अफ्रिकाका चे ग्वेभारा अर्थात् क्रान्तिकारी अमिलकार काबराल

आफ्नै साथीहरुको धोकाका कारण अकालमा मारिए !

अमिलकार काबराल ! धेरैका लागि यो नाम परिचित नहुन पनि सक्छ । तर जानकारहरुका लागि यो एउटा अत्यन्तै सम्मानित र श्रद्धाका साथ लिइने नाम हो । यो त्यो नाम हो, जसले औपनिवेशिक शासनविरुद्धको संघर्षमा होमिएकाहरुलाई ठूलो उत्साह, प्रेरणा र नैतिक बल प्रदान गर्ने गर्थ्यो ।

हो, अमिलकार काबराल त्यो क्रान्तिकारी नेताको नाम हो, जसले औपनिवेशिक दासताका विरुद्धको आन्दोलनमा आफूलाई पूरै होमेका थिए । उनी पश्चिमी अफ़्रिकामा रहेका सानो देश गिनी बिसाउको स्वतन्त्रता आन्दोलनका नेता थिए । अफ्रिकाबाट पोर्चुगलको उपनिवेशवादको पतन हुनुमा अमिलकार काबरालको ठूलो योगदान थियो।

 अमिलकार काबरालको जन्म १२ सेप्तेम्बेर १९२४ मा गिनी बिसाउको बाफाता भन्ने ठाउँमा भएको थियो। त्यसबेला गिनी बिसाउ पोर्चुगलको उपनिवेश थियो। काबरालले पोर्चुगलबाट एग्रोएकोनोमी र कृषि विज्ञानमा उच्च शिक्षा हासिल गरेका थिए। उनले पोर्चुगलबाट फर्केपछि गिनी बिसाउमा कृषि इन्जिनियरको रूपमा काम पनि गरेका थिए। 

अमिलकार काबराल गिनि बिसाउ र केप भर्डीको स्वतन्त्रताक लागि गठन गरिएको पार्टी African Party for the Independence of Guinea and Cape Verde ( PAIGC) र छिमेकी देश अङोलाको People's Movement for the Liberation of Angola (MPLA) का संस्थापक थिए । मार्क्सवादी विचारबाट निर्देशित अमिलकार काबराल लाई चे ग्वेभारा र फ्रान्क फेननका उचाइका महत्त्वपूर्ण क्रान्तिकारी सिद्धान्तकार मान

Photo of Gurilla: jrbml

अमिलकार काबरालले पोर्चुगल विरुद्ध एकदमै सशक्त छापामार आन्दोलन सञ्चालन गरेका थिए । औपचारिक अध्ययनका हिसाबले उनी कृषि इन्जिनियर भएको नाताले संघर्षको सुरुवात मै काबरालले महसुस गरेका थिए कि छापामार युद्धलाई त्यस बेला मात्र दिगो बनाउन सकिन्छ, जब क्रान्तिकारी सेनालाई खुवाउन र आम जनता संगै जमिनमा खनजोत गरेर बाँच्न सिकाइन्छ । त्यस्को लागि अमिलकार काबरालले आफ्ना छापामारहरूलाई खेती किसान गर्नेहरुलाई उन्नत तरिकाको कृषिको प्रविधि सिकाउन खटाए । त्यसो गर्नुको उद्देश्य अन्नको उत्पादन बढोस् र आमजनता तथा आफ्ना सैनिकहरु खुवाउन अभाव नहोस् । लडाइँमा संलग्न नभएको बेला PAIGC का गुरिल्लाहरु खेतमा अरु किसानहरुसंगै हलो जोतिरहेका हुन्थे, उत्पादनका काममा जोडिएका हुन्थे । त्यस्तै काबरालले गिनी बिसाउका गाउँहरुमा बस्तु बिनिमयमा किन्न सकिने घुम्ती पसलहरु खोल्न लगाएका थिए । त्यस्ता पसलहरुमा आम जनताले पोर्चुगलको उपनिवेशवादी सरकारको नियन्त्रणमा रहेका पसलमा भन्दा सस्तोमा अन्न र अरु सामान किन्न सक्थे।

