किन अमेरिकामा बारम्बार भइरहन्छ गोलीकाण्ड ?

काउव्वायका नायकीय छविमा विकसित गरिएका बन्दूके संस्कृति रोक्न अमेरिकी सरकार पनि असमर्थ र निरीह !

अमेरिकाको मेन राज्यको ल्यूइस्टन शहरमा कात्तिक ९ गते भएको गोलीकाण्डमा २२ जना मानिसहरुको मृत्यु भएको छ। तीन भिन्न स्थानमा भएको सो गोलीकाण्डमा ६० जना घाइते भएको छन् । रोबर्ट कार्ट नाम गरेको एकै व्यक्तिले सो घटना गराएको अनुमान प्रहरीले गरेको छ र ती व्यक्तिलाई नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्। तर यो लेख्दासम्म सफल भएको छैन । पुलिसले शहरका वासिन्दाहरुलाई घरभित्रै झ्यालढाेका थुनेर बस्न भनेको छ ।

अमेरिकी प्रहरीले जारी गरेको राेबर्ट कार्टको तस्विर

अमेरिकामा यस प्रकारका गोलीकाण्डहरु कुनै असामान्य घटना भने होइन। यस्ता घटनाहरु त्यहाँ नियमित रुपमा घटिरहेका हुन्छन्। अमेरिकामा किन यस प्रकारका गोलीकाण्डहरु घटछन् भनेर जान्नको लागि अमेरिकी समाजमा कसरी बन्दुक मोह सुरु भयो भनेर जान्न जरुरी छ

१९ औ शताब्दीमा अमेरिकी गृहयुद्धको समाप्तिपछि अमेरिकामा बन्दुकको खासै बजार थिएन । अमेरिकी सरकारले पनि बन्दुक किन्न छोडिसकेको थियो र विदेशमा पनि बन्दुक खासै निर्यात हुँदैन थियो । अमेरिकी समाज मुलतः कृषिप्रधान समाज थियो ।  किसानलाई बालीनालीमा नोक्सानी पुर्याउने जंगली जनावर धपाउने र सिकार गर्ने साधारण बन्दुक भए पुग्थ्यो । उनीहरुलाई बन्दुक उत्पादकहरुले उत्पादन गर्ने नयाँ-नयाँ प्रवधिका अत्याधुनिक बन्दुकहरु चाहिदैन थियो ।

Photo: dnm.nflximg.net

ती बहादुर घोडसवार गोठाला (काउ बोय) हरुले अपराधीले भन्दा छिटो बन्दुक निकालेर उनीहरुमाथि अचुक गोली चलाउछन् र तिनको सफाया गर्छन् । बन्दूक संस्कृतिलाई महिमामण्डित गर्न त्यस्ता कथामा आधारित थुप्रै काउ बोय फिल्महरु बने । तर यथार्थतामा चाहिँ वास्तविक काउ बोयहरु समाजका सबैभन्दा पिँधका मानिसहरु हुन्थे ।

त्यो भनेको अमेरिका हतियार उत्पादक कम्पनीहरुका लागि प्रतिकूल स्थिति थियो । अमेरिकाको राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने त्यो वर्गले त्यही बेला बन्दुकको खपत बढाउन बन्दुक संस्कृतिको विकास गर्नेतिर लागे । त्यसको लागि एउटा कानुनविहीन अराजक इलाका (वाइल्ड वेस्ट) क्षेत्रको कल्पना गरियो, जहाँ बहादुर पुलिसहरुले डाँका र बदमासहरुलाई सफाया गर्छन् ।  ती बहादुर घोडसवार गोठाला (काउ बोय) हरुले अपराधीले भन्दा छिटो बन्दुक निकालेर उनीहरुमाथि अचुक गोली चलाउछन् र तिनको सफाया गर्छन् । बन्दूक संस्कृतिलाई महिमामण्डित गर्न त्यस्ता कथामा आधारित थुप्रै काउ बोय फिल्महरु बने । तर यथार्थतामा चाहिँ वास्तविक काउ बोयहरु समाजका सबैभन्दा पिँधका मानिसहरु हुन्थे । उनीहरुले अरु खासै काम पाउँदैन थिए,नीहरुले सजिलै पाउने काम भनेको गाई धपाउने काम थिए । हलिउडका फिल्महरुले महिमामण्डन गरी चमत्कारी छवि बनाइएका काउ बोय नायक र तिनका कथाहरु बिल्कुल काल्पनिक थिए । तर यसले अमेरिकी समाजमा वाइल्ड वेस्ट र त्यहा बस्ने  बहादुर नायकको छवि स्थापित गर्यो । ती फिल्मसंगै अमेरिकामा एउटा बिज्ञापन पनि बजारमा व्यापक रुपमा प्रसार गरियो। यो विज्ञापनमा के भनिएको थियो भने यदि तपाईंको छोरासंग विनचेस्टर राइफल छैन भने असली मान्छे होन र तपाईंको छोरीसंग सानो पिंक पेस्तोल छैन भने उनी कहिले पनि खुसी हुन्नन्।  यो अभियान भव्य रुपमा सफल भयो । यसले अमेरिकी समाजमा बन्दुकको  कृत्रिम आवश्यकता सिर्जना गर्‍यो । बन्दुक नभई नहुने चिज बन्यो र बन्दुके संस्कृतिको विकास भयो। अहिले अमेरिकामा चाहेर पनि यो बन्दुके संस्कृतिलाई नियन्त्रण गर्न नसकिने अवस्था छ ।

