गुमनाम
को हुन् यी बहुलाहरु?
कहाँबाट आए?
चाडबाडमा मान्छे घर फर्कन्छन्,
यी सबै देश छोड्दैछन्।
उमारेको जमरा छेउ-
नियतीको टपरामा-
बाध्यताको नङ्ग्राले-
आफ्नो मुटु चुँडि छेउमै राखी-
मुटु बेगर, रहर बेगर-
यी सबै देश छोड्दैछन्।
रिण तिर्न रिण काडी-
पैसो छैन हिँड खाँडी-
पसिनासंग पैसा साट्न-
प्रचण्ड त्यो दिन काट्न-
बालबच्चा प्यारी माया,
लागीसक्यो छाती फाट्न-
मन थियो नि टीका थाप्न-
साउ र बाउ लाई जोगाउन
यी सबै देश छोड्दैछन्।
औँला भाँची रिण गन्छ-
अक्षरगंजको रामे भन्छ-
कास!
राज्यले मलाई रोजगार दिए-
पहाड भन्दा गह्रौ भार दिए-
हाँसी हाँसी बोक्ने थिएँ-
दिन रात नभनी,
पसिना रगत पोख्ने थिएँ-
रामे का बा रुँदै भन्छन्,
मिल्ने'भा रोक्ने थिएँ-
छोटा राजा राक्षस छन्,
बन्दुक'भा ठोक्ने थिएँ-
छोटा राजा राक्षस छन्,
बन्दुक'भा ठोक्ने थिएँ।।
प्रतिक्रिया