अदभूत फाेन नथिङ, जसका सामु अरु फाेनहरु नथिङ

आजभन्दा करिब ३४ बर्ष पहिला चीनमा जन्मेको एउटा केटो बालक कालमै बाआमाको साथ लगेर अमेरिका हानिए। लगत्तै त्यो परिवार उत्तर युरोपेली मुलुक स्वीडेनमा पुगेर रोकियो। त्यो फुच्चेले त्यही शिक्षा लिए, पछि त्यहीँको नागरिकता लिए। इकोनोमिस्क पढ्न त्यहीँको युनिभर्सिटीमा भर्ना त भए तर टिक्न सकेनन्। सकुन् पनि कसरी? उनको इच्छा भएको टेक्नोलोजीको बजार गर्माएको अवस्था थियो। ती फुच्चे अब आफ्नो टीनएज सक्नसाथ मोबाइल फोनको दुनियाँमा हाम फाले। म यहाँ कुरा गर्दैछु कार्ल पे (Carl Pei) को, बर्तमान समयमा उनको परिचय "Nothing phone" को CEO को रूपमा दीन सकिन्छ।

स्मार्ट फोन आउनु भन्दा अगाडि संसारभर चर्चित ब्रान्ड थियो नोकिया। संजोग कस्तो पर्यो भने नोकिया ब्रान्ड फिनल्याण्ड देशको थियो, कार्ल हुर्कदै गरेको देश (स्वीडेन) को छिमेकी देश। दिमागमा टेक्नोलोजी घुमिरहने कार्ल कलेज ड्रप गरेर नोकियामा काम गर्न थाले।

नोकियामा काम गर्दै गर्दा बिस्तारै स्मार्टफोनको दुनियाँ सुरु हुन थाल्यो। उनलाई हङकङको एउटा स्मार्टफोन कम्पनी Meizu ले नोटिस गर्यो, आफ्नो टिममा बोलायो। जतिसुकै चर्चित ब्रान्ड भए पनि नोकिया गिर्दै थियो, स्मार्टफोन अगाडि बढ्नेवाला थियो। त्यसैले सन् २०११ मा कार्ल जम्मा २२ वर्षको हुँदा जन्मभूमि चीनको माटो टेके, काम गर्न।

असाधारण खुबी भएको मान्छे अक्सर अस्थिर हुन्छन्। किनकि खुबीले नै उसलाई एक पछि अर्को अझ उत्कृष्ट कामको सिर्जना गर्दछ। यो नियम उनलाई पनि लागू भयो। केही महिना मात्रै Meizu मा मार्केटिङ क्षेत्रमा काम गरेपछि उनलाई त्यतिबेला चर्चित भैसकेको एउटा राम्रो एन्ड्रोइड मोबाइल कम्पनी Oppo मा काम गर्ने अवसर मिल्यो। त्यो पनि सीधा सिईओको अण्डरमा रहेर मार्केटिङ म्यानेजरको पदमा।

एकातिर ओप्पोले मोबाइल क्यामेरामा फोकस गर्यो। टेक्नोलोजिको दुनियाँमा आफूलाई "क्यामेरा फोन" भनेर चिनायो। यसले २२ बर्षे कलेज ड्रपआउट कार्ललाई यस्ता ज्ञान दिँदै गयो जुन उनले विश्वको कुनै कलेजमा पाउनेवाला थिएनन्। अब स्विडीस नागरिक कार्ल आफ्नो जन्मभूमि चीनमा हुर्कदै गरेको चर्चित ब्रान्डको जिम्मेवार पदमा काम गर्न थाले। उनले मार्केटिङमा काम गरे तर त्यो भन्दा धेरै धेरै सिके। मार्केटिङ त्यो पद हो जसले सीधा उपभोक्ताको गुनासो, सल्लाह र अपेक्षा सुन्छ अनि कम्पनीलाई आगामी योजनाको बारेमा सल्लाह दिन्छ। अब तपाईले बुझ्न सक्नुहुन्छ कार्ल त्यतिबेला केको योजना बनाउँदै थिए।

सन् २०१३ मा कार्ल २४ बर्ष पुगे। Oppo जोइन गरेको दुई वर्ष पनि पूरा भएको थिएन। उनकै दिमागमा उनकै कम्पनीको अर्को चर्चित ब्रान्ड जन्मियो Oneplus! यो ब्रान्ड ठ्याक्कै यसको "को फाउन्डर" कार्ल जस्तै भयो। उस्तै यस मानेमा की यो ब्रान्ड पनि उनी जस्तै चीनमा जन्मियो, युरोपमा हुर्कदै गयो। कतिपयले यतिसम्म भने की Oneplus बेलायतको ब्रान्ड हो। तपाईं बुझ्न सक्नुहुन्छ युरोपमा यसको क्रेज। पद "Co- founder" भए पनि Oneplus का डिजाइन देखि मार्केटिङ पोलिसी सम्म सबै कार्ल नै बनाउथे।

