चेसँग जोडिएका केही अनौठा प्रसङ्गहरु
Photo: britannica
चे ग्वेभारा आजन्म दमका रोगी थिए । उनले दमको औसधी निरन्तर लिनु पर्थ्यो । तर दम रोगले उनको दैनिक क्रयाकलापहरुलाई खासै बाधित तुल्याएन । रोचक कुरा चाहिँ के हो भने पेसाले उनी आफैं चिकित्सक थिए ।
क्युबाको क्रान्तिको सफलतापछि उनी कंगोमा संघर्ष गर्न पुगेका थिए तर उनी असफल भए । त्यसपछि चेले बोलेभियामा छापामार युद्ध सुरु गरे । त्यहाँ पनि उनी असफल भए । उनलाई घाइते अवस्थामा गिरफ्तार गरियो र उनको हत्या गरियो ।
चेलाई मार्न आदेश दिने बोलेभियाका सैन्य तानासाह रेने बेरियन्तोस चेको हत्या गरिएको डेढ वर्षपछि हेलिकप्टरमा आगो लागेर मरे ।
चेलाई घेराउ हाली पक्राउ गर्ने बोलेभियाली सैनिक कर्णल जेंटेनो अनायालाई फ्रान्सको पेरिसमा गोली हानेर मारियो ।
चे लाई बयान लिने र मार्ने टोलीका कमान्डर आन्द्रेस सेलीचलाई पछि आफ्नै साथीहरुले कुटेर मारे ।
चेको हत्याबारेको खबर विश्वसमक्ष घोषणा गर्ने कर्णेल कुइनटानेलियालाई चार वर्षपछि जर्मनीको ह्यामबर्गमा ३ गोली हानेर मारियो ।
चेलाई पक्राउ गर्न सुराकी गर्ने रोजस नाम गरेका किसानलाई चेका बाँकी साथीहरुले दुई वर्षपछि टाउकोमा २ गोली हानेर मारे । ती किसानले ३००० डलरको लोभमा चेविरुद्ध सुराकी गरेका थिए र उनकै कारण चेको हत्या गर्ने बोलेभियाली सैनिक तानाशाही सरकार र अमेरिकाको षड्यन्त्र सफल भएको थियो ।
चेलाई गोली हानेर मार्ने सार्जेन्ट मारिओ टेरान पागल जस्तै बने । घटनाको धेरैपछि क्युबाले उनको मोतिबिन्दुको अप्रेसन गरिदिएको थियो ।
चे लाई पक्रन भूमिका खेलेका सिआइएका एजेन्ट फेलिक्स रोड्रिगेजलाई चेको हत्या भएकै दिनबाट दम सुरु भएको थियो । उनको त्यो व्यथा आजीवन निको भएन।
चे लाई पक्राउ गर्ने बोलेभियाली सैनिक कप्तान गेरी प्रादो केही वर्षपछि आफैंले बन्दुक सफा गर्ने क्रममा गोली चलेर अपांग बने।
कमिलाले यसरी बनाउँछ माटोलाई उर्बर
खाडी क्षेत्र: मध्यपूर्व कि पश्चिम एशिया ?
सबैभन्दा लामो यात्रा गर्ने स्तनधारी प्रजाति ग्रे ह्वेल
उमेर बढ्दै जाँदा महिलाको भन्दा पुरुषको मस्तिष्क छिटो सुक्छ !
किन कफी चिया खाँदा तरोताजापन महसूस हुन्छ ?
विगतका सबै कुरा सम्झन सक्ने अनौठो क्षमता !
अढाइ लाख वर्षदेखि सुतेको ‘जोम्बी ज्वालामुखी’ उतुरुनकुमा जीवनको हलचल
प्रतिक्रिया