

त्यो अर्धसत्यमा आधारित संकथनले आफ्नो सीमा नाघेपछि त्यो द्वन्द्वको कारण बन्न पुग्छ र त्यही कारण समाजमा हिंसा हुन्छ ।

शान्ति निर्माण गर्ने (Peace building) र शान्ति कायम गर्ने (Peace Making) अवधारणाबारे म छोटकरीमा बताउन चाहन्छु ।

शान्ति निर्माण गर्ने कुरा भनेको हिंसा भइरहेको अवस्थामा त्यसलाई अन्त्य गर्ने हो । पहिले शान्ति स्थापित गर्ने कुरालाई हामी 'पिस मेकिङ' भन्छौं । सामुदायिक हिंसा भइरहेको छ भने त्यसलाई काबुमा ल्याउनुलाई हामी 'पिस मेकिङ' भन्छौं । शान्ति निर्माणमा चाहिँ एउटा संस्था निर्माण हुन्छ । एउटा यस्तो संस्था वा नेटवर्क निर्माण गरिन्छ, जसको आधारमा शान्ति कायम भइरहोस् । एउटा पक्ष हिंसा  खत्तम भएर शान्ति आओस् भन्ने हो भने अर्को पक्ष चाहिँ शान्ति कायम भइरहोस् । शान्ति निर्माण  गर्ने कुरा संघर्ष अघि र संघर्षको पछि पनि भइरहन्छ । संघर्ष हुनुभन्दा पहिले पनि हामीले संघर्ष नै नहोस् भनेर केही गर्न सक्छौं । संघर्ष भइसकेपछि पनि हिंसालाई समन गरेपछि पनि यस्तो संस्थागत संरचनालाई प्राथमिकता दिन सकिन्छ, जसले गर्दा फेरि संघर्ष हुन नपाओस् । यसलाई हामी शान्ति निर्माण भन्न सक्छौं ।

दुई पक्ष कुनै हिंसामा संलग्न हुँदा त्यो एउटा निश्चित प्रकृतिकोमा आधारित हुने गर्छ । अर्को पक्षको बारेमा हामीमा रहेका पूर्व निर्धारित एकांगी धारणा र मान्यताहरुले त्यसलाई निर्देशित गरिरहेको हुन्छ ।

संयुक्त राष्ट्रसंघको परिभाषालाई हेर्ने हो भने यी दुवैपक्षसँग राष्ट्रसंघ जोडिइरहेको हुन्छ । हरेक देशका सरकारहरुले पनि आन्तरिक द्वन्द्वको स्थितिमा वा त्यो हुने सम्भावनाको अवस्थामा यी दुवै चीजहरुलाई प्रयोग गरिरहेका हुन्छन् । शान्ति स्थापना गर्नको लागि एउटा जबरजस्त शक्तिको आवश्यकता हुन्छ (जसले आवश्यकताअनुसार सकारात्मक नतिजा ल्याउनका लागि, चेतावनी दिन, शक्तिको प्रयोग गर्न वा अरु उपायहरु अपनाउन सक्छ) । उदाहरणको लागि भारतमा साम्प्रदायिक दंगाहरु हुने गर्छन् । हिन्दू मुस्लिमका बीचमा दंगा हुँदा त्यसलाई रोक्नु जरुरी हुन्छ । त्यसो गर्नका लागि जबरजस्त शक्ति चाहिन्छ । पुलिस, सेना वा अरु कुनै उपायहरुको प्रयोग गरेर कमभन्दा कम समयमा हिंसालाई रोकियोस् । त्यो हिंसा रोकिएपछि शान्ति निर्माण गर्नु जरुरी हुन्छ । दुई पक्ष कुनै हिंसामा संलग्न हुँदा त्यो एउटा निश्चित प्रकृतिकोमा आधारित हुने गर्छ । अर्को पक्षको बारेमा हामीमा रहेका पूर्व निर्धारित एकांगी धारणा र मान्यताहरुले त्यसलाई निर्देशित गरिरहेको हुन्छ । धारणा निर्माण गर्नका लागि लिइएका सबै कुराहरु त सत्य हुँदैनन् । कतिपय कुराहरुमा हामी आआफ्नै धारणाहरु बनाउने गर्छौं । त्यसको सत्यतथ्यबारे जाँचपरख  गर्नेतिर हामी लाग्दै लाग्दैनौं । जस्तो  कि, सबै हिन्दूहरु  शाकाहारी हुन्छन् भनेर ठान्यौं भने त्यो एकांगी धारणा हुन जान्छ । यथार्थ के हो भने बहुसंख्यक हिन्दू शाकाहारी हुँदैनन् ।

दुई समुदायका बीच एकापसका बारेमा धेरै एकांगी धारणाहरु हुने गर्छन् । त्यो द्वन्द्व सिर्जना गर्नको लागि एउटा जरो कारण हुने गर्छ । दोस्रो, भिन्न समुदायबीच पारस्परिक सञ्चारको अभाव हुने गर्छ । आपसमा सञ्चारको र बातचीतको अभावमा दुई देशबीचमा संघर्ष हुने गर्छ । ठीक त्यसै गरेर आपसी बातचीत र सञ्चारको अभावमा समुदायबीच द्वन्द्व हुने गर्छ । परस्परमा मिलन र अन्तरघुलन नहुँदा द्वन्द्वको सम्भावना झनै बढेर जान्छ ।

शान्ति निर्माण गर्ने र शान्ति कायम गर्ने सवालमा यी दुई पक्षहरुलाई ध्यानमा राखिनु जरुरी हुन्छ ।

कुनै पनि संघर्षको एउटा  कारक पक्ष हुन्छ । त्यो संघर्ष कहाँबाट शुरु भयो त ? त्यसलाई पत्ता लगाउन उसले उत्प्रेरित गर्छ । त्यो पत्ता लगाएपछि मध्यस्थताकर्ताले दुवै पक्षलाई त्यो हिंसा भड्काउने कारक पक्षको सत्य के हो भनेर ठम्याउन सल्लाह दिन्छन् ।

हिंसालाई समाप्त पारेपछि मध्यस्थताकर्ताको खाँचो हुन्छ । उसले द्वन्द्वरत दुई पक्षहरु, जस्तै परस्परमा लडिरहेका हिन्दू र मुसलमानका बीचमा जान्छन् र हिसा नगर्न तथा त्यसले कुनै सही परिणाम नल्याउने बारेमा बताउँछन् । उसले दुवै पक्षलाई हिंसा भड्किनुका कारण खोज्नका लागि परस्परमा संवाद गर्न सहमत गराउन खोज्छन् । कुनै पनि संघर्षको एउटा  कारक पक्ष हुन्छ । त्यो संघर्ष कहाँबाट शुरु भयो त ? त्यसलाई पत्ता लगाउन उसले उत्प्रेरित गर्छ । त्यो पत्ता लगाएपछि मध्यस्थताकर्ताले दुवै पक्षलाई त्यो हिंसा भड्काउने कारक पक्षको सत्य के हो भनेर ठम्याउन सल्लाह दिन्छन् । यसरी पारस्परिक संवादको प्रक्रिया शुरु हुन्छ ।

शान्ति निर्माणको प्रक्रियामा मध्यस्थताकर्ताबाहेक अर्को ‘गुड अफिसेस’ (Good offices) पनि हुन सक्छ । उसले मध्यस्थताकर्ताले जस्तै द्वन्द्वरत पक्षहरुसँग सोझै कुराकानी गर्दैन । उसले द्वन्द्वरत पक्षहरुलाई मध्यस्थताकर्ता नराखिकन सोझै एकापसमा कुराकानी गर्न लगाउँछ । उसले पक्षकारलाई सोझै कुरा गर्न उत्प्रेरित गर्छ र उनीहरुको कुराकानी शान्तिपूर्ण होस् भनेर आफूले निगरानी गरिरहेको सम्झाउँछ । संवादको द्वार खुलेपछि संघर्षको सम्भावनाहरु कम हुन जान्छ ।

गणेश उत्सवको दशौं दिनमा विसर्जन जुलुस निस्कने गर्छ । त्यसलाई हिंसाको कारण बन्न नदिन मोहल्ला कमिटीहरुमा त्यो विसर्जन जुलुस मस्जिद क्षेत्रबाट जाँदा जुलुसमा बज्ने गरेको संगीत बन्द गर्ने  हिन्दू पक्षले सहमति गर्यो । त्यसैगरी, मुस्लिम पक्षले पनि त्यसबेलामा ‘अजान’को समय परेको अवस्था छ भने त्यसबेला बज्ने प्रार्थनाको आव्हानलाई रोक्ने कुरामा सहमति गर्यो ।