अब कार्लले स्मार्टफोनको दुनियाँमा गर्न बाँकी केही रहेन। यदि तपाईं पनि यही सोच्नुहुन्छ भने गलत सोच्दै हुनुहुन्छ। खासमा कार्लले स्मार्टफोनको दुनियाँमा अब केही सुरुवाद गर्ने समय आएको थियो। आइडिया उनको, डिजाइन उनको, मार्केटिङ उनको अनि उनको नामको अगाडि चाहिँ किन Co-founder राख्ने? किन यो "Co" नहटाउने? हो, अब समय आयो यो Co लाई डाँडा कटाउने। त्यो समय आजभन्दा करिब तीन वर्ष पहिला आएको थियो। अनि कार्लले Oneplus पनि छोडे।

त्यसको केही महिना मै कार्लले तामझामको साथ लन्डनमा एउटा ब्रान्ड घोषणा गरे "Nothing". त्यसैसाल यस ब्रान्डले wireless airphone को उत्पादन गर्यो। त्यसको एक सालमा अर्थात् सन् २०२२ मा यस ब्रान्डले आफ्नो पहिलो मोबाइल सार्वजनिक गर्यो "Nothing Phone 1"

Nothing Phone को पहिलो विषेशता भनेको यो महंगो एन्ड्रोइड फोन हो। कार्लले यसमा आफ्नो नोकिया, Meizu, Oppo हुँदै Oneplus सम्मको सबै ज्ञान र अनुभव खर्च गरेका छन्। यो फोन हेर्दा आइफोन जस्तै देखिन्छ। आइफोन भन्दा पनि युनिक देखिन्छ। कार्लको ब्रान्डको प्रतीक्षामा रहेको मैले प्री बुकिङ गरेर नै यो फोन खरीद गरेको थिएँ। झण्डै एक वर्ष चलाउँदा पनि यो फोन कहिल्यै ह्याङ भएन, तातेन, फोटो राम्रो खिचिरह्यो, फोन एकदम स्पिडमा चलिरह्यो, ब्याट्री गज्जबको टिकीरह्यो, साउण्ड क्वालिटी पनि गज्जबको रह्यो, त्यो फोन चलाउँदा वरिपरिका मान्छेले यसको बनावटको बारेमा चासोको साथ हेरिरहे। सायद यिनै हुन् यस फोनको बिशेषता।

"नोथिङ फोन किन महंगो भए?" भन्ने सवालमा भारतमा एउटा डिस्क्सन चलेको रहेछ। मैले त्यसमा पाएको ज्ञान भनेको "कार्लको चातुर्यताले चलेको" हो। आफ्नो महत्वपूर्ण सिकाई नै Oppo र वानप्लस जस्ता चर्चित कम्पनीको मार्केटिङ म्यानेजर भएर बिताएका कार्लले मार्केटमा कौतुहलता बढाउनुमा बढी महत्व हुने बुझ्नेछन्। त्यसैले उनले आफ्नो Nothing phone सीमित परिमाणमा उत्पादन गर्ने र प्रीअर्डरमा बेच्ने जुक्ति लगाए। उनकै भनाइलाई विश्वास गर्ने हो भने यो मोडेल दश लाख गोटा भन्दा बढी बिक्री भयो।

हालसालै यसको दोस्रो फोन "Nothing Phone 2" आयो बजारमा। मैले सोचेको थिएँ अब मैले आफ्नो अघिल्लो फोन बेचेर यसैको दोस्रो मोडल लिनुपर्ला। अर्कोतिर सोचेँ यही फोन गज्जब छ किन बेच्ने/ साट्ने? अब दोस्रो फोन आएपछि मेरो पहिलो फोनको मूल्य पनि अरु एन्ड्रोइड फोनको झै ह्वात्तै घट्ने होला। तर त्यस्तो भएन। Nothing 2 को मूल्य यति बढी आयो की यसले Nothing 1 को मूल्य घट्नै दिएन। अचम्मको कुरा के छ भने अहिले Nothing 2 को प्री बुकिङ डिमान्ड पनि त्यस्तै धेरै छ।

म कार्लमा अलिकति एलन मस्क देख्छु, जो अफ्रिकामा जन्मेर अमेरिकामा पुगेर विश्वमा तकल्का मच्चाए, अब पृथ्वीभन्दा परसम्म तहल्का मच्चाउँदै छन्। म कार्लमा अलिकति Min-Liang Tan देख्छु जसले युवाअवस्थामा गेमिङ ब्रान्ड Razer Blade बनाए, Gaming को दुनियाको परिभाषा बदले, आफू चालीस नपुग्दै The youngest self-made Singaporean billionaire बने। कार्लको Nothing ले एन्ड्रोईड दुनियाँमा अर्को अध्याय लेख्नसक्ने देख्छु म।

चर्चित पुस्तक The Alchemest मा लेखक Paulo Coelho ले लेखेका छन् : “Everything that happens once can never happen again. But everything that happens twice will surely happen a third time.” अर्थात् Nothing Phone 2 आउनाले अब निश्चित छ, नोथिङ रोकिनेवाला छैन।

एकपल्ट मैले एक बिदेशी साथीसँग सोधेको थिएँ "कार्लले आफ्नो फोनको नाम यस्तो बेकार (Nothing) किन राखेको होला है? कसैले आफ्नो महंगो ग्याजेटलाई कसरी Nothing भन्न चाहला?" जबाफमा उनले भनेका थिए "कार्लले भन्न चाहदै छन् अब एन्ड्रोइड मोबाइलमा अन्य ब्रान्ड उनका अगाडि केही होइनन्, Nothing हुन्।"