अमिलकार काबराल आत्मनिर्भरतालाई अफ्रिकाको विकासको लागि सबै भन्दा महत्वपुर्ण कडीको रुपमा हेर्थे। आत्मनिर्भरतासम्बन्धी उनको दृस्टिकोण उपनिवेशवादबारेको उनको बुझाइबाट निर्माण भएको थियो। उनले उपनिवेशवादलाई शोषणको त्यस्तो व्यवस्थाको रुपमा हेर्थे, जसले अफ्रिकालाई पुरै खोक्रो बनाइदिएको छ। काबरालका अनुसार अफ्रिकाले यो उपनिवेशवादी व्यवस्थाको जन्जिर तोडेर आफ्नो अर्थतन्त्र आफैं निर्माण गर्नुपर्छ।

०००

काबराल संस्कृति तथा रैथाने ज्ञानलाई उपनिवेशवादविरुद्धको महत्त्वपूर्ण हतियारको रुपमा ठान्थे। उनका अनुसार उपनिवेशवादले शासित जनताको साधन श्रोतको मात्रै शोषण गर्दैन, बरु यसले उनीहरुको संस्कृतिलाई पनि नस्ट गर्छ ।

०००

अमिलकार काबरालका संस्कृतिसम्बन्धी विचारहरु झन् महत्त्वपूर्ण छन्। काबराल संस्कृतिलाई कुनै पनि समाजको आत्मिक र भौतिक मूल्यको सम्पूर्णताको रुपमा हेर्थे। उनी संस्कृतिलाई जड र स्थिर रुपमा नभई जीवनको भौतिक आवश्यकताअनुरुप निरन्तर क्रमिक विकास हुन्छ भन्ने कुरामा विस्वास राख्थे। काबराल संस्कृति तथा रैथाने ज्ञानलाई उपनिवेशवादविरुद्धको महत्त्वपूर्ण हतियारको रुपमा ठान्थे। उनका अनुसार उपनिवेशवादले शासित जनताको साधन श्रोतको मात्रै शोषण गर्दैन, बरु यसले उनीहरुको संस्कृतिलाई पनि नस्ट गर्छ । त्यस कारण राष्ट्रिय मुक्त्ति आन्दोलनका संघर्ष समाजको सांस्कृतिक मुक्तिको लागि पनि हुनुपर्छ भन्ने दावी अमिलकार काबरालको थियो।

अमिलकार काबरालले मार्क्स र लेनिनका विचारहरुलाई मान्थे । उनले त्यसलाई थप विस्तार गर्दै तथा अफ़्रिकी धरातलीय यथार्थ अनुरूप ढाल्दै नयाँ बैचारिक बाटो निर्माण गरे। आफ्नो २० वर्षभन्दा कम सक्रिय राजनितिक जीवनमै अमिलकार काबरालले गिनी बिसाउका राष्ट्रवादीहरुको नेतृत्व गर्दै औपनिवेशिक शक्तिविरुद्ध पुर्ण राजनीतिक र सैन्य जित हासिल गरे। यस्तो सफलता अफ्रिकाको अरु राजनीतिक आन्दोलनले प्राप्त गर्न सकेको थिएन। अमिलकार काबरालको बारेमा क्युबाली नेता फिडेल क्यास्त्रोले भनेका थिए- 'अफ्रिकी नेताहरु मध्ये अमिलकार काबराल सबै भन्दा उज्ज्वल र प्रतिभाशाली नेता थिए । उनले हामीमा राष्ट्रिय मुक्ति आन्दोलनको सफलता र भविष्यप्रति जबर्जस्त विश्वास जगाइदिए।'

Photo: www.pambazuka.org

आफ्नै साथीहरुबाट धोका !

मुक्ति आन्दोलनका नेता र प्रखर विचारक अमिलकार काबरालले आफ्नो देश पूर्ण स्वतन्त्र भएको देख्न पाएनन् ।गिनि विसाउ स्वतन्त्र हुनुभन्दा ८ महिना अगाडि आफ्नै असनतुस्ट साथीहरुले उनलाई धोका दिएका थिए । ती धोकेबाज साथीहरुको सहयोगमा पोर्चुगलको गुप्तचर निकायले २० जनवरी १९७३ मा उनको हत्या गरे। त्यसबेला काबराल जम्मा ४८ बर्षका थिए।

 Main photo: Redfishstream

्नि