मेरो बडाऽऽऽऽऽ दशैं!
ठूलीकान्छी गजक्क, खसम अम्रिकामा
सुनरपुरवाली मख्ख, आदमी अष्ट्रेलियामा
मेरो मन सँधैको अँधेरो ज्यान अधमरो
तिमी -खाडीमा

तिनका गैह्रीखेत -
पक्की मकान
एकपाखो छानो उडेको छाप्रो हाम्रो
कहाँ सक्थ्यौं र सँगसँगै नारिन
दुखै गरे’नि, परदेसी भई बाँचे नि
तिनका मान्छेलाई,
ज्यान चिस्याउने-तताउने
मेसो त जुर्दो हो
टाउकामाथि छानो र बलियो चौघेरा मिलेर,
तिनको रच्छे गर्दा हुन्
तर तिमी,
आगो ओकल्ने आकाशमुनि
जोतेर गधा
कसरी दिनको मेलो तुर्दा हौ?
उँटका पछि असिन-पसिन
बिचेत हुँदै
कति लड्दा हौ
मरुभूमिको निर्दयी जाडो
मुटु कक्य्राउने स्याँठ
कसरी मजरामा तरकारी फलाउँदा हौ
यता अरु जे भए नि,
आफ्नाहरुलाई सम्झने सबैका मन
उस्तै सङ्ला हुँदारै’छन्
चाडबाडले पार्दोरै’छ
मान्छेको चित्त शुद्ध
हाल,
ठूलीकान्छी-सुनरपुरवाली
र हामी सबै पर्खनेहरु,
पर्खाइको पीडामा
छौँ तन्मयताका बन्दी
टायम - कुटायम
चुहाउँछौँ उसरी नै आँसु
चाडको चटारोसितै
यसपाली तिमी नआउने सम्चार
बिस्तारै निल्दैछ
हाम्रो सुख-चैन
आमाका हर सुस्केरा
तिमीलाई सुम्सुम्याउन हतास!
म चाहिँ,
हेर्दै त्यै सानेको मुख
धान्दै एकमुठी सास
पर्खँदै छु
मेरो बडाऽऽऽ दशैँ
तिमी फर्केको त्यो दिन!
इरान अमेरिकी आधिपत्यको चिहान हो: जेफ्री स्याच्स
विश्वव्यापी परिघटनाका रूपमा अति दक्षिणपन्थी धार: पर्यावरणीय समाजवादी विकल्प
लेनिनवादका आधारहरू: एउटा युगान्तकारी बौद्धिक यात्रा
कल्पनाबाट ब्रह्माण्डसम्म: आइन्स्टाइनको विचारले विज्ञानमा गरेको रूपान्तरण
आत्ममन्थन र परीक्षणको विकट मोडमा उभिएको नेपाली वामपन्थ !
मार्क्सवादले अझै संसार बदल्न सक्छ
मार्क्सवादी चिन्तनको आधारशिला ‘कम्युनिष्ट मेनिफेस्टो’
प्रतिक्रिया