हामीले सन् २००३ मा मुम्बई शहरमा एउटा सानो अनुसन्धान गरेका थियौं । मोहल्ला कमिटीहरुमा सो अनुसन्धान गरिएको थियो ।  सन् १९९३ मा बम्बईमा एउटा श्रृङ्खलाबद्ध बम विस्फोटका घटनाहरु भएका थिए । त्यसबेला मुम्बई पुलिस कमिश्नर र नागरिक समाजहरु मिलेर मुम्बईका मुख्य पुलिस स्टेशनहरुमा एक मोहल्ला कमिटी बनाएका थिए । थाना प्रमुखको नेतृत्वमा गठित उक्त कमिटिमा हिन्दू र मुश्लिम दुवै समुदायका प्रतिनिधिहरु राखिएका थिए । विगतका १०० वर्षको इतिहासमा हिन्दू–मुश्लिम साम्प्रदायिक हिंसा भड्काउनका लागि केही सीमित कारक पक्षहरुले उत्प्रेरकको काम गरेको पहिचान गरिएको थियो । तीमध्ये एउटा कारक पक्ष गणेश उत्सव पनि थियो । गणेश उत्सवको दशौं दिनमा विसर्जन जुलुस निस्कने गर्छ । त्यसलाई हिंसाको कारण बन्न नदिन मोहल्ला कमिटीहरुमा त्यो विसर्जन जुलुस मस्जिद क्षेत्रबाट जाँदा जुलुसमा बज्ने गरेको संगीत बन्द गर्ने  हिन्दू पक्षले सहमति गर्यो । त्यसैगरी, मुस्लिम पक्षले पनि त्यसबेलामा ‘अजान’को समय परेको अवस्था छ भने त्यसबेला बज्ने प्रार्थनाको आव्हानलाई रोक्ने कुरामा सहमति गर्यो ।

हामीले मोहल्ला कमिटीहरु निर्माण भएको १० वर्षको समयावधिपछि सन् २००३ मा उक्त अनुसन्धान गरेका थियौं । त्यसमा के पाइयो भने माथिका तरिका अपनाएर मुम्बईमा साम्प्रदायिक दंगालाई रोकिएको थियो । दुवै समुदायलाई आमने सामने राखेर हिंसा भड्काउने कारक पक्षलाई पहिचान गरेपछि रसत्य असत्य के हो भनेर  ठम्याएपछि हिंसा रोक्न सम्भव भयो । वास्तवमा त्यो शान्ति निर्माणको नै अभ्यास थियो ।

तर्कवाद ठीक कुरा हो, तर हामीले उनीहरुलाई धर्म त्याग भन्यौं त्यो स्वीकार्य हुँदैन । चरम कट्टरपन्थमा लागेकाहरुले धर्मलाई कुनै हालतमा त्याग्दैन । त्यो स्थितिमा धर्म त्याग्ने कुरा प्रत्युत्पादक पनि साबित हुन सक्छ । शान्ति निर्माणको प्रक्रियामा त्यसले बाधा आउन सक्छ ।

त्यसैले सर्वप्रथम हामी तर्कशील हुनु जरुरी छ ।  दोस्रो, कुनै पनि समुदाय आफ्ना आस्था र मान्यतामा अडेर हिंसामा उत्रिन्छ भने उसलाई उसको आस्था त्याग्न भनियो भने कुनै पनि समुदायले त्यसलाई स्वीकार्दैन । उनीहरुको आस्था र मान्यतालाई सम्मान गर्दै संघर्षरत पक्षहरुलाई परस्परमा संवाद गराउनु जरुरी हुन्छ । तर्कवाद ठीक कुरा हो, तर हामीले उनीहरुलाई धर्म त्याग भन्यौं त्यो स्वीकार्य हुँदैन । चरम कट्टरपन्थमा लागेकाहरुले धर्मलाई कुनै हालतमा त्याग्दैन । त्यो स्थितिमा धर्म त्याग्ने कुरा प्रत्युत्पादक पनि साबित हुन सक्छ । शान्ति निर्माणको प्रक्रियामा त्यसले बाधा आउन सक्छ । त्यसैले शान्ति निर्माणका लागि हामी पूर्णतः तटस्थ हुनुपर्छ । संघर्षरत पक्षका विश्वास सत्य वा असत्य के हो भनेर उपचार गर्नेतिर लाग्नु हुँदैन । उनीहरुले धारण गरेको विश्वासलाई सम्मान गरेर हाम्रो काम उनीहरुलाई परस्पर संवादमा ल्याउने र समस्याहरुलाई तिनी आफैंले हल गर्न सक्षम तुल्याउने हो ।

प्रा. उत्तरा सहस्रबुद्धे मुम्बई विश्वविद्यालयमा प्राध्यापन गर्छिन् । केही समयअघि उनले काठमाडौंको मार्टिन चौतारीमा बृहत् नागरिक आन्दोलनले आयोजना गरेको एक कार्यक्रममा प्रवचन दिएका थिए । उक्त प्रवचनमा उनले व्यक्त गरेका माथिका विचारहरु नेपालको सन्दर्भमा पनि सिक्न लायकको हुन सक्छ भन्ने हामीलाई लाग्छ । –दायित्वबोध