अमेरिकामा नियमित रुपमा भइरहने यस प्रकारमा गोलीबारीका घटनाहरुबाट बहुसंख्यक अमेरिकी जनताहरु आजित भैसकेका छन्। तर उनीहरुले चाहेर पनि अमेरिकामा बन्दुकहरुको खुलेआम बिक्रिवितरण लाई रोक्न असमर्थ छन्। किनकि अमेरिकामा बन्दुकवालाहरुको एउटा संगठन छ एनआरए अर्थात् राष्ट्रिय राइफल एसोसियसन (National Rifle Association )। यो संस्थाको गठन अमेरिकी गृहयुद्धपछि सन् १८७१ मा भएको थियो । एनआरएले अमेरिकामा त्यहाँका नागरिकहरुले बन्दुक बोक्न पाउने अधिकारको पैरवी गर्छ। यसले अमेरिका भर राइफल चलाउने कामलाई प्रवर्धन र उत्प्रेरित गराउने काम गर्दछ। एनआरए अमेरिकाको सबैभन्दा ठुलो संगठन हो। यो संगठनमा करिब ३० देखि ५० लाख सदस्यहरु रहेका छन्। एनआरएले आफ्ना सदस्यहरुबाट लेभी वापत बार्षिक ९७ मिलियन डलर प्राप्त गर्दछ। एनआरएले आफ्नो विशाल संगठन र आफूसंग भएको ठुलो धनराशीलाई अमेरिकी राजनीतिलाई प्रभावित गर्न प्रयोग गरिरहेको हुन्छ। सन् २०२१ मा मात्र यो संस्थाले करिब ४ मिलियन डलर अमेरिकी राजनीतिज्ञहरुलाई लबिङ्ग गर्न खर्च गरेको थियो।

अमेरिकामा जब कुनै सामुहिक हत्याकाण्ड हुन्छ, त्यसबेला त्यहाँ बन्दुकको बिक्रि वितरणमाथि कडा नियन्त्रण गर्ने र प्रतिबन्ध लगाउनेसम्मका आवाजहरु उठ्न थाल्छन। तर त्यसबेला एनआरएले आफ्नो प्रभाव र पहुँच प्रयोग गरेर ती प्रयासहरुलाई निस्तेज गराइदिन्छ। एनआरएको प्रमुख तर्कको आधार सधैं एउटै रहने गरेको छ। त्यो हो अमेरिकी संबिधानमा रहेको दोश्रो संशोधन। अमेरिकाको संविधानमा सन् १७९१ मा गरिएको दोश्रो संसोधन अनुसार हतियार राख्न र बोक्न पाउने अधिकार दिइएको थियो। संविधानमा व्यापारिक स्वार्थका लागि हतियार संस्कृतिको विकास र विस्तार गर्न घुसाइएको  यही प्रावधानलाई समातेर

एनआरए अमेरिकामा बन्दुक नियन्त्रण सम्बन्धी कुनै पनि प्रयासलाई अमेरिकी जनताको मौलिक हक हनन गरेको भनेर प्रचार गर्ने गरेको छ। अमेरिकाका कुनै पनि राजनीतिक दलहरु चाहे त्यो डेमोक्र्याटिक होस् या रिपब्लिकन, कसैले पनि एनआरएको इच्छा विरुद्ध जाने हिम्मत गर्दैन।

अमेरिकामा लडाइँमा प्रयोग हुने अत्याधुनिक एम १६ र एआर-१५ जस्ता एसल्ट राइफलहरु खुलेआम किन्न पाइन्छ। हतियारको त्यही सहज उपलब्धताका कारण हरेक बर्ष त्यहा सयौ गोलीकाण्डहरु हुने गर्छन्। यो र्ष २०२३ मा मात्र अमेरिकाभरिमा ५६५   गोलीकाण्डहरु भएका छन्। तैपनि नाफाखोर पुँजीवादी प्रवृत्तिले सिर्जना गरेको बन्दुके संस्कृतिका कारणले गर्दा अमेरिकामा गोलीकाण्डहरु घट्नुको साटो बढी रहेको छ।