बाँदरबाट मानिसमा परिणतिको प्रक्रियामा श्रमको भूमिका

प्रकृतिको द्वन्द्ववाद' फेडरिक एङ्गेल्सका सबैभन्दा महत्त्वपूर्ण कृतिहरु मध्ये एक हो। यो पुस्तकमा एंगेल्सले १९ सौ शताब्दीको उत्तरार्धसम्म प्राकृतिक बिज्ञानले हासिल गरेका प्रमुख उपलब्धिहरुलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले व्याख्या विवेचना गरेका गरेका छन्। साथै उनले प्राकृतिक विज्ञानमा रहेका आदर्शवाद र अधिभूतवादको पनि आलोचना गरेका छन्। यहि पुस्तकभित्रको एउटा अध्याय हो– बाँदरबाट मानिसमा परिणतिको प्रक्रियामा श्रमको भूमिका। यो लेखमा एंगेल्सले त्यस बेला भर्खरै प्रख्यात वैज्ञानिक चार्ल्स डार्विनले जीवको विकासबारे खोज गरेको सिद्दान्तबारे आफ्नो धारणा राखेका छन्। उनले बाँदरबाट मानिसमा विकास हुँदा डार्विनले भने जस्तै क्रमिक विकासको अवधारणालाई व्याख्या गरेका छन्। एंगेल्सले क्रमिक विकासको क्रममा श्रमले महत्वपूर्ण भूमिका खेलेको थियो भन्ने कुरामा जोड दिएका छन्।

डाउनलोड गर्नुहोस्: