नयाँ र पुराना विश्व महाशक्ति राष्ट्रहरूबीचको अन्तर्विरोधको सम्बन्धमा हाम्रो नीति

अवशेषको रूपमा रहेको सामन्तवर्ग र पूँजीपतिवर्गबीच, निम्न-पूजीपतिवर्ग, खासगरेर किसानवर्ग र पूँजीपतिवर्गबीच, सर्वहारावर्ग र निम्न पूँजीपतिवर्ग, खासगरेर किसानवर्गबीच, अमेरिकी एकल ध्रुव र बहुध्रुवको पक्षधर शक्तिराष्ष्ट्रहरू बीच, साम्राज्यवादी मुलुकहरू र एकाधिकारी समूहहरूबीच, साम्राज्यवादी मुलुकहरू र नव-औपनिवेशिक मुलुकहरूबीच अन्तर्विरोधहरू वैश्वीकृत साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको अहिलेको विशिष्ट अन्तर्विरोधहरू हुन् । यी अन्तर्विरोधहरू पूँजीवादको विकासको लामो प्रक्रियामा पूँजीवादी समाजमा विद्यमान दुई अन्तर्विरोधी शक्तिहरू – सर्वहारावर्ग र पूँजीपतिवर्ग – बीचको आधारभूत अन्तर्विरोधद्वारा पैदा भएका हुन् ।

सामन्तवर्ग र पूँजीपतिवर्गबीच विद्यमान अन्तर्विरोधहरूको हलको निमित्त अपनाइने तरिकाले सर्वहारावर्ग र किसानवर्गबीच विद्यमान अन्तर्विरोधहरूको समाधान गर्न सक्दैन । त्यस्तै साम्राज्यवाद र नव-औपनिवेशिक मुलुकहरूबीच विद्यमान अन्तर्विरोधहरूको हल साम्राज्यवादी मुलुकहरू र एकाधिकारी समूहहरूबीच विद्यमान अन्तर्विरोधहरूको समाधानको तरिकाबाट हुन सक्दैन ।

वैश्वीकृत साम्राज्यवादका विशिष्ट अन्तर्विरोधहरूको समाधानको निमित्त फरकफरक तरिका अवलम्बन गर्नुपर्ने हुन्छ । भिन्‍नभिन्‍न अन्तर्विरोधहरूको समाधानको निमित्त एउटै तरिका अवलम्बन गर्दा त्यसले तिनको विशिष्टताहरूलाई समाउन सक्दैन जसले गर्दा कुनै पनि अन्तर्विरोधहरूको हल हुन सक्दैन । जस्तो कि माथि उल्लिखित सामन्तवर्ग र पूँजीपतिवर्गबीच विद्यमान अन्तर्विरोधहरूको हलको निमित्त अपनाइने तरिकाले सर्वहारावर्ग र किसानवर्गबीच विद्यमान अन्तर्विरोधहरूको समाधान गर्न सक्दैन । त्यस्तै साम्राज्यवाद र नव-औपनिवेशिक मुलुकहरूबीच विद्यमान अन्तर्विरोधहरूको हल साम्राज्यवादी मुलुकहरू र एकाधिकारी समूहहरूबीच विद्यमान अन्तर्विरोधहरूको समाधानको तरिकाबाट हुन सक्दैन । त्यसैगरेर अमेरिकी एकलध्रुव र बहुध्रुवका पक्षधर शक्तिराष्ट्रहरूबीचका अन्तर्विरोधहरू साम्राज्यवादी मुलुकहरू र एकाधिकारी समूहहरूबीचका अन्तर्विरोधहरूको समाधानका सामान्य तरिकाहरूलाई लागू गरेर मात्र समाधान गर्न सकिन्‍न ।

मार्क्सवाद-लेनिनवाद-माओ त्से-तुङ विचारधाराले विशिष्ट अन्तर्विरोधको समाधानको क्रममा एउटा मात्र तरिका अपनाउनु हुन्‍न, त्यसको निमित्त फरकफरक तरिका अवलम्बन गर्नुपर्ने कुरामा मात्र जोड दिएको छ । त्यसले साम्राज्यवादको विकासको प्रत्येक अवस्थाभित्र विद्यमान धेरै विशिष्ट अन्तर्विरोधहरू मध्ये एउटा त्यस्तो अन्तर्विरोध हुन्छ जसले त्यसको सारतत्त्व निर्धारण गर्दछ र अरू विशिष्ट अन्तर्विरोधहरू त्यसद्वारा प्रभावित हुन्छन् भन्‍ने कुरामा पनि त्यतिकै जोड दिएको छ । जस्तो कि माओले भन्‍नुभएको छ :  “हामीले कुनै प्रक्रियामा रहेका सबै अन्तर्विरोधहरूलाई एकसमान ठान्‍नु हुँदैन । बरु प्रमुख अन्तर्विरोध र गौण अन्तर्विरोधहरूको माझमा भेद छुट्ट्याउनुपर्छ र प्रमुख अन्तर्विरोधलाई समाउन विशेष ध्यान दिनुपर्छ ।” (अन्तर्विरोधबारे)

पूँजीवादको असमान विकासको नियमबाट नयाँ साम्राज्यवादी मुलुकहरूको उदय हुन्छ र तिनीहरू पुराना साम्राज्यवादी मुलुकहरू जसले विगतमा आफ्नो शक्ति र आर्थिक विकासको अनुपातमा विश्वको विभाजन गरेर विश्वमा आफ्नो नियन्त्रण कायम गरेका थिए, का निमित्त चुनौती बनेर उभिन्छन् ।

यस मार्क्सवादी-लेनिनवादी दृष्टिकोणमाथि आधारित भएर सोच्दा अहिलेको विश्व परिस्थितिलाई एकल महाशक्ति अर्थात्, अमेरिकी नेतृत्वको पश्चिमा शक्तिराष्ट्रहरूको गठबन्धन र नयाँ महाशक्ति अर्थात् रुस, चीन, भारतसहितको गठबन्धनबीचको द्वन्द्वको रूपमा परिभाषित गर्न सकिन्छ । पूँजीवादको विकासको लामो प्रक्रियामा त्यसका नयाँ र पुराना पक्षहरूबीचका अन्तर्विरोधहरूले गर्दा थुप्रै जटिल सङ्घर्षहरू पैदा हुन्छन् । पूँजीवादको असमान विकासको नियमबाट नयाँ साम्राज्यवादी मुलुकहरूको उदय हुन्छ र तिनीहरू पुराना साम्राज्यवादी मुलुकहरू जसले विगतमा आफ्नो शक्ति र आर्थिक विकासको अनुपातमा विश्वको विभाजन गरेर विश्वमा आफ्नो नियन्त्रण कायम गरेका थिए, का निमित्त चुनौती बनेर उभिन्छन् । अहिले विश्व नयाँ र पुरना साम्राज्यवादी गरी दुई खेमाबीच जटिल एवं गम्भीर अन्तर्विरोधको अवस्थाबाट गुज्रिरहेको छ ।

विश्वको एकल महाशक्ति अमेरिका आफ्नो यो हैसियतको रक्षाको निमित्त नयाँ विश्व शक्तिराष्ट्रहरू रुस, चीन र भारत विरुद्ध आक्रामकरूपमा अगाडि बढेको छ । अमेरिका आफ्नो एकल महाशक्तिको हैसियतको औपचारिकरूपले अन्त्यपूर्व ट्रम्प प्रशासनले नयाँ विश्व शक्तिराष्ट्रहरूबीच फूट पार्ने; पुरानो गठबन्धनको विस्तार एवं पुनर्गठन गर्ने; पहिले आफैँले आतङ्कवादी घोषणा गरेर करोडौँ अमेरिकी डलर टाउकाको मूल्य तोकेका जिहादिष्टहरू र आतङ्कवादी समूहहरूलाई उपयोग गरेर नयाँ विश्व शक्तिराष्ट्रहरूलाई कमजोर पार्ने; रुस, चीन, भारत र बहुध्रुवीयका पक्षधर राष्ट्रहरूमाथि र अत्याधिक आयात शुल्कहरू लगाएर आर्थिकरूपबाट कमजोर पार्ने; मध्यपूर्वमा इजरायललाई उपयोग गरेर प्यालेस्टाइनीहरूको जातीय सफाया अभियान चलाउने लगायत अन्य मुलुकहरूमा सैन्य आक्रमणहरू गराउने आदि कामहरू गर्दै आएको छ । ट्रम्प प्रशासनले यस प्रकारका नीतिहरूको अवलम्बनमा मात्र आफूलाई सीमित गरेको छैन । यदि यी तरिकाहरूबाट बहुधुवीय विश्वको उदयलाई रोक्न सम्भव नभए ट्रम्प प्रशासन तेस्रो विश्वयुद्ध सुरु गर्ने रणनीतिका साथ अघि बढेको देखिन्छ । त्यसको निमित्त त्यसले आफ्नो युद्ध संरचना, कार्यनीति तथा रणनीतिको तीब्र र व्यापकरूपमा पुनर्संरचना गर्दै आइरहेको छ ।

पूँजीवादको असमान विकासको नियमअनुसार नयाँ महाशक्तिले पुरानो महाशक्तिको ठाउँ लिने कुरा एउटा सामान्य र अनुल्लङ्घनीय कुरा हो । ट्रम्प प्रशासनले जतिसुकै कोशिस गरे पनि पूँजीवादको असमान विकासको नियमको यो परिणामलाई बदल्न सक्दैन । त्यसले बेलायत, जर्मनी, जापान आदि मुलुकहरूबाट पाठ सिक्नु राम्रो हुन्छ ।

बहुधुवीय विश्वको उदयलाई रोक्न सम्भव नभए ट्रम्प प्रशासन तेस्रो विश्वयुद्ध सुरु गर्ने रणनीतिका साथ अघि बढेको देखिन्छ । त्यसको निमित्त त्यसले आफ्नो युद्ध संरचना, कार्यनीति तथा रणनीतिको तीब्र र व्यापकरूपमा पुनर्संरचना गर्दै आइरहेको छ ।

ट्रम्प प्रशासनले इतिहासबाट पाठ सिकेर बहुध्रुवीय विश्वलाई स्वागत गर्नेछ वा तेस्रो विश्वयुद्धको औपचारिक घोषणा गर्ने छ त्यो कुरा पूर्णरूपमा ट्रम्प प्रशासनमा भर पर्दछ । यदि त्यो अहिलको एकल ध्रुवीय विश्वलाई टिकाउने हठ लिएर तेस्रो विश्वयुद्धमा प्रवेश गर्दछ भने त्यसको अन्त्य हिटलरकालिन जर्मनीको जस्तो हुने छ ।

एकल ध्रुवीय विश्वका पक्षधरहरू र बहुध्रुवीय विश्वका पक्षधरहरूबीचको यो अन्तर्विरोधमा कम्युनिस्टहरूले कस्तो नीति अवलम्बन गर्ने भन्‍ने प्रश्न अत्यन्त महत्त्वपूर्ण हुन्छ । कतिपय कम्युनिस्टहरू के सोच्दछ भने यो नयाँ र पुराना साम्राज्यवादी शक्तिहरूबीचको अन्तर्विरोध भएकाले हाम्रो चासोको विषय होइन । उनीहरू आपसमा लडुन्, भिडुन्, मरुन् हामीलाई कुनै मतलब हुनुहुँदैन । तिनीहरू यस मामिलामा एउटाको पक्ष लिएर अर्काको विरोध गर्नु साम्राज्यवाद परस्त सोचाइ हुन्छ भन्‍ने सोच्दछन् ।

निश्चयै पनि अहिलेको यो अन्तर्विरोध नयाँ र पुराना साम्राज्यवादी शक्तिहरूबीचको अन्तर्विरोध हो । त्यो पूँजीपतिवर्ग र सर्वहारावर्गबीचको, उत्पीडित राष्ट्र एवं जनता र साम्राज्यवादबीचको अन्तर्विरोध होइन । तर कम्युनिस्टहरूले साम्राज्यवादी शक्तिहरूबीचका अन्तर्विरोधहरूमा चासो राख्‍नुहुन्‍न र त्यसबाट आफूलाई टाढै राख्‍नुपर्छ भन्‍ने सोचाइ मार्क्सवादी-लेनिनवादी नभइ जडसूत्रवादी सोचाइ हो । यस सम्बन्धमा हामीले मार्क्सवाद-लेनिनवादको अवलम्बन गर्नुपर्छ, जडसूत्रवादको होइन ।

मार्क्सवाद-लेनिनवादले साम्राज्यवादी शक्तिहरूबीचको अन्तर्विरोधमा तीनवटा कुराहरूमा ध्यान दिन जोड दिन्छ । पहिलो, साम्राज्यवादी शक्तिहरूबीच विद्यमान अन्तर्विरोधहरूलाई क्रान्तिको पक्षमा उपयोग गर्ने । दोस्रो, साम्राज्यवादी शक्तिहरूबीच विद्यमान अन्तरहरू – जो तिनीहरूबीचको अन्तर्विरोधका कारण बनेका छन् – लाई ध्यान दिने । र, तेस्रो, नयाँ साम्राज्यवादी शक्तिहरूबीचका अन्तर्विरोधहरूको सम्भावित परिणामलाई ध्यान दिने ।

यी कुराहरूलाई पूर्णतः उपेक्षा गरेर साम्राज्यवादी शक्तिहरूबीचका अन्तर्विरोधहरूबाट आफूलाई हमेशा अलग राख्‍नु सही हुन्‍न ।

अहिलेको विश्वपरिस्थिति र स्वयं कम्युनिस्ट आन्दोलनको अनुलेख्यरूपले कमजोर, टुटफुटको र समाजवादी मुलुकको अस्तित्व नभएको अवस्थामा साम्राज्यवादी शक्तिहरूबीचको अन्तर्विरोधहरूलाई क्रान्तिको पक्षमा मोड्न सम्भव छैन ।

विश्वभर ७५० भन्दा बढी सैन्य अखडाहरू स्थापित गरेको, जुन मुलुकलाई चाह्यो त्यो मुलुकमाथि सैन्य हस्तक्षेप गर्ने, अन्तर्राष्ट्रिय प्रश्नहरूमा सबैले उसको निर्णय एवं निर्देशन मान्नुपर्ने, मतभेद हुने वित्तिकै कुनै पनि मुलुकलाई नाकाबन्दी, अत्यधिक आयात शुल्क लगाउने, सार्वभौम मुलुकहरूमा सत्ता पलट गर्ने वा त्यहाँका राष्ट्र प्रमुखहरूको हत्या गर्ने अमेरिका एउटा आक्रामक एकल महाशक्ति राष्ट्र हो ।

अहिले हामीले मुख्यरूपले माथि उल्लिखित दोस्रो र तेस्रो बूँदामाथि विचार गर्नुपर्ने हुन्छ । दोस्रो बूँदाबारे विचार गर्दा वैश्विक शक्तिराष्ट्रहरूबीच अहिले पराकाष्टमा पुगेको अन्तर्विरोधको उद्देश्य र लक्ष्यमा भिन्‍नताहरू रहेको प्रष्टसित देख्‍न सकिन्छ र तिनलाई अस्वीकार गर्नु सही हुन्‍न । विश्वभर ७५० भन्दा बढी सैन्य अखडाहरू स्थापित गरेको, जुन मुलुकलाई चाह्यो त्यो मुलुकमाथि सैन्य हस्तक्षेप गर्ने, अन्तर्राष्ट्रिय प्रश्नहरूमा सबैले उसको निर्णय एवं निर्देशन मान्नुपर्ने, मतभेद हुने वित्तिकै कुनै पनि मुलुकलाई नाकाबन्दी, अत्यधिक आयात शुल्क लगाउने, सार्वभौम मुलुकहरूमा सत्ता पलट गर्ने वा त्यहाँका राष्ट्र प्रमुखहरूको हत्या गर्ने अमेरिका एउटा आक्रामक एकल महाशक्ति राष्ट्र हो । रुसको सन् १९१७ को समाजवादी क्रान्तिदेखि आजका दिनसम्ममा कम्युनिस्टहरू अमेरिकी साम्राज्यवादबाट नै सबैभन्दा बढी पीडित भएका छन् ।

नयाँ विश्व महाशक्ति राष्ट्रहरू अमेरिकाको यो दादागिरीको विपक्षमा छन् र त्यसको अन्त्य गर्न लागिरहेका छन् । तिनीहरू एउटा राष्ट्रले विश्वबारे निर्णय गर्ने हालको परिस्थितिको अन्त्य गरेर सामुहिक छलफल र सहमतिबाट कुनै पनि समस्याहरूको समाधान गर्ने विश्व परिस्थिति निर्माण गर्न लागेका छन् । यी मुलुकहरू साम्राज्यवादी हुनुका बावजुद तिनको एकल विश्व महाशक्ति अमेरिकी साम्राज्यवादसित रहेको भिन्‍नताहरूलाई नजरअन्दाज गर्नु गल्ती हुन्छ ।

जहाँसम्म तेस्रो बूँदाको कुरा छ त्यसमा हामी गम्भीर हुनैपर्छ । ट्रम्प प्रशासनले एकल विश्व महाशक्तिको हैसियत जोगाउने अन्तिम उपायको रूपमा तेस्रो विश्वयुद्ध शुरु गर्ने लगभग निश्चित देखिन्छ । वस्तुतः दोस्रो विश्वयुद्धको अन्त्य भएको र जापानको कुनै ठूलो प्रत्याक्रमण गर्ने हैसियत बाँकी नरहेको अवस्थामा अमेरिकाले हिरोसिमा र नागाशाकीमा इतिहासमै पहिलोपटक आणविक बमहरू प्रयोग गर्‍यो । त्यसबाट अहिले तेस्रो विश्वयुद्ध शुरु भएपछि वा त्यसको सुरुवात नै त्यसले आणविक बमहरूबाट गर्न सक्ने खतरा प्रष्ट हुन्छ जसको परिणामबारे हामी सबै जानकार छौँ ।

एकल विश्व महाशक्ति अमेरिका विश्वका न्यायप्रिय राष्ट्र, जनता, प्रकृति, जीवजन्तु र सम्पूर्ण मानव जातिकै एक नम्बरको दुश्मन हो । त्यसैले बहुध्रुवीय विश्व निर्माण गरेर अमेरिकाको एकल ध्रुवीय विश्व व्यवस्थाको अन्त्य गर्ने प्रयत्‍नलाई साम्राज्यवादी शक्तिहरूबीचका अन्तर्विरोध बताएर कम्युनिस्टहरूले त्यसबाट आफूलाई अलग राख्‍नु भयानक भूल हुनेछ । यससम्बन्धमा दोस्रो विश्वयुद्धको दौरान्‌मा स्टालिन र कोमिन्टर्नले अवलम्बन गरेको बुद्धिमत्तापूर्ण नीतिलाई सम्झँदै नयाँ विश्व शक्तिराष्ट्रहरूलाई हामीले समर्थन गर्नुपर्छ ।

२०८२ कार्तिक २२