पानी कसरी पर्छ ?
 
              
              
              
              
              
              
              
              
              हामी सबैले पानी परेको देखेका छौं। पानी पर्दा हामीले आकाशमा बादल बादल देख्छौं । बादल नभएको बेला पानी पर्दैन । किनभने बादलले नै पानी पार्दछ । पानी बाफ बनेर आकाशमा जान्छ र बादल हुन्छ । जस्तो, भिजेको लुगा सुकाउदा त्यसमा भएको पानी बाफ बनेर उड्छ । बाफ भनेको पानी हो । पानी बाफ भएर उडेपछि मात्र लुगा सुक्छ । त्यस्तै एउटा रिकापीमा पानी राखिछोड्यौं भने त्यो पानी केही दिनमा बिलाउँछ । यसको कारण के हो भने रिकापीको पानी दिउँसोको घामले गर्दा तात्दछ र विस्तार-विस्तार त्यो पानी बाफ बनेर उडेर जान्छ । रिकापीको पानी जस्तै पोखरी र नदीको पानी पनि बाफ बनेर उडिरहन्छ । पानी तताउँदा खेरि पनि पानी तातेर बाफ बन्छ र त्यो बाफ माथि उडेर जान्छ ।
विरुवाहरूमा पनि पानी हुन्छ । त्यसैले विरूवाहरू रसिला हुन्छन् । कुनै विरुवालाई काट्यौं भने त्यो विरूवा केही दिनमा नै सुक्छ । किनभने
विरूवालाई काट्दा विरूवाभित्र रहेको पानी बाफ बनेर उडेर जान्छ ।
यसरी धेरै ठाउँबाट पानी बाफ बनेर उडिरहन्छ । यी बाफहरू आपसमा मिल्दछन् । बाफहरू मिलेपछि बादल बन्दछ । त्यसैले यहाँबाट उडेर गएको पानी नै बादल हो । बादल चिसो भयो भने पानीका थोपाहरू बन्दछन् र ती पानीका थोपाहरू तल खस्तछन् । यसैलाई हामी पानी परेको भन्दछौं ।
आकाशमा हामीले दुई खालका बादल देख्दछौं । धेरै जसो सेतो बादल देख्दछौं र कहिलेकाहीं कालो बादल देख्दछौं । कालो बादल पानीबाट उडेका बाफहरूले बनेको हुन्छ । त्यसैले कालो बादल लाग्यो भने मात्र पानी पर्दछ ।
हामीले माथि नै जानि सक्यौं कि बादल चिसो भयो भने पानीका थोपाहरू बन्दछन् । तर अझ धेरै चिसो भयो भने पानीका थोपाहरू बरफ बन्दछन् । यी बरफहरू गह्रौं भएर तल खस्दछन् । यही खसेको बरफलाई हामी असिना परेको भन्दछौं ।
बालबिज्ञान प्रश्नोत्तरबाट
 
            आइसल्यान्डमा पहिलो पटक लामखुट्टे भेटिए !
 
            पृथ्वीबाहिर जीवन छ कि छैन ?
 
            वर्षामापनको विज्ञान
 
            ओल रोमर : प्रकाशको गति हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक
 
            सौर्य आँधीको प्रहारबाट कसरी बच्छ भूउपग्रहहरु ?
 
            वैज्ञानिक क्रान्तिको संरचना : एक विज्ञान-दर्शन
 
            सबै मानिसहरु ताराको धूलोको कण !
 
             
                             
                  
                 
                   
                   
                   
                   
                  
प्रतिक्